डा. मदन बडालसँग नोभेम्बर ८, २०२३ मा अमेरिकाको ग्रिनशबोरो, उहाँको निवासमा , डा. विनोद रिजालको साथमा अनायास भेटघाट हुन पुग्यौं । म र डा.विनोद रिजाल बेलुकीपख घुम्न हिडेकोमा डा. विनोद रिजालले मेरो एकजना मित्र डाक्टर हुनु हुन्छ भेटौं न भन्ने सल्लाह गरेको हुँदा हामी उहाँको घरमा गएका थियौं । डा. मदनको सहयोगमा बरिष्ठ साहित्यकार होमनाथ सुवेदीको बारेमा कुरा चल्यो । डा मदनले होमनाथ सुवेदीकी सुपुत्री डा. कल्पना सत्यालसँग परिचय रहेको र उहाँसँग सम्पर्क गरेर होमनाथ सुवेदीको ठेगाना पत्ता लाग्ने भनी कल्पनालाई फोन गर्नु भयो । प्रत्यक्ष भेट हुन नसके पनि कल्पना सत्यालसँग कुराकानी भयो । होमनाथजीको ठेगाना पत्ता लाग्यो । डा. मदनको ससुरा पनि कृषि वैज्ञानीक हुँदो हुनुहुँदो रहेछ । हाल उहाँको नाम याद नभए पनि मसँग परिचय भने रहेछ । विनोदले मलाई माटो वैज्ञानिक भनेर परिचय गराउनु मदन पनि साहित्यमा रूची राख्ने भनी जानकारी गराउनु र मदनले ‘जयजननी स्मृति संग्रह मलाई हस्तान्तरण गर्नु भयो ।
यो कृति स्व. जीवनकुमारी बडालको सम्झनामा लेखिएको र संसारका सम्पूर्ण आमाहरूमा समर्पण गरिएको छ । प्रकाशन पद्यकुमार बडालले गर्नु भएको, मूल्य रू ३००।– राखिएको छ । आवरणपृष्ठ बाहेक कृति १७६ पृष्ठमा सिर्जना गरिएको छ । कृतिमा भाषा नेपाली प्रयोग गरिएको भए पनि मिश्काको एउटा कविता अंग्रेजीमा लेखिएको छ । कोइराला परिवार र बडाल परिवारको Family tree पनि समावेश गरिएको छ । पृष्ठ १६० देखि १७६ पृष्ठसम्म पारिवारिक रङ्गिन तस्विरहरूले सजाइएको छ । आवरणको अग्र पृष्ठमा स्व. जीवन कुमारी बडालकाको रङ्गिन चित्र छ भने पछिल्लो आवरणमा लेखक तथा संकलकको विवरण छ । ४९ शीर्षकमा र २८ जना लेखकले स्व. जीवन कुमारी बडालका बारेमा विविध शीर्षकमा प्रकाश पार्नु भएको छ । यो कृतिको प्रकाशन स्व. जीवन कुमारी बडालका पति पद्मकुमार बडालले गर्नु भएको छ । छोटो मिठो प्रकाशकीयमा स्व. जीवनकुमारी बडालका भावना एवम् उनका क्रियाकलापलाई समेटिएको छ र लेखनाथको कालमहिमाका दुई श्लोक यस प्रकार प्रस्तुत गर्नु भएको छ–
भाका भुल दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो ।
आयो टप्प टिपो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।।
कृतिभित्र प्रवेश गर्दा – जीवन कुमारी बडाल(मैया)को जन्म वि.सं. २००२ माघ४ गते दुम्जा सिन्धुलीका पिता श्री गंगाप्रसाद कोइराला माता श्री लक्ष्मी कोइरालाकी सुपुत्रीको रुपमा भएको थियो । उनको विवाह वि.सं. २०१७ साल फागुन २९ गते पद्मकुमार बडालसँग भएको । उनको मृत्यु वि.सं. २०६२ चैत्र १३ गते पेटको क्यान्सरको कारणबाट भएको । शिक्षा अनौपचारिक भएको र धर्मकर्म र पूजापाठमा रुची रहेको । उनका कृति प्रकाशन समयसम्म छोरा /छोरी १० जना, नाति÷नातिनी २१ जना र पनाति ५ जना छन् । यस लेखको पहिलो शीर्षक छ श्री गणेशाय नम:। काव्यहरू लेखन गर्दा मङ्गलाचरण बाट थालनी गर्दछन् र यहाँ डा. मदनले पनि आफ्ना धारणा श्री गणेशाय नम ः बाट थालनी गर्नु भएको छ । मातापिताप्रतिको गहिरो आदरभाव, बाबा आमा प्रथम गुरु र गूरुआमा हुन् भन्दै डा. मदनले आमा बाबाले आमा बाबालाई उच्च महत्व दिनु पर्ने भन्दै एउटा संस्कृतिको श्लोकलाई यहाँ पस्कनु भएको छ –‘छोरा जति खराव भए पनि आमा कहिल्यै खराव हुँदिनन्’ एउटा मार्मिक घटनालाई मदनजीले यहाँ प्रस्तुत गर्नु भएको छ । नाति नातिनीहरूलाई हजुरबाबा र हजुरआमा धेरै प्यारा हुन्छन् । एक दिन उहाँकी छारीले हजुर बाबासँग मात्रै कुरा गराउने तर हजुरआमासँग किन कुरा गराउनु हुन्न भनि सोधनी गर्दा मदनले हजुरआमा त स्वर्गमा हुनुहुन्छ भन्दा उहाँकी छोरीले स्वर्गमा नै फोन लगाउन भन्दा मदन निरुत्तर भएका धारणा यहाँ आएका छन् । यहाँ भावनात्मक थुप्रै अभिव्यक्ति पस्कनु भएको छ । छोरी मिश्काको दढता, जिज्ञाशा जागरुकता, हजुर आमाको बारेमा लेखिने कृतिको प्रचारप्रसारले गर्दा मदनले यो कृति सिर्जना गर्न र प्रकाश गर्न अग्रसर भएको धारणा पनि यहाँ प्रकाशन गर्नु भएको छ । अन्तमा मदनजीले आज आमाहरूले भोग्न परेको कटु सत्यलाई अर्जुन पराजुलीको कवितालाई समावेश गर्नु भएको छ–
आमा जब जिउँदै हुन्छिन् ।
हामी
उनलाई भोकै राख्छौं र
आफूmलाई खिर ख्वाउँछौ ।
आमा जव मर्छिन
हामी
आफूलाई भोकै राख्छा्रै र
उनलाई खिर ख्वाउँछौ ।
दुम्जा डाँडोः बाल्यकाल–यस शीर्षकमा स्व. जीवन कुमारी बडालको जन्म २००२मा कोइराला परिवारमा दुम्जामा भएको, कान्छी छारी भएकोले सबैले माया गर्ने दाजुहरूबाट अध्ययन गर्न सिक्नु भएको , २०१७ सालमा विवाह भएको,विवाहको पहिलो वर्ष माइतमा बस्ने चलन, माइली पूmपु वेपत्ता भएकी, पानीलिन १ घण्टा टढा जानुपर्ने, केटाकेटीको काम र खेती पाती गर्नु पर्ने आदि धारणा यहाँ आएका छन् ।
संकटको समय – यस शीर्षकमा २०२२ सालमा अलग भएर बस्नु , साल सालै बच्चा जन्मिनु, २०२५ मा हरिवनमा थोरै जग्गा किन्नु, २०३० सालमा घरको जग्गा बेच्नु ररौतहटको पूmलबारीमा र जग्गा र कच्चीघर किन्नु त्यहाँको गमीृ मछेड आदि कारणले त्यहाँ बस्न नसक्नु, २०३२ सालमा तराईको जमिन बेचेर पुन पहाड फर्कनु ।आर्थिक संकट झेल्नु २०३९ सालमा ग्रामीण स्वास्थ कार्यकर्तामा काम गर्न थाल्नु हमर्थिक पक्ष सुधार हुँदै जानु । ठूलो छोराले शिक्षक जागिर थालनी गर्नु अशोकले २०४८ सालमा धुलीखेलमा होटेलमा जागिर खानु, स्व. जीवनकुमारीको घरमै पुराण लगाउने इच्छा पूरा भएन आदि । सुरुमा आर्थिक समस्या जटिल भए पनि जीवनको उतराधमा आर्थिक सम्पन्नताको साथै जीवन सुखमय भएको विवरण आएको छ ।
भक्तबहादुर माइला बा– यस शीर्षकमा तराइको जमिन बेचेर पहाडमा आफ्ना दाजु भाइसँग जग्गा फिर्ता पाउन सम्भव नभएपछि भक्त बहादुर सँग ६ हज्जारमा जग्गा किनी घर बनाई, भैंसी किनेको धारणा आएको छ ।
ईश्वरको लीला अपरम्पार – यस शीर्षकमा धेरै सन्तान भएको र एक जना सरले फुटबलको टिमनै पुग्ने भनेपछि मदनका बुवाले ईश्वरको वरदान तथा लीला भन्ने जवाफ दिएका कुरा दशैंमा आशीष दिंदा दश पुत्रको माऊ भन्ने चलन रहेको । धेरै सन्तान हुनका कारणमा घरको कामको सहयोग हुने तथा बाल मृत्युदर अधिक हुने आदि कुनै कारणले होला भन्ने प्रश्नवाची बन्नु भयो मदनको बा । परिवार नियोजनको कामको थालनी, परिवार नियोजन गराउँदा सरकारबाट पैसा पाइने धेरै परिवार भएपछि रमाइलो हुने । ठूलाको कपडा स्यानोले लाउने आदि विवरणको साथै रेडियोको विज्ञापन नै बदलेर ‘ठूलो परिवार सुखी परिवार दस सन्तान ईश्वरका वरदान आदि धारणा आएको छ ।
