उपाध्यायान्दशाचार्य आचार्याणां शतं पिता ।
सहस्त्रं तु पितृन् माता गौरवेणातिरिच्यते ।
मनस्मृति
( दश उपाध्याय भन्दा माथि आचार्य सय आचार्य भन्दा मथि पिता अनि एकहजार पिता भन्दा माथि माता, गौरवको हिसावमा मातालाई लिइन्छ । )
हाम्र धर्मशास्त्रले मातापितालाई धेरै माथि ठान्दछ । महाभारतमा हेर्दा आमा पृथ्वी भन्दा पनि गह्रुङ्गी हुनुहुन्छ । पिता आकाश भन्दा नि अग्लो हुनुहुन्छ । मन वायु भन्दा पनि तीब्र गतिमा हुन्छ । चिन्ता यिनी भन्दा पनि विस्तृत एवम् अनन्त हुन्छ भनिएको छ । यसरी नै पद्मपुराणको अध्ययन गरियो भने आमालाई सर्वतीर्थमयी भनिएको छ भने पितालाई सम्पूर्ण देवताको स्वरूप मानिएको छ । यसो हुँदा सबै प्रकारले माता पिताको पूजा हुनुपर्दछ भनिएको कुरालाई अध्ययन गर्न सकिन्छ । यिनै अवधारणालाई केलाउँदै खड्गप्रसाद श्रेष्ठले बाबा आमा आधुनिक गीतसङ्ग्रह लिएर हामी समक्ष उपस्थित हुनु भएको छ । यो गीत सङ्ग्रहमा बाबा आमा प्रति पहिलो गीतबाट स्मरण गरिएको छ र यही भावना पोखिएको छ जो हाम्र धर्म ग्रन्थले पस्केका छन् । पहिलो गीतमा माता पितामामा श्रद्धाभाव चढाउँदै विविधताले सजिएका ६९ गीतहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् । खड्ग श्रेष्ठ फलेवास न.पा–६, पर्वतमा वि.स. २०१८ सालमा जन्म र्भै हालः महालक्ष्मी न.पा–७, एकताग्राम टोल विकास संस्था, चाङ्काथली ललितपुरमा बस्नु हुन्छ । उहाँ पुर्व प्राविधिक अधिकृत, राष्ट्रिय कीटविज्ञान अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद, खुमलटार, ललितपुरमा जागिरे जीवन बिताउनु भएको थियो भने हाल आवकास लिएर सामाजिक र साहित्यिक क्षेत्रमा रमाउनु भएको छ । शैक्षिक योग्यतालाई हेर्दा उहाँ राजनीतिक शास्त्रमा स्नात्तर्कोत्तर हुनु हुन्छ ।
कृषि वैज्ञानिक भएको नाताले नेपालका अधिकांश जिल्लाहरूको साथै थाईल्याण्ड र भारतको विविध स्थानमा तालिम तथा अध्ययन भ्रमणको सिलसिलामा जानु भएको छ । खड्गजीले वि.सं. २०४१ साल देखि कृषि प्रसार एवं अनुसन्धान कार्यमा संलग्न, प्राविधिक अधिकृत एवं आई.पी.एम सहजकर्ता भै कृािषप्रसारको क्षेत्रमामात्र नभएर बाली संरक्षणको क्षेत्रमा गहन भूमिका खेल्नु भएको छ । आई.पी.एमको उहाँ प्रशिक्षक नै हो ।
गीत, कविता, गजल, लेखन, गायन, संगीत, किताब सङकलन, साहित्य, खेलकुद आदिमा उहाँको तीब्र रुचीः देखिन्छ । निस्ठुरी, किसानको साथी, आमा, नारी, किसानको छोरो, सडकनाटक (घातक रासायनिक विषादी प्रयोग नगरौं) टोल प्रोफाई, एकताग्राम टोल विकास संस्था २०८०, ललितपुर आदि कृतिहरू प्रकाशनमा आएका छन । कृति प्रकाशनको साथै गीत रेकडिङःमा पनि उहाँका दुई वटा कृषि गीत रेकडिङ, एउटा कृषि कार्यक्रम अन्तर्गत नेपाल टेलिभिजनाम लाईभ रेकड भएको छ ।
