17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भाषामा तिम्रो म अटाउन्नँ

कविता प्रा. डा. मोहन प्रसाद जोशी March 22, 2024, 12:08 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

म सानो पूजाकोठामा मात्रै थुनिएको छैन
त्यहाँ मात्र भेटिने साथी होइन,
म त सबैतिर व्याप्त छु
सबैलाई प्राप्त छु |

म पानीमा नुनझैँ विलीन छु
र हावामा अत्तरझैँ अदृश्य छु
तर पिएमा स्वाद अवश्य दिन्छु
र सुँघेमा बास्नाले चिनाइदिन्छु |

म तिम्रा भाषाहरूमा समेटिन्नँ
तिम्रा परिभाषामा बाँधिन्नँ,
शब्दका अर्थमा अटाउन्नँ,
सोचेर बोधगम्य हुन्नँ,
बरु तिनीहरु हटेमा झलमलाइदिन्छु,
जसरी
बादल हटेपछि सूर्य झलमलाउँछ,
नसा हटेपछि सुदृष्टि आउँछ,
खाली भाँडाले भरिन पाउँछ |

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।