17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजु “हिमांशु” March 21, 2024, 11:47 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

न्यानो स्पर्शमा आत्मीयता सर्दो रैछ
चोखो प्रार्थनामा ईश्वरीयता झर्दो रैछ

माया नै त रैछ सबै मान्छेले खोजेको
ऐस आराम ऐश्वर्य सप्पै नै छर्दो रैछ

भोगीले कसरी बुझ्थ्यो र अर्थ मायाको
भोगी मनमा मायाको अर्थै मर्दो रैछ

भोकै बसुलाँ तर माया नछुटोस् कहिल्यै
मायाले त भवसागर सजिलै तर्दो रैछ

बुझ्नेलाई त ‘राजु’ श्रीखण्ड हो नि माया
नबुझ्ने पनि मायाकै खोजमा चर्दो रैछ

-डाउहिल,खरसाङ,भारत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।