चाँदनी आई.पी.एम कृषक समूह, लोकतान्त्रिक आई.पी.एम समूह, जिल्ला एकीकृत शत्रुजिव व्यवस्थापन समिति ललितपुरमा उहाँको आवद्धता देखिन्छ । पर्वतबाट काठमाडौ बसोबास गरेता पनि सदबहार कृषक समूह, फलेवास–६, पर्वतको संरक्षकः भै सेवापुराउँदै आउनु भएको छ । यतिमात्र नभएर खड्कजीको आवद्धता कृषि सांस्कृतिक कार्यक्रम, नेपाल २०६७ को संयोजकः, नेपाल कृषि प्राविधिक एसोसिएसन, एकीकृत शत्रुजिव व्यवस्थापन प्रशिक्षक, संस्था नेपाल, नेपाल कृषि अनुशन्धान परिष्नद् सेवा निवृत समाज, नेपाल को केन्द्रिय सदस्य, बाली संरक्षण समिति, नेपाल सदस्यः
एकताग्राम टोल विकास संस्था, चाङ्काथली, ललितपुरको सचिवः नेपाल कृषि प्राविधिक एसोसियसन नेपाल, नेपाल कृषि अनुसन्धान परिष्नद्, सेवा निवृत समाज नेपालको ः कर्मचारी हक हित समाज २०७९, नेपाल कृषि अनुसन्धान परिष्नद्को आजीवन सदस्य हुनुहुन्ज्छ ।
खड्गजी विभिन्न संघसस्थामा आबद्ध भएर गरेको उच्च कामको मूल्याङ कन गर्दै उहाँलाई वैज्ञानिक क्षेत्रका केही संस्था र साहित्यिक क्षेत्रका केही संस्थाले प्रशंसापत्र , कदरपत्र, सम्मान पत्रले विभूषित गरेका छन् । प्रशंसा पत्रः तत्कालिन कृषि विकास कार्यालय, ललितपुर, २०६८, २०६९, २०७२, गाँउ विकास समितिको कार्यलय, टिकाथली, ललितपुर २०७० ।
कदर पत्रः तत्कालीन कीट विज्ञान महाशाखा–२०७५, सम्मानः श्री लोक तान्त्रिक आई.पि.एम कृषक समूह, टिकाथली–८, ललितपुर २०६४ ।
साहित्य सम्मानः लक्ष्मी स्मृति साहित्य समाजबाट ‘नन्दकला’ स्मृति सम्मान २०७३, कावासोति, नवलपरासि, सम्मान पत्रः टिकाथली–चाङ्काथली खानेपानी आयोजना–२०६९, चाङ्काथली बुद्ध बिहार, ललितपुर–२०७५ ।
खेलकुदःभलिबल, कास्य पदक–२०६९, गोल्ड मेडल २०७०, २०६८, ख्यििभथदबिि द्यभकत एबिथभच ब्धबचम द्दण्टड ( नेपाल कृषि अनुसन्धान परिष्नद्को वार्षिक उत्सव समाहरोमा प्रतियोगितात्मक खेलमा (पचास वर्षको उमेरमा प्राप्त गर्नु भएको छ ।
पेशाले एउटा कीट वैज्ञानिक भए पनि खड्गजी एउटा बहुप्रतिभाका धनी हुनु हुन्छ । नेपाली साहित्य को गहन भूमिका छ । कृषि प्रधान देशमा जागिरबाट अनिवार्य अवकासपछि पनि लगातार निस्वार्थ सेवा गर्दै आउनु भनेको एउटा महान काम हो ।
कृतिभित्र प्रवेश गर्दा –खड्गजीको ‘बाबा आमा’ नामक आधुनिक गीतसङ्ग्रहको पाण्डुलिपी हात परेको छ । अब म यसलाई चिरफार गर्नु छ । यस सङ्ग्रहमा ६९ ओटा आधुनिक गीत समावेश गरिएका छन् । गीत विविधताले भरिएका छन् । यस सङ्ग्रहमा विविध पक्षलाई सम्बोधन गरेर गीत लेखिएका छन् ।
बाबा आमा र गुरुप्रति सम्बोधन गरिएका गीतहरू– पहिलो गीतमा बाबा–आमाप्रति र तेस्रो गीत गुरुप्रति सम्बोधन गरिएको छ । हामी मूर्तिको पूजा गर्दछौं । मूर्ति अवाक हुन्छ ।यसैलाई सम्बोधन गर्दे गीतकारको कथन छ –
मूर्तिलाई पुज्नु भन्दा, बाबा आमालाई पुजौं
