17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भूकम्प कविता सङ्ग्रहमा कम्पनको गतिशीलता

कृति/समीक्षा सदानन्द अभागी September 11, 2024, 3:17 pm
सदानन्द अभागी
सदानन्द अभागी

होमनाथ सुवेदीको जन्म अक्टुवर ५, १९४७, ताकम जफीदी, म्याग्दी, नेपालमा भएको थियो ।उहाँ जि.मु. हरिलाल सुवेदीका जेष्ठ सुपुत्र हुनु हुन्छ । माताकामे नाम तुलसीदेवी सुवेदी हो । अनेसासका संस्थापक अध्यक्ष हुनु हुन्छ । उहाँ प्रवासमा बसेर पनि नेपाली साहित्यलाई विश्वव्यापी गर्न सफल हुनुभएको छ । यस कृतिको प्रकाशनसम्म उहाँका प्रकाशित कृतिहरू (उपन्यास आठ, कवितासङ्ग्रह ५, खण्डकाव्य २, महाकाव्य एक, लोक साहित्य तीन, पत्र साहित्य १ कथा तीन, समालोचना चार, सम्पादन चार, सहसम्पादन–७, जसमा लिखित ३१,सम्पादित १२, नेपाली लोक कथा एक –अनुसन्धान, मुक्तक संख्या १ र गजलसङ्ग्रह २ आदि लगायत जम्मा ४३ कृति (यस कृतिको प्रकाशनसम्म) प्रकाशित भएका छन् । । होमनाथ सुवेदीको बारेमा धेरै अनुसन्धानपत्रहरू प्रकाशित भएका छन् । यति धेरै कृति प्रकाशन गर्नु उहाँको लेखन दक्षताको प्रमाण हो । होमनाथजीले नेपाली डायस्परिक साहित्यलाई उच्चाइमा पु¥याउनु भएको छ ।
पुरस्कार अभिनन्दन र सम्मानः “अंकुर”अक्टुवर ५, १९४७, रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०५४, सूर्यनारायण पुरस्कार गुठी बाट, सूर्यनारायण पुरस्कार २०६२, अनेसास रोहणी शर्मा धवलागिरीबाट आप्रवासका सुसेली कवितासङ्ग्रका लागि अनेसास रोहिणी शर्मा धवलागिरी उत्कृष्ट पुस्तक पुरस्कार, २००७, लगायत १० पुरस्कार, अभिनन्दन र सम्मान ३७ बाट विभूषित हुनु भएको छ ।
कृतिको संरचना –यस कृतिको अग्र आवरण पृष्ठ मा धरहरालगायत विभिन्न संरचनामा परेको असरलाई दर्शाइएको छ । पछिल्लो आरण पृष्ठमा कवको व्यक्तिगत विवरण दिइएको छ । कृति प्रकाशन अन्तराष्ट्रिय नेपाली साहित्य समाजले गरेको छ । मूल्य नेपालमा ने.रु. ३००÷– दक्ष्णि पूर्व यसियामा भा.रु. ३००÷– दक्ष्णि पूर्व यसिया बाहिर १०÷–डलर । यस कृतिलाई सम्पूर्ण भूकम्पपीडितमा कृतज्ञतासाथ समर्पण गरिएको छ । यस कृतिको प्रकाशकीय अनेसास वाशिङ्टन डी.सी.मेट्रो कमिटी संयुक्त राज्य अमेरिकाका अध्यक्ष रामप्रसाद खनालज्यूले लेख्नु भएको छ भने प्रा. डा. कपिलदेव लामिानेज्यूको भूमिका लेखन रहेको छ ।यस कृतिमा ८० कविताहरू समावेश गरिएका छन् । कुनै कविता ८ हरपका छन्, औसतमा कविता २ पृष्ठका रहे पनि कुनै कुनै कविता पुग नपुग ३ देखि ४ पृष्ठ सम्मका छन् । कवितामा केही छन्दमा छन् भने अधिकांश कविता गद्यलयमा रहेका छन् । यसरी लयगत रूपमा हेर्दा विविधता पाइन्छ ।
कविताको सारसंक्षेप – यस कविता सङ्ग्रहमा ८० ओटा कविता समावेश गरिएका छन् । कविले वि.सं.२०७२ को महाभूक्म्पलाई प्रथम स्थान दिनु भएको छ भने अन्तिम कविता पनि भूकम्प नै छ । वि.सं. २०७२ साल वैशाख १२ गतेका दिन ७.६ रेक्टरको महाभूकम्प आयो , धनजनको ठूलो क्षती पु¥यायो । ती कविताको सारसंक्षेप यस प्रकार छ ।
२०७२को महाभूकम्प– नब्बेसालको विधंशकारी भूकम्पको ८२ वर्ष पछि हाहाकार बनाएर आयो कुचक्र यो । धरहरा छँदैछैन । यो भूगर्भीय समस्याले गर्दा नेपालमा भूकम्प आउने गर्दछ । ती भूगर्भीय समस्या भनेको टेक्टोनिक प्लेटहरू हुन् । इन्डिया प्लेट र उत्तरमा ओभरराइड युरेशिया प्लेटक आपासमा टक्राएको कारणबाट नेपालमा भूकम्प आउँछ । भूकम्पका अरू कारणहरू पनि छन् । तर होमनाथजीले भूगर्भीय समस्या देखाउनु भएको छ । होमनाथजीले सात बिन्दु ६ रेक्टरको भूकम्प ठूलो भएकोले मानिसको मुटु हल्लिनु, थाक खोला, तिब्बत र सिलगुडी पनि काम्नु, वैज्ञानिकले संसारको गति जानेम् भने पनि भूकम्पको गति जान्न नसकेर संसारमा खती भएको हुन्छ भन्नु हुन्छ । सरचना भत्किए, सरकारनिष्प्रभ छ तर मोदीले औषधी पठाए भन्दै होमनाथज्यूले निकै कष्टकर धारणा पस्कनु भएको छ । चौद्ध सये मरेको जानकारी भएपछि मुटु टुक्रिनु आँखाबाट आँसु झर्नु, उद्धारमा सबै समर्पित हुन अनुरोध गर्दै भन्नु हुन्छ–
बन्धुको त्यो विधि नाश देखेर पढ्न सक्दिनँ
कविता यो यहीं रोक्छु बढ्न सक्दिन ।।
पृष्ठ २
अकथा – यस कवितामा चारहरफका ४ ओटा श्लोक छन् । यस कवितामा कवि भन्दछन् –
गएको थिएँ त्यो पुरानो खलोमा
किसानै थिएनन् मरेको थलोमा
थियो त्यो उही हो चिनेको सही हो
रछायाँ नबोली पस्यो त्यो कुलोमा
अकथा श्लोक १
कविले पराइ भएर हो कि या विर्सीएको हो या अनाम हुँ या ऊ नापिएर हो नबोली कुलोमा पस्यो भन्ने धारण राख्दै उहाँको बिचार पलाउँ छ । धेरै वर्ष ग्याप रह्यो । यसरी ग्याप हुनको कारण प्रदेशी भएर हो । कविको धारणा भू–कम्पसँगको हो र अनिष्टकारी भू–क्म्पमा पैह्रो खसाल्छ प्रकृतिलाई विगार्छ, उजाड बनाउँछ । सुन्दरताले भरिएको भूलाई विक्रित बनाएर चिन्नै नसक्ने बनाउँछ । मानव जीवनसँग यी घटनालाई कविले यसरी जोड्छन्–
खसालेर पैह्रो पुरेको खलो भो
उजाडै थियो त्यो नचिन्ने ‘म’ को हो ?
नचिन्ने भएको चिनाउँ कसोरी ?
‘म’ मान्छे भएको जनाउँ कसोरी ?
श्लोक ३
मानिस जुन ठाउँमा जन्मिन्छ । जति टाढा भए पनि जन्म भूमिको याद आइरहनु स्वभाविक हो । धेरै कालको अन्तरालमा पुग्दा नयाँलाई देख्दा तर्सिरहनु पनि स्वभाविक हो । यस्तो अवस्थामा टुटेको कथा कसरी जोड्ने र भ्रम(विपर्याश) को कथालाई कसले भन्छ भन्दै कविले अकथा शीर्षकमा भावनात्मक अभिव्यक्तिलाई पस्किनु भएको छ ।
अनेक केन्द्र –यस कवितामा कविले केन्द्रको निर्माण सम्बन्धमा प्रकाश पार्नु भएको छ । मानव संस्कृतिका आधार, कला साहित्यक पनि प्राकृतिक द्वन्द्वकै आधारका परिणाम हुन् । मानिस सृष्टिको सिर्जना धेरै पुरानो छ । मानिस सृष्टिको साथसाथै युद्धहरू भए सभ्यताको विकास भयो सस्कृतिले स्थान लियो । यिनै संस्कृतिबाट विविध घटनाको उपज भयो । नयाँ नयाँ डायस्पोरा र डायस्पोराको इतिहास निर्माण भयो र मुद्दै मुद्दाका कलात्मक विवरण तयार भए ।
कविको धारणा छ एउटा केन्द्र बन्द भए पनि हजारौ अरु केन्द्र स्वतः स्पूmर्त रूपमा चल्दै जाने, अनेसासको विकेन्द्रित नियम जस्तै जसको केन्द्र नै छैन । केन्द्र नभए विकेन्द्रित केद्र त छन् । यी विकेन्द्रित केन्द्रहरू मौलाएका छन् । कविले यी मौलाएका विकेन्द्रितलाई हस्तछेप गर्न नहुने समाजको नियम छ । यदि पुराना केन्द्रलाई निषेध गरिन्छ भने नयाँ केन्द्रलाइ समाजका सदस्यले बढवा दिन्छन् । पुस्ताहस्तान्तरण क्रम निरन्तरता हो । कविको मार्गदर्शन मनन योग्य छ –
आज देखिएका यी द्वन्द्वका भूलहरू
भोली, कला र साहित्यिक शृङ्गारिक पूmल हुन्छन् ।
कविज्यूको धारणा स्पस्ट छ । इतिहासको सिर्जना यसरी नै हुन्छ ।
पृष्ठ ४
अर्धकदको मानिस – यस कवितामा पनि कविले भूकम्पबाट पारेको असरलाई वर्णन गर्नु भएको छ । अर्धकदको मानिसमा आधा अङ्ग पुरिएको मानिसको हो । मानिस शरीर, रुघा काँसो,तथा विविध रोगव्याधिले तथा आइ पर्ने प्राकृतिक प्रकोपले नासोको रूपमा सजिएको हुन्छ । भूकम्पले धन जन, विविध भौतिक साधन तथा जीव प्राणीहरूलाई नष्ट पार्दछ । यहाँ कविको धारणमा पूर्ण कदमा धुलो ध्वाँसो रहेकामा भूकम्पले गर्दा बगरको मालिक बन्नु र शरीरको तल्लो हर पुरिएर अर्धकदको मानिस बन्न पुग्नु हो । भू–कम्पबाट पु¥याउने यावत घटनाक्रमलाई कविले यसरी प्रस्तुत गर्नु भएको छ –
कुनै लट्केका छन् कति त थिचिएका नरहरू
कुनै दायाँ वायाँ कतिपय उँभो, ढल्दछ तरु
छ मुर्दैमुर्दाको रगतपसिना शोणित चरु
भए स्वाहा मान्छे, म पनि त सके जल्दछु बरु !
पृष्ठ ५
कविले पोखेका पीडा अति मार्मिक छन् । भू–कम्पले जमिनलाई प्रलयसरि ध्वस्त पार्दछ । घरगोठ पाटी पौवा, ढल्नु, आफन्तका मृतक शरीर गनाउनु मानिस अपाङ्ग हुनु, जस्ता कुराको साथै प्रकृति र पुरुषको कुरा उत्थान गर्दै लाटो जस्तो भएको र अपाङ्गताको गणना गर्न नसकिने, पिडालाई सहन नसकिने र यी सबैले जानेका तर नयन नखुलेर देख्न किन नसकेका आदि भावना पोख्दै कविले भन्नुहुन्छ –
‘भएको’ले पीडा यदि म ‘नभए’ हुन्न सहन,
म आधा मान्छेको कवि–रचित अर्थै छ गहन
नजान्ने को होला अझ म त खुला स्तम्भ छु, सुन
कसैले देख्दैनन् , नयन नखुलेका किन ? किन ?
