भागवतले तोकिदियो
विद्यार्थी उमेर, गृहस्थी उमेर,
र संस्यास धारण गर्ने उमेर।
यो राम्रो ग्रन्थ बन्न सफल भयो
किनकि बुढेसकालमा
रमाइलो गर्न
शरीरले साथ नदिँदा
खोज्नु पर्ने भगवानलाई नै हो,
त्यसैले भागवत पनि
मर्ने बेलामा हरियो काँक्रो सरह हो,
जिन्दगीको अन्तिम क्षण तर्फ उन्मुख हुँदा
मोक्ष गतिको कामना गर्न सिकाउने ।
भावार्थ यसरी लगाऔं,
एकबार को जुनी हो भनी
यसै जुनीमा
शिक्षा ग्रहण गरी, गृहस्थी गरी,
रमाइलो गरी,
बुढेसकालमा भक्त बनी
मोक्ष गतिको प्राप्तिको इच्छा ।