19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रत्येक वाक्यमा “म”

कविता प्रा. डा. मोहन प्रसाद जोशी August 11, 2024, 4:08 pm
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

आउनुअघि थिएन नाम,
गएपछि पनि सुनिंदैन नाम,
बीचमा कण्ठश्री मेरो यो नाम |

आएँ म संसारमा अनाथसरि
झरेर जान्छु सुक्या’ पातसरि
बीचमा उफ्र्या’ छु अजम्मरीसरि |

जन्मँदा कथा सुरु भा’ थिएन
मरेपछि पनि बाँकी हुँदैन,
बीचमा भने रोकिँदै रोकिएन |

जन्मेपछि मात्र जन्मने ‘म’
मरेपछि सँगसँगै मर्ने ‘म’
बीचमा प्रत्येक वाक्यमा ‘म’ |

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।