पूजाआजा – यस शीर्षकमा मदनकी आमाले हरेक दिन चोखो पानी, पूजापाठ, पूजापाठमा संस्कृतिका सबै सुखी हवन् भन्ने, ॐ शान्ति शान्ति, त्वमेव माता च पिता न्वमेव जस्ता श्लोक पढ्ने,विष्णुको ठूलो भक्त, वैष्णव बन्ने इचछा लागेपछि विराटनगरमा गएर वैष्णव भएर छाड्नु , एकादशी उपवास बस्नु, आकाशीमा बत्ती बाल्नु, हरिबोधनी र हरिशयनी एकादशीमा तुलसीको मठमा विशेष पूजाहरू गर्नु, सुत्न जाँदा ‘ हरि ओम तत्सत्, कृष्ण बन्दे जगत गुरू’ भन्ने मन्त्र बा आमाको थेगोको रूपमा रहेको , मन्दिर जानु र पूजा गर्नु त मनको शान्तिको लागि गरिने , सच्चा धर्म त परोपकार हो भन्नु महाभारत, रामायण, कृष्ण चरित्र कहत्वपूर्ण श्लोक कण्ठ गर्नु आदि धारणा यहाँ आएका छन् ।
आँपको रुख – यस शीर्षकमा मानिस सोच विचार फरक फरक हुने भन्दै एक आमाका तीन सन्तान परदेश जानु भोक लाग्नु खाना खोज्नु एउटा भाइले आँपको रुखमा फलेका आँपका पाकेका फल खानु,् खोया बाटा नजिक गाडे छ । दोस्रो भाइ आँपको बोटमा गएर पाकेका फल खाएर बेचेर पैसा आर्जन गर्न सक्ने भनेर हाँगा लछारदै हाँगासँगै फल लिएर आउनु , तेस्रो भाइ रुखमा गएपछि घरमा लगाएको नफल्ने वनमा फल्ने भन्दै रुखलाई धिकारो, पाकेको र काँचो छुट्याउन सकेन काँचो आँप खाएर दाजुहरूले मिठाफल खुवाइस् मलाई नमिठो भन्दै रुखलाई नै नष्ट गरेको धारणा आएको छ र आमाले यसबाट स्वभाव चेतना, व्यवहारको फरकले गर्दा एउटै आमाका छोराहरूबाट यस्तो कर्म भयो भन्नु, सोचमा ज्ञानेन्द्रिय बाट प्रभाव पर्ने, सात्विक खान खानु पर्ने, तामसी खानाले तमगुण बढाउने, बासी खाना खान नहुने आदि आमाका धारण लेखकले यहाँ प्रष्ट पारेका छन् ।
प्रसङ्ग गहनाको – मदनकी आमालाई सुन मन पर्दैनथ्यो । सुनमा कली बसेको हुन्छ भनी परीक्षित राजाले लगाएको सुनको श्रीपेच सर्पको कथा सुनाउनु, अष्टबक्र र राजा जनकको कथा सुनाउनु, कलीको बास सुनमा भएकोले सुन लगाउन नहुने , चोर डाँका लाग्ने आदि कुरा बताउँदै लक्ष्मीप्रसाद देवकोटाको ‘हातको मैला सुनको थैला के गर्नु धनले सागर सिस्नु खाएको वेस आनन्दी मनले ’जस्ता र गुण–रत्नमालाको श्लोक सुनाउने गर्नु जस्ता धारणा आएका छन् ।
जीवनको ठूलो शत्रु –आलस्य – मदनकी आमालाई अवेरसम्म सुतेको मन पर्दैनथ्यो र निन्द्रा÷आलस्य सबै भन्दा ठूला शत्रु हुन् भन्नु हुन्थ्यो ।मानिसले पाउने समय भनेको २४ घण्टा भएको र यसको सही सदुपयोग गर्नु पर्छ । सुत्नेले दुःख पाउने र कर्मशीलले सुख पाउने भोली भोली भनेर समय खेर फाल्न नहुने यर्थात समयको सही सदुपयोग गर्नु पर्छ भन्ने सन्देश बोकेको छ लेखले ।
कति जान्ने –यस शीर्षकमा आमा औपचारिक शिक्षा हाँसिल नगरे पनि श्लोक उखान टुक्का, गाउँ खाने कथा, बोल्न प्रसङ्ग मिलाउन अति सिपालु, उपनाम पनि जस्तै रिसाहालाई दुर्वासा। केटा केटीलाई मिठाइ बाँड्दा धेरैथोरै भएर रिसाउनेलाई लोभ गर्न नहने, ध्रुव जेलपरेकोमा कसैले फसाइ दिए होला भन्नु, आइतबार तथा मङ्गलबार तेल लगाए जेल गइने कुरा । आमाले घाँटीहेरी हाड निल्न पर्ने उखानको प्रयोग, अकबर बिरबलका कथा, मधुमालतीका कथा, नल दमयन्तीका कथा आदि कथा छोरा छोरीलाई सुनाउनु मदनले पनि केही ज्ञान गुनका कुरा सुनाउनु। थुप्रै उखान टुक्काहरू आमाले प्रयोग गर्नु गाउँ खाने कथा सुनाउनु आदि धारणाहरू आएका छन् ।
आकाश घडी, रेडियो साथी –आमा चारबजेति र उठने, पानी लिन पँधेरीमा जाने । आमाले समय पत्ता लगाउने उपाय भनेको जून ताराहरूबाट लगाइन्थ्यो । नुहाई धुवाई गरेर घरको लिपपोत गरेर पूजा गर्नु गुणरत्नमालाको पाठ गर्नु, ४०–४५ सालतिर रेडियो भित्रीए पछि आमाको साथी रेडियो हुन पुग्यो, विविधकार्यक्रम सुन्न्ु समाचारसुन्न नछाड्नु। कृषिकार्यक्रम सुनेपछि खानेकाम हुने धारणा यहाँ आएका छन् ।
अतिथि देवो भवः – यस शीर्षकमा घरमा पाहुना आउँदा भात खान पाइने, धान रोप्ने खेत नभएको बारी जग्गामात्र भएको । घरमा पाहुना आइ राख्ने र राती दशबजे आएका पाहुनालाई पनि अल्छि नमानी खाना पकाएर खुवाउने फरक फरक पाहुनालाई फरक फरक स्वागत गरिने, बेलुकाको पाहुनालाई जे छ त्यही खुवायर सत्कार गर्ने ।गजाधर सोतीको बारेमा भानु भक्तले लेखेको कविता बाचन गर्नु, घरबाट कोही टाढाको साइत गर्ने भएमा दही खुवाएर विदा गर्नु, मङ्गलं भगवान विष्णुको मन्त्र उच्चारण गनु, अमेरिकामा पनि मदनले अनायासै यी बाक्य स्मरण गर्नु आदि धारणा यहाँ आएका छन् ।
व्यक्ति एक, भूमिका अनेक– यस शीर्षकमा आमाको बहुआयमिक कामको वर्णन गरिएको छ । छोराछोरीलाई कमिलाको र मौरीको कामको उदाहरण पनि आमाले दिने गरेको र भानुभक्तको श्लोकलाई कन्ठस्थ रहेको धारणा यहाँ आएका छन् ।
गन्तव्य एक बाटो अनेक – यस शीर्षकमा रामहरीले इसाई धर्मको प्रचार प्रसार गर्न कठमाडौ आउने गरेका कुरा, चकलेट बाड्ने, इसाईमा एउटै देवता भएको र हिन्दुका जस्त धेरै देवताको नाम जान्ने नपर्ने भनाई । आमाले गीताको कर्म गर फलको आस नगर भन्ने युक्तिलाई फलको आस त गर्नै पर्छ भन्ने थियो । गाउँमा एउटी महिलालाई बोक्सीको आरोप लगाइएको घटना मदनकी आमालाई बोक्सीमा विश्वास नभएको र ती महिला उनको घरमा आए पछि समाज पापी रहेको भनी सम्झाएको धारणा आएको छ ।
जातभात – यस शीर्षकमा आमाको पालामा जातभात, छोइछिटो प्रवल हुँदा पनि मदनको घरमा भने यस विषयमा हलुको रहेको र राम्रा नानीहरूलाई विवाह गर्न मिल्दैन भनि प्रश्न गर्दा आमाले तिम्रो विचार भन्नु माओवादी जनयुद्धमा दलितहरू मानिने लडाकुले खिर पकाएर खुवाउनु जस्ता धारणा आएका छन् ।
श्रमको सम्मान –यस शीर्षकमा तराईबाट कपडाको गोले भारी बोकेर गाउँ गाउँ कपडा बेच्न आएको मानिस माथि केही केटाहरूले तर्साएर केही सामान लुट्न खोजेको अवस्थामा मदनकी आमाले गएर सम्झाएर ती केटालाई हटाएको र श्रमको सम्मान गर्नु पर्छ भन्ने आमाको भावनालाई यहाँ दर्शाइएको छ ।
भेदभाव –यस शीर्षकले छोरा र छोरीमा गरिने भेदभावलाई दर्शाएकोछ । छोरालाई पढाउने छोरीलाई नपढाउने, काममा पनि छोरालाई भन्दा छोरीलाई बढता लगाउने, बजार टाढा भएको र रातो माटो पनि टाढा रहेको कुराहरू र मदन एक पटक दिदीहरूसँग बजार गएको र दुख पाएको, पितृसत्तात्मक संरचनाले समाजमा अझै गाँझेको धारणा आएको छ ।
आमा घरमा नहुँदा –यस शीर्षकमा आमा टाढा हुँदा बेचैन हुने । आमा टाढा नभए राम्रो लाग्ने आमा माइत जाँदा बोहोरे पुच्छार सम्म छाड््न जाने, बाबा र दादाले धुलिखेल र बनेपाबाट आउँदा पनि फलपूmल कपडा मिठाइ लिएर आउने, झोला नखोलनदेर कुरेर बस्ने, ठूली आमाको छोरा दाइले १रुपियाँ जाने विस्कुट र पिपलगेडी ल्याइदिंदा रमाएका कुरा यहाँ आएका छन् ।
