तिमी मेरोलागि त्यस्तै भयौ
मृगलाई जस्तो कस्तूरी |
सुवास सधैँ दिई नै रह्यौ
तर देखा नपर्ने भयौ |
यहीँ छौ, कहीँ आसपास छौ
तर पकडमा आउँदैनौ |
मेरोलागि तिमी त्यस्तै भयौ
जस्तो मेरै छायाँ |
सधैँ अगाडि-पछाडि,
सधैँ सँगै, तर स्पर्शातीत |
साथै छौ, तर अलग्गै छौ,
जलमा कमल झैँ |
तिमी मुटुको आभाष,
मेरो स्वास-प्रस्वास |
जीवनको आकाशलाई
उज्यालो पार्ने प्रकाश |
छौ रोमरोममा, तर स्वतन्त्र |
को हौ तिमी, प्रिय ? भनन |
अमेरिका