18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कुकुर !

कविता विश्वराज अधिकारी August 1, 2024, 2:32 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

कुकुरका बाबुले माया गर्न सिकाएनन्
आमाले माया गर्न सिकाइनन्
माया गर्न उसले जन्मजात सिकेको हो।

मालिक दौडिँदा कुकुर दौडिन्छ
बस्दा ऊ बस्छ
भीखमा माग्दा ऊ पनि भीख माग्छ
मालिक भोकै हुँदा ऊ पनि भोकै हुन्छ।

प्रत्येक पल साथ दिन्छ
आफ्नो मलिकलाई
प्रत्येक पल माया गर्छ
मायामा सर्त राख्दैन।

मालिकसँग बिद्रोह गर्देन
मालिकसँग युद्ध गर्दैन
उसलाई थाहा छ मायामा युद्ध हुँदैन
बिद्रोह हुँदैन, सङ्घर्ष हुँदैन
मायामा केवल माया हुन्छ
असीमित निस्वार्थ माया हुन्छ।

अनि आफूलाई बुध्दिमान भन्ने
आफ्नै परिवार, मित्र, अति प्रियको
हत्या गर्ने मान्छले अर्को मान्छेलाई भन्छ-
‘तेरो कुकुर जति पनि बुद्धि छैन।’


अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।