घर छोड्ने रात – यस शीर्षकमा मदन पढ्नको लागि वनेपा जानु पर्ने भएको र घर छाडेर जाँदा घरक परिवार, साथीभाइँिग अलग हुँदा नियास्रो लाग्नु , बोर्डिङ पढ्न पर्ने भएकोले सबै विषय अंग्रेजीमा पढ्नु पर्ने , दिदीको घरमा बस्नु पर्ने अशोकदाइले खर्चको जिम्मा लिएको आमाले विद्यार्थीका पाँच ओटा लक्षण भएको संस्कृतिको श्लोक पढेर सुनाउनु हुँथ्यो ।
काक चेष्टा बको ध्यानं , स्वान निद्रा तथैब च
अल्पहारी , गृह्यत्यागी विद्यार्थी पञ्च लक्षण
प्रसङ्ग पत्रिका चोरेको – यस शीर्षकमा भान्जाले के उपद्रो गरेका थिए मदनलाई थाहा भएन तर नातिलाई हजुरआमाले सियो चोर्ने पनि चोर सुन चोर्ने पनि चोर । चोरेको थाहा पाउँदा बदनाम भइन्छ भन्दै गर्दा मदन र साथीहरूले पनि एउटा किताब पसलबाट नवयुवा र अन्तराष्ट्रिय मञ्च चोरेको नवयुवा मदनको पढ्ने भागमा परेको र आमाको चोर सम्बन्धि कुरा सुनेपछि मदनको हातको पत्रिका खस्नु । त्यो दोकानीको सामुन्ने पुग्न नसक्नु पछि अमेरिकाबाट नेपाल जाँदा पत्रिका चोरेको कुरा भन्दा पुस्तक पसलेले नपत्याउनु मदनलाई आदर गर्नु घरमा सानातिना चोरी हुँदा मदनले थोरै चोर्ने भएकोले उनीमाथि संका हुँदैनथ्यो जस्ता धारणा यहाँ आएका छन् ।
आमाको आँसु –यस शीर्षकमा मदन एसएलसी दिएपछि घरमा बसेर घरको काम गर्नु, अध्ययन गर्नु, युधीर थापाका १५–२० ओटा उपन्यासका किताप पढी पनि सकेको र गाउँमा ट्युसन पनि पढाउँदै गर्दै एकदिन मकै पिसेर ल्याउनको लागि रोसीखोलाको घट्टमा जान तयार भएको वेला सायद कमल ओलीले २०५४को एसएलसीको नतिजा प्रकाशन भएको र त्यसमा सिद्धार्थ स्कुल बनेपाका मदन बडाल बोर्ड फस्ट भएको भनिन् । यस अवस्थामा आमा खुसीले आँसु बगाउनु भएको, रातो टिका लगाएर दही खुवाएर विदा गर्नु भएको, ठुल्दाइले बाटो खर्च भनेर ५०० रुपियाँ दिएको स्कुलमा पुग्दा सबैले उनलाई कुरिरहेका आदि धारणाहरू यहाँ आएका छन् ।
घैंंटामा घाम – यस शीर्षकमा मदन बडाल बोर्ड प्रथम भएपछि अति व्युजी रहेका,े एमाले पार्टी फुटेको , चण्डेश्वरी प्रकाशन प्रा.लि.ले आर्किड होटेल त्रिपुरेश्वरमा तत्कालिन शिक्षामन्त्री अर्जुन नरसिंह केसीको आत्थ्यिमा सम्मान कार्यक्रम गरेको र मदनले बोल्नेक्रममा सर्वोत्कृष्ट नम्बर आउने श्रेयको बारेमा बोल्दा आमाको नाम नलिएकोमा एक जना विद्वानले यस सम्बन्धमा एएिलसीको सर्वोत्कृष्ट नम्बर आउनुमा कस्को श्रेय जान्छ त भनी प्रश्न गर्दा मदन बडाल अनुत्तरित भएका र मातृदेवो भव ..... गूरु साक्षत पर ब्रह्म तस्मै गुरुवे नमः । जस्ता धारणा सहित यो शीर्षक समाप्त हुन्छ ।
विद्याददाति विनय – यस शीर्षकमा दशैं विदामा घर गएको वेलामा बोर्डमा प्रथम भएकोमा के भोज खुवाउने भन्दा मदनले नतिजा आएको ६ महिना भइसक्यो भोज न सोज भनेकोमा आमाले बेलुका ज्ञानीमानिस सधै नम्र भएर बोल्नु पर्छ भन्दै लेखनाथ पौड्यालका यी श्लोक सुुनाउनु भयो –
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र
बुबले पनि विद्या ददाति विनयाधाति पात्रताम् र । सधै भन्ने गरेको धारणा आएको छ ।
अँगेनाको वरिपरि –यस शीर्षकमा बेलुकाको खानापछि अगेनाको वरिपरि बसेर ७ बजेको समाचार, घटना र विचार, र विविसी कार्यक्रम सुन्ने आमाको कुरा सुन्नु, भूतका कथा सुन्नु , डर मान्नु , आमाले पढ्ने मानिसले धेरै कुरा सुन्ने हैन पढ्न जाउ भनेपछि रिसाउँदै पढ्न जानु मसीको बट्टामा बत्ती बनाएर पढ्नु पछि सौर्य बत्ती बल्न थाल्नु, स्कुलमा हाजिरी जवाफ र चेस खेल्नु रसी खोलाको बोक्सी कुना दहमा पौडी खेल्दा पानी खानु, खोलाले किनारमा फालेकोले बचेको आमा र साथीहरू पनि सुनकोसीले बगाएको र केही साथी मरेको , आदि कुराहरू यहाँ आएका छन् ।
शनिबारको बसिबियालो– शनिबारको दिन विदाको दिन नुहाइ गर्ने , विहानदेखि बेलुकासम्म रेडियो सुन्ने आमाले १ं.३० बजेको नाटकको कार्यक्रम सुन्ने, आमा दिदीहरूले जुम्रा मार्ने, मदनका पनि लिखा धरै हुन्थे रे शान्ता दिदीले मारि दिने, मदनको नामै लिखे राखेका रे, मदनले झमक कुमारी घिमिरेलाई भेटेको र आमाले फोटो देखाइ भन्दा नवयुवाबाट फोटो देखाइ दिएको र आमा खुसी हुनु भएको बाल्यकाल निकै आनन्ददायी भएका धारणा आएका छन् ।
अक्षम्य अपराध–यस शीर्षकमा मदनले अम्बामा पैसा राखेर आमालाई अम्वा खान दिएको र अम्बा खाँदा दाँतबाट रगत आएको हुँदा मदनलाई हीनताबोध भएको र आमाले दाँत हल्लेको छ भन्दा मदनको मुख अँध्यारो हुने धारणा आएको छ ।
पतिभक्ति ? –यस शीर्षकमा आमाको पतिभक्ति निकै थियो र बाबाले पनि आमालई निकै माया गर्नु हुन्थ्यो । पति नआए सम्म भोकै बस्ने, पतिले खाना खाएको थालीमा नै आमाले खाने, बेलुका बाबाको खुट्टा मिचि दिने छोरा छारीले बाबाको टाउका मिचि दिने खुट्टाको जल खाने चलन, यी चलन देख्दा मदनले बालकृष्ण समका यी पंक्तिहरू सम्झने गरेका धारणा आएको छ –
देशभक्ति त मर्दैन चुत्दै देश भए पनि
पतिभक्ति त मर्दैन पापी पति भए पनि
जनावर प्रेम –यस शीर्षकमा चरा चुरुङ्गीप्रति आमाको अगाध माया रहेको। पसुबध गर्न नहुने, जस्ता कुरा आमाले भन्नु, खाना खाँदा पनि सर्ब प्रथम काग र कुकुरलाई चढाएर मात्र खाने, छोरा छोरीलाई एक जना पात्र जीवन भर धर्म गर्ने गरेको तर मर्दा नरक जानु पर्दा धर्मराजसँग सोधनी गर्दा उसले सात वर्षको हुँदा कमिला÷झिंगा मारेको हुँदा नरक जानु परेको भन्नु, जनावर कीट पतङ्ग पनि चराचर जगतका रचना हुन् भन्नु , शिरोमणिको पिञ्जराको सुगाको श्लोक सुनाउनु , मदनले घामतापी रहेको सर्प मार्न खोज्दा धपाई दिनु जस्ता जनावरलाई माया गर्नु पर्ने धारणा आएका छन् लेखमा ।
दशै तिहार र पिङ–दशैं रमाइलो हुने,घर सेतो माटो ् कमेरोले सिङ्गारिन्थ्यो, आमाले मासु नखाए पनि पकाउने काम गर्नु , दशैमा आमा माइत जान सहज थिएन, पूmलपातेको अघिल्लो दिनदेखि बाबियो बटुलेर लट्ठा तयार पारेर पिङ खेल्ने काम हुनु पिङ्खेल्दा धेरै नमच्चिनु भन्ने कुरा आमाले भन्नु , आमा पिङ खेल्दा लोटेर गर्दननै बाङ्गो भएको रे, दशैंमा कोजाग्रत पूर्णिमासम्म रमाइलो हुने पाहुना आउने फलपूmल ल्याउने तिहार आउने तिहारमा देउसी खेल्ने तयारी, आमाले लक्ष्मीको पूजा गर्ने सेल, पुरी अनारसाहरू पकाउने माघे सक्रान्तिमा फापरको फुरेउला खिचडी, तिजमा दर खाने श्रावणमा खिर, मातातीर्थ औसीमा मात्र आमा सम्झने तर वर्षभरी नसम्झने, विद्यार्थी खहरे हैन नदी बन्न सक्नु पर्छ आदि आमाका भावना र धारणालाई यहाँ दर्शाइएको छ ।
