बिहान घरकी आमा
पातलो रङचिया उमालीरहेकी होस्
पूजाकोठामा घण्टी बजेको सुनियोस्
धुपबाट फैलिएको वासनाले
कोठाहरू मगमाईरहेको होस्
घरका बाउले भजन गाईरहेको सुनियोस्।
चियासँग बिस्किट खाँदैगर्दा
छोरीलाई सोधुन बाउले-
तिम्रो पढ़ाई कस्तो छ हँ हिजाज?
घरबाट हिँड्नअघि
छोरोलाई भनुन आमाले-
बेलुकी ढिला नगर्नु, बा रिसाउँछन्।
साँझको खानापछि
सबै सँगै बसेर गफिउन् बेफिक्री बनेर
सुनाउन् सबैले
दिनभरिका कथाव्यथा आफ्नो-आफ्नै
छुटोस बरू खित्काहरू
सुनुन् परपरका छरछिमेकमा सबैले
आखिर
खित्काहरू छुट्नु
खित्काहरू सुनिनु भनेको-
घरको दैलो बजारिनु होइन
खिड्कीका ऐनाहरू फुट्नु होइन
चित्कारहरू छरिनु पनि त होइन
समग्रमा-
सम्बन्धहरू टोड़िनु होइन।
खित्काहरू छुट्नु भनेको
खित्काहरू सनिनु भनेको त
साँचो अर्थमा
एउटा घर, घरजस्तै हुनु पो हो त।
-४/७/२०२४
अर्जुन यावा
राङ्का बरबिङ, पूर्व सिक्किम, भारत
अर्जुन यावा
बिहान घरकी आमा
पातलो रङचिया उमालीरहेकी होस्
पूजाकोठामा घण्टी बजेको सुनियोस्
धुपबाट फैलिएको वासनाले
कोठाहरू मगमाईरहेको होस्
घरका बाउले भजन गाईरहेको सुनियोस्।
चियासँग बिस्किट खाँदैगर्दा
छोरीलाई सोधुन बाउले-
तिम्रो पढ़ाई कस्तो छ हँ हिजाज?
घरबाट हिँड्नअघि
छोरोलाई भनुन आमाले-
बेलुकी ढिला नगर्नु, बा रिसाउँछन्।
साँझको खानापछि
सबै सँगै बसेर गफिउन् बेफिक्री बनेर
सुनाउन् सबैले
दिनभरिका कथाव्यथा आफ्नो-आफ्नै
छुटोस बरू खित्काहरू
सुनुन् परपरका छरछिमेकमा सबैले
आखिर
खित्काहरू छुट्नु
खित्काहरू सुनिनु भनेको-
घरको दैलो बजारिनु होइन
खिड्कीका ऐनाहरू फुट्नु होइन
चित्कारहरू छरिनु पनि त होइन
समग्रमा-
सम्बन्धहरू टोड़िनु होइन।
खित्काहरू छुट्नु भनेको
खित्काहरू सनिनु भनेको त
साँचो अर्थमा
एउटा घर, घरजस्तै हुनु पो हो त।
राङ्का बरबिङ, पूर्व सिक्किम, भारत