नत्र भने सराप लाग्छ, सबै जनाले बुझौं
अत बाबा–आमा को हुन् के हुन् भन्ने यथार्थता त मैले हाम्रा धर्म ग्रन्थले पस्केका भावनालाई माथिनै पस्किसकेको छु । आजको सन्दर्भमा गीतकार खड्गजीले बाबा आमाको एक्लो जीवनको पीडालाई पनि समेटेकाछन् ।
बुढा बुढी घर गाउँमा, एक्लै बस्दै आछन्
मनन गरि हे¥यो भने, दुःख धेरै पाछन्
कहिले पनि नबिर्सनु, बाबु आमालाई
मातृृपितृ आर्शिवाद मिल्छ हामीलाई
गीत –२
गीतकारले बाबा आमप्रति थुप्रै उद्गार पस्केका छन् । गीतकारले बाबा आमालाई सरह गुरुलाई पनि उच्च सन्मान दिएका छन् । गुरु ज्ञानका सागर हुन् र गुरुबाट अमृतपान गर्न सकिन्छ र गुरुबाट ज्योति प्राप्त गरी जीवनलाई प्रकाशिलो पार्न सकिन्छ भन्ने उनको कथन छ ।
नारीवादी चिन्तन – खड्कजी को यस गीतङ्ग्रहमा नारीको निकै गुणगान गाइएको पाइन्छ । संसारमा नारीले आधाआकाश ओगटेका छन् । भनिन्छ संसारमा प्रलय भएर सारा पुरुष मासिए भने पनि संसार रित्तो हुँदैन किनकी आधाआकाश ढाकेकी नारीको गर्भमा पुरुष रहेको हुन्छ । तर सबै नारी नाशिए भने संसार उजाड हुन्छ । खड्गजीले नारीलाई महान सम्झदै यसरी आफ्नो धारण्(ा राखेका छन्–
नारी भएर एक पटक हेर संसारको आँखामा
सन्तानको सुख लिएर हेर आमाको काखमा
संसारको श्रृष्टि गर्नलाई नारीकै भर छ
नारी बिना संसार चल्न असम्भव प्राय छ ।
नारी जागरणको समय आएको छ किनकी नारीलाई घरकी दासी वनकी बासी बनाउँछन् ।नारीले थुप्रै यातना भोग्न परेका छन् । नारी बलत्कार हुन्छन्, गर्भमा छोरी भएको थाहा पाएपछि भ्रूणहत्या गरिन्छ । छुईप्रथाको चलन भएका टाउँमा नारीलाई गोठमा छाप्रोमा राखिन्छ ।दाइजो नाममा जलाएर मार्ने चलनपनि पाइन्छ । घरकालाई मन नपरे यातना दिइन्छ र सौता हालिन्छ । यतिमात्र कहाँ हो र बम्बैमा लगेर बेचिन्छ । यस्ता कुकर्मका भागी बनाइएका नारी सकरात्मक पाटोलाई हेर्ने हो भने नारी महान छन् । गीतकार श्रेष्ठले यसरी प्रस्तुत गरेका छन् –
कहिले आमा कहिले दिदि बनिदिन्छिन् नारी
कहिले फुपूकहिले बहिनी बनिदिन्छिन् नारी
कहिले पत्नी कहिले सङ्गीनी बनिदिन्छिन् नारी
सकल घरको भारलाई थामिदिन्छिन् ती नारी
गीत– ६
समाजमा नारी वहुरूपमा हुन्छन् । समाजमा विविध घटना घट्छन् । नारीलाई विधवाको रूपमा पनि देख्न पाइन्छ। हाम्रो समाजले सधवा नारी र विधवा नारीमा नारीमा गरिने विभेद असह्यरूपमा देखिन्छ । मानिस जन्मे पछि मर्छ । संसारमा रहने दिन समाप्त भएपछि उलिे यो संसार छाड्छ । विवाह गर्दा गर्दै मर्छ भने दुलहीको के दोष ?गीतकारले विधवाको चित्कारलाई यसरी पस्केका छन् –
बाहिर जाँदा मलाई देखे, साहित पर्दैन रे
विधवाले कसै सँग, माया प्रेम नगर्नु रे
के सारो संसारको रीत, विधवाको जिन्दगी र्ववाद
विधवाको के दोष छ र, किन उनको जिन्दगी र्ववाद
गीत –७
