बरु शत्रुहरू मेरा अचेल मित्र हुन् झैं ब्यवहार गर्छन्
के शत्रुहरू सडकमा र मित्रहरू सरकारमा छन् ?
हाँगाबाट चुँडिएर सुकेको त्यो पातसँग आँशु मागेको छु,
हात खोजेको छु घामको, पाउमा मरुभूमि लम्पसार पर्छन् |
कायल थिएँ ती नखराको लाग्थ्यो ती ईश्वरका आभा हुन् ।
के थाहा चटकेहरू अँगालो केवल मार्नलाई पनि मार्छन् |
म सोँच्छु कहिलेकहीँ , माली हुनु हो या भवँरा हुनु हो प्रेम?
देख्छु यहाँ आलिशान जिन्दगी त प्लास्टिक मै प्रेम भर्छन् |
आशाका श्वास अनि , पहराका हातले अक्करमा छोडिगए
तैपनि अझै निदरीका आँगनमा यी आँखा सपना छर्छन् ।