प्रिय बन्दाबन्दी,
तिमी भन्न सक्छौ ?
अँध्यारो गुफामा
कहाँबाट उज्यालो फेला पारे होला माक्र्सले ?
कति गाली खाए होला उनले ?
कति उज्यालो बाँडे होला उनले ?
कसले कसरी गर्ने यो हिसाब किताब ?
आचोचना त उनले पनि गरे
आलोचना भन्दा विवेचना स्वादिलो छ उनको
उनले गुफाबाटै उन्मुक्तिको गीत गाए
नव निर्माणको सङ्केत गाए
कठिन छ उज्यालोको गीत गाउनु
र उज्यालै भएर टिकिरहनु
उनी दुबै भूमिकामा टिके
उनी गुरु हुन्
ज्ञान हुन्
वाणी हुन्
उज्यालो हुन्
के धर्मग्रन्थ पनि हुन् ?
व्यापारका वस्तु पनि हुन् ?
साथीहरूसित
छलफल चलाउँदै छु म
२३ वैशाख, ०७७