दुखेर जब पनि रुनु मनलाग्छ
एकान्तमा रुनू
मायाले जब पनि छुनु मनलाग्छ
एकान्तमा छुनू
मैला विचारका दागहरू
जब पनि धुनु मनलाग्छ
एकान्तमा धुनू
किनकि
समाजका आँखाहरू तिक्खर छन्
भीड़मा तिमीलाई गिज्याउन
आफन्तका ओठहरू छुरा छन्
तिम्रै बदनामीहरू फिँजाउन
ईर्ष्याका हातहरू लामा छन्
उन्नतिको भऱ्याङ उक्लिरहेको बेला
खुट्टा तानी तिमीलाई गिराउन
आफन्तको भीड़मा सबै साक्खे हुँदैन
कहिलेकाहीँ साक्खे पनि आफ्नो हुँदैन
तिमीलाई शर्तहीन साथ दिने
र
जागेर जब पनि केही गर्नु मनलाग्छ
चुपचाप गर्नू।
उठेर जब पनि हिँड़नु मनलाग्छ
एक्लै एक्लै हिँड़्नू
ठ्याम्मै नबस्नू
लालसाको इशारामा नफस्नू
तिमीलाई सफलताले चुचुरोमा पर्खिरहेको हुनेछ
तिमीलाई स्वाभिमानले स्याबासी दिइरहेको हुनेछ
र
तिमी हिँड़्नू
तिमी हिँड़्नू
तिमी हिँड़्नू
चुपचाप हिँड़िरहनू
चुपचाप हिँड़िरहनू।
डाउहिल,खरसाङ,भारत।