मलाई त हाँसै उठ्छ,
तपाईं कस्तो उटपट्याङ कुरा गर्नुहुन्छ,
अलिकति विश्राम गर भन्नुहुन्छ |
तपाईंलाई थाहा छैन म कति व्यस्त छु ?
केके गर्दछु ?
ल सुन्नोस्—
फेसबुकमा आफ्ना फोटोहररूलाई अपलोड गर्दछु
त्यसैमार्फत सयौँसँग गम्भीर च्याट गर्दछु,
कमसेकम दिनको दुई घण्टा मोबाइलमा बोल्दछु,
त्यसका साथै एक-दुई घण्टा टेक्स्ट मेसेज पठाउँछु,
भिडियो गेम जित्नलाई ज्यान दिएर खेल्द्छु,
आइप्याडका कयौँ गाना स्किप गर्दै सुन्दछु,
हरेक गाना आधा सुनेपछि फास्ट-फरवार्ड गर्दछु,
रिमोटलाई थिच्दैथिच्दै टीभीका च्यानल फेर्द्छु
संसारभरि केके भइरा’ छ दिनको दुई पटक हेर्दछु,
त्यो सब गरी बल्लतल्ल रातीको दुई बजे सुत्दछु |
अब त बुझ्नुभो तपाईंले, म कति व्यस्त छु ?
मसँग टाइम होला त विश्राम गरेर खेर फाल्ने ?
आजको मान्छेलाई नहुने पुरानो बानी अँगाल्ने ?
अमेरिका