18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कहाँ छ ठाउँ, दोस्रो अटाऊँ ?

कविता प्रा. डा. मोहन प्रसाद जोशी May 22, 2024, 12:29 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

धेरै दिनदेखि याद साँचेँ
त्यसैको सहारा लिएर बाँचेँ
यादको गीत अब किन नबनाऊँ ?
बनाउनेबित्तिकै किन नगुनगुनाउँ ?

त्यै यादले बनाएछ एक मूर्त चित्र
जुन बसेछ आँखाको नानीभित्र
नजर अब किन अन्त घुमाऊँ ?
के छ र बाँकी हेर्न जाऊँ ?

तिमीले मलाई भरिदिएछौ
जीवनमा अर्थ ल्याईदिएछौ
यताउता अब किन खोज्न जाऊँ ?
कहाँ छ ठाउँ, दोस्रो अटाऊँ ?

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।