झट्ट सुन्दाखेरी को हुन आन्छन ? को द्वारा लेखिएका हुन 'आन्छनका कथाहरु' ? कस्ता विशेषता ? कस्ता प्रकृतिका कथाहरु कथाहरु समेटिएका छनत ? आन्छनका कथाहरुमा भन्ने दुविधा पाठकहरुलाई पर्न सक्छ होला । तर "आन्छनका कथाहरु" भन्नाले आन्छन (स्वयं लेखक) का वारेमा कुनै पनि विषय कथाकारले लेखिएको कथाहरु नभै स्वयं आन्छनद्वारा विभिन्न विषयमा मा विभिन्न शिर्षकहरुमा लेखिएको जीवनजगतका यथार्थ भोगाईका दशवटा कथाहरु समेटिएका कथासंग्रह हो । जहाँ कखग ..... नै 'त' सम्मको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति शुभकामना लगायत भूमिका लेख र वंहाको भनाई छ भने ८० पेज सम्मको कथाहरुको जम्मा ९८ पेजको छरितो र आकर्षण आख्यानात्मक कथा संग्रह पुस्तक हो । राजधानीको पुरानो प्रकाशक - मञ्जरी पव्लिकेशन प्रा.लि.ले प्रकाशन गरिदिएको, जस्को वजार मुल्य रु. ३६५।- मात्रै छ, अहिलेको समयमा यसले एकछाक मासु भात आउदैन ।
वास्तवमा आन्छन साहित्य सृजनामा छप्पकै भिज्नुभएको कर्मठ सर्जक हुन् । हाम्रो परिचय हङकङमा रहँदानै विभिन्न साहित्यिक कार्यक्रममा हुँदानै भेट भएको थियो । हाम्रो भेट त्यति मात्र सिमित भएन हामीले हङकङको त्यो व्यस्त जीवनमा पनि नेपाली समाजमा केहि साहित्यिक खुराकहरु पस्कन सकिन्छकी भन्ने अभिप्रायले एउटा विशुद्ध साहित्यिक संस्था 'नेपाली साहित्य प्रतिष्ठान हङकङ' स्थापना गरी त्यहिं संस्था मार्फत 'अविराम' भन्ने द्धय मासिक पत्रिका चलाउन थाल्यौं । त्यतिवेला देखिनै आन्छनजी संग हाम्रो हिमचिम वढेको थियो । वंहाकै सम्पादनमा "कञ्चनजङ्घा त्रैमासिक" पत्रिका पनि निकाल्नु भाथियो भने वँहाकै नेतृत्वमा "हङकङ साझा साहित्य श्रृंखला" ई. सं. २०१२ मा स्थापना भएको थियो । जुन अहिले पनि कृयाशिल भएर निरन्तर साहित्यको खेती गरिरहेछ । वास्तवमा वंहाको पुरा नाम 'चन्द्र मादेन आन्छन' हो । वंहा मेरो अनन्य मित्र पनि हुनुहुन्छ ।
पछिल्लो कालमा म कहिले वेलायत, कहिले हङकङ, कहिले नेपालतिरै वस्न थालेपछि भने हाम्रो भेटघाट लामै पातलियो । तर केहिदिन अघि (भाद्र २६ गते) मात्र नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा वहाँद्वारा लिखित 'आन्छनका कथाहरु' कथा संग्रहको वाक्लो सहभागी वीच भव्यताका साथ विमोचन भयो । त्यहिं समारोहमा हाम्रो पुन भेटघाट भयो । कथा संग्रह पुस्तक नल्याउने कुरै भएन । मेरो एउटा विशेषता भनेको चाहिं कसैको सृजना वोकेर आए पछि त्यस्लाई अध्ययन गरेर नसकुन्जेल सम्म अरुतिर मनै नडुलाउने, त्यसैले वहाँको कृतिलाई गमेरै पढी भ्यांए । त्यहि पढिएको आधारमा आज वँहालाई सम्झिदैं वहाँको सो कृति प्रति लागेको कुरा पोख्दैछु ।