तास चिया र चुरोट – यस शीर्षकमा २०४५ देखि २०४८ सम्म मदनको घरमा तासको अखडा नै रहेको, मदनको बुवाले पनि तास खेल्ने , चुरोट बलवान खैनीको सेवन गर्ने यो देखासिकीमा मदनले पनि बलवान खैनी निलेको र वात्ना भएको, यसरी नै चुरोट तान्दा पनि झण्डै फेन्ट भएको हुँदा मदनले पुन ती सेवन नगर्नु । तास हेरेर सिक्नु दशैं तिहारमा अलि अलि खेल्नु, बाले धेरै धुम्रपान गरे पनि घरका परिवारले कसैले पनि धुम्रपान नगर्नु, माओवादी विद्रोहले गर्दा तास खेल्न बन्द भएको धारणा आएको छ ।
आमा र राजनीति –यस शीर्षकमा २०४५ सालतिर घर्मा रेडियो भित्रीएको र घरमा आएर राजनीति कुरा गर्दा आमाले चाख दिएर सुन्नु ,तर आमाले भोट हाल्न बुथ टाढा भएर नसक्नु, २०४७ । २०४८तिर मदनको गाउँ पूरै हंसिया हथौडामय भएको थियो । आमालाई सोद्धा आमाले माइतितिर सबै काँग्रेस भएका र ६० वर्ष पुगेपछि कमुनिष्टले मानिस मार्छ भन्छन् तर मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि बृद्ध भत्ता बाँडियो, बाले हालको परिस्थितिमा नेपालका कमुनिष्टहरू कमाउनिष्ट भए। व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन के कमुनिष्ट के काँग्रेस के पञ्चे सबै एकै रहेको धारणा आएको छ ।
प्रसङ्ग राजाको–यस शीर्षकमा राजालाई देउता मान्ने चलन, राजा वीरेन्द्रको र आमाको जन्म वर्ष एकै, आमाले पृथ्वीनारायण शाहकोको कथा सुनाउनु, अर्ती भने घर्तीको पनि लिनु पर्छ भन्ने धारणा, वीरेन्द्रलाई दीपेन्द्रले मारेको भनेर आमालाई सोधनी गर्दा आफ्नै छोराले बाबुलाई मार्ने कसरी हुन्छ र भनेर प्रश्न गर्नु, माइला भाइलाई शङ्का गर्नु , दाजुभाइ त अजात शत्रु भन्छन् बाबुले सुनाउनु, दशैंमा राजालाई टीका लगाएर मात्र छोरा छारीलाई टिका लगाउने चलन र यो चलन २०६२ ।२०६३को आन्दोलन पछि हरायो तर आमा वितेको हुँदा राजसंस्था फालिएको थाहा नपाइक नै वितेको हुँदा कस्तो प्रतिक्रिया हुन्थ्यो थाहा नहुने भयो भन्ने धारणा आएको छ ।
टपरे बाहुन – यस शीर्षकमा मदनका बा ले पण्डित्याई गर्ने, यसै सिलसिलामा नागपञ्चमी, रक्षाबन्धन, कुशे औंसीमा जजमानको घरमा नाग टाँस्न , कुश वाड्न, रक्षाबन्धनमा तागो बाँध्न जानु पर्दा कुशे औंशीमा मङ्गलटार बोहोरे जजमानकोमा जाँदा स्कुलको साथीले टपरे बाहुन भनेको र मदनले आमालाई भनेपछि पुन यस्तो काममा नगएको धारणा आएको छ ।
सरकारी जागिर – यस शीर्षकमा आमालाई सरकारी स्थायी जागिर मन पर्ने । २०५७ सालमा काठमाण्डौ विश्वविद्यालयबाट प्रमाणपत्र तह सकेर गाउँमा जानु, बाबाले स्वास्थ चौकीमा काम गरेको हुँदा आमालाई स्वास्थ चौकीमा काम गर्न असहज हुने र डाक्टरी पढ्न कठिन हुने सरकारी जागिर खाएर पनि ठुलो मानिस हुन सक्ने र डाक्टरीमा आफ्नै लागि र परिवारको लागि समय दिन नसक्ने, ०५५ सालतिर बाबाको जागिर सकिनु , पेन्सन २० वर्ष नपुगेको कारणले नपाउनु सायद आमलाई टेन्सन भयो होला भन्ने धारणा आएको छ ।
धुवाँमा रुमलिएका आमाहरू– यसशीर्षकमा पुरानो समयमा तेलपेल्नको लाति मिल थिएन र चेपुवा (कतै कतै तोरी पेल्ने कोल पनि भन्ने चलन छ) मा तेल पेल्न आमा सँग गएको , आमा तेल पेल्न लाग्नु भएको, मदन र अरू बालकहरू डण्डीवियो खेल्न थाल्नु भएको र केही घण्टापछि आमा आँखाभरी आँसु लिएर बाहिर आउँदा मदनहरू पनि रोएको । पछि बुझ्दा तोरी भुट्दाको धुवाँ र तोरीको पिनाको कारणले आमा रुनु भएको रहेछ । भान्साकोठाको धुवाँ चुरोट विडी खाँने गर्दा फोक्सो खराव हुने र मदनको आमाको पनि धुवाँमा खाना पकाउँदा फोक्सो खराव भएको धारणा आएको छ ।
भुलचुक लिनेदिने– यसशीर्षकमा छिमेकीका कुखुरा आगनमा आएको बाला धपाउँदा एउटाको खुट्टामा लागेछ र खोच्च्याउँदै गए पछि मदनले आफ्ना बाख्रा आदि छिमेकीकोमा जान नदिएको । आमाले मर्दापर्दा कामलाग्ने भनेकै छिमेकी हुन् भन्नुहुन्थ्पो । बाले दिएको पैसा पनि कतिपयबाट फिर्ता लिन नसकेकोमा आमाले छाडी दिेने जस्ता धारणा आएका छन् ।
सन्दुकमा देउता – यस शीर्षकमा मदनका घरमा दुईओटा सन्दुक एउटा बाको र अर्को आमाको रहेको थियो बाकोमा ताल्चा लगाएको र आमाकोमा ताल्चा हुँदैनथ्यो । एकदिन आमाले भगवानका कथा भन्दा भगवान सर्वत्र हुनु हुन्छ भन्दा मदनकी एकजना दिदीले सन्दुक भित्र पनि देवता हुन्छन् भनेर सोधनी गर।ेको धारणा आएको छ ।
सुत्केरी ढुङ्गो – यस शीर्षकमा मदनको गाउँबाट वनेपा आइपुग्न दुई दिन लाग्ने र पहिलो दिन दाप्चाको मञ्जु दिदीकोमा एक बास, दाप्चाबाट धुलीखेलको बाँसधारी माथिको डाँडोमा जेठी दिदीकोमा दोस्रो दिन । चरङ्गे फेदी हुँदै काँक्रेमा पुग्दा एउटा मिनीट्रक देखिनु मदन आत्तिएर तीनचार कान्ला हाम फाल्नु र पछि दिदीको घरमा पुग्नु । अमेरिकाबाट नेपाल आउँदा पुन वि.सं. २०७४मा ःदाप्चा पुग्दा त्यो सडक पक्की नवनेको रहेछ । दाप्चा भन्दा अलिक माथि सिउँडीबार नेवार साहुजीको पसल थियो । त्यस ठाउँमा सत्केरीले गाडेको ढुङ्गो भनिन्छ । त्यो ढुङ्गो पनि मदनकी आमाले नै गाडेको हुनु पनर्,े मदनले भन्छन् साहसी आमा, सहनशील आमा धैर्यवान आमा । २०४९।०५०तिर दिदीहरू वनेपा सरेको र त्यसठाउँमा आगन्तुक रिसोर्ट बनाएको भन्नेधारणा आएको छ ।
नाम अनुसारको काम – आमाले दुम्जाका कोइरालाहरू र रामेछापका घिमिरेहरू ठाउँ ठाउँमा पुगेका र आमाले विद्यानाथ कोइरालाको नाम धेरै लिने र उनको गुणगान गाउनु, विद्यानाथ जस्तो हुनु पर्छ भन्नु हुन्थ्यो ।विद्यानाथको चावहिलको घरमा आमा बास बस्नु हुन्थ्यो, पशुपतिको र बुढा निलकन्ठको दर्शन गरेर बिराटनगर जानु हुन्थ्यो। मदनको मामासँग ८–९ कक्षामा पढदा भेट भएको ् नेपाल आउँदा मदनले भेट गर्ने गरेको र मदन भन्नुहुन्छ –‘चाबहिलको गणेशस्थानपछाडिको रातो घर बटुवाको लागि शीतल चौतारी हो , ज्ञानको अथाह समुद्र हो ।’ विद्यानाथ गाउँलेहरूलाई सुख दुखमा साथ दिने, सबैलाई समान व्यवहार गर्ने श्रमको सम्मान गर्ने ज्ञानको भण्डार वरिष्ठ शिक्षाविद् अनुसन्धानकर्ता अहिले रिटार्यड भएर पनि उत्तिकै सक्रिय । हजुर आमाका कुरा सुन्न मदन मामा घर जाने गर्नु, मामाको घरमा खाना पकाउने भाँडा माभ्mने काम सबैले मिलेर गर्ने । दलित र बाहुन आदिमा भेदभाव नहुने, नाम अनुसारको काम, डिग्री लिंदैमा केही नहुने ज्ञानलाई समाज रुपान्तरणमा गर्नु पर्ने , सामान्य जीवन यापन गर्ने सच्चा समाजवादी, समाजवादी भन्नेवालाले उहाँ बाट सिक्नु पर्छ भन्ने धारणा आएको छ ।
मामाघरको मज्जा – यी शीर्षकमा २०२५तिर दुम्जाका कोइराला बिराटनगर सरेपछि आमाका माइती टाढा भएका, मामाहरूमात्र नभएर जेठी र साइँली ठुली आमाहरू पनि मामाको टोलर्म बस्नु हुने, माइली ठुलीआमा वितिसकेकी, रमाइलो बसाई, गाइचराउन गएको, खाटमा तेर्सो परेर सुतेको, चिरञ्जीवि दाहालको घरमा माछा खान गएको, काँडा बिज्छ भनेर आमले भनेको, माछा खान अहिलेसम्म सतर्क रहेको, रिक्सा चढेर मधुमासा गएको, ठूलामामाले दौरा सुरवाल लगाएको, आदि मामाघरका सबै वर्णन यहाँ दर्शाइएको छ ।
