19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अम्बिका गिरी November 19, 2008, 9:00 pm

सपनीमा मात्र होइन प्रिय बिपनीमा पनि आउन

उजाड मेरो जीन्दगीमा बसन्तको बहार छाउन

साँचेकी छु तिम्रो माया पछ्यौरीमा गाँठो पारी

आतुर छु म हाम्रो सानो मायाको घर सजाउन

फिक्का लाग्छ जुन अचेल सुगन्ध नै छैन फूलमा

नपाउँदै ओइली झर्न टिपी मेरो शिरमा लाउन

बिरहको आगो बाली छाती भित्र मुटु जल्छ

तड्पीएको मेरो मनलाई तिमी आफै सम्झाउन

तिमी मात्रै गयौ टाढा छोडी मलाई एकान्तमा

सक्छौ भने बिन्ती प्रिय मलाई पनि लैजाउन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।