भारतबाट नेपालमा
भित्रियो राखी लगाउने चलन।
दिदी बहिनीले भाइलाई
जनै पूर्णिमाको दिन
राखी लगाएर
सुस्वास्थ्य एबम् दीर्घायुको कामना गर्दछन।
प्रसंग बदलौं।
नेपाली हामी
भाइटीकाको दिन
दिदी बहिनीको हात बाट टिका लगाइन्छ,
अनि जनै पूर्णिमा मा पुरोहितको हातबाट
डोरो लगाई जनै फेरिन्छ ।
जनै पूर्णिमा मा
भाइटीकाको जस्तो राखी लगाउने चलनलाई नै महोदय
पप कल्चर को प्रभाव भनिन्छ।