पटुकीमा लोहोरो – यस शीर्षकमा आमालाई पेट दुखेको भनी लोहोरो ततायर पेटमा राख्ने गरेको, जचाउने होकि भन्दा ग्यास्ट्रिक हो भनेर टार्ने गरेको, धुलिखेलमा जाँच गर्दा ग्यास्ट्रिकको दवाई दिएको तर धेरै पेट दुखेपछि दाइहरूले काठमाण्डौ अस्पतालमा डा. आईएल आचार्यसँग जचाउने निधो गरेको डाक्टरी पढ्दै रेका मदनलाई खवर आएको र मदनले आमाको रोगको लक्षण हेर्दा क्यान्सरको संका गरेको, त्रिवपुरेश्वर काठमाडौ हस्पिटल पुगेर इन्डोस्कोपिक गराएको, आमाको पेटमा मासु पलाएको जानकारी पाउनु , वायोप्सी गरेको र नतिजामा क्यान्सर देखिएको धारणा आएको छ ।
अस्पताल अनुभव –मदनले क्यान्सरको जानकारी पाएपछि होस्टेलमा जानु राती सुत्न नसक्नु, उठेर पुस्तकालय जानु अध्ययन गर्नु सबै भन्दा बढ्ता पेटको क्यान्सर लाग्ने देश जापानमा पनि यो रोग लागेपछि अत्याधुनिक विधिबाट उपचार गरे पनि ३–४ वर्ष भन्दा आयु नहुने, शैल्यक्रियाको लागि टिचिङ्मा दुइहप्ता पछि पालो आउने,डा.रामकृष्ण मकाजुसँग कुरागरेर हस्पिटल भर्ना गरेर अपरेसन हुनु, एकहप्ताको बसाइपछि घरमा आउनु, विमारीलाई रोगको बारेमा जानकारी नदिनु तर अमेरिकामा रोगीलाई जानकारी गराउनु अरुलाई रोगीले जानकारी गराउन चाहेमा गराउनु , आमालाई केमोथेरापी चलाउनु, आमा निकै गल्नु, कपाल झर्नु, खाना नरुच्ने, थकाइ लाग्ने, मुखमा घाउ आउने, पखला चल्ने सबै ओषधीको असर देखिनु, आमाको नजिकैको विमारी मर्नु, एकादशीको दिनमा होटेलको खाना खान आमा नमान्नु कौसलटार गंगा दिदीको घरबार्टै खाना आउनु पर्ने आदि घटना को बारेमा जानकारी आएको छ ।
देहत्याग – पेटको शल्यक्रिया गरेको दुई वर्ष भित्र आमालाई रोग बल्झिनु, यसैक्रममा विराट नगर जानु, वैष्णव पनि बन्नु विराट नगरमा जाँदा जहाज पनि चढ्नु, मदन गाउँ पुगेकै दिन २०५२ साल चैत्र १३ गते पापामोचनी एकादशीको दिन वेलुकी पख तुलसीको मठको नजिकमा आमले देह त्याग गर्नु । मृत्युसंसकार समाप्त गरी मदन र भाइ विजय काठमाडौ पर्कनु, यस लेखमा मदनले गुणरत्नमालाका श्लोकहरू, मृत्युको अनन्त चक्रको वर्णन, प्राकृतिक वर्णन आदि समावेस गर्नु भएको छ ।
क्यान्सर भय – यस शीर्षकमा क्यान्सर सम्बन्धमा एकै किसिमको धारणा रहेको र आधुनिक चिकित्सा पद्धतिको सहयोगबाट क्यान्सर विरुद्ध धेरै सफलता मिलेको । यस रोगमा शरीरका अङ्गहरूमा अनावश्यक तन्तुहरू जम्मा हुने र शरीरका अङ्गहरुमा बाधा पु¥याउने काम गर्ने, पिपलको रुखमा ऐजेरु पलाए जस्तै हो क्यान्सर पनि । मदनको आमाको शरीरमा पनि ऐजेरु पलायो काटेर फालियो पुन दुईवर्ष पछि अर्को ठाउँमा पलायो र औषधीले काम गरेन । क्यान्सर पत्तालगाउने विभिन्न विधि भएको र कुनै देशका सरकारले क्यान्सर पत्ता लगाउन निशुक्ल सहयोग गरेको पनि हुन्छ । स्तन क्यान्सर पत्ता सुरुको अवस्थामा लगाउन म्यामोग्राफी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मियर , ठूलो आन्द्रको क्यान्सर पत्ता लगाउन दिशाको जाँच अनि क्लोनोस्कपी जाँच गर्ने, पेटको जाँच गर्दा इन्डोस्कपी बायोस्पी गरेर तुरुन्त पत्ता लगाउन सकिने, क्यान्सर जतिसक्दो चाँडै पत्ता लगाउन सकियो र उपचार गरियो भने निको पनि गर्न सकिने तथा आयु लम्ज्याउन सकिने, विरामीलाई रोगको बारेमा जानकारी दिने या नदिने भन्ने विकसित देशमा जानकारी गराइन्छ तर यहाँ मदनकी आमालाई रोगबारे जानकारी दिन सकिएन भन्ने धारणा आएको छ ।
कुमालेको चक्र –यस शीर्षकमा तराईमा जग्गा किन्ने भनेर खेत बेचे पछि घरमा बारी मात्र रह्यो यसमा मकै, ढिडो खान पर्ने । भात नपाउने आदी हिजोको त्यो खाना आज आएर स्वास्थकर देखिएको बारेमा धारणा आएको छ ।
लोभी कि मितव्ययी – यस शीर्षकमा मदनकी आमा लोभी कि मितव्ययी भन्ने कुरामा बहस चल्छ । दुध धेरै भए पनि ठेकीमा धेरै हालेर थोरै राखेर सबैलाई पु¥याउने, पाइलट पेनको मागगर्दा ६ रुपियाँको फाउन्टेन पेन मात्र किन्ने अनुमति, दशैमा नयाँ कपडा किन्दा स्कुलको ड्रेससँग मिल्ने कपडा किनीदिने, थोरै खानेकुरा पनि धेरैलाई पु¥याउने, अक्षय तृतियमा सातु बाड्ने, आमाको कथन घाँटीहेरी हाड निल्नुपर्छ भन्ने, अन्न कहिल्यै फाल्न नपाइने,अन्न सागसब्जीको विउ जतन गरेर राख्ने र आवश्यक परेकालाई बाँडने, चप्पल किन्दा दामी चप्पल किन्न नदिएर हात्ती छाप नै किन्न पर्ने किनकी यसको तना छिनो भने तना गाँस्न मिल्ने, यसरी थोरै सामान पनि धेरैलाई पु¥याउने भएकोले आमा लोभी नभएर मितव्ययी हुनुहुन्थ्यो भन्ने धारणा आएको छ ।
टुक्रा टुक्री सम्झनाहरू– यस शीर्षकमा मदनले क्यामराको रिल (मदनले क्यामरा चलाउन नजान्दा रिल बिग्रेको), होलीको बेलुन –पुरुषले प्रयोग गर्ने परिवार नियोजनको साधनलाई होलीको बेलुनमा प्रयोग), माइतीको माया ( हजुर आमा बित्नु र पत्रपाएर जानकारी भएपपिछ रुनु), लाटो गणेश–(मदन चार वर्ष नलागन्देर नबोलेको हुँदा लाटो गणेश नामाकरण गरेका), तिजको चुरिफुरी (मङ्गलटारमा तिजको रमाइलो हेर्न जाँदा आमा र दिदी छाडी अघि जानु रुख चढ्नु । रुखबाट चिसिप्लनु, टाउकोमा रगत आउनु आमाले आफ्नो ओढ्नेले थिचेर रगत जाम्नु, मदनको चुरिफुरी लोटेपछि घट्नु), आचार्य देवो भव ( ब्रतबन्ध गर्दा भिडभाढ भएको र कस्ले मन्त्र सुनायो त्यो पनि थाहा नभएको र आमाले गुरुलाई दक्षिणा दिएर आ भनेपछि जान नसकेको), दोष जानवरलाई (मदनले मही पार्दा तर भएको भाँडोको दही खानु घिऊ नलाग्नु, दोष जनावरले पाउनु), छोरीको बाबुआमलाई गाह्रो –( छोरी सुत्केरी हुँदा माइतीबाट कोसेली सहित भेट्न जान पर्ने मदनलाई आमाले सुत्केरी मसला सहित भेट्न जान भन्दा दिदी आइहाल्नु हुन्छ भन्दा आमाले छोरीको बाब आमालाई गाह्रो हुन्छ भेट्न जाुपर्छ भनीएको), आमाको धारणा आएको छ ।
हाम्रा बा–यहाँ बा को बारेमा विभिन्न धारणा आएको छ ।