चाडपर्व – गीतकारले चाडपर्व समवन्धित दुई गीत लेखेका छन् । एउटा हो यसपालीको तीजमा र अर्को हो चैतेदशैंमा । तीजमा चेलीहरू माइत जान्छन् तर गीतकारले एउटी यौवनमस्त केटीले विवाह गरेर पतिको साथमा तीज मनाउने कुरा यहाँ पस्केका छन् । ती युवती चुरा पोते सिन्दूर ् साडी चोली पाउजु, लाउन आतुर छन र तीज मनाउने, रमाइलो गर्ने धारणा यसरी राखेकी छन्–
सेल रोटी, खीर, अचार तीजमा हो खाने
भोकै बसी श्रीमान्को आउ लामो माग्ने
कैलासपति महादेवको पूजा दर्शन गर्ने
उनकै आशीर्वादमा जीवन सफल पार्ने
गीत– ८
चेतेदशैंमामा पनि केटाले मिठो वैंशमा केटीलाई रमाइलो मनाउन चोखो मायमा लाउन आग्रह गर्दछ । केटाको जीवनमा रमाइलो गर्ने काली मन्दिरमा बोको चडाएर मायाको गाँठो पार्ने आग्रह छ –
शिरीमा शीरी बतासै चल्यो यो सल्लाघारीमा
यो बेला प्रीत गाँसे त माया खुसी छ जीवनमा
हाँसौ र बाँचौ हे मेरी माया एक बारको जिन्दगी
बन्धनमा हामी परौ प्यारी एक बारको जिन्दगी ।।
गीत ३९
दशैंको लागि विदेशबाट घर तिर आउने
देशै भरि नवरात्रीको उत्सव मनाइने
गच्छे अनुसार सबैले, दशैं मनाऔं है
एक आपसमा सद्भाव, बनाई राखौं है
गीत ३६
सिङ्गार रसपूर्ण गीतहरू –यस गीतसङ्ग्रहमा अधिकांश गीतहरू सिङ्गार रसले भरिएका छन् । असार साउनको झरझरी पानी ,त्यै पानी जस्तै भएको जवानी, खेतबारी, उकाली ओराली, जे खोजे पनि साथैमा भएको खाँचो भनेको अङ्गालो भर्नमात्र बाँकी रहेको भन्दै आफ्नो रूपको वर्णन यसरी गरिएको छ –
कालो कालो केशमा रातो रातो रिवन
पिपल पाते ओठमा सुसज्जित जीवन
केशरीको कट्टी छ कमलरूपी छन् नयन
मदमस्त जवानी छ गर तिम्ले चयन
गीत १०
४ जना साली सँगको रमझम, ड्राइभर सँगको पोखराका रुपाताल, वेगनासताल, फेवाताल, महेन्द्र पुल न्यूरोड, सेती नदी,विन्दवासिनीको दर्शन, गरी जीवन विताउने कुरा, सुन्दरीसँग सुरा पिउँदाको मज्जा तर पकेट खाली हुँदाको अवस्था, यसरी विभिन्न अवस्थामा गुज्रदा गुज्रँदै प्रेम गरिन्छ अनि प्रेममा बिछोड पनि हुन्छ । प्रेममा आलिङ्गन हुँदा जो मजा आउँछ विछोडमा चीसो अनुभव हुनु स्वभाविकै हो तर यहाँ गायकले आशीर्वाद सहितको विदाई भएको वर्णन गरेका छन् –
धन र पैसा छैैन म सँग दिन त तिमीलाई
सफल रहोस जिन्दगी तिम्रो आशिष तिमीलाई
अगाडी वढ्दै जाऊ है तिमी नफर्क पछि त
ठूलो है मान्छे बनेको सुन्न परोस है मैले त
गीत ४१
जीवनमा धेरै आउँछन् जान्छन् । सबै सबैलाई मनपर्छ भन्ने छैन । कसैलाई कोही मन पर्छ कसैलाई कोही । यहाँ गीतकारलाई एउटा मानिस मनपरेको छ तर भन्न गाह्रो छ । गीतकार विवश हुन्छन् र भन्छन्–
मनमा लागेको कुरा भनि हाल्नु पर्छ
नत्र भने जीवनमा पछुताउनु पर्छ
मन परेको सबै मान्छे नपाईने रैछ
जीवन साथी त भगवानले जुराउने रैछ
गीत४३
