टुकीको मधुरो उज्यालो छ,
फुर्ती भयङ्कर ठूलो छ |
बिस्तारै तेल सकिँदै छ,
एकदिन धूवाँ बन्दै छ |
तर त्यसको हामीलाई होस छैन,
म को हूँ भन्ने खोज छैन |
छेपाराको जस्तो कहानी छ,
अल्छी गर्ने बानी छ |
टुकीको उज्यालोमा भुल्दै छौँ,
कोठाकै सामान हेर्दै छौँ |
ढोकाको आग्लो खोल्दैनौँ,
बाहिर के छ हेर्दैनौँ |
धिपधिप गर्दैछ टुकी, हेरौँ,
अब अरू धेरै ढीलो नगरौँ |
निभ्नुपहिले निस्केर जाऔँ,
बाँकी जीवनलाई जोगाऔँ |
अमेरिका