साहासी र धैर्यवान बा,( बाको बारेमा केही नलेखे कृति अपुरो हुने), डरलाग्दा बा – (गल्ती गरे बाले पिट्ने), मेहनती बा (घरको सबै तथा बहुआयमिक काम गर्ने ) दिउँसो खाजा खुवाउने बा (बजार लिएर जाँदा खाजा खुवाउने र रिजल्टको दिन विबेष खाजा खुवाउने बा), मनकारी बा – (बाले आमा महिनावारी हुँदा भान्सामा काम गर्दा धेरै खुवाउने, गरिव विपन्नलाई नयाँ लुगा पनि दिने ऋण सापटी पनि नउठाउने, पाहुनालाई भव्य स्वागत गर्ने,धनका धनी नभए पनि मनका धनी बा), साना खुसीमा पनि रमाउने बा( सकरात्मक सोच भएका बा), तगडा बा(८५ वर्षको उमेरमा पनि तगडा बा), अन्तरमुखी बा( आफ्ना सन्धर्षका कुरा भन्नुहोस् भन्दा पनि नभन्ने), दुःखी बा (आमाको मृत्युपछि दुखी हुनु्, आमाको कुरा गर्दा भावुक हुनु) , चतुर बा (मदनको हाकिम डा. डोनाटोले मदनका बासँग कुरा गर्दा र जागीर १०–५ गर्न मिल्दैन भन्दा दिएको पदवी हो), इन्दे्रणी र बा (अमेरिका जान मन नपराउने, , मदनले फोन गर्दा इन्द्रेणी हेरीरहेको समय हुने , इँन्द्रेणीको समाज सेवाको काम बालाई मन पर्ने, अब नेपाल आउँदा मदन पनि इन्द्रेणीको स्टुडियोमा घुम्न जाने इच्छा जाहेर गरेका)
हाम्रो राम्रो मङ्गलटार– चर्चित व्यपारिक केन्द्र, रोशी खोलाको नजिक,४५ मिनटको उकालो पछि ब्राह्मण गाउँ, चन्द्रशमशेरको पालामा बनेको झोलुङ्गे पुल, राणकालमा बनेका ७ ओटा गहिरा र ठूला इनार, मङ्गलटार वेसीको बिचमा ठूलो मैदान, तइहाँ २०१४ सालमा बनेको विन्ध्यावासिनी पा्र.वी. १२–१ को छुट्टीमा नर्सरीमा गएर माटो भर्ने केही पैसा पाउने, वेर्ना ल्याएर बारीको छेउछाउमा रोप्न लगाउने, त्योवेलाको नर्सरीको नाम निसान छैन, विकासको नाममा बाटो बनाउने नाममा जङ्गलको विनाश, आदि विवरण सहित शिशिर योगीको गीत मदनले सम्झेको धारणा आएको छ ।
यहाँ सम्म मदन बडालका आमाप्रतिका धारणा आएका छन् । यसपछि स्व. जीवन कुमारी बडालको बारेमा विविधको बारेमा लेखहरू समावेश गरिएका छन् ।
सम्झनामा मैया दिदी –(प्रा.डा. विद्यानाथ कोइराला) यस शीर्षकमा मैया दिदीको बारेमा विभिन्न उपशीर्षक दिएर वर्णन गरिएको छ । सर्बप्रथम नम्बर नमिलेकी दिदी ( रोलक्रममा काइँली दिदी हुनु पर्नेमा सबैले कान्छी दिदी भनेर बोलाइनु), दिदीको कालेभाइ (कृष्ण अष्टमीमा जन्मेकोले, । मैया दिदीको कान्छी बहिनीको दौतरी भएकोले र काले भाइ भन्नाको कारणले), दिदीको कान्छो भाइ (पल्लाघरे आमाको दूध मैया दिदीले र मदनले चुसेको हुँदा मैया दिदीको कान्छो भाइ भएको) , दिदीको हाते लोहोटा ( दिदीको हरेक काममा सघाएको हुँदा हाते लोहोटा उपाधी पाएको) , दौतरी दिदीको मायाको झल्को (पानी टाढा भएकाले नुहाउन कठिन, जुम्रा पर्ने , दौतरी दिदीले जुम्रा मारिदिन्छु भन्ने), घर गरेकी दिदी (मैया दिदीको विहे भएपछि भेटघाट पातलिएको), रोगले गाँजेकी दिदी( विराटनगर गएपछि दिदी विमारी हुनु भएछ र दिदी अस्ताउनु भयो, तर ‘उहाँका सन्तति यही रहेका, तिनैमा दिदीको छाया दैख्छु। माया देख्छु,हाँशो देख्छु , जिम्मेवारी देख्छु ’)
कान्छी सानिमा जानुका रामाजुन दासी (जीवनकुमारी बडालको सम्झनामा )– यस शीर्षकमा कुशहरि शर्मा भट्टराई (जेठी दिदीको छारो) ले सानिमाले निकै माया गर्ने २०२२ साल माघ २ गते दुम्जा गिद्येमा पिता गङ्गाप्रसाद र माता लक्ष्मीदेवी कोइरालाको सातौ सन्तानको रूपमा जन्मनु भएको र मामाघरमा बस्दा खाजा खुवाउने काम सानीमाले गर्ने ,विराटनगर सरेपछि भेटघाट पातलिएको, विरामी अवस्थामा पनि विराटनगर जानु, देवराजाचार्य बाट वैष्णवको समाश्रम हुनु, मङ्गलटार फर्कनु, २०६२ साल चैत्र १३ गते, पाप मोचनी एकादशीका दिन बैकुण्ठ बास हुनु, पहिलो बार्षिकी तिथि अगाडि नै जेठो भाइ पुरुषौत्तम र जेठी बहिनी इन्दिरा विराटनगर गएर वैष्णव विधि अनुसार वैकुण्ठोत्सव समाप्त गरिएको र कुशहरि शर्मा भट्टराईका सपरिवार बाट श्रद्धासुमन चढाएको ।
सानिमाको सम्झनामा – डा. वेदराज आचार्य (केशव, साहिँली दिदीको छोरा)ले १६ वर्षपछि भेटेको, आचार्य भन्दा १३ वर्ष अगाडी जन्मनु भएकी सानिमा विराटनगर आउँदा हर्षित मुद्रामा देखिनु, बोली चालिमा शान्त र नरम, पेटको रोग लागिसक्दा पनि विराट नगर आइपुग्दा प्रसन्नचित्त देखिनु १०–१० जना सन्तानलाई जन्माएर हुर्काएर, पढाएर, बढाएर विविाह गरिदिदा जिवन बित्नु आदि धारणा सहित हार्दिक श्रद्धासुमन अर्पण गरिएको छ ।
मेरो सम्झनामा मैयाँ दिदी –(सविना अधिकारी –भदै, विराटनगर ), यस शीर्षकमा पारिवारिक लामो भूमिका सहित मैंया दिदीको काभ्रे जिल्लाको मङ्गलटारमा बस्ने भएकोले विराटनगरमा कहिलेकाँही मात्र आउने गरेको, ।नानीबाकोमा बस्ने, त्यहीबाट आफन्तकोमा जाने गर्नु ,दिदी शान्त स्वभाव, कम बोल्ने, केटाकेटीलाई ज्यादै माया गर्ने , घरबाट ल्याएको कोसेली सबैलाई दिने, सविनाको विवाहमा सहभागी हुनु, विरामी पर्नु जचाउन लैजाँदा गर्भवती भएको जानकारी पाउनु, गर्भ पतन गराउन जाँदा ४ महिनाको गर्भ भएकोले कठिन हुने भएकोले गर्भ पतन नगरीएको र एलिजा जन्मनु, विद्यानाथले सन्तान तीक्ष्ण बुद्धि छन् भनेका जस्ता धारणा आएका छन् ।
मैया दिद्यी र जुता –( हरि कोइराला , बोस्टन) , यस शीर्षकमा मैया दिदी विराट नगर जाने या फर्कने बेला चावहिल घरमा आइरहने , १२ वर्षे मकर मेला नुहाउनको लागि विद्यानाथ दाइले हरिलाई लगाउनु, हरिले राम्रो जुता किनेर लगाएर जानु , मेलामा जाँदा, जुता चोरी हुनु, बसमा जुताचोरलाई पाउनु र जुता फिर्ता लिनु एउटा घटना अनि मङ्गलटारमा गंगा दिदीको देवर अच्युत अधिकारीको विवाहमा भेट भएको धारणा आएको छ ।
सानीमासँगको मङ्गलटार यात्रा– (स्व. शिवहरि अधिकारी, माहिली दिदीको छोरो, इटहरी सुनसरी) यस शीर्षकमा शिवहरीले सानिआमा स्कुल नपढे पनि ज्ञानगुनका कुरा गर्न सिपालु, २०३३ सालमा हजुरबा बित्दा अशोकलाई लिएर विरामटनगर आउनु भएको र सानिआमालाई मङ्गलटार पुराउने जिम्मा शिवहरिलाई दिइएको र शिवहरिले मङ्गलटा पु¥याएर फर्केको, फर्कदा मुरली मकै र भट्टमास खाजाको रुपमा दिएको, घरतिरको गाह्रोसारो माइतमा नभन्नु भनेर शिवहरिलाई भन्नु भएको आदि धारणा आएको छ ।
सम्झनामा फुपू – (सुशील कोइराला, भदो), सुशील कोइराला २०५४ सालमा फुपूको घर मङ्गलटार पुगेको,फुपूले चामलको भुजा बनाउन चाहानु सुशीलले मकैको ढिँडो मन पराउनु, फुपूले गाउँ घुमाउनु , विहान स्नान गर्ने पानीको व्यवस्था मिलाउनु ,धार्मिक श्लोकहरू सुनाउनु , खिर खुवाउनु आदि धारणा आएका छन् ।
आँखामा राखे पनि नविझाउने आमा –(रीता बडाल ढकाल, भतिजी), यस शीर्षकमा रीताले कान्छी आमाको गुणज्ञानको वर्णन गर्दै भन्नु हुन्छ –‘ मनको सफा अनि धेरै ज्ञानगुनका कुरा सिकाउने उहाँजस्ता आमाहरू अझै धेरै भइदिए कस्तो सुन्दर हुन्थ्यो होला यो संसार । ’
कान्छी आमाको सम्झना – ( सुरेश बडाल , भतिजो )– यसशीर्षकमा सुरेश बडालकी आमा र कान्छी आमा धर्मकर्मका लामा कुरा गरेर नथाक्ने, कान्छी आमा सात्विक गुणकी, मृदुभाषी, मिलनसार धर्मकर्ममा आस्थावान। मानव शरीरलाई रथ ठान्ने, रथरूपी शरीरमा जीवात्मा आरोहण गर्ने, इन्द्रियहरू रथका घोडा, घोडाको लगाम मन–मस्तिष्कले विवेक पूर्ण ढङ्गले सम्हालेमा ईश्वरको नजिक पुगिन्छ , मोक्ष प्राप्त हुन्छ भन्ने धारणा आएको छ ।