कथाहरु पढ्दै जाँदा अन्याय, अत्याचार, विकृति र विसंगति विरुद्ध गर्जनु भएको छ भने, कतिठाँउ सारगर्भित कवितात्मक काव्य रस पस्कनुभाछ त्यस्तै कतिठाँउमात आखाँ रसाउने रहेछ । वंहाको यो कला देखेर म मन्त्रमुग्धभै चकित भए । जतिवेला हामी साहित्यिक सहन भित्र थियौं । वहांलाई मैले लेख अनुसारै खरो स्वभावका भित्रका लिएको थिए । किनभने हङकङमै रहंदा नेपाली महावाणिज्यदूतकै प्रमुख आतिथ्यमा वंहाकै कृति 'कुण्ठित मनका चीत्कारहरु' कविता संग्रहको भव्य विमोचन कार्यक्रममा पनि साक्षात उपस्थित हुने मौका पाएको थिए । वंहाको सो कविता संग्रह एउटा पाठकको हैसियतले पढिसके पछिपनि मैले वंहालाई त्यहि दर्जा खरो स्वभावका भित्रमानै राखेको थिए ।
तर हाल आएर 'आन्छनका कथाहरु' पढिसकेर हेर्दा भने वंहा प्रतिको मेरो सोच पुरै परिवर्तन भयो । शान्त नदीझैं एउटै रफ्तारमा सलललल वगेको, सुमधुर संगीतको धुनझैं श्रवणीय रागले भुतुक्कै भए । त्यहाँ भित्रका कुनैपनि कथाहरु सुरु गरेपछि रहस्यमय कौतुहलले गर्दा नसकुन्जेल छोड्न मनै ललाग्ने । वास्तवमा वहाँत कुनै समय परिस्थिति र घट्नालाई मिहिन ढङ्गले अध्ययन गरेर केलाए आफ्नो सृजना मार्फत अति मार्मिकताका साथ उजागर गर्न खप्पिस माहिर साहित्यकार हुनुहुँदोरहेछ । त्यसैको असर होला मेरो नजरमा परेछ । वहां खरो स्वभावका नभै फूलझै कोमल र सुन्दर हृदयको हुनुहुदोरहेछ ।
आधुनिक शहर हङकङ धनी राष्ट्रको सुविधा सम्पन्न विलासित शहर हो । एसियाकै धनाढ्य लिका सिं देखि वलीउडका नामुद कलाकार ज्याकीचाङ त्यहि वस्छन, हिजो विश्व विख्यात मार्सल आर्टका शक्तिशाली व्रुसली त्यहि थिए । भने आन्छनजीका कथाका पात्र गरिव, निरिह, वृद्धा आमा जस्ता दुर्वल र अवला नारीहरु पनि त्यहि शहरमा वस्छिन । आन्छनजीले ती गरिव वृद्धा आमालाई आफ्नै आमा जस्तै ठानेर अति समवेदनशील मार्मिकताका साथ "आमा अलप भईन" शिर्षक राखेर लेख्नुभएको छ ।
माया प्रेम के हो ? माया प्रेम कस्तो हुनुपर्दछ ? सत्य मायाको विशेषता केहो भनेर "तिमीलाई माया मार्नै सकिन" भन्ने शिर्षकमा पढ्न पाईन्छ । तर यस कथाका पात्र स्वयं आन्छननै पो हुनकी भन्ने चाहिं पाठकहरुलाई लाग्दो हो । त्यो भित्रको एउटा वाक्य - तँ कता जान्छेस भनेकोत जावो गोक्ते लिम्वु नाठो संगपो रोमान्समा सधैं ! वहांले सत्य र समर्पित चोखो मायाको उदाहरण यो कथा मार्फत दिनु भएको छ ।
आफ्नो देश नेपालमा वस्ने हामीलाई जहिले पनि एउटा भ्रम के छ भने, जो कोहि पनि धनी राष्ट्र हङकङ, वेलायत, अमेरिका, क्यानडा आदिमा छन भने तिनीहरुलाई ऐसआराम र मोजमस्ति छ । तर त्यस्को विपरित धनी देश भित्र पनि कति विकृति र विसंगति व्यापक छन र त्यस्को ज्वलन्त उदाहरण असर एउटा नेपाली परिवार र नेपाली समाजमा पनि असर परेको छ भन्ने यथार्थ चित्रण "फक्रिन नपाई झरेको कोपिला" शिर्षकको कथामा पढ्न पाईन्छ ।