प्रेम पनि कहाँ कहाँ हुन्छ हुन्छ, ? वनपाखा, छहरा, घाँसपात गर्दा आदि आदि ठाउँमा प्रेम हुन्छ । प्रेम गरेर छाडेर जान पनि हुन्न । ज्यान जाने पिरती लाउने पनि हैन । विदाई हुँदा धनवानले केही दिएर पठाउन पनि सक्छन् तर धन नहुनेले के दिनु सम्झनाको लागि चिठी, या घडी ? यो एउटा पिरलो छ भने आधा मुटु लिएर जानेसँग के गर्ने ? धोका दिएर जानेसँग के गर्ने ? पूmल भनेर माया गरियो तर हता लाग्यो काँडा । माया भनिए पनि दुई दिनको अनुभूति भयो । चोखो माया लगाएँ भनिए पनि कहाँ चोखो हुनु त्योता जुठोपो रहेछ । निस्वार्थ प्रेम कहाँ हुनु त्यहाँ त धनको पोको चाहिंदो रहेछ । प्रेमका विविध घटनाले आक्रान्त प्रेमीले आखिर झुटो माया गर्नेसँग भेट गर्न नहुने र त्यस्ताको परिचय यसरी दिएका छन् –
झुटो माया लाउनेहरू, हुन्छन् चिप्ले कीरा
फलामलाई नै भनि दिन्छन, नचिन्नेले हीरा
झुटो माया लाउनलाई, नजिक आई दिन्छन्
एक पटक डसिकन, विष पिलाई जान्छन् ,
गीत ६२
जीवन जगत – जन्मेदेखि मृत्युमा नपुग्दा सम्मको बीचको जीन्दगीलाई जीवन भनिन्छ । मानिसले जन्मे देखि अनेकौं कष्ट भोग्नु पर्छ साथै सुख आनन्द पनि ,। एउटा उखान छ नेपाल गए कपाल सँगै , ब्रम गए कर्म सँगै । गरिबीले थिचिएकी एक नारीले आफ्नो व्यतालाई यसरी पस्केकी छन् –
कस्तो भाग्य दिईस् ईश्वर कसलाई भनौँ
आफ्नो भन्ने सबै उस्तै, कस्को कर्म छिनौं
मनभरी वेदना छ अनि आँखा भरी छ आँसु
अस्थिपञ्जर बन्यो शरीर तनमा छैन मासु
गीत ९
गीतकारले जडाउरीको जिन्दगी भनेर एउटा मार्मिक गीत पस्केका छन् –
कर्म मेरो खोटो रैछ, जन्मदानै बेचि दिए
भाँडा धुने जुठेल्नोमा, धेरै चोटी पल्टाई दिए
भोटो दिए जुता दिए, कफन पनि दिए
जडाउरीको जिन्दगीको, सबैले मज्जा लिए
गीत २३
जीवन न त फूल हो न त काँडा नै यो त पूmल र काँडको बीचमा हुन्छ अर्थात जिन्दगी सुख र दुःखको मिश्रण हो र मुस्कानको साथमा बाच्नु पर्छ र संघर्ष गर्न सक्नु पर्छ भन्ने धारणा गीतकारले यसरी राख्दछन्–
कांडा बीच फुल्ने तिमी गुलाफको फूल
सबै बीच सधैं भरि मीठो मुस्कान मूल
जिन्दगीमा सुख, दुःख आउँदै जादै गर्छ
साहसी भई लड्दै लड्दै अघि बढनु पर्छ
गीत ४८
जीवन जिउन बोझ भएका कुरा,, प्रेमी छोडिजाँदा मुटु फुटेको, जिवन जिउन गाह्रो भएको, आदि जीवनका सुखदुःख गीतले समेटेको छ ।
विदेश पलायन – आज देशका युवा युवती विदेश पलायन भएका छन् । घरमा बुढा बुूढी मात्र आगन कुरेर बसेका छन् । पारिवारिक जीवन छतविछत भएको छ । ‘छोरा छोरी साउदी र कतार, कस्तो उद्योग खोलेको सरकार’ । देशमा भएका उद्योग धन्दा बन्द भएका, रोजगारको कमी आदिकोमा गीतकार लेख्छन् –
उद्योग धन्दा, कलकारखाना आफ्नै देशमा खोलौं
देशका यी युवालाई स्वदेश रोजगार दिलाऔं
व्यवसायीक शिक्षा दिलाई व्यवसायलाई खोलौं
अध्ययनरत विद्यार्थीलाई स्वाबलम्वी नै बनाऊँ
गीत– १२