हजुर आमाको सम्झनामा – अधिक बडाल नाति -If time are tough, remember grandmother अंग्रेजी उखान सहित ‘उहाँ बास्तवमा हामी सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो र हुनुहुन्छ ।’
स्मृतिमा कान्छी माइजू –(रामेश्वर सापकोटा भान्जा ) उहाँ भन्नु हुन्छ –‘ उहाँ जति बाँच्नु भयो सबैका लागि बाँच्नु भयो । सबैको मनमुटुमा बस्नु भयो । उहाँमा रिस, राग , अहम्, शत्रुता केही थिएन , प्रेम, दया, अध्यात्म, संस्कार प्रचुर थियो ।’
असाध्य असल कान्छी भाइबुहारी –(लक्ष्मी अर्याल, जेठी आमाजू) , ९८वर्षकी जेठी आमाजूको बृद्धपाले गर्दा धेरै वर्णन गर्न नसके पनि उहाँ मदनलाई भन्नु हुन्छ –तेरी आमा हामी मङ्गलटार जाँदा खुब आदर सत्कार गर्थिन् । गाउँमा सबैले तेरी कान्छी बुहारी त असल छ भन्थे । ’
माइजुको सम्झना –(कृष्ण अर्याल भान्जा ) यसमा कृष्ण अर्याल यसो भन्नु हुन्छ –‘ कान्छी माइजु अरूको धेरै कुरा नगर्ने , कम बोल्ने स्वभावको हुनुहुन्थ्यो । ’
माइजूको स्मृतिमा –(गङ्गा कोइराला अधिकारी, भान्जी) यस लेखमा गङ्गाजीले धेरै कुरामा प्रकाश पार्नु भएको छ । ‘कान्छी माइजू स्कुल नगएको भन्ने मात्र हो । उहाँलाई नआउने केही थिएन, रामायण/महाभारत/कृष्ण चरित्र सबै श्लोकहरू कण्ठस्थ ।’..... ‘मामा माइजूका कडा मेहनत सकरात्मक सोच,सबैको भलो चिताउने विशाल हृदयका कारण अहिले भाइबहिनीहरू एकसे एक छन् । ’ ‘माइजूले नैतिक शिक्षा पनि धेरै पढाउनु भयो हामीलाई ।’
मेरी प्यारी सहनशील आमा –(इन्दिरा बडाल हुमागार्ईँ, जेठी छोरी ) यस लेखमा छोरीले बढी पढ्न नपाएको, बाको तास खेल्नेवानी घरको अन्नले खान नपुग्ने, वेसाहा खोज्न बजार जानु पर्ने, १०/१५ वर्ष गाह्रो अपठ्यारो पर्दा पनि बाआमाको मनमुटाव नभएको, छोराछोरी पढाउनु पर्छ भन्ने सोच, आदि धारणा सहित इन्दिरा बडाल लेख्नु हुन्छ –‘विहे अगाडी नै श्रीमानको घर गएपछि यसो गर्नू, उसो गर्नू भनेर सिकाउनु हुन्थ्यो , हामीलाई धर्मकर्म गर्न सिकाउने,सेवा नै धर्म हो’ भनेर ज्ञान भराइ दिने नै आमा हो ।’
ममतामयी माताको सम्झनामा – (मञ्जु खनाल, माइली छोरी) यस लेखमा आमाले भोग्न परेका कष्टदायी क्षणलाई यसलेखले समेटेको छ । आमाको पालामा छोरीहरूलाई पढाउनु पर्छ भन्ने सोच नै थिएन तापनि दाजुभाइले पढदा सिकेर अक्षरसम्म पढ्न सक्नु, २०२२ सालमा इन्दिरको जन्म हुनु, अलग बस्न पर्नु, बा घरमा नबस्नु,स्थाइ जागिर नहुनु, आदि धारणा राख्दै आमाले व्यहोर्न परेको पीडालाई यसरी वर्णन गर्नु भएको छ –‘अहिले सम्झँदा पनि भक्कानो फुटेर आउँछ । हाम्री आमाले कति दिन त हामीलाई मात्र खुवाएर आपूm भोकै बस्नु हुन्थ्यो । रातभरि खालीपेटबाट हावाको डकार मात्र सुनिन्थ्यो ।’यस लेखमा आमाका थुप्रै उद्गारहरू समावे गरिएका छन् । रिस सबैको शत्रु हो , रिसलाई शान्त पार्न मुखमा पानी राख्नु पर्छ, पेटमा रोग लागेको छ मदन डाक्टर भएर ठिक पार्छ आदि ।
सबैकी प्रेरणाकी स्रोत आमा, (प्रमोद बडाल , जेठो छोरा) –यस लेखमा पढाइमा आमाले धेरै चासो लिने, पूजाआज गर्ने धार्मिक पुस्तकहरू पढ्ने, गरिब गुरुवालाई सहयोग गर्ने, आध्यात्मिक स्वभाव, छोरीलाई पढाउनु पर्छ भन्ने,गाउँमा निमावी स्तरको पढाइ सकियो, दुम्जा पढ्न जानु, त्यसपछि विराट नगर गएर ९–१० पढ्नु ,‘यसरी आमाको,जोड बलमा पढ्न पाएँ, उहाँ सधैं प्रेरणाको स्रोत हुनेछ हाम्रा परिवारका लागि ।’
मायाकी खानी मेरी आमा –(कमला बडाल ढुङ्गाना, साहिँली छोरी ) ‘झर्को फर्को नगर्ने, सानालाई माया, ठूलालाई आदर, गर्ने सत्यवादी हुनुहुन्थ्यो ’ यी उद्गार हुन साहिँली छोरीका । यहाँ बसमा वान्ता गर्नु, विराटनगर गएरै छाड्नु, दसैंमा, तीजमा, मातातीर्थ औंसीमा आमासँग भेटघाट भै रहनु, अल्पआयुमा क्यान्सरबाट मृत्युवरण गर्नु ।
मेरी ममतामयी आमा –(अशोक बडाल, माहिलो छोरा) , यहाँ थुप्रै आमा विमारी हुँदाका विवरण आएका छन् । धुली खेलमा जचाउँदा ग्यास्ट्रिक भन्नु, डा. आइएल आचार्यसँग जचाउँदा अन्तिम अवस्थाको क्यान्सर भन्ने पत्ता लाग्नु रामकण्ठ मकाजुले सात घण्टा लगाएर अपरेशन गर्नु, भारत लाने कुरा गर्दा प्रयोग गर्ने दवाई एउर्ट भइकोले खासै फरक नपर्ने जानकारी पाउनु आदि थुप्रै कुराहरू यहाँ आएका छन् ।
नटिप्नु है कोपिला – (अरुणा बडाल अधिकारी, काहिँली छारी ) यस शीर्षकमा अरुणा बडाल अधिकारीलाई आमाले पढ्न भने पनि आँखाको कारणले पढ्न नसक्नु । अरुणालाई पूmल शीरमा लगाउने इच्छा हुनु र मेवाको फूल टिप्ने र हल्लाउने काम गर्नु । यसरी पूmल झार्दा आमाले पानी र सिस्नुले हान्नु यो घटनालाई अरुणाले कहिल्यै नविर्सने धारणा आएको छ ।
विद्या धनंं सर्वधनं प्रधानम् –(दुर्गा बडाल खतिवडा, ठूली कान्छी छोरी), यीनको पनि धारणा अरुसरहनै आएको र यसलेखमा ‘आमाले भित्तामा दुईतिर पोत्नु हुन्थ्यो, रातो माटोले, अनि एउटा सिन्को ल्याएर त्यसैलाई बोर्ड बनाएर क, ख, ग, घ, जोड, घटाऊ, गुणन सिकाउनु हुन्थ्यो । भोलीपल्ट फेरी पोतेपछि नयाँ पाठ सूरु हुन्थ्यो । सानोमा किन चाहियो हामीलाई, कापी र सिसाकलम ? घरको भित्तो भरिन्थ्यो सिन्काले लेखेर ।’
आमासँगका यादहरू– (विजय बडाल, कान्छो छोरो)यस शीर्षकमा ३–४ वर्षको छँदा जरोले थलिंदा गाउँले धामी गणेश ठूलोबाकोमा लगेको, कात्तिकेको पाखामा घाँस काट्न आमासँग जाँदा, पानीले भिजाएर आत्तिएको, विराटनगर आमासँग गएको, विराटनगरमा रिक्सा चढेर मधुमल्ला ठुलोमामाकोमा गएको, सानोमा विजय विद्रोही स्वभावको चकचके र बलियो भएको , परिवारका सदस्यलाई दनक दिएको बेलुका बाको हातको दनक पाएको, आमाले फकाएको, घरका काममा सघाए वापत आमाले खाजा बढ्ता दिने, घट्टमा गएर घर फर्कदा थाक्ने, आमाको पेट दुख्दा समयमै उपचार गर्न ढिलाइ भएको, आमा बित्नु, हाल समय समयमा आमा सपनीमा आउनु, बाको सल्लाह अनुसार विजयले ३ हप्ता पानी अर्पण गर्नु, , घरयासी समस्यालाई छलफलबाट समाधान गर्ने गराउने विशिष्ट शैली थिए आमाका आदि धारणा यहाँ आएका छन् ।
मेरो नम्बर दश – (एलिजा बडाल पौडेल, कान्छी छारी) सबै भन्दा कान्छी भएकोले दाजु दिदीले भोग्न परेको अभाव र संघर्षपूर्ण अवस्था एलिजाले भोग्न नपरेको, जेठी दिदी भन्दा उनी २८ वर्षले कान्छी, सानोमा आमाले १२ बजेतिर नरिवल, मिस्री, छोकडा खान दिने, आमासँग विराटनगर गएको, विराटनगरमा जस्को घरमा काउली पाक्थ्यो त्यसै घरमा बास हुने, आमाले सानी छे विचार गर्नु भन्ने गर्नु, आमा बितेपछि , मूलघरमा सुत्न पनि डर लाग्ने, जता गए पनि आमाले पछ्याइ रहेका भान हुने आदि धारणा आएका छन् ।