पृष्ठ ५
अनेक –डायोस्परा – यस कविताको भावसार पस्कनु भन्दा प्रा.डा. कपिलदेव लामिछानेले डायोस्परिक आन्दोलन बारेमा यस धारणालाई यहाँ पस्कने अनुभति चाहान्छु – ‘ नेपाली साहित्यमा अप्रवासी स्वर केही पहिलादेखि सुनिएको भए पनि एउटा सार्थक डायस्पोरिक आन्दोलन भने होमनाथ सुवेदीको आगमनको साथसाथै भएको हो ।’ बास्तवमा होमनाथ अमेरिका पुगेपछि साहित्यिक सिर्जना, साहित्यिक संगठनको स्थापना र विस्तार र आपूmलाई साहित्यका विविध विद्यामा समर्पित भएर अगाडि बढेको पाइन्छ । अब अनेक डायस्पोरा कवितातिर लागौं ।
अनेक डायस्पराको पयोधरा
वासिङ्गटन डीसी हुन् यशोधरा
यहाँ छन् स्पेनिस, जापानिज, फिलिपिनो, एन्डोरा
नेप्लिज र व्ल्याक अफ्रिकन डायोस्परा
पृष्ठ ६
यहाँ मूल थलोलाई देवकी या कामधेनु होलिन् भन्दै समुद्र मन्थन गरेर जमुना पार गरेर जानु त्यति सहज हुँदैन । कविले कसरी वासिङ्गटन डीसी आइयो होला ? पाइयो होला, देवकी र यशोधरामा विभाजित किन भइयो होला, भनी प्रश्न उठाएका छन् । यहाँ तीन शब्द मनन योग्य छन् । देवकी कृष्णकी आमा हुन् र वासुदेवकी पत्नी । कंशले यिनीहरूलाई जेलमा राखेको थियो । देवकीको आठौं गर्भबाट जन्मने सन्तानले कंशलाई मार्ने छ भनिएको थियो । भदौ महिनाको कृष्ण पक्षको अष्ठमी तिथिमा राती कृष्णको जन्म भयो बासुदेवले रातीमै यमुना नदी पार गरेर गोकुलमा नंद र यशोदाकाघरमा पु¥याए र यशोदाकी कन्यालाई लिएर आए । कामधेनु गाई मनोकामना पुरा गर्ने गाई हुन । यसोधरा गौतम बुद्धकी पत्नी हुन ।
कविले भनेका छन् समतूल्यमा तुलना हुन्छ, अमूल्यमा तुलना हुन सक्दैन, नेपालीहरू राष्ट्र, राष्ट्रमा बसेका छन् । तर ममता भने पुरानो र नयाँ दुबै ठाउँमा हुन्छ । डायस्पोरा राष्ट्र राष्ट्रको हुन्छ । आजको विश्व साइवरस्पेसमा चलेको छ , चन्द्रमामा नपुगेसम्म धर्तीमाता नै समष्टिको हो । अमेरिकामा मानिस सरासर पसेका, जो पस्यो त्यसले प्राकृतिक अधिकार बराबर पाएका छन् । अमेरिका भनेको स्वतन्त्रता मूर्तिको देश जो बनेको छ डायसपोराको धरोहर र यो नै बन्यो डायस्पोराको घर । यो विश्वको लागि राजधानीको समान छ । यसो भन्दा यो भन्न खोजिएको हैन कि टोकियो र सनमारियो सानो छ । यहाँ विशिष्टतामा विविधता छ । नेपाली डायस्पोरा अनेक छन् । यस कवितामा कविले नेपालका बागमती, विष्णुमति र जयन्ती, मङ्गला र कालीले बेनीको बजारमा कविको छातिमा मार्चपास गरेको जस्तो अनुभूति लागेको हुन्छ । अमेरिकाका पोटोम्याक नदीमा बागमती घोलिएको, एनाकोष्टिया नदीमा विष्णुमती रङ्गिएको भान कविमा भएको छ । अर्थात अमेरिकाका यी प्राकृति सम्पदामा देवकोटा जयन्ती पारेर नेपाली डायस्पोरा( साहित्यकार)हरू सहभागी भएर आनन्दाभूति लिएको देखिन्छ ।
कविले यस कवितामा विश्वब्रमाण्ड नै समावेश गर्ने प्रयास गर्नु भएको छ । आजको वैज्ञानिक प्रगतिले गर्दा विश्व निकै साँधुरिएको छ । किनकी इमेल, फेसबुक, र स्काइपहरूको प्रयोगमा विश्वलाई एउटा कोठा या,एउटा कुर्चीमा बसेर पनि नियाल्न सकिन्छ । उहाँको भनाइमा नयाँ डायस्पोराले जमाना बदलेको जस्तो लाग्छ ।
आज नेपालीहरू जुन देशमा गए पनि त्यहाँ आफ्नो भाषा साहित्य,संस्कृतिलाई जोगाएको, बढाएको र र्फैल्याएको पाइन्छ । यहाँ होमनाथज्यू पनि यसरी प्रस्तुत हुनु भएको छ –
नेपाली साहित्यको यथार्थ प्राङ्गाणमा
उदयमान सूर्यको लालिमा जस्तै
धर्ती ढाकेर फैलिएको डायस्पोरा
भूमण्डलीकरण भएको छ
सांस्कृतिक विभिन्नताले
अनेक डायस्पोरा उदाएको छ ।
पृष्ठ ९,
नेपाली भाषा ,साहित्य र संस्कृतिलाई बढाउन अनेसासले नेृतृत्वदायी भूमिका खेलेको र लण्डन कन्फोरेन्स घोषणा–पत्रले यसलाई अग्रगतिमा लगेको छ । यसमा लैनो गाईको रूपमा वासिडङ्गटन डीसी रहेको छ र यसले सबैलाई दूध पिलाइरहेको, बृद्धिको लागि ओथारा लगाइ रहेको, अनेकतामा एकताको नेपाली पहिचानलाई प्रमाणित प्रकाशित गराएको र ‘अनेक डायोस्पोराको एउटा आयम मुस्कुराएको छ ।’
जिउँदो सालिक – यस कवितामा भूकम्पका पराकम्पले दिएको विनाशलाई वर्णन गरिको छ । भूकम्पबाट गरेको धनजनको क्षतिलाई पराकम्पले पनि बढवा दिनु, बाबा, आमा, अनुज सबै लुटिनु, यी कम्प, परामक्पले सडक चिरा चिरा पार्नु, घरहरू ढल्नु, चउरमा लडेकालाई उठाउने कोही नहुनु, बस्ने बासको ठेगाना नहुनु, खाने सामाग्रीको पसल नखुल्नु,चुकल पनि नलाग्नु, भागाागको कारणले को मर्छ को बाँच्छ, थाहा नहुनु,एन आर एनले सहयोग गर्न धन र मन लिएर भूकम्प स्थल पुग्नु आदि धारणा सहित कवि भन्नु हुन्छ –
मृतात्मा हो तल्लो हर छ पुरिएको समरको
बचेको मान्छे हो नरक सममा अर्धकदको
महात्मा जस्तै छन् तर छुन गए पत्थर सरी
महाभूकम्पको उपज मनु यो सालिक मरी
पृष्ठ, १० श्लोक ५
संस्थामा लोकतन्त्र –यस कवितामा लोकतन्त्रप्रतिको विकृतिमा व्यङ्ग कसिएको छ । संस्थापकलाई मुद्दा हाल्ने धम्की दिनु,विधानलाई उछितो पार्नु, जति बगाबत गरे पनि कार्वाही नहुनु, के यो वाक स्वतन्त्रता, स्वतन्त्रताको परासीमा नाधेपछि लोकतन्त्रको मर्यदा भङ्ग हुन्न जस्ता प्रश्नवाची कुरा एक संस्थाका अध्यक्षले अर्को संस्थाका अध्यक्षलाई अविश्वासको प्रस्ताव राख्दा कार्वाही नहुनु, गाली गलौजमा आचार संहिता लागु नहुनु, निर्वाचनको मिति सारिएको छैन,मतदान दिन बञ्चित गरिएको छैन, सबै शाखा, सबै सदस्य स्वतन्त्र छन् र कसैमाथि कसैको कार्वाही लाग्दैन आदि धारणा राख्दै कविले लोकतन्त्रको अभ्यासले के भन्छ भनि धारणा यसरी राख्नु भएको छ –
लोकतान्त्रिक संस्था हो, प्रतिपक्षलाई विरोध खुला छ
तर
गरेको सही कामको मूल्याङ्कन पनि अनिवार्य छ
यौटा कार्यकालभन्दा बढी काम गर्नु
संस्थामा बन्डदेज छ, अभिशाप छ
धेरै खाए गुलियो पनि तीतो हुन्छ
लोकतन्त्रको अभ्यासले यही भन्छ ।
पृष्ठ १२
टुक्रिएको मान्छे–ड यस कवितामा पनि कविले भू–कम्पको कारणले पैह्रो गएर ढुङ्गा टुक्रिन गएर नदीमा परेर सफा भएर नदीले बगाउँदा ठोकिएर कडा शालिग्राम जस्तो बन्न पुगेको,आदि धारणा राख्दै भन्दछन् –
न मेरा बाबा छन् न तनय बाँचेर दुहिता,
म टुक्रेको मान्छे नगरभरमा व्यापक हुँदा
सबै टुक्रा टुक्रा घटघट टुटेको निकट म
कसोरी हेर्ने हो जड हुन दिनुहोस् सालिक छु म ।
पृष्ठ १३
वैज्ञानिक दृष्टिकोणले भन्नुपर्दा चट्टानबाट ठूलो ढुङ्ग, ठूलो ढुङ्गाबाट सानो ढुङ्गा, सानो ढुङ्गाबाट बालुवा, बालुवाबाट पाँगो आदि निर्माण हुँदै माटोको निर्माण हुन्छ ।पानीले बगाउने , थिउराउने, चुहाउने, विभिन्न खनिजसँग मिलाउने आदि कामहरू गर्ने यथार्थतालाई साहित्यिक भावनामा प्रस्तुत गर्नु भएको छ ।
आँखा – साधारण अर्थमा आँखाको काम हेर्नु हो । स्वच्छ आँखाको दृष्टि लामो हुन्छ । आँखाको हेराइ उमेर अनुसार, रोग अनुसार विविध कारणले गर्दा अन्धो बन्न पनि आउँछ । यहाँ कविका कविताले विविधता दर्शाउँछ । उमेरले साठी काटे पछि हेर्ने शक्ति छिण हुन्छ । रोगको कारणले पनि आँखा देख्न सकिदैन, भारतीको आँखा देख्दा शीवलाई दर्द हुनु, गोविन्दको आँखामा निमोनिया भए जस्तो रोग हुनु । यहाँ कविले जीवदेखि ईश्वरसम्म आँखाको अवस्थाको धारणालाई राख्नुभएको छ । आँखा बन्द हुने रोग कम्प्युटर पनि बनेको छ । आँखामा आँसु उत्पादन र निकासी गर्ने संरचना पनि हुन्छन् । हाम्रा मृत्यु तथा विविध घटनालाई देखेर आँसु पनि झर्दछन् । यहाँ सुँगुरका आँखा असुद्धका कुरा, धोवीका जस्ता कुरा काट्ने आँखाका कुरा, लेख्न बस्दा, पेनले कागज छोप्न थाल्नु आदि धारणा सहित कविको एक श्लोक यहाँ प्रस्तुत गर्दछु –
साट्न पाए दुबै आँखा छोर।को साथमा अझै
पुरूरवा म नै हुन्थे नसोचु यो कथा कतै ।
श्लोक १५,
यी श्लोकमा विविध गाढा धडारणा समेटिएका छन् । सीतालाई रामले लंकाबाट फिर्ता ल्याएपछि धोवीले श्रीमतीलाई गाली गर्दा प्रयोग गरिएका शब्द, अयातिले छोरासँग वैंस साटेसरि कविले छोरासँग दुवै आँखा साटन पाए पुरूरवा हुने सकिने भएपनि यो कुरा नसोचौं भनेका छन् ।पुरुरवा, उर्वशी (स्वर्गकी सबै भन्दा सुन्दरडी अप्सरा)का मनुष्य पति हुन् । दुई दुई हरफका श्लोक भए पनि यिनका पृथक पृथक र महत्वपूर्ण धारणा आएका छन् ।
इमान–यो कवितामा मानिस वेइमान हुनु हुन्न इमानी हुनु पर्छ । अर्थात वेइमानै वेइमान भएको ठाउँमा इमानी खोज्न सकिदैन । स्वतन्त्रतामा आपूmले चाहेको गर्न पाउनु पर्छ अर्थात ‘यदि आफ्नो आफै आत्महत्या गर्न पनि पाइँदैन भने स्वतन्त्रता खोज्न कहाँ जाने ?’ कुनै काम गर्न चाहनेले नपाए स्वतन्त्रता छ भन्नुको तात्पर्य के ? कवि यसरी प्रस्तुत हुनुभएको छ –
साधु बन्न उत्तम हैन भने
धूर्त बन्न आँफै सिक
फलामले फलाम काट्न सक्छ
