19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्पण

कविता डि. लक्ष्मीप्रसाद आचार्य July 17, 2024, 9:00 am
डि. लक्ष्मीप्रसाद आचार्य
डि. लक्ष्मीप्रसाद आचार्य

फूल भमराले फल भुसुनाले
जल माछाले दुषित छन्
मुसलले चावल चाखेको छ
सर्पहरुले चन्दन बन् ।

धूप आगोले, कस्तुरी मृगले
दुध बाछाले चाटेको
प्रभूमा अर्पण गर्दिन भनिकन
चित्त चढाउन आँटेको ।

धरान

(कविका सुपुत्र डा. शम्भु आचार्यबाट प्राप्त कविता )

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।