भोकमरीमा छिमेकीले अन्न दिन्न भन्छ
महाकाली बगर हाम्रो भन्न दिन्न भन्छ
पालैपालो बोलाएर पठाउँछ कान फुकी
स्थायी सरकार मरेपनि बन्न दिन्न भन्छ
डुबाइ दिन्छ बर्खायाममा बाँध थुनेर बेसी
पानी फाल्ने निकास पनि खन्न दिन्न भन्छ
बहर बाच्छा जस्तै दाउँछ नोकर बनाएर
काममा जोताएर ज्याला टन्न दिन्न भन्छ
जाती धर्म साक्षरता गणनाको कार्य गर्दा
बाटो छेक्छ जनसंख्या गन्न दिन्न भन्छ
चितवन, नेपाल