19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वयम् आफूलाई मुक्त पाएँ

कविता प्रा. डा. मोहन प्रसाद जोशी May 3, 2024, 7:03 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

आफैँमा हुँदा
गह्रुँगो जीवन
गुरुलाई सुम्पिँदा
हलुङ्गो पाएँ ।

मनले सँगालेको
पुरानो फोहोरलाई
आत्मानुभूतिले
पखालेको पाएँ ।

पुराना कथाहरुको
गह्रुँगो भारी
गुरुकृपाले
विसर्जित पाएँ ।

गुरुचरणमा
टाउको थाप्दा
स्वयंबाट आफूलाई
मुक्त पाएँ ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।