18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झण्डा

कविता अर्जुन दाहाल July 25, 2024, 11:40 pm
अर्जुन दाहाल
अर्जुन दाहाल

देशको झण्डा हेरेर
उ हास्यो
किनकि झण्डामा सूर्य थियो
अनि बोल्यो
सूर्य भएको झण्डामा पनि
नेपालीहरु पसिना बगाउन विदेश जान्छन्
चन्द्रमा अंकित झण्डामा पनि
सितलता खोज्न
विदेश नै जान्छन्
अनि बोल्यो
अब क्रान्तिको आगो बाल्न
अग्नि चाहियो,
तब पुरा हुन्छ
महादेवका तीन नेत्र
ताण्डव को लागि ।
आगो बाल्दै,
पसिना चुहाउँदै
सितलता खोज्ने
नेपालीको जीवनयापन ।

गौरादह, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।