19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छोटो स्मरण, लामो विस्मरण

कविता प्रा. डा. मोहन प्रसाद जोशी April 14, 2024, 6:55 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

एक दिनको स्मरण, कैयौँ दिनको विस्मरण,
यही हो मेरो पुरानो कथा, यही हो मेरो दीर्घ व्यथा |

आउँछ याद एकैछिनलाई, चढ्छु स्मरणको डुङ्गामा,
जान्छ त्यो याद तुरुन्तै, हामफाल्छु विस्मरणको बाढीमा |

झुक्किएर, बग्दै गएर कताकता टाढा पुग्छु,
तैरिरहन छाडेर जलभुमरीभित्र डुब्छु |

हैरान छु, लखतरान छु, आफूलाई सँभाल्न सकिनँ,
बिना तिम्रो साथ प्रिय, म केही गरे नि सुध्रिन्नँ |

आऊ, अब त आऊ, हंस बन्न सिकाऊ,
जीवनको नदीमा नडुबिकन बग्दैजाने बनाऊ |

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।