भरत लगायत निभिन्न देशमा गएका युवा युवतीलाई विदेश जानु पर्ने बाध्यता, देशमा भविष्य नभएको, विदेशमा गएकाका युवती नारीप्रति हेरिने कुदृष्टि m पत्नीको पतिलाई विदेश नजानको लागि आग्रह आदि थुप्र्र धारणा आएका छन् गीतमा ।
राष्ट्रियताप्रति समर्पित भावना– गीतकारले भारतले गरेको नेपालमाथिको अतिक्रमणमा आवेशमा आएर सहिद बन्न परे बन्ने तर जग्गा नछाड्ने भन्दै लेख्छन् –
गुमेको हाम्रो जमिन, फिर्ता ल्याउनु पर्छ
प¥यो भने नेपालीले, यो ज्यान दिनु पर्छ
भारतले सँधै हामीलाई, तुच्छ्य नजरले हेर्छ
त्यसको उत्तर अब हामीले, दिनै पर्ने हुन्छ ।
गीत १३
माटो पनि औषोधी हुने, मेरै नेपालको
सुुनौलो भविष्य देख्न, मेरै देश आछन्
गीत २८
पेशाप्रति आदरभाव – खड्गजी कीट ज्ञिानमा जागिरे हुँदा उहाँको हाकिमको अनिवार्य अवकासमा कार्यकारी निर्देशक भएको देख्न चाहना भएको तर त्यो देख्न नपाए पनि तपाईको सकरात्मक सोच भएको र तपार्इँले कामलाई नै देवता मान्ने भावनालाई कदर गर्दै गीतकारले शुभकामना दिनु भएको छ र आपूm पनि अवकास लिंदा सबैप्रति विदाईको भवना पोख्नु भएको छ –
आँसुको थोपा झर्न थाले म थामु कसरी ?
कीट विज्ञानले दिएको माया म विर्सु कसरी ?
उमेरले भन्दैछ अन्ठाउन्न पुग्यौ है ¤
सरकारले भन्दैछ घर बसि खानु है ¤
गीत १७
भारतसँग अब हामी, झुक्न हुँदैन
गोर्खाली झुकेको , इतिहास छैन
गीत २९
नेतृत्वप्रति कटाक्ष –देशलाई हाक्ने भनेको राजनीतिले हो तर आज देशमा भ्रष्टचारले गर्दा देशको विकास दिनप्रतिदिन ह्रास हुँदै गएको छ । नेतृत्व वर्गको यस्तो कृयाकलापमा गीतकारले यसरी आक्रोश पोखेका छन् –
मिलिजुली देश लुट्नेलाई, अब छोड्नु हुन्न
निर्वाचनमा यीनलाई, मतदान गर्नु हुन्न
भ्रष्ट्रचारीलाई अव हेर, कारवाही गर्नु पर्छ
अनि पो यो देशको, मुहार बदली हुन्छ
गीत ३६
विविध गीत –संसारभरी आएको कोरोना भाइरसलाई गीतकारले भुल्न नसक्नु । चिनको बुहानबाट जन्मिएको यो भाइरसले हामी सबैलाई त्रासादी पूर्ण रूपमा सतायो ।कोरोनाबाट बच्नको लागि क्वरेन्टाइनमा बस्नुपर्ने साबुन पानीले हात धुनपर्ने, यत्रतत्र घुम्न नहुने, क्यान्सरलाई सरकारले निशुक्ल उपचार गर्नु पर्ने कुरा,रक्सी पिउने बानी पर्नु राम्रो होइनघर नभएकोले डेराको भरमा बस्न परेको, पहाडबाट सुख काट्न तराई झरियो गर्मीको कारणले मूर्छा परियो, विविधतामा एकता, मिलिेर टोलको विकास गर्ने नारा जस्ता महत्वपूर्ण धारणा यस गीत सङ्ग्रहले समेटेको छ ।
अतः यो गीतसङ्ग्रह विविध पक्षलाई समेटेको एउटा सुन्दर प्रस्तुति हो । भाषा सरल छ । बोली चालीको भाषालाई नै प्रयोग गरिएको छ । आधुनिक गीत भनिएको हुँदा एउटै गीतमा पनि लयमा फरक भए जस्तो मलाई लाग्यो । समग्रमा खड्गजीको यो प्रयास प्रशंसनीय छ भन्दै उहाँको साहित्यिक यात्रा सफल बनोस् भन्दै विदा चाहान्छु ।
कावासोती, नवलपुर