प्रेरणाकी पात्र आमा –( शान्ता आचार्य बडाल, जेठी बुहारी), यसमा आमाको माया दिने सासू, सबैसँग राम्रो व्यवहार गर्नु पर्छ भन्ने कुरा आमाबाट सिक्नु, सानो सानो कुरा जतन गर्नु पर्छ भन्ने कुरा आमाबाट सिक्नु, ११ वर्षसम्म आमासँग विताउँदा कहिल्यै नराम्रो व्यवहार गरेका नपाउनु, जीवनको उत्तराद्र्धमा आमाले कान्छी छोरी एलिजाको चिन्ता लिनु र मेरी छोरी समीक्षा सरह माया गर्नु, पालन पोषण गर्नु भनेर भन्नु आदि धारणा आएका छन् ।
आमासँगको छोटो तर अविस्मरणीय पल, (अनिता सापकोटा बडाल, साहिँली बुहारी ) –यस शीर्षमा साँहिली बुहारी लेख्नु हुन्छ – ‘बुहारी भएर नयाँ घरमा छिर्दा , नयाँ व्यवस्थापन, चालचलन आदि आमले छोटो समयमै परिचित गराउनु भयो । घरव्यवहारको संस्कार सिकाउनु भयो । जन्म नदिए पनि कर्म सिकाउनु भयो । ’ आमले गरेका काम अविस्मरणीय छन् । म बिरामी हुँदा आत्तिनु, गर्भवती भएको वेला अशोक विदेसिनु, छोरो कहिले आउँछ भनि सोधी रहनु, सुत्केरी हुने वेला अस्पतालमै भर्ना हुनु भन्नु, आशिका जन्मनु, मर्ने अवस्थामा सबैलाई बोलाएर ‘वेलुका ५ बजे यो संसार त्याग्ने बताउनु भयो, बुँइगलबाट नयाँ गुन्द्री ल्याउनु, तुलसीको मठ गाइको गोवरले लिप्नु, गुन्द्रीमाथी सुताउनु, बिराट नगरबाट ल्याएको फोटो र पुस्तकहरूमा विष्णु र लक्ष्मीको फोटो भएको घरमा राख्नु , अरु कितावहरू सिरानामा राखी बगाइ दिनु, खाटको माथि किलामा नयाँ धोती छ, अनि खाटमुनि चुरा छ , त्यो दुबै आफूलाई लगाइ दिन भन्नु भयो । आमाका कुरा सुनेर हामीसबै भाव विहोल भयौं , त्यहीं ठुलो रुवावासी भयो ।’ आमले दिएको समय भन्दा २४ घण्टापछि आमले यो संसार छाडेको, आमा विनाको घर खल्लो लाग्ने, चाडपर्वमा आमाको अभाव खड्किनु पूजा कोठामा भएको आमा फोटोलाई पूजा गर्नु र आमाको आत्माले शान्ति पाओस भन्दै भगवान पशुपति नाथसँग कामना गर्ने गरेको धारणा आएको छ ।
मैले भेट्न नपाएकी महान आमा –(अनुरागी बाराकोटी बडाल, साहिँली बुहारी) अनुरागीको विवाह मदनसँग हुँदा आमा बितिसक्नु भएको, आमाको बारेमा ठूली आमाहरू, जेठानी दिदीहरूले आमा धेरै असल, पुरातन सोच सहित, धार्मिक व्यक्ति, सबैलाई बराबर दृष्टिले हेर्ने, बुहारीसँग नमिठो नबोल्ने, आदर्श महिला हुनुहुन्थ्यो, अहिले मदनले छोरीहरूलाई सिकाउने कथा/आचरण/नीति श्लोकहरू आमाबाटै हस्तान्तरण भएको सम्पत्ति रहेछ भन्ने धारणा आएको छ ।
आमाको सम्झनामा –(दुर्गा बडाल खतिवडा) यहाँ कविता द्वारा आमाको सम्झना गरिएको छ । ‘आमा तिमी धेरै महान् हाम्रालागि भगवान समान ।’ यसपछि कविताको आशय सबैलाई बराबर माया दिएको, प्रेरणा र सदाचार बाँडेको, कथा कविता, टुक्काकी खानी, सहनशील र धैर्यकी प्रतीक, अशक्त अवस्थामा पनि भगवान भक्ति गर्नु र शक्ति र सम्पत्ति अस्थाई हुन् भन्ने मान्यता, तपाईको अल्पायुको मृत्युवरणले सबै सुवास हरायो भन्ने धारणाआएको छ ।
Granny , I wish you were here ,Mishka badal, grand daughter – यहाँ पनि हामी जन्मनु भन्दा धेरै अगाडी तपार्इँ जानु भयो, हामीले तपाइँलाई देख्ने मौका पाए नौ तर बा सँग तपाइँको बारेमा सोध्यौं। बाबाले तपाइँको तस्विर देखाउनु, यादगार भन्नु , तपाइँका कथाहरू सुनाउनु, यदि तपाइँ यहाँ भएको भए न्यानो अङ्गालो,माया र हेर चाहा पाउँथ्यौं । सुत्ने वेलामा कथाहरू साझा गर्न पाउँथ्यौं । बाले तपाई कठिन परिश्रम गर्ने, दयालु, र पे्रमिल हुनु हुन्थ्यो । तपाइँ अझै उहाँको प्रेरणा र धेरै पुस्ताका लागि उदाहरणा बन्नु हुन्छ । तपाइँले संघर्ष र कठिनाइलाई व्यवस्थापन गर्नु भयो, तपाइँले प्रार्थना र पूजामा विश्वास गर्नु भयो, तपाइँले स्वर्गबाट हामलाई हेरिरहनु भएको छ। हजुर आमा किन हामीलाई पर्खनु भएन ? एक श्लोक मिशका बडालर्क शब्दमा
It sounds like you were not like the rest
but you were probably the best
Granny, you were soon gone
but never be forgotten
though we are apart
you are forever in our heart.
मैले माथि यस कृतिको सारभाव उतार्ने प्रयास गरें । जय जननी शीर्षक दिएर लेखिएको यस स्मृति संग्रह (२०७९ ) बास्तवमा जीवकुमारी बडालको मृत्यु, २०६२ सालचैत १३ गते पापामोचनी एकादशीको दिन भएको थियो । कृति प्रकाशन २०७९ सालमा भएको हुँदा यो कृतिको लेखनकार्य करिब ७ बर्ष पछि भएको हुँदा यसमा ताजा सम्झना लेख्नु र सम्झेर लेख्नुमा धेरै फरक पर्न जान्छ । जेहोस् लेखनले धेरै कुराहरू समेट्ने प्रयास भएको छ । पहिलेका कुरा सम्झनु भनेको लेखन त्यति सहज हुँदैन । यहाँ जीवनकुमारीका मूलभूत कुराहरू जो भुलेर पनि भुलिदैन ती सबैका मुखबाट प्रस्तुत भएका छन् । सन्ततिले आफ्नी माताप्रति यति ठूलो स्मृति ग्रन्थ तयार पार्नु पनि अति सह्रानीय, अनुकरणीय काम हो । धन्य हुनुहुन्छ मदनजी ।
प्रस्तुति– डा. मदन बडालको लेखन शैली अति उत्तम छ । एउटा मेडिकलको विद्यार्थीले हरेक शीर्षकलाई विभिन्न साहित्यकारका अभिव्यक्तिलाई समावेश गर्दै, आफ्नी आमाको अभिव्यक्तिलाई जोड्दै मिठो भाषामा सुन्दर शैलीमा प्रस्तुत गर्नु साहित्यिक क्षमताको प्रदर्शन गर्नु हो । म उहाँको लेखन शैली, प्रस्तुत कला, भाषागत प्रयोगबाट निकै प्रभावित भएँ । बीच बीचमा उखान टुक्काको प्रयोग भएको छ ।
शीर्षकी करण – यसमा लेखिएका सबै लेखहरू आमाको बारेमा लेखिएको हुँदा र नामाकरण पनि ‘जय जननी’ गरिएको हुँदा शीर्षक सार्थक छ ।
अन्त्यमा जीवनकुमारी बडाल एउटा आदर्श नारी हुन् । यसमा आएका अभिव्यक्तिहरूलाई अध्ययन गर्दा सबै व्यवहारिक छन् र अमृतमय छन् । हरेक गृह्यलक्ष्मी तथा हरेक आमाको आदर्श दर्शनले घर मन्दिर बन्छ । सन्तती, इष्टमित्रहरूप्रति गरिने आचरणले विकासको मार्ग धर्छ । जीवन कुमारीका सबै सन्ततिले प्रगतिको मार्ग अङ्गालेका छन् । जीवनकुमारीले सन्ततिलाई बनाउन चाहेको सफल पारिवारिक जीवन पद्धतिलाई सबैले अङ्गालेका छन् । अल्पआयुमै गए पनि जीवनकुमारीको संघर्षमय जीवन, अभावमा पनि सम्पन्नताको व्यवहार, आफ्नो सुसंस्कार र धर्मकर्म पालनको लगाव, नैतिकता, स्वावलम्वन, अनुशासन, अतिथिप्रतिको आदर सत्कार,धर्मग्रन्थको अध्ययन र प्रयोग, आफैले सिर्जना गरेको प्रकाशकीय जीवन सबैको लागि अनुकरणीय छ । ढिलै भए पनि अति सुन्दर स्मृति संग्रह सिर्जना गर्नु भएकोमा डा. मदन बडालजीप्रति धन्यवाद सहित सुस्वास्थ दीर्घायु एवम् साहित्यिक क्षेत्रमा लागेर यस्ता गहन कृतिको सिर्जनाको लागि कामना गर्दै विदा चाहान्छु ।