वहाँले हाम्रो देशको राजनीतिक विचलनलाई पनि छोड्नुभएको छैन । देशमा धेरै परिवर्तन भयो - पटक पटक प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पनि आयो । तर निमुखा र विपन्न जनतालाई भने ती सवै तन्त्रहरु अफाप सिद्ध भएको घटनाहरु कथाकारले "नेताजी र माईली", "गणतन्त्रमा वलीको वोका" र "जनमुक्ति योद्धाको विलौना" जस्ता शिर्षकमा मज्जैले उदाहरण सहित छर्लङ्ग पारिदिनुभएको छ । यो वहांको सवल पक्ष मान्नु पर्छ ।
वहाँले शत्रु खोज्न टाँणो जानुपर्दैन आफन्तहरुनै पर्याप्त छन, अनि वैगुनीलाई गुणले मार्न सक्नुपर्छ, कर्मको फल भोग्नै पर्छ तथा पाप धुरीवाट कराउछ । त्यसैले सत्कर्म गर्न सक्नुपर्छ, जीवन स्वत सकारात्मक वन्छ भन्ने सोच र शिक्षा प्रदान गर्ने "खलनायक मामा र महा नायक भान्जा" शिर्षकमा पर्ष्टै पार्नु भएको छ भने अर्कोतिर प्रकृतिका सृष्टि चराचुरुङ्गीमा पनि एउटा सुन्दर परिवार माया, मोह, पीडा देखि चल खेल र दुःख दर्दका मार्मिक कथाहरु हुन्छन भन्ने "भङ्गेरीको पीडा" शिर्षकको कथाले भावुक वनाउदछ ।
मैले माथिनै आन्छनजीको वारेमा भनिसकेको छु । वहाँ माया प्रेमको पक्षमा एकदमै सकारात्मक सोच भएका व्यक्ति हुन । त्यसैले मायामा त्याग र समर्पणका कुराहरु गर्नुहुन्छ । "एकै रातमा नया जिन्दगी" शिर्षक राखेर माया प्रेमको अतिनै मार्मिक रहस्यमय कथा प्रस्तुत गर्नुभएको छ । धन सम्पत्तिको प्राप्तिले मात्र जिन्दगी सम्भव हुदैन, जिन्दगी सुखमय हुनलाईत पारिवारिक सुख हुनुपर्छ भन्ने सन्देश दिनुहुन्छ वहाँ ।
त्यस्तै, हाम्रो नेपाली गाँउघरमा उहिले देखिनै विकृतिको रुपमै जरा गाडेको एउटा रोग हो - सामन्तीवाद र एकाधिकारवादको दवदवा । देशमा जस्तोसुकै तन्त्र आएता पनि यो सोझा, सिधा र निरिह माथि टाठा, वाठा चत्तुरेहरुको दवदवा कहिल्यै हटेन । तुष अझै वाँकीनै छ । यसैको उजागर हो "क्याप्टेनको तक्मा पण्डितको खल्तिमा" भन्ने शिर्षकको कथा ।
मलाई लाग्छ, सायद यी १० वटा पठनिय कथाहरुले सवै पाठकहरुको मन मस्तिष्कमा वस्न पक्कै पनि सफल हुनेछ । मलाई एउटा कुरा खड्केको वहाँले प्रत्येक कथाको शिर्षकनुसारा चित्र पनि राख्नुभएको छ । किनकी, वाल कथापो हुनकी भन्ने भ्रम पैदा गरे जस्तो लाग्यो । त्यो नगरिदिनु भएकोभए हुन्थ्योकी भन्ने सुझाव व्यक्त गर्दछु ।
पुनश्च, यस कथाहरुमा वहाँले कुनैकुनै ठाँउमा प्रयोग गर्नु भएको चलन चल्तिको ठेट शव्द र वाक्यहरुले अरुलाई चाहिं कुनी मलाई चाहिं स्वाद लाग्यो । जस्तै - चारपाई, घुर्ता, पुन्तेरा, टुकटुके, टोपा, उडुम आदि जस्ता शव्दहरु कुनै साहित्य कृतिहरुमा लेखिएको थाहा थिएन । आन्छनजीलाई धेरै धेरै वधाई अनि कृति सफलताको निम्ति हार्दिक शुभकामाना ।
धरान, हाल: काठमाण्डौ