वेइमानीलाई वेइमानीले काट्न सक्छ
बह्दलीय समाजले ‘चेक एण्ड व्यालेन्स’ गर्न सक्छ ।
पृष्ठ १६
बेइमानीसँग इमान तोड्न सिक्नडु पर्छ । जस्तालाई त्यस्तै गर्न सिक्नु पर्छ र मात्र सहिमार्गमा ल्याउन सकिन्छ ।
कलम र कल्पना –कल्पना तथा भावनाका लहरहरू जव समुद्रको लहर जस्तै बग्न थाल्छन् । स्वप्निल संसारबाट सौन्दर्यका टुक्रा जोडेर कविताका प्रहार निर्माण हुन्छन् । लेखनको लागि कापी कलम आवश्यक हुन्छ । कापी कलम नभए कल्पना जाग्दैमा लेख्न सकिदैन । गाउँदा पनि गीतको बोललाई टिपी दिने मानिस चाहिन्छ । कल्पनालाई कविले कलम नदिनु, श्रव्य रेकर्डर पनि लगेको तर पीडा उक्सायर विरानो संसारमा अभिलेख राख्न नचाहेको, देखेको भिडियो पनि उपयोग गर्न नसकेको, कापी कलम दिएर साथी बन्न नसकेको आत्मदान गरेर कल्पनामा विसर्जन हुन सकिन आदि धारणा सहित कविको भावना यसरी बगेको छ –
कल्पनाबिना साहित्य कस्तो होला
मैले सोच्न पनि सकिनँ
कलम र कल्पनाबिना
म नाँच्न सक्दिनँ
कल्वना नै जीवन हो कलमको
कल्पनाबिना बाँच्न सक्दिन
पृष्ठ १८
कविता कुसुम –यस कवितामा कविले प्राकृतिक सौन्दर्यतालाई सिङ्गारिक धारणामा प्रस्तुत गर्नु भएको छ । पछौटी पालुवा खडेरीको कारणले बढ्न नसकेर टक्क उभिएकी अविकसित मुलुककी मालिका जस्तै, कपाल काटेकी सुन्दर शारिरिक सम्रचना विना श्रृङ्गार नै उत्तरी क्षेत्रकी बालिका जस्तै नाताले मीत नातिनी, प्राकृतिक रूपमा छोरी ‘अनि ममताकी अधिष्ठात्री देवी थिइन् ।’ कविले यति वर्णन गर्दा पनि उनलाई चिन्न सक्दैनन् । कता गएको पनि थाहा पाउँदैनन् , अप्सराले झुक्याएको त हैन भनेर कवि प्रश्नवाची हुन्छन् । घरमा बोलाउँछन् तर उनी आउँदिनन् । जब मानिस कुनै चिजले आकर्षित हुन्छ । त्यसलाई पाउने चाहना राख्छ । ऊ बिमारी पर्छ । यहाँ कविको धारणा यसरी आएको छ –
‘म विमारी थिएँ,
मलाई मेरो कान्तीको अभीष्ट कतै लुके जस्तै
म नजिक छु तर छुन नसकेको जस्तो
यो रमरम मजा पनि हुन सक्छ
कता कता मजा ल्टेको पनि हुन सक्छ
म वेचैन थिएँ दर्शनको लागि ।’
कविको यो वेचयनीलाई कविता ‘कुसुम’को आगमनले कवि हर्ष विभोर हुन्छन् । कवितासँग कसुमलाई गाँथेर हेर्नु बैठक कोठा जहाँ कोठेकविहरू टन्न बसेका थिए, उनले सोमरस वितरण गर्नु, अपिरिचत बालिकाले सोमरस खसाल्दै कविता गुनगुनाउँदै गर्दा कविले मितनातिनीलाई प्रत्यक्ष कविको माझमा भेट्नु, बेचैनी मेटियो,भन्दै कविको धारणा यस प्रकार आएको छ –
यो कविमण्डलीमा अमेरिका एक्लै बस्दाको
अविकसित देशको
आफन्तको भोक मेट्ने
मेरो मीतनातिनीलाई कवितामा नचएर
यो अमेरिकामा आनन्दको सास फेरें
कुसुम नै कविता बनेर दर्शन दियौ
मेरी नातिनी
तिमीलाई धन्यवाद दिएँ
कविहरूलाई कविता दिएँ ।
पृष्ठ २१
कहाँ जाउँ बाँच्न – निर्वासनमा रहेका कविले आफ्नो जन्म भूमिको यादमा मर्नु न बाँचनुको लागि कता जानु जस्ता भावना केलाउँदै मनै उदाङ्ग बनाउँदै, जिजीविषाका जिज्ञासाहरू भत्किएको अनुभूति गर्दै देशप्रतिको धारणा यसरी राख्नु भएको छ –
अन्धो भएको छु
देश नदेख्ने
यो निर्वासनको भावनाले
भक्तिएका छन् मेरा दिवारहरू
हृदय कम्पले भक्तिएका छन् धराहराहरू
पृष्ठ २२
निर्वासितआत्माहरू आफ्नो जन्मभूमिप्रति कति तड्पिएका हुन्छन् भन्ने राष्ट्रप्रेमका धारणा आएका छन् कवितामा।
किन रुन्छ रुख ? – आजको राजनीति विक्रितीप्रति रुखले पनि देशलाई कुन मार्गमा लान खोजेको हो आँसु खसाली रहेको र भनिरहेको छ भन्ने धारणा आएको छ । रुख भनेको जड हो । ऊ जीवित भए पनि बोल्न सक्दैन । देशको स्थिति यति नराम्रोसँग विग्रिएको छ । कविको भनाइ छ कि मानिसले देशलाई के बनाउने हो नरिवलको रुखमा सल्लाकोे खोटो पोति रहेको छ । अर्थात नहुने काम गरिरहेको छ । हेरौं कविको धारणा–
ककसको मस्तिष्कमा
निकास र विकास हैन
असहमति र अविश्वासले
सर्वाेच्चलाई पनि अधम् बनाएको छ ।
पृष्ठ २३,
पीडितले पनि आक्रोसमा अपराधको सीमा नाधेका छन् । सत्तासीन तथा सत्ताहीनले अहम्ता बोकेका छन् । हलो अडकाउने गरेर अबरोध खडा गरेका छन््, पीडितको परिभाषाले पनि सीमा नाधेको छ । आज विधिको शासन कसैलाई मन्जुर छैन । यस्तो अवस्थामा समाजको भरोसामा छोड्नु पर्छ र समाजको फैसला नै सर्व मान्य हुन्छ । कविले पुन रुख किन रुन्छ र रुखभन्दा माथि चढ्न मानिस अझै फुल्नुफल्नु पर्छ । अर्थात प्रकृति भन्दा माथि कोही हुँदैन ।
के गर्ने – यस कवितामा १० ओटा नीतिश्लोक तथा दार्शनिक अभिव्यक्ति आएका छन् । मानिस एक्लै आउँछ एक्लै जान्छ । यो ध्रुव सत्य हो तर पनि मानिस ठूलो किन बन्दछ । कवि भन्दछन् –
छैन केही भने त्रास शान्ति नै सोच्नु पर्दछ
श्लोक ३, पृष्ठ २५
‘न’ मा बाच्नु ‘न’ मा शान्ति अक्षय ज्ञानबर्धक
जे छ यो देखिने पात्र यही मात्र छ साधक
श्लोक ४, पृष्ठ २५
सीमा आफ्नो कहाँ सम्म हो जान्नु पर्छ , सीमा नाघेर कुद्न हुँदैन, । क्षणभंगुर जीवनमा जीवित छँदै ज्यान दिनु पर्छ, । सुख शान्तिको लागि मानिस ठूलो हो । मानिसले चेतना माथि नियन्त्रण लिनु पर्दछ । चेतना भन्दा पर परीक्षण गर्नु हुँदैन । नित्य र अनित्यमा अनित्व मान्ने नित्यभने परात्पर भएकोले अस्मितालाई चिनेर यही स्थललाई प्रभुद्ध राख्नु पर्छ । गीतामा कृष्णले अर्जुनलाई भने जस्तै कविले पनि ईश्वरीय धारणालाई यसरी पस्केका छन् –
जे हो यहाँ म हुँ तिम्रो यो भन्दा पर छैन क्यै
नजाऊ टाढिई मेरो , म भन्दा पर छैन क्यै ।
श्लोक ९ पृष्ठ २६,
लागेका मनमा मेरा भावना यी निरन्तर
यिनै हुन् सपना हाम्रा बाँकी जे छ त्यही गर ।
श्लोक १०पृष्ठ २६
के छ यहाँ ! – मानिस आफ्नो पहिचान स्थापित गरेर बसेको ठाउँ छाड्दा मरेतुल्य ठान्दछ । उसको जे थियो त्यो सबै नेपालमै छाडेका हुन्छ । मानिसले चाहान्छ प्रकाशिलो जीवन तर त्यो प्राप्त गर्न नसक्दा ऊ यसरी प्रस्तुत भएको पाइन्छ–
अमेरिका पस्दै मरेको थिएँ
चिहानैमा केही मिरमिरे उज्यालो देखे जस्तो लाग्यो
अनि उही रात
मरेको छु
दिन त देख्नै पाइन
उसलाई त मैले
नेपालमा नै छोडेको छु ।
पृष्ठ २७
केराको डेरा– यस कवितामा कविले मूलदेशबाट अमेरिका पुगेको केरा त्यहाँको वातावरणमा सप्लाउँछ । उसका पात झाङ्गिन छन् । ओतले साना झारपात बोटलाई ढाक्छ । केराका काँगिया काँगियाले भूँइ छोइएका छन् ,हेर्दा हात्तिको सूँड जस्तै देखिन्छ । शीर निहुरिएको छ । यो निहुराई केराका काँगियाको कारण नसम्झी लेखनाथ पौडेलको ‘फलेको रुखको हाँगो नझुकेको कहाँ छ र ?’ कविले झुकेको अर्थ ज्ञानी व्यक्ति भनेर लगाएको अर्थ तथा सोचाई गलत रहेछ भन्दै लेख्नु हुन्छ –
झुकेको भन्नु् हाम्रो सोचाइ गलत रहेछ
नेपाली भनेर के गर्नु ? अमरिकाको हावाको सुरत रहेछ
केराका स्तम्भहरूलाई क्रिम पाउडर लगाएर
आफ्ना ठूला ठूला चिप्ला चिप्ला ठिमाहा साँप्रा देखाइरहेछ ।
पृष्ठ २८
केरालाई बिम्ब बनाएर लेखिएको यस कवितामा अमेरिकामा पुगेका मानिसहरूले धन आर्जन गरेपछि घमण्डको पोको फुकाएको छ । एयरकन्डिशनको उपभोग गरी नौजवान ठिटाहरू शहरका तरुनीलाई लोभ्याएको छ । घमण्डको पोको फुकाएको छ, आफूभन्दा मुनीकालाई झार पात ठानेर ओसेपमा पारी जिउँदै मारेको छ भन्दै कविका धारणा यसरी आएका छन् –
यो सप्रिएको केरा
फेरी सामन्त भएको छ
यसले रङ्ग फेरेर
अमेरिकामा सोझै डेरा जमाएको छ ।
पृष्ठ २९
लुटार – यहाँ कविले अमेरिका र तालिवानमा को लुटेरा हुन् भन्ने धारणा पस्केका छन् । कसैले आफ्नो खुकुरी खोसेर आपूmमा नै प्रहार गर्दा कती पीर पर्दो हो त्यो कुरा लुटेरालाई थाहा हुँदैन । उसको नीति खोस्नु हो, खोसेको बस्तु आफ्नो हो भन्ने र अर्कोलाई दोष लगाउने हो । मुद्दा उल्टाउने, यस्तो नीतिको अबलम्वन गर्ने अमेरिकाको हो या तालिवानको हो ? पशु हुनलाई चार खुट्टा हुनु पर्दछ तर उसका त दुई खुट्टा छन् अनि मानिस भन्नलाई ईमान चाहिन्छ । ईमान नभएको त मानिस होइन ।त्यो त लुटेरा हो । मानिस हो भने कस्तो किसिमको मानिस हो ? यस सम्बन्धमा कविको धारणा यस्तो छ –
दुई खुट्टे जन्तु , मान्छेको रूपमा
बैमान लुटेरा हो
मानव सभ्यता र संस्कृतिको विकासमा
त्यो एक कुलाङ्गार हो ।
पृष्ठ ३०
यस्ता दुष्प्रवृत्ति भएका अमेरिका वा तालिवान जो भए पनि बहिस्कार गर्नु पर्छ र यस्ता अदृश्य चोरलाई कहिल्यै गर्न हुँदैन अङ्गिकार भन्ने कविको धारणा छ ।
मौन मान्छे – भूकम्पको कारणबाट मानिस विवस हुन्छ । बोल्ने आधार केही हुँदैन र मौन रहन्छ । उसको अन्तर मनको कोक्याइलाई कविले यसरी प्रस्तुत गरेका छन् –
निशा आई छाई भनन कहिले फिर्दछ दिन ?
लियो भूकम्पले दिन पनि गयो ! आउँछ किन ?
पुननिर्माणको परिणति कुनै देख्न सकिनँ
रुदै वर्ष आयो छत पनि नभा ओत्दछ किन ?
पृष्ठ ३१,
माथिका श्लोक बाटै थाहा लाग्छ कि भूकम्पले प्राणीजगतमा अन्धकार छाइदिन्छ । तहस नहस पारेको संरचनालाई पुन निर्माण नगर्दा वर्षको पानीले प्राणीलाई भिजाउँछ । जगतलाई निर्जन बनाउँछ । विवशताले मौनता छाउँछ , कुटिलताको महसुस गराउँछ, अहम्ता बोक्नेहरूको दम्भलाई चिर्दछ । यो त प्रकृतिप्रदत्त सबै भन्दा ठूलो हो भन्दै कविले लेख्छन् –
उता घोप्टो पारी शिर जमिन भित्रै छ बहिनी
यता खुट्टो ठाडो हर तल परी रुन्छ बजिनी
तल हेर्दा हेर्दै म पनि पुरिएँ छैन सँगिनी
कराएको सुन्ने नरपशु नभै मौन छु –मुनि
श्लोक ४, पृष्ठ ३१,
अन्तिम श्लोकमा कविले पैह्रोले शिखर तान्यो, चिल्लायर भाग्न खोज्दा मदम उठ्दैन, मानिसको हलचल छैन, बोल्ने मानिस भए पनि मुख खुल्दैन भन्ने मार्मिक धारणा कविले प्रस्तुत गर्नु भएको छ ।
खोटो सिक्का– सिक्कालाई कविले बिम्बको रूपमा बहु आयामिक प्रयोगमा लगेर वर्णन गर्नु भएको छ । सिक्का बोल्दा भन्दा एउटा ढिक्का, अन्तर मनको रूपमा यौटा चक्का, प्रयोगमा मुद्रा बनाएर प्रयोग,खुद्रा बनाएर राष्ट्रले उपयोग, राष्ट्रियताले पनि छोडेन, डायस्पोराले आत्मा बनाएको छ, दुई चिरा पारेर आदि धारणा सहित कविले सिक्का कसरी खोटो भएको छ त भनि यसरी प्रकाश पार्नु भएको छ –
छापाको मोहोर र ऐनाको के काम
सिक्का त पहिले नै खोटो भै सकेको छ
आप्रवासी नागरिकमा अङ्कित भैसकेको छ ।
पृष्ठ ३२
जसरी खोटो सिक्का चलनमा आउँदैन त्यसरी नै आप्रवासी ( विदेशको नागरिक) भएपछि स्वदेशको लागि खोटो सिक्का सरह नै हुन्छ ।
प्रतिबद्धता–
गद्दारी गरेर शासक बन्न चाहन्नँ
बरु म हाँसी हाँसी फाँसीमा चढ्छु
प्रतिबद्धतामा दागलाग्न दिन्नँ
म एक मान्छे हुँ
मेरो विकल्पको वरण गर्ने अधिकारमा
कसैलाई हस्तछेप गर्न दिन्नँ ।
पृष्ठ ३३,
कविको प्रतिवद्धता यथार्थ छ । उहाँ, प्रतिबद्धतामा धक्का सह्य नहुने, लुट्न नपाइने, प्रतिस्पर्दामा हराएर लान खोजे पाइने, कसैमाथि गद्ददारी गर्न नपाइने तर विधान अनुसार चुनावमा जितेर , हतियार चलाएर जितेरमात्र लान पाइने, कसैको लोभलालच र फकाइमा नामको लागि प्रतिबद्धता बेच्न नहुने जस्ता धारणा पोख्नु भएको छ कविले ।
गाई गुलाम छ ! – गाईलाई बिम्ब बनाएर आजका मानिसको प्रबृत्ति, राजनीति कृयाकलाप तथा विकृत्तिप्रति कविले प्रकाश पारेका छन् । आज देशको राजनीति ‘चोर, लुटेरा, बदमासको हातमा छ । उल्लूहरूले मनोमानी गर्न नपाएर भ्रष्टचार, दुराचारका ठेगेदारहरूले डाडुपन्यु आफै नचाउन नपाएमा आरोपहरू लगाउँछन् । यी आरोपलाई एका को शिरोधार्य गर भाइ हो ।’ यहाँ गाईलाई बिम्ब बनाएर कविले व्यङ्ग कस्दै भन्छन् –तिमीहरू त दिव्य दृष्टि भएका छौ । असली मान्छेलाई गद्दीबाट उतारी एकलौटी शासन गर भाइ हो । अपोजिशनलाई तर लगाएर काट मार मार । भ्रष्टचारीको एकलौटी राज्य बनाऊ।’ यहाँ साँचो कुरा गर्नेलाई फाँसी दिनु पर्ने, चोर बैमानहरूले साधुमाथी जवरजस्त गरेको इतिहाँस बनेको, मतान्तर राख्नेलाई चित्त नबुझाई जबर्जस्ती गर्छौ भने गर ।गाईले भन्छिन् प्राणीहरू मध्ये नम्बर वन् चोर मानिस हुन् । गाई नादान, मूक प्राणी भएकोले धेरै के भन्न सक्छु र तिमीलाई सलाम छ तर तिम्रो गाई गुलाम छ भन्ने धारणा आएको छ । आजको विश्वमा देखिएको परिस्थिति, अमिल्दो राजनीतिक कृयाकलाप,त्यसमा सज्जन माथिको थिचोमिचो खराब तथा दुर्जन मानिसको साधुसज्जनलाई बनाएको गुलामीलाई कविले प्रष्ट पारेका छन् ।
चेरिब्लशम परेडमा –यस कवितामा दुई पंक्तिका छ ओटा श्लोक छन् । यी श्लोकमा श्रृङ्गारदेखि विविधताले सजिएका छन् । चेरीका पूmलको अवलोकनबाट कविता फुर्नु , कविता फुर्नको लागि कल्पनाको आवब्यक्ता हुन्छ । यी कविता , यी कल्पना प्रिय दर्शनको लागि रचियका हुन् । दया माया सद्भावको साथमा विदेशमा बसेर आज प्रकाशिलो रूपमा नयाँ वर्ष मनाइएको छ । भन्दै कविले आफ्नो धारणा यसरी राखेका छन्–
सारेका बैसका रुख सक्रान्तिमा लदावदी
चेरीका पूmलले चम्के दया र पुरुका छवि
श्लोक ३, पृष्ठ ३६,
श्रृङ्गारिक भावनामा लेखिएका यो श्लोकमा कविले भन्न खोजेको के हो मैले बुझ्न सकिन होला तर मैले बुझेसम्म यौवन मस्त समयमा ‘चेरीका पूmलले चम्के दया र पुरुका छवि । ’ भन्दा यहाँ दया र पुरु को हुन् भन्ने यथार्थता केलाउँदा ।दया दक्षप्रजापतिकी छोरी तथा धर्मकी पत्नी हुन् र पुरु पुराण प्रसिद्ध राजा ययाति र शर्मिष्ठाका कान्छा पुत्र जसले आफ्ना पितालाई आफ्नो वैंस प्रदान गरेका थिए जो एक पिताभक्त छोरा थिए । ययाति, देवयानी र शर्मिष्ठा बीचको लामो कथा जोडिएको पाइन्छ ।
डी सीको परिवेशमा पारिस्थिकी (भ्अययिनथ) अनौठो भएको र ‘वीलो ट्री’ उपहारमा डायस्पोरा भएर चम्केको , नयाँ सूर्य प्रकाशले नभमा प्रकाशिलो देखिनु, नयाँवर्ष नेटको फेसमा चम्किनु, आदि धारणा सहित कवि भन्नुहुन्छ –
सागरै साथमा डीसी चढी त्यो मनुमेन्टमा
छोए आकाशको पूmल आशीर्वाद ‘कमेन्टमा
श्लोक ६ पृष्ठ ३६,
छोरी चेतना –यस कवितामा चेतना छोरी मातातीर्थ औंसीको दिनमा आमाको मुख हेर्न आएको आमाले छोरीलाई अर्ती र उपदेश दिएको धारणा देखिए पनि यस कविताले संस्कृति र दार्शनिक अभिव्यक्ति बोकेको छ । हेरौं कविले पस्केका केही पंक्तिहरू–
आज मातातीर्थ औंसीको दिन
आमाको मुख हेर्न आयौ,
छोरी चेतना,
म अलकनन्दाको आशीर्वाद छ
म प्राकृतिक आमाको वरदान छ
पृष्ठ ३७,
मानव बृद्धि र विकासमा चेतनाको नेतृत्व सर्वोपरि हुन्छ । मानव सभ्यता मानव संस्कृति, वृद्धि र विकासको चरम उपलब्धी चेतना हो अनि प्रकृतिको अनुपम उपहार पनि तिमी (चेतना) नै हौ । जीवनको अँध्यारोमा ज्योति दिने, आत्म संचेतना तिमी नै हौ भन्दै कवि लेख्नु हुन्छ –‘ छोरी हौ कल्पना, तिमी नै हौ र्‘चेतना’, नलगाऊ ‘अधि ’ आत्ममा, ‘म’ आत्ममा मात्र पर्याप्त हुन्छ । तिम्रो ज्योति चेतनाको मुखमा नै प्रज्वलित देखिन्छ, नलगाऊ ‘पर’ उपसर्ग चेतनालाई ‘स’ उपसर्ग लगाए हुन्छ यो आत्म–चेतनामै तृप्त हुन्छ ।’ ‘म’ शब्द सर्वव्यापि छ । कवि गहिरो धारणामा पुगेका छन् । आत्मा र परमात्मा अर्थात म( परमात्मा)को घनिष्ट सम्बन्ध छ । चेतनामा ‘स’ उपसर्ग लगाउँदा सचेतना हुन्छ । यो आत्म चेतनामै तृप्त हुन्छ भन्ने धारणा कविको छ । गीतामा कृष्णले अर्जुनलाई म को भनेर आफ्नो विराटस्वरूप देखाएका छन् । कविले यहाँ पराचेतना र अपरा चेतनामा विभाजन गरेका छन् र छोरीलाई अपरा चेतना भनेका छन् तथा लौकिक छौ त्यसो हुँदा कल्पनाको क्रिम घसेर सौन्दर्य भर्नु पर्दैन, तिमी प्रकृतिमै सुन्दर छौ, स्वभावले नै शिव छौ,प्रत्यक्ष नै सत्य छौ । यी गुण भएकाले कविले छोरीलाई चेतना हौ भनेका छन् । मानव शरीर भौतिक वदार्थ (पञ्चमहाभूत, पृथ्वी, जल तेज, बायु र अकाश) बाट निर्माण भएको ठानिन्छ । कविले छोरीलाई ‘तिमी भौतिक पदार्थको द्वन्द्वकै परिणाम हौ भन्नुको साथै चेतना के हो भनी यसरी परिभाषित गरेका छन् –
‘म’ र ‘तिमी’ कै उत्पे्ररक र प्रतिकृयाको संचेतना
तेस्रो शक्तिको नाम हो ‘चेतना’
हे चेतना !
तिमी बस्तुजगत्मा निर्णायक भूमिका खेल्छौ
म जड छु तिमी सचेत
उत्प्रेरक बस्तुको प्रतिक्रियामा
चेतना ! तिम्रो उदय हुन्छ
तिमी विना न्यायकर्ता हुन्न
कविले भाषगत धारणा राख्दै चेतनालाई व्यक्त गर्ने भााषा आउँदैन तर पहिचान र अस्तित्व प्रमाणित गर्ने तिमी नै हौ । आज ‘मोदर्स डे ’ हैन मातातीर्थ औसीको दिन हो । यो पावन अवसरमा भेट्नु औपचारिकता हो । कविले लामो व्याख्या पछि आपूmले भन्न खोजेको कुरा यसरी प्रस्तुत गर्नु भएको छ –
‘ यो बस्तु जगत्मा
अस्तित्वको प्रमाण दिन खोजेको हो
तिमी नै मेरी आत्मा हौ
चेतना भन्दा अर्को परमात्मा छैन भन्न खोजेको हो
पृष्ठ ३९,
पहिचानको निम्ति आमाको मुख हेर्ने दिन मनाएको, नेपाली ले मनाउँदै आएको दिनमा बस्तु जगतमा स्वतन्त्रता, आत्मा र पहिचानको सम्बन्ध जोड्दै आमालाई भेट्न आएकोमा शतायुको कामना ।मानवीय स्वतन्त्रताको सम्मानमा अस्तित्वको आभास दिएकी छौ, । तिम्रे अवधारणामा जिएको,जिजिविषाको यो युद्धमा परवशताबाट बच्न,तिम्रै नियन्त्रणमा भएको र तिमीलाई माया गर्छु, भन्दै कवि भन्नु हुन्छ –
छोरी सर्वदा आऊ
चेतना छोरी !
म तिम्रै आस्था विश्वास र भरोसामा पर्छु
तिमी मेरै हौ, म तिम्रै हुँ
यही तादात्म्यमै म मरेर बाँच्छु ।
पृष्ठ ३९
झरेर जाने पात – पातलाई मानव जीवनसँग जोडेर लेखिएको हविता हो यो । प्रकृतिले पातको आधारमा सदावहार वनस्पति र पतझड वनस्पति भनेर विभाजन गरेको छ । यहाँ कविले पात झर्ने वृक्षका झरेका पात र मानव जीवनसँग तुलना गर्दै मानव जीवन पनि झरेकै पात सरह हो भन्दै आफ्ना धारणा राखेका छन् । शरदऋतुमा पात हराभरा हुन्छन् शिशिरमा पहेंलपुर हुन्छन् र झर्न थाल्दछन् । झरेका पातलाई रूखमा लगेर टाँन सकिदैन । झरेर ल्याण्डफिल्डमा पुगिन्छ र डम्प हुइन्छ । यसरी डम्प भए पछि पातमात्र नभएर मानिस भए पनि केही दिनपछि अस्तित्व मेटिन्छ भन्दै कवि लेख्नु हुन्छ –
मान्छे नै भए पनि
सबैले विर्सिदिन्छन्
झरेर जाने पात
हाँसेर जाने जात
श्लोक ४१
झाँसीवाली रानी थी – यो कविता नारी चिन्नमा आधरित छ । कमलालाई बहादुर झाँसीकी रानीसँग तुलना गरिएको छ । झाँसीकी रानी (लक्ष्मीवाइ) एक देशप्रेमले ओतपोत, सहासी र बलिदानी महिलाको नाम हो । उनी अंग्रेजसँग लड्दा लड्दै वीरगति प्राप्त गरिन् । यिनै वीर नारीसँग कविले कमलालाई तुलना गर्दै कमलाले पेटमा शिशु बोकेर, मस्तिष्कमा सङ्गठन–चाबुक लिएर विजय हाँसिल गर्नको लागि डायस्पोरामा दौडिन्थिन् । अनेसासको सुरक्षाको लागि महिला आवाजलाई बुलन्द पार्दै,सुत्केरी भएकै दिनमा उमेदबारी घोषणा गर्दै विजय प्राप्त गर्न दौडेकी थिइन् कमला । नेपाली भाषा साहित्य रक्षाको लागि, सिड्नी, युके, अकेरिकामा संगठन विस्तार गर्दै अनेसासको चुनाव लड्नु, अन्याय को विरूद्ध बुलन्द आवाज उठाउँदै, झाँसीकी रानीको स्पिरिटलाई समाउँदै उनी चुनावमा अघि बढिन् । तर हारिन् । भनिन्छ हार्नेबालाको इतिहास हराउँछ तर झाँसीकी रानीको इतिहास हराउँदैन र कमलाको पालो घुमेर आउँछ । डायस्पोरामा नेपालीको पहिचान, नेपाली भाषा साहित्य कला र संस्कृतिको लागि महायात्रामा एक्लै लड्ने साहस जारी रहेमा अनेसासले कमलालाई एउटी झाँसीकी रानी सरह मान्ने छ भन्दै कविले लेख्छन् –
नेपाली विश्वको माझमा अनेसास एउटा समराङ्गण हो
नैतिक युद्धको लागि निर्वाचन यौटा सुन्दर प्राङ्गण हो
हे युद्धवीर हो ! आऊ चुनाउ मैदानमा
जिते राज्य गरौंला हारे झाँसीकी रानी बनौला
पृष्ठ ४४
कमलामा साहस छ । दलित महिला र डायस्पोरामाथिको दमनसँग प्रतिरोध गर्ने क्षमता छ । कमला महिला भए पनि मर्दाना थिइन् । उनको वीरतालाई हेर्दा झाँसीकी रानी भन्दा कम थिइनन् । कमलाको क्रियाकलापलाई मूल्याङ्कन झाँसीकी रानीसँग गरेर एउटी नारीलाई उच्च सम्मान दिएर प्रोत्साहित गरेकोमा कवि धन्यवादका पात्र हुनुहुन्छ ।
टायम कार्ड – काममा जान भित्र पस्दा र बाहिर निस्कदा देखाउने समय पुस्तिका पेश गर्ने समय भयो अथवा यस कवितामा ‘पन्च’ गर्ने वेला भो भन्दै कविले ५० वर्ष भन्दा माथिका व्यक्तिहरूले काममा पस्दा र निक्लँदा एक मिनटको लागि कुस्ताकुस्ती गर्नु केटा केटीको आदत जस्तो देखिनु ठिक होइन किनकी दुर्घटना हुन सक्छ । पन्च गर्ने वेला भयो भन्दै अमेरिका मान्छे तान्ने चुम्बक भएको र नेपालमा पञ्च गएको (पञ्चायत ढलेको) भन्ने धारणा सहित कविले भाँुहुन्छ –
‘टायमकार्ड’मा सबैले युद्ध छेडिदिन्छन्
हरएक युद्ध आआफ्नै लागि हो ,
तर
मान्छेहरू परोपकारको लागि भनिदिन्छन् ्
कमाएको सबै यही छोडेर
आपूm, पञ्चआउट हुन्छन्
यो जानेर पनि
क्षणको लोभमा जीवन आहुती किन ?
पृष्ठ ४६
जीव मरणशील हुन्छ । ऊ नाङ्गै आउँछ नाङ्गै जान्छ भन्ने जान्दा जान्दै पनि क्षणिक लोभमा जीवन आहुती किन गर्ने भन्ने कविको प्रश्न छ ।
डायस्पोरा– यस कविता सङ्ग्रहमा डायस्पोरा शब्दले बाक्लो स्थान लिएको छ । डायोस्पोरा डायस्पाेिरक साहित्य, डायस्पोराको विविधताका बारेमा कविले मन खोलेर प्रस्तुत भएको पाइन्छ । यस डायस्पोरा कवितामा दुई पंक्तिका पाँच श्लोक छन् । कवितामा कविले आफ्नो संस्कृतिप्रति मोह, अरूको संस्कृतिप्रति घृणा, अप्रवासी समस्या,अतीतको स्मृति चेतना, अर्काको राष्ट्रमा भोग्न परेको कष्ट नर्क भन्दा पनि सयौं गुणा अधिक, जातीय भिन्नता चर्को, सीमान्तकृत कल्पना, भाषाको अल्पज्ञानले ज्ञानहीन बनिने,पहिचान हराएको, अस्तित्वहीनता, आदि धारणाको साथै एकता सूत्रता खोजेर बाँच्ने बाटो समाउँनु पर्छ भन्ने धारणा सहित कविको सुझाव छ –
आत्म–निर्वासनै ठानी सङ्घर्ष गर्नुपर्दछ
डायस्पोरा भएकोले चेतना भर्नु पर्दछ ।
पृष्ठ ४७
ताकमको छहरा – यस कवितामा दुई पंक्तिका १२ श्लोक छन् । सपना देखेर कवि मोहित भएका छन् । सपनामा कवि गुमानी, सन्तुको साथमा मालओढारमा छन् अनि हाँसेकी पार्वतीलाई काखमा लिएका छन् । लुक्ने, गुफामा घुरेको आवाज सुनेको, झर्नाको झर्भmरी शब्द ब्रह्मझै अति गूप्त छ । अवचेतनको बाटो अहंकारको सुषुप्तता, छहराको लहरामा इन्द्रेणीको सुन्दरता, शिव पार्वती झै कामी गुफामा मस्त भएको,आदि वर्णन सहित कवि भन्छन् –
यादव बुद्धिको साथ चिन्तामणि थिए तीनै
औंलो ठाडो गरी हाँसी आँखा छोप्ने थिए यिनै
श्लोक ५, पृष्ठ ४८
भेडाबाख्रा चराउँदा, वर्षामा, हुरीमा, ओतमा बस्ने, गुफा झर्ना र सारी(सारौं चरा).को कारणले सौन्दर्यताले पूर्ण थियो । यो देखेर हिमाल खित्का छोडेर हाँसन तयार हुनु, यस्तो सुन्दरतालाई छाडेको वर्णन कविले यसरी गरेका छन्–
छाडेर कलिलो माटो, छहरा गाउँको धनी
भागेको बैंसको बेला स्वप्न देख्छु अझै पनि
श्लोक ८ पृष्ठ ४९
यौवन अवस्थामा गाउँ छाडे पनि स्वप्न भने देखीरहनुको कारण ताकुमको प्राकृतिक सौन्दर्यताले हो । ताकमको इतिहास केलाउँदा राजधानी हो ।यस विषमा इतिहास नलेखिएको कारण आज बिरानु भएको हो । त्यो छहरा लहराएको साहित्य सिर्जनाजस्तै आज नेपालको चिनो बहेको छ । रातीको सपनामा देखेता पनि ताकम कविसँगै भएको तथा कविको ताकम प्रतिको माया ममता साथमै रहेको र मालओडारमा पस्ताको रसिलोको अनुभव , अप्रवासी भए पनि मन भने ताकममा जान्छ र यो छहरा सपनामात्र नभएर ताकममा यथार्थतामै छहरा भएको धारणा कविले पस्केका छन् ।
तालु – यो कवितामा विविधताका सन्देश बोकेका दुई हरफका १२ श्लोक छन् । मानिसले तालुमा जे राखेको छ त्यही प्राप्त गर्दछ । तालुमा भालु राखेर आलु खोजे पाइँदैन । तालुको तल हुने त केशमात्रै हो । यो दिमागमा कालो आतङ्क या सेतो जेहोस् त्यो फुरेको माथमा चेतनाको तरङ्गमा देखिन्छ । गोलो दिमागमा अनेक गोलागोली हुनु र ती भावनामा समष्टिमा निर्वासन भएर झुल्नु जस्ता धारणा राख्दै कविले प्रश्न राख्नु हुन्छ –
बालुवामा मिले स्वर्ण केको फजिति हुन्छ र ?
चिन्तामा चिन्तनै पाए पावनै पनि हुन्न र ?
श्लोक ४, पृष्ठ ५०
कविको यो सुन्दर प्रश्नको उत्तर पनि गहिरिएर हेर्दा यहीं नै प्राप्त गर्न सकिन्छ ।किनी बालुवामा पनि सुन पाइन्छ । मानिसलाई दुख परेको तथा चिन्ता परेको अवस्थामा चिन्तन प्राप्त हुन्छ अर्थात गम्भिर रूपले स्वचेर समाधान निकालिन्छ भने त्यो पावन हुन्छ । अर्थात चिन्ता मेटिन जान्छ । अप्राप्तिले भरिएकोलाई प्राप्ति गर्न सहज छैन किनकी जीवनभरी नै चर्का समस्या अस्तव्यस्त छन् । दिमागमा तन्तुहरू बेरिएका छन् । भयन्कर समस्यामा रातोदिन डुवेपछि समस्याले थिचेपछि जो सुकै पनि पागल हुन सक्छ । त्यसो हुँदा तालुलाई सकृय अवस्थामा राख्नु पर्छ । सकृय बन्नको लागि प्रतिरोध गर्नु पर्दछ । प्रतिरोध गर्न नसके, कुहिएर मर्न सकिन्छ । कविका ११ र १२ औं श्लोकलाई यहाँ प्रस्तुत गर्न चाहान्छु ।
स्वतन्त्रता कुनै जन्तु वा नराधम हैन त्यो
तालुको आलु हो प्राप्ति विना चिन्ता रहन्न यो ।
श्लोक ११,
जानेर न जानेर तालुमा हात राख्दछु
बिसौना सरिको मानी चिन्तामै मुक्ति खोज्दछु ।
श्लोक १२, पृष्ठ ५१
तुलसी– यस कवितामा दुई हरफका आठ ओटा श्लोक छन् । कविले तुलसीको महिमाको वर्णन गरेका छन् । तुलसी पातको को माला लाएर नतमस्तक भएर उभिएको छ परीक्षक । तिमी मेरो पनि पुज्य थियौ । अहिले विदेशमा बसेर दश वर्ष बितेको हुँदा भेट गर्न भोको रहेको छु । तुलसी ऋतुका ऋतु फेरेर नझर्ने, उर्वशीलाई लात मारेर अर्जुन बन्ने, समका तिमी औषधी हौ, स्वरमा घिमिरे जस्तै भन्दै यस कवितामा कविले वनस्पति तुलसीलाई प्रतिक बनाएर साहित्यकार बारेमा धारणा राखेको देखिन्छ । तुलसी बृक्षको शाखा विश्वमा फैलियोस् सधैं, काव्यमा भ्mयाङ्गियोस चम्किलो शैलीमा प्रस्तुति होस् । नेपालका तुलसीलाई अमेरिकामा फुलाउने र देवतालाई जस्तै डुलाउने कविको चाहना । , आफ्नो भन्नेमा काव्यको कलामात्र रहेको हुँदा यसलाई सुरिलो गला मिलाएर गाउँने अनुरोध गर्दै कविले लेख्छन् –
प्रशस्ति रूपको हैन सम्मान गर्छु प्यारले
माल्यार्पण गरी आज अभिनन्दन सारले
(श्लोक ८, पृष्ठ ५२)
दिन्न म शुभकामना– हाम्रो परम्परा अनुसार शुभकार्य नयाँवर्ष प्रारम्भमा, चाडपर्वमा शुभकामना दिने चलन छ । यहाँ कविले लेखेको शुभकामना आशौचमा रहेकाले नपठाउने भएका छन् । क्षेत्रप्रताप अधिकारीलाई कालले खाइदिएकोले बदला लिने तर शुभकामना न दिएर समवेदना दिने ।हरिवोल, पराजुली अरू धेरैलाई तिमीले लुटेकाले कविले तिम्रो इज्जत भए काललाई यता नआऊ भनेका छन् । हामी सचेत रहनु पर्छ र कालको भरमा पर्नु हुँदैन भन्दै कवि लेख्छन् –
श्रद्धाञ्जली छ मातामा पितामा गर्छु तर्पण
अघोर कालको चाल ! क्षणमा हेर्छु दर्पण
श्लोक ८, पृष्ठ ५४
नववर्षलाई शुभकामना दिन्न बरु भूत उनैलाई दिन्छु समवेदना भन्दै कविताको बिट मारिएको छ ।
द्वन्द्व भाइभाइको – यस कवितामा निर्वाचन सम्बन्धी वातावरणलाई कविले प्रष्ट्याएका छन् । निर्वाचनमा जित्नेले विजय जुलुस निकाल्दछ भने हार्नेले नतिजा परिणामलाई स्वीकार्दैन । मतदाता सूचीमा सरकारले भित्रभित्रै हेरफेर गरेको आरोप लगाइन्छ । पुन निर्वाचनको माग गरिन्छ ।निर्वाचन आयोगले अस्वीकार गर्दछ । हार्नेवालाले राष्ट्रपति र प्रधान मन्त्रस्ीलाई अपदस्थ गरे । हार्ने पनि उपराष्ट्रपति र उपप्रधान मन्त्री थिए तर तिनीहरू स्वत कार्यवाहक उपराष्ट्र पति र उपप्रधान मन्त्री भएको सन्देश उद्घोष गरियो ।े यो विधानमा लेखिएको छैन, तर निर्वाचन पदाधिकारीलाई अविश्वासको प्रस्ताव नलगी वरखास्त गर्न सकिदैन सबलै भने तर राष्ट्रपतिले ठाडै अनुशासन भङ्गगरी अपराध ठहर भएकालाई पजनी गरिदिनु,विधानमा नभएको अधिकार प्रयोग गरी निलम्बन गर्नु दुवै पक्षले विधान नमान्नु, यसरी विधान नमानेपछि पराजित र निस्कासित सबै आआफ्ना ठाउँमा बहाली हुनु पर्ने, बहाली नभए समानान्तर सरकार हुने, राष्ट्र राष्ट्रियता अखण्डता चकना चुर भयो । यसरी भाइ भाइको युद्धमा समानान्तर सरकार नभई भद्रसहमति , सहमति वा बहुमति पद्धति द्वारा एउटै सर्वमान्य सरकार बन्नु पर्ने र जित्नेले हार्नेलाई सम्मान गर्नु पर्छ भन्ने धारणा सहित कविले भन्नु हुन्छ –
हिजोको बिगो मान्न हुन्न
दिनु पनि हुन्न,
त्यो एउटा युद्ध थियो
भाइभाइको द्वन्द्वमा
तेस्रो शक्ति प्रधान बन्न हुन्न
पृष्ठ ५६
देशमा धेरै द्वन्द्व भए, कविले नाम नतोकी देशमा भएको द्वन्द्वको विवरण त्यसबाट भएको धनजनको क्षती, विधानको परिपालन, समानान्तर सरकार नबनाई एउटै सरकारको निर्माण गरेर जानपर्ने धारणा पस्कनु भएको छ ।
धन्यवाद – यस कवितामा दुई पंक्तिका ४ श्लोक छन् । कविता गोष्ठीमा खकुरेल, धरावासी कवितारामहरू पाहुना बनेर गएको र जयन्तीमा कविता पाठ हुने भए पनि यसपटक काव्यका ख्यातानामाले काव्यलाई मन्थन गरेर घिऊ र मोही निकालेकोमा कविले भन्दछन्–
घिऊ लागोस् जिउ लागोस्, नलागोस् रङ्ग दोषको
गुण रीति रसात्माले अलङ्कृत स्वभावको
धन्यवाद सबैलाई आउनु उपाहार भो
भाषा साहित्यको लागि जे भयो होनहार भो
श्लोक ३ र ४ पृष्ठ ५७
अभिभाज्य पहिचान – राष्ट्रियताले भरिएको यस कवितामा नेपाल एउटा अखण्ड राष्ट्र हो भैडाबाख्राको खोर होइन भन्ने कविको अभिव्यक्ति छ । देशको आफ्नो विधान हुन्छ , सरकार हुन्छ नीति नियम हुन्छन् । कविको धारणा छ जो पायो उही बर्किम्ला छर्दै भित्र छिर्ने , बोकहरूको वगैंचा हैन यो । जो पायो उसैले गर्भाधान गर्ने । यो दुष्मनहरूको अखडा पनि हैन जस्ले घरभित्रका बासिन्दालाई धपाएर अधिकार जमाउने । राष्ट्र, राष्ट्रियता भित्रको अखण्डलाई खण्डित गर्ने मानिसको नामको कलंक हैन यो । भावना छर्दै कविले लेख्नु हुन्छ । ठूला हुँ भन्नेले सानालाई झुक्याउन पाइँदैन । सानामाथि ठूलाले साम्राज्य स्थापित गर्न पाइँदैन । यो अखण्ड राष्ट्र हो । यसको आफ्नै अभिभाज्य पहिचान हो र मान्छे हुनको निशान हो ।
फाँसीको तख्ता –
शोषको मुन्टो तल,
खुट्टा माथि पारी झुण्ड्याउने
यो एउटा पवित्र तलाऊ हो ।
पृष्ठ ५९
कविले विक्रितिहरूलाई आंैल्याउँदै कविले पवित्र तलाउलाई पाइखाना हैन, कुकुर हैन, लाज नमानी खुट्टो उचालेर मुत्तै हिड्ने, साधुलाई देखे भुक्दै हिड्ने नारा र जुलुस लगाउँदै हिड्ने । भेडाबाख्राको खोर हैन भन्दै कविले लेख्छन् –
भेडा बाख्राको खोर हैन यो
माफियाको स्वरमा स्वर मिलाउँदै हिड्ने
साहित्यकारको नाममा माफिया व्यपार गरी हिड्ने
पत्रकारको नाममा पीत पत्रकारिता गर्ने
बेकारको कार मागेर खाने भाडो मात्रै हैन यो ।
पृष्ठ ५९
राजनीतिक विक्रितिमा प्रियालाई चुनौती दिदै कविले राजनीतिको नाममा बस्तुगत भएर राष्ट्रियता भित्र आउने भए आऊ , नआए पनि फाँसीको तख्तामा चढ्नु पर्ने हैन , जाने भए जाऊ । गजल लेख्दा यसका केही सिधान्त हुन्छन् । ती प्रयोग नगरी गजल बन्दैन तिनैको उदाहरण दिंदै कविले भन्दछन् –‘तिमी बिना रोकिने गजल तखल्लुस नभएको मक्ता हैन यो । राष्ट्रियताको खोजी गर्दै, राष्ट्रियता नभएकालाई स्थान छैन भनेका छन् ।
नआए नआऊ– यो पनि राष्ट्रिय भावनाले ओतप्रोत भएको कविता हो । राष्ट्रियता नभएकालाई बहिस्कार गर्नु पर्छ भन्ने धारणा यसरी प्रस्तुत गरेका छन् –
यदि राष्ट्रको माया छैन भने
यदि राष्ट्रियता नै छैन भने,
तिमीलाई नमस्कार छ
मेरो छातीभित्र नै भए पनि
तिमीलाई बहिस्कार छ ।
पृष्ठ ६०
स्वस्थहुनु आवश्यक हुन्छ । मानिसमा धेरै प्रकारका रोग हुन्छन् । सबै रोग भन्दा वैचारिक रोग घातक हुन्छ । वैचारिक रोग लिएर नआऊ प्रिय भनि अनुरोध गरिएको छ । स्वार्थ सबैमा हुन्छ । बहुहिताय स्वार्थलाई स्वागत गर्न सकिन्छ तर वैचारिक रोगलाई स्वीकार्य हुँदैन । वेश्या कर्मलाई साथ दिन कुडाकर्कटहरू, दिसा, पिसाब बोकी हिड्ने कर्म हुन सक्दैन । राष्ट्र राष्ट्रियताप्रतिको प्रेमलाई नै स्वीकार्न सकिन्छ भन्ने धारणा आएको छ ।
नआए हुन्थ्यो बैंस – कविले बैंस नआए हुन्थ्यो किनकी सचेत बैंस अबोध बालक जस्तै रुख भएको छ , ऊ आपूmलाई अमरत्व ठान्छ,, तर कवि भने आफूले आपूmलाई हेरेर बैंस के हो भनेर दर्पण जस्तै सर्लक्क छन् र भन्छन् न आए हुन्थ्यो बैंस किनकी –
बैंसको थुङ्गामा जराका राग र मृत्युका पराग छन्
मीठो वासना चिप्लो ओक्राको तरकारीमा
घाम र पानीका लठारा छन्
आँधीबेरीका लपेटा छन्
मेरो शरीरमा त्यो ठिटाका झपटा छन् ।
पृष्ठ ६१
चन्द्रमा र सूर्यको छातीमा राहु र केतुको कलङ्क छन् । वैंसमा पनि हलन्त छन् । प्यार कसैले गर्नै हुन्न ।यदि गरिन्छ भने प्यार नेपालसँग गर्नु पर्छ । राष्ट्र प्रेम चाहिन्छ । वैंसको पछि लाग्नेहरूमा जरा र मृत्यु देखिन्छ । आँखा छोपेर पनि नरक देखिन्छ यो जान्दा जान्दै पनि तन्नेरीले आनन्द लिएकै छन् । सौन्दर्यकापछि लागेकै छन् । बैंस देखी कविलाई दयालाग्छ । मानिसका मूल्यवान क्षणहरू त्यसै वितेका छन् । जान्ने हो भने बैंस त अक्षर हुन् तर निरक्षर बनाइएका छन् । मानिसले आफ्नो बैंस आफै देख्छ । उसले बुझ्न सक्दैन । उसमा अस्तित्वको घृणाले सताउँछ । उसले भाग्ने बाटो पाउँदैन । ऊ बालक पनि त हुन सक्दैन । यी समस्यालाई मध्य नजर गर्दै कविले भन्छन् –
यौनोन्मत्त सचेतना भन्छ
अवाक ! यो जड !
नआए हुन्थ्यो बैंस ।
पृष्ठ ६२
नझरिन्जेल हल्लिने गर – सकृय जीवन नै महत्वपूर्ण जीवन हो । कविको नझन्जिेल हल्लिने गर अर्था सकृय भै राख भन्ने संकेत हो । कविले पहेंलापात र मानव जीवनसँग झर्न पर्ने अवस्थाको प्रस्तुति गरेका छन् । यो संसारमा अमरत्व कसैले प्राप्त गरेको छैन । पात पहेंलिएपछि हाँसी हाँसी झर्छन र मानिस पनि हाँसी हाँसी झर्नु पर्छ । कविले यस झर्ने प्रकृयालाई यसरी वर्णन गरेका छन् –
लागेपछि पचहत्तर नसुकेको को छ र ?
झरे सत्याल,झरे खनाल,झरे सुवेदी र सन्थाल
मैले फर्काउन सकिन , म पनि झर्छु बन्छु त्यही कङ्काल ।
पृष्ठ ६३
झर्नुलाई कविले नियतिको रूपमा लिएका छन् । मृत्युलाई सबैले अङ्कमाल गर्ने पर्छ । पतझड विरुवाको लागि शारदीय शोभा काटेपछि शिशिर लाग्छ । यस अवस्थामा पात पहेंलिन्छन् र तिनले निषेधको नियमलाई सहर्ष स्वीकार्नै पर्छ । अथवा झर्नै पर्छ । कविका यी दार्शनिक अभिव्यत्ति पातहरू हाँसी हाँसी झरिरहे पनि मानिसहरू त्रसित हुन्छन् । कविले अभय प्रदान गर भदछन् । निषेधको नियमको अवलम्बन गर्नु पर्छ भन्छन् । कविको निचोड छ –‘जानेहरू गए पनि बाँच्नेहरू नझरिन्जेल हल्लिने गर ।’ अर्थात हल्लिनुको अर्थ जीवन छन्देर कर्मशील भै राख ।
नमस्ते –यस कवितामा कविले कविता बाचनमा उपस्थित कविहरूलाई नमस्कार गर्नु भएको छ । लेखनमा बिम्ब र प्रतिबिम्ब रहने,कविका नाममा पूmल वर्षा हुने,ठूलो सानो कुनै नहुने काव्यमा समनता रहने भन्दै कविले आजका कविताको देनलाई यसरी प्रस्तुत गरेका छन् र उपस्थित कविकरलाई नमस्ते भनेका छन् –
फसाउने कुनै राजा हँसाउने कवि थिए
नहाँस्नु नरुनु पार्ने आजका कविता भए
पेज ६५
नारी– खाधा आकाश ओगटेका नारीहरूको सम्बन्धमा कविले उच्च मूल्याङ्कन गर्नु भएकोछ ।हामीलाई थाहा छ कि नारी एक तर रूप अनेक छन् । नारी साहित्यको लागि उर्वरक जन्म भूमि हुन् । यिनीहरू बाटै कला संस्कृतको लागि अदम्य महिमा बन्न सक्दछ । सृष्टि सम्बन्धमा कवि भन्नुहुन्छ –
सृष्टिकी मूल हुन् नारी ममता, भूल हैन यो
पूmलझैं नित्य हाँसेर सृष्टि पार्छ प्रफुल्ल जो
श्लोक २ पृष्ठ ६६
नारीले लगाएका गुनबाट हामी कृतार्थ बन्नु पर्छ र उनीहरूले हार्न जान्दैनन् । दिलमा विशाल उदारता पनि मणितुल्य छ । अथवा नारी दिलमा उदार भावना बोक्दछिन् । यो उदारताको मूल्य मणि तुल्य हुन्छ । यिनले गर्ने प्रेम पनि सिर्जनाको लागि हुन्छ । कविले नारी सधैं शोषित हुन्छिन् र यो शोषणबाट मुक्त भएर ममतालाई राखेर यिनको उत्थान हवोस् सधैंभरी भन्ने कामना गर्दछन् ।कवि भन्छन् – ‘स्वतन्त्रता र अस्तित्व नारीको मूलमा छ यो, सहअस्तित्व मानेर लेख्छन् भूल हैन यो ।’ सीमा नाधेर काम गरिन्छ भने सचेत नारी लड्दछन् र लड्ने रहर नहँुदा नहुँदै हेप्नेको खाल काडेर छाडद छन् । मेलमिलापमा नारी महामाया हुन् तर नमिल्दा कालारात्रीको रूप धारण गर्न सक्दछन् । कवि भन्छन् –‘शुद्ध उद्देश्यमा लड्ने नारी युद्ध र बुद्ध हुन् ।’ नारीमा क्रान्ति गर्ने क्षमता पनि छ र शान्ति र ज्ञान प्रदान गर्ने क्षमता पनि राख्छन् । कविले नारीको उच्च मूल्याङ्कन गर्दै नारी सीमान्तीकृत हुँदा हुँदै पनि नारीको रचना मार्च १ र २ को अनेसासले आयोजना गरेको अन्तराष्ट्रिय साहित्य सम्मेलनमा मूलधार बनेका र आगाको रूपमा देखिएका अन्तराष्ट्रसम्म फैलिेएकोले यिनलाई कसैले थुन्न सक्दैन भन्दै अन्तमा कविले शुभकामना यसरी प्रकट गरेका छन् –
अनेसास फलाएर पूmलपाती लगाउनू
नारी उत्थानको बिम्ब धराहरा बनाउनु
श्लोक ११, पृष्ठ ६७
पत्थर !– यस कवितामा कविले पत्थरको बहुआयमिक पक्षलाई प्रस्तुत गरेका छन् । पत्थर भन्दा साह्रो, स्थिर, सहनशील, प्रष्ट बक्ता, आँपूmमाथी कुल्चनेलाई पनि भलो गर्ने, मानव सभ्यताको मेरुदण्ड, पक्षपात विहीन भएको कुरा मुख फुटालेर प्रतिध्वनित भएर भनिदिने आदि धारणा पस्कदै कवि भन्छन् –
सुन्ने तिमीहरू भएकोले
म एक इतिहास बनिदिन्छु
तिमीहरू नभए
म पत्थरको के काम ?
छातीमा खोपिएका मूर्तिमा
तिम्रा कदमकदमका
मूर्तिहरू पनि मैभित्र राखिदिन्छु
पृष्ठ ६८,
न्याय र समताको बिरुद्धमा सम्झौता नगर्ने , सबैलाई हिड्न पाउने समथर सडक, जति कुल्चेपनि डेग नचल्ने एक जग भएकोले एक पत्थर हुँ जस्ता अभिव्यक्तिबाट कविता निर्माण भएको छ । ढुङ्गो जस्तो एक जड बस्तुलाई मानवीकरण गरेर कविले सुन्दर अभिव्यक्ति पस्केका छन् । कविता लेखनमा कविको यो महान कला हो ।
परदेशी –यस कवितामा कविले एकदेशको मानिस परदेशी भए पछि बिरानो बन्दै जाने, मूलमा नासिदै र नयाँमा पलाउँदै जाने,तर नासिनु निरन्तरता भए पनि पलाउनुको नाम छैन किन भने पहिचानको सङ्कट द्वैध मनस्थिति भएर, यो डायस्पोरामा अमनचैन छैन जस्ता धारणा राख्दै कविले भन्नु हुन्छ –
विरानो मानिस विरानो हुँदै जान्छ
परदेशिएको मान्छे पुरिँदै जान्छ
छपाली सदा छपाली नै हुन्छ
यसबाट उद्धार रोजे के हुन्छ !
पृष्ठ ७०
पराकम्पन – भूकम्पपछि आउने सानतिना कम्पनलाई पराकम्पन भनिन्छ । यसले भूकम्पले खलबलाएका पैह्रो, भत्केका संरचनालाई भत्काउने काम गर्दछ । यसरी पराकम्प आउँदा भय र त्रास सिर्जना पनि गर्दछ । यो अवस्थामा चोर डाँकाको पनि डर हुन्छ । राहतको नाम पारेर आहत थपिन्छ । मरेका लाशका साथमा राजनीति पनि गरिन्छ । भूकम्प पहिरो खोलो सबै अक्रमणले नेपाली नै भुटिन्छन् । यस्तो अवस्थामा कविले नेपालको भलो गर्न भन्छन् –
प्रतिरोध, निरोधै हो निदान यो भूकम्पको
एक जुट भई सारा नेपालको गरौं भलो ।
श्लोक ५, पृष्ठ ७१
यस समयमा दातृ संस्थाहरू आएर निर्माणका काममा अघि बढ्दछन् । नवनिर्माण गर्दा पारदर्शिता हुनु पर्दछ । यस्ता काम गर्दा उच्चस्तरीय संयन्त्रको गठन हुन्छ तिनीहरूले अनुगमन गर्दछन् । यिनको अनुगमन विस्वसनीय भएमा अनुदान थपिन्छ ।आप्रवासीले पनि यसमा उद्धार गर्दछन् भन्दै अन्त्यमा कविले मानव मनमा पनि पराकम्पन आउने धारणा यसरी राखेका छन् –
पराकम्पन धर्तीमा मान्छेको मनमा पनि
आप्रावासी कहाँ बच्थे ? गर उद्धार तैपनि ।
श्लोक ८, पृष्ठ ७१
पहेंलपुर – जब हरियापातहरू पहेंलिन थाल्छन्, रुख पहेंलपुर नै बन्दछ । अथवा पात पहेलिनु भनेको बृद्ध भएर झर्न थाल्नु हो । यी झर्न लागेका पातलाई कविले आश्वासन दिंदै मरेको नठान्नु अरु पनि त्यहीं झर्नेछन् र पहेंलपुरीमा झण्डा गाड्ने छन् भन्छन् । लासैलासलाई मान्छेहरू गासै गास ठान्ने छन् र मानिसले गाँस हाल्दा गिद्धले तिनलाई ठुँग्ने छन् भन्दै कविले लेख्छन् –
न यो मान्छेको समाज हो , न त्यो मसानको
रुखका पहेंंला पातले बनेको यो पहेंलपुरमा
मान्छे भन्दा यहाँ पशुपन्छी महान् छन् ।
पृष्ठ ७२
कवि यहाँ प्रश्नवाची बन्छन् । पहेंला पात मूलसँग जोडिनु र अलगिनुको के अर्थ किनकी जिउनको लागि सार चाहिन्छ । अधिकार चाहिन्छ । अधिकारबाट बञ्चित भएपछि पहेंलिनु सरह नै हो,। जिउनको लागि अस्तित्व चाहिन्छ । विना अस्तित्व फाँसीमा लड्कनु सरह नै भएकाले मानव हुनु भन्दा पहेंलपुरको नागरिकता लिनु नै बेस भन्दै कविले भन्छन्– ‘त्यो हरियो पातबाट पहेंलो वयःसन्धिमा सरेका डायस्पोरालाई जिउन गाह्रो छ ।’ यो कुरा हरियो पालुवालाई थाहा हुँदैन र उनीहरू यहाँ आउन हतार गर्दछन् । रसिलो जीवन जिउन नपाई रुखो जीवन जिउन पर्छ भने झरेर जानेसँग झरेर र मरेर जानेसँग मरेर जानु नै असल हुन्छ र मलखातामा खस्नु र बस्नु प्यारो छ भन्दै कवि लेख्छन् –
यहाँको अनागरिक, अवज्ञानको जीवन सहनुभन्दा
पहेंलपुरको लास बन्नु प्यारो छ
मूल न भएपछि जिउनु गाह्रो छ ।
पृष्ठ ७३
पाटे–घोडा – यस कवितामा दुई पंक्तिका २६ ओटा श्लोक छन् । विविधताले सजिएका यी पंक्तिमा सानोमा चढ्ने गरेको मूल थलोको पाटे घोडालाई महत्व दिंदै कविले मूलथलो र डायस्पोराको गतिविधिलाई पस्केका छन् । घोडा कस्तो भने पुरानो अन्धविश्वालाई कुल्चने, वायुपंखी घोडा,रक्सिको बोत्तल नभएर कवि वायुपंखी घोडा चड्दछन् । ‘खुला आकाश पाएर सागर पारमा कवि पुगेकाछन् र परमानन्दमा छन् । परमानन्दमा भए पनि आफ्नो मूलघरको पाटे घोडालाई कविले भूलेका छैनन् । भूस्वर्गमा बसेको हुँदा देहमुक्त ठानेका छन् ।देदिप्यमान भएर आत्म ज्योति बलेको छ, अग्निका समिधा भएका र दिमागमा रहेका छन् अनि अमेरिकालाई कविले महान ठान्दछन् तापनि नेपालको अवज्ञा भने गरेका छैनन् । कविका केही धारणाहरू अध्ययन गरौं –
घोडा नै दिलको साख, दिल नै अश्वयान हो
यही बोध गरदेखि जीवनमुक्ति समान भो ।
श्लोक ८
पहिचान महाननै हो यो अस्तित्वको जग
न भए मत्र्यको सत्ता को गन्थ्यो स्वर्गको खग
श्लोक ९ पृष्ठ ७५
आज कवि अमेरिकामा छन् स्मृतिको होनहारको पाटे घोडा चढेका छन् न्युह्यामसारका अश्वारोहीलाई पनि घोडा चढेको देखेका छन् । सभ्यता पहिचान हो तर मानिसले अस्तित्व खोज्छ । आत्माभित्र पसेर हे¥यो भने सर्वत्र अश्व भाग्दछन् । कविले अमेरिकामा बसेपनि अमेरिकामा नै पाटे घोडा देख्दछन् । उनलाई मूलघरसँग घनिष्टता छ । कविलाई नेपाल र पाटेघोडा बोकेर अमेरिकामा डायस्पोरा मनैभरि लिएर बस्दा पनि नेपाल छाडेको किन भनिन्छ । उनका बाबुबाजे चढेको पाटे घोडा जवान थियो भन्ने कुरा कविले फोटो देखेर सम्झेका हुन् । न्युह्यामसारमा जम्मा भएका कविहरूलाई मूलभूमिका हुन् भनेर बन्दना गरेका छन् । कवि भन्दछन् संसारमा निष्कलंक कोही हुँदैन, चन्द्रमामा पनि दाग पाइन्छ तर ‘अपेक्षाकृत शीर्षस्थ राष्ट्र हो विश्वग्राममा’ । जस्ता धारणाका साथमा कविले नेतृत्वप्रति कटाक्ष गर्न पनि भूलेका छैनन् –
कराउने भए नेता मुक्ति हो वाक स्व्तन्त्रता
लेखेर कविले गाए , घोडामै छ पवित्रता
श्लोक २० पृष्ठ ७६
मित्रता गाँसेपछि भित्र भित्र काट्न नहुने, नचिनेर स्व तथा परको नाता साट्न नहुने, संम्झनामा जीवित अनुभूति र विर्सदा मरेजस्तो अस्तित्वहीनको अनुभूति आदि धारणा सहित कवि लेख्नु हुन्छ –
मान्छे बनेर बाँच्दा नै स्वर्गको अनुभूति हो
जहाँ छौं कवितासाथ यो मही महिमान हो
श्लोक २४पृष्ठ ७६
पाटे घोडाको यात्रारत कविजीले यो श्लोक सहित घोडा रोक्दछन् –
विद्वतवर ! तपाइँको म्यान–चेष्टर भूमिमा
स्वतन्त्रता झुकाएर रोक्छु घोडा लगाममा
श्लोक २६, पृष्ठ ७६
पीडा – यस कवितामा कविले पीडाको दर्दलाई दर्शाएका छन् । ‘जो जहाँ छन् ती त्यहीँ रुन्छन् जो जहाँ छैनन् ती पनि त्यहीं रुन्छन् । यो हुनु र नहुनुको पीडा मानिसलेमात्र बुभ्mछन्, पशुले पाए थुन्छन् ।’ कविको धारणा छ चिन्ता मानिसले जन्मजात पाएको हुन्छ । यसलाई अभिशापको रुपमा लिनु पर्छ । पीडा सम्बन्धमा कविको भनाइ छ –
यही पीडालाई प्रयोग गरेर
फलामले फलाम काट्छ
पीडाले पीडा
भोगेर पीडाको नरक
मान्छेले मुक्तिको सास फेर्छ ।
पृष्ठ ७७
पुनर्निमाण – यस कवितामा कविले भूकम्पले भत्काएकोलाई पुनर्निमाण गरौं भन्ने धारणा राखेका छन् । यस कवितामा दुई हरफका ८ ओटा श्लोक छन् । नेपालमा भूकम्पको केन्द्र भएकोले यसले विनाश गरेको मूल भूमि लाई उठाउन जुटौं र भूकम्प काल बनेर आएकोले नाता पाता बचाउन अहिले नै लागौ भनिएको छ । गएका क्षती भएका रोयर फिर्ता आउने हैनन् । त्यसो हुँदा स्मृति र विरह वेदना लेख्दा भविष्यमा ज्ञान दिन सकिन्छ । पुर्ननिर्माण गर्न थालेपछि विश्वले पनि सघाउँछ । हामी विभिन्न देशमा बस्छौ किनकी जन्म सार्थक पार्न र जन्मदाताको पहिचानलाई सिङ्गार्न हो । आज हामी नेपाली विश्वको विभिन्न देशमा एकताको साथमा बसेता पनि हामी नेपाल भूमिमा जन्मेका हौं । जातमा सविता सरि हौं । भूकम्प कसरी हुन्छ भन्ने धारणा कविको यसरी आएको छ –
भूकम्प गर्वले हुन्न भूगर्भ शास्त्रको जति
अविज्ञय छ यो जाती जाती हुन्न परङ्गति
श्लोक ७, पृष्ठ ७८
यहाँ कविले पुनर्निमाणमा जुट्नु पर्ने धरणालाई प्रवल रूपमा उठाएका छन् । उनी भन्दछन् –
शिरमा पितृ राखेर काखमा बन्धुबान्धव
श्रद्धाञ्जली गरी राखौं पुनर्निर्माणको जग ।
श्लोक ८, पृष्ठ ७८
प्रतिरोध– आजको संसारमा न्याय खोज्दा पाइँदैन तथा न्याय छैन, साधु छैनन्, सत्यले ठाउँ पाउँदैन, भीडमा ज्यान जोगाउने, जागिर खाने, शान्ति गीत गाउने, एक्लै बस्ने, कसैसँग नरिसाऊने, शान्तिसँग मृत्युको बाटो समाउन पर्छ भन्ने धारणा कविले राखेका छन् । कविले अघि धारणा राख्दै अस्तित्व विहीन भएर हिड्न हुँदैन र जिस्काउनेलाई भष्म पार्न सक्नु पर्छ । स्वतन्त्रतामा बाधा पार्नेलाई प्रतिरोध गर्ने कुनै संगठन छैन । त्यसोहुँदा आफ्नो प्रतिरक्षा आफै गर्नु पर्छ । स्वतन्त्रताको कुनै सीमा छैन भन्ने धारणा आएको छ कवितामा ।
बैंस – कविले यहाँ बैंसको दुई अर्थ दिएका छन् । एक खोलाको तिरमा हुने एक प्रकारको वृक्ष , पात साना र चिप्ला, हाँगा तर्केका र अर्को अर्थ बढ्दो जवानी,यौवन,बँैसे, बैँसालु । बैँस यत्र तत्र सर्वत्र छ । विदेशमा जानेवालाले राष्ट्रियता भन्दा माथि उठेर अन्तराष्ट्रिय बन्न पुगेका छन् । बैंस अनन्त हुन्छ । यसलाई कुनै धर्म वर्ण लिङ्ग जातजातिले बाँध्न सक्दैन र सर्वथा र सर्वदा सर्दै जाने र बढ्दै जाने गर्छ जस्ता धारणा राख्दै कवि भन्छन् –
बृद्धि र विकासको चेतनाको बँैंस
नयाँ देशमा बस्ने चाहनाको बैँस
काल र भूगोल नाघेर बढ्छ ।
पृष्ठ ८०
वैँसको चहना पहिचान हो । बैँसालुले बैंसलाई खान्छ, चल्न नसक्ने बनाउँछ, बैसले रुख बनाएकोछ र बैँस चेतनामा छाएको छ भन्दै कविले बैँसलाई परिभाषित गरेका छन् ।
प्रकृति पुरुषोत्तम –कविले यहाँ चाड पर्वको बर्णन गरेका छन् । चाडपर्व ज्ञानका प्रतिमूर्ति हुन् र सभ्यतामा उदाएका हुन् तर व्यवहारमा खर्चिला भए । मनोकान्छा पूरा हुनलाई धनको आवश्यक्ता पर्छ र प्यारीलाई प्रियले मनोहरा भए भनेर सम्बोधन गर्नुपर्छ । प्रियाले विदेशमा भएका पतिलाई वियोगमा टुट्नु हुँदैन बरु हामीलाई भूले पनि भन्ने धारणा राख्नु पर्दछ भन्दै प्रियाले प्रियलाई सोधनी गर्छिन् –
दशैं आयो, सबै आए, आएनौ प्रियले किन ?
प्रभूत्व कामना राखी चेतना शून्य छौ किन ?
पृष्ठ ८१
हरेक परदेशीलाई स्वदेशमा बस्ने प्रियाको सोध्ने प्रश्न हो यो । परदेशीलाई पनि घर आउने चाहना अवस्य हुन्छ । तर उसलाई छातीमा मुड्कीले हानेर सहनु बाध्यता छ । वर्षाको पीडादाई अवस्था पार गरेपछि चेतान फुर्दछ र दशैं तिहारमा आनन्द मनाउनु पर्छ । चाड पर्व किन आउँछन् भन्ने धारणा यसरी प्रस्तुत गरिएको छ –
शान्ति समृद्धिको लागि दशैं तिमहार आउछन्
चेतनाले बनाएको कविता सब गाउँछन्
धनधान्य तथा शान्ति दीर्घायु सुभकामना
दुर्गाको दृष्टि पाएर सल्बलाएछ चेतना
विना द्वन्द्व कतै हुन्न चाड यो अतिरन्जन
धन्यवाद दुबैलाई दुर्गा र चेतनोत्तम ।
पृष्ठ ८१
बाँच्ने कसरी –मान्छे सबै सामाजिक प्राणी हुन् । कविले मान्छे सबै पशु र पशु सबै मान्छे भन्दै यी दुईमा फरक भनेको मान्छेले नक्बरवान बैमान हुन सिक्यो भने पशु आफ्नो धर्ममा अडेको छ । यस्तो अवस्थामा बैमानको राज्यमा बस्न नसके जाने ठाउँ पनि त छैन । ठाउँ भए पनि पलायन गर्न हुँदैन भन्ने कृष्णको सन्देश छ । कविका भावनाहरू विभितताले सजिएका छन् । धोकेबाजको यो गङ्गामा टिक्न नसकेर आत्महत्या गर्न पनि औचित्य छैन । कविको सदेश छ जस्तालाई त्यस्तै व्यवहार गर्नु पर्छ भन्ने –
तिमीले जित्नुपर्छ बैमानीसित बैमानी गरेर
साँचोको नाममा आवश्यक परे कृष्ण–लिला गरेर ।
पृष्ठ ८२
बास्तवमा कविका यी पङ्क्तिको व्याख्या गर्नको लागि श्रिमद्भागवत महापुराणको अध्ययनको आवश्यक पर्दछ । कृष्णले अर्जुनलाई जव अर्जुन आफन्तसँग कसरी लड्ने भन्दै आफ्नो गाण्डीव धनु बिसायर अलपत्र भै बसेको अवस्थामा कवि कृष्ण बन्दै यसरी प्रस्तुत भएका छन् –
हे धनुधर ! उठाऊ गाण्डीव
बाँच्नुपर्छ तिमीले युद्ध गरेर
लड्नुपर्छ तिमीले आफन्तसितै
बाँच्नुपर्छ बुद्ध बनेर ।
पृष्ठ ८
वीरक्त धनुर्धर( अर्जुन)ले कृष्णको दिव्यज्ञानलाई ग्रहण गरी महाभारतको युद्धमा विजय प्राप्त गरे आफ्नो कर्तव्यलाई पुरा गरेर बुद्ध भएर बाँचे । अब कविले मानवप्रति धारणा राख्दै भन्छन् ‘मन्छे तिमी पशु हौ, पशुका पति पशुराज हौ, आत्म पहिचान गरेर जात जनाउ ।’ कविले बाँचने आधार पनि बताएका छन् –
क्रुद्ध, रुद्र र माओवादीभन्दा हिंस्रक योद्धा बनेर बाँच
जीवन युद्धमा पाशविक शक्तिसित पशु नै बनेर बाँच ।
बहुदलीय लोकतन्त्रको यही समाजमा
दल,बल र विचारको संस्कृतिमा बाँच ।
पृष्ठ ८३
कविताले माआवादी द्वन्द्वको क्रुरता, मानवलाई पशुराज(पशुपति नाथ)को संज्ञा, श्री कृष्ण भगवानले अर्जुनलाई दिएको उपदेश आदिलाई सुन्दर रूपले प्रस्तुत गर्नु भएको छ ।
बाँस – यस कवितामा कविले डायस्पोरा भएर बस्दा भोग्न परेका यावत कष्टलाई बाँसलाई प्रतीक बनाएर प्रस्तुत हुनु भएकोछ । अमेरिकामा लामो समय बस्दा पनि उठेको या ढलेको ऋतुले पनि देख्दैन । अस्तित्व हीन भएर बाँच्दा कसैको गणनामा परिदैन । चुत्रोले पनि थुक्दछ र कुकुरले पनि भुक्छ । बाँस हेर्दा अग्लो छ ।तर ट्रकले किच्दा बेत झैं नुहुन्छ । जङ्गली जनजातिमा उसको आफ्नो भन्ने कोही छैन ।पहिचान नभए पछि उसमा मात्र नभएर छोरा,नाति, पनातीमा आगो लाग्दछ । अर्थात जहाँ बसे पनि तथा जहाँ सरे पनि पहिचान र अस्तित्वको साथमा बस्नु पर्छ । युगको परिवर्तनले डायस्पोरा भएको हो । मूल नेपाल भएकोले नयाँ राष्ट्र पु¥याउँदा वातावरण नमिल्दा मरेतुल्य हुनु, पानी बिनाको माछा सरह तड्पिनु,जस्ता धारणा सहित कवि भन्दछन्–
यज्ञमा ठडिने बानी , यहाँ ट्रयास्क्यानमा म छु
ती लिङ्गा बाँसका पुज्थे यहाँ कूची समान छु ।
श्लोक ८, पृष्ठ ८५
नेपालमा सनातनी धर्ममा यज्ञमा लिङ्गा गाडिन्छ र तिनको पूजा गरिन्छ । बाँसको प्रयोग अमरिकामा यज्ञको लिङ्गोको रूपमा नभएर कूचीको रूपमा हुन्छ । भाषा बोल्न कठिन छ बोलाउँदा सुसेलेर बोलाउनु पर्छ तर रोएर पनि कहाँ कस्ले सुन्ने शून्यतामा हराइन्छ । बाँस प्रयोग बाँसुरीमा भएको । कठिन (मरणासन्न) अवस्थामा रहेकोले मानिसबाट सहयोग हुन नसकी ऋतु आएर बचाउनु पर्छ जस्ता धारणाको साथै कविले भन्छन्–
नेपाली बाँस हुँ आज खपेको छु विभिषिका
आप्रबासी भई मैले भोगेको छु अमेरिका
पृष्ठ८५, श्लोक १२
भन्दाभन्दै गरें लेट– यस कवितामा दुई हरफका १६ श्लोक छन् । कविले कविगोष्ठीमा आउँदा कविहरूलाई कृति तिएर समयमै आउनको आग्रह गरिएको छ । साहित्यिक प्रश्नावली पनि दिएको तर जवाफ आएन, समयमा आएपछि खाजा(पीजा) दुई बजे खाने डिनरको लागि घर जाने, बाटोमा कविता नलेख्ने , कविता पढेर मात्र सुनाउनु होस् भन्दै कविले द्वन्द्व मेट्नको लागि अनुरोध गरिएको छ –
आज्ञा आज्ञा महा आज्ञा केको यज्ञ धनुर्धर
निषेधाज्ञा लगाएर द्वन्द्व मेट्नोस कृपावर ।
श्लोक ७ पृष्ठ ८६
समयमा आउने, ट्राफिक जामको बहाना नबनाउने, कोठामा अटेमा कोठेगोष्ठि गर्ने, बढता भएमा नाचेर खाए पनि आगन प्रसस्त छ । द्विविधामा पर्नु छैन । कविता पाठ गर्न नआएर काल काट्नु पनि हुन्न । कविताका पारखीहरू आएर कविलाई भेटेर मजा लिनु, यसैमा छन् मोतीका सपनाहरू भन्ने धारणा आएका छन् ।
भूकम्पमा आप्रवासीको मन – मातृभूमिप्रति गहिरो चिन्तन बोकेको यस कवितामा तेरो मेरोको नीति राज्यको हो तर मजदुरको लागि एउटै विश्व नै विशिष्ट हो । नागरिक जहाँको हुन सक्ला तर मेरो तेरो भन्नु नै व्यर्थ छ किनकी नेपाली मूलको मानिस जहाँ भए पनि नेपाली नै हो । नेपालमा पराकम्पन आयो भने नेपाली हुनका नाताले आँसु झर्दछ । हेरौं कविको विरक्त धारणा –
गए पनि नरोए है एकाकी हुन्छु लौ भनी
तिम्रो लागि म बग्ने छु आँसुको नदी नै बनी
श्लोक ४, पृष्ठ ८८
माता तपस्विनीलाई नरुनु र नतर्सनु भन्ने आग्रह गर्दै कविले तिम्रो दूधको भारा आएर सेवा गरेर तिर्ने छु भन्दछन् । अमेरिकामा बसे पनि सपना भने नेपालकै देखेको छु र आस्थाको गद्दीमा राखेर पूजा गर्ने छु । पूजारीको पनि खाँचो पर्ने छैन नेपाली आमाप्रति मनोबल भए पुग्दछ । आप्रवासी हामी सबैले मातृभूमिमा नगए मन रुन्छ र आमाको छातीको भारा अवस्य तिर्नु पर्दछ ।
पीडा भूकम्पकोपोखे साहित्यकारको सभा
विरही वेदना पोखी उठ्यो स्थानीय सम्पदा
श्लोक ९ पृष्ठ ८९
ऊ कस्तो छ ?–एउटा अठोट बोकेको यस कवितामा नाङ्गो भएर पनि प्रकृतिको विधानमाथि आक्रमण गरे ऊ बाङ्गो छ । उसले एकलौटी गर्दैन, निरङकुशता चाहादैन किनकी निरङ्कुशतामा काम गर्न सकिदैन । निरङ्कुशतामा काम गर्न डर लाग्नु स्वभाविक हो । लोकतन्त्रमा पारदर्शी हुन्छ । बहुमतको निर्णयलाई दवाउनेमा ऊ बाङ्गो छ । मतान्तर हुन सक्छ । मतान्तरमा बहुमतले निर्णय गर्दछ । बह्ुमतको निर्णयमा जित्ने र हार्ने दुबै पक्षमा सन्तोष हुन्छ । कविले लोकतन्त्रमा दुई तत्वमा खतरा हुने बताएका छन् । ।एक हार्नेवालाले हार स्वीकार नगर्ने र दोस्रो जित्नेवालाले हार्नेवालालाई नगन्ने । यस्ता प्रवृत्तिलाई कविले निरङ्कुश र उग्रवादीको संज्ञा दिएका छन् किनकी यिनले आतङ्क निम्त्याउँछन् शान्ति कहिल्यै ल्याउँदैनन् । यस्ता प्रवृत्तिलाई स्वलोपोइजन दिनु पर्छ किनकी यिनले देश, राष्ट्र वा संस्थालाई घाटा पु¥याउँछन् । त्यसो हुँदा मानिस छान्दा माथि भनिएको ऊ पात्र जस्तै , निरङ्कुशतासित डराउने, छेरुवा, नाङ्गो जस्लाई जति गाली गरे पनि पिउन सक्ने र मतान्तर राख्नेलाई स्वागत गर्नेवाला जस्तालाई छान्नु पर्छ भन्ने धरणा राख्दै कविले उः कस्तो छ भनि यसरी परिभाषित गर्नु भएको छ –
ऊ कस्तो छ ?
उत्तरको ठेक्का मेरो हैन, मलाई नसोध
देखेका छौ –ऊ निरङ्कुश बन्न सक्दैन
ऊ छेरुवा छ
मतान्तर राख्नेलाई ऊ होनहार छ
निरङ्कुशताको लागि बाङ्गो उपहार छ ।
पृष्ठ ९१
सर्वहिताय मानिसको छनौट गर्नु पर्दछ भन्ने कविको धारणा छ ।
मनोकम्पन – यस कवितामा भूकम्पले विविध क्षतीको साथै मनोकम्पन बनाएर त्रास पार्छ भन्ने धारणा राखेका छन् । भूकम्प आएर पहाड ढलेर, पैरोले समथर र सहर पुरे पनि नेपालीको मनोकाङ्छा हल्लिएको छैन । विश्वव्यापक जानेर छानेर लिनु पर्दछ तर आस्था भने नेपालकै हुनु पर्ने धारणासहित कविले नेपालको अमरत्वको बारेमा भन्दछन् –
चन्द्र , सूर्य रहेसम्म ढल्दैन त्यो हिमालय
भूकम्पले सताए पनि गल्दैन त्यो शिवालय
श्लोक ३ पृष्ठ ९२
नेपालीको आस्था फाटेको छैन, भूकम्प नै आइसकेपछि पराकम्पासँग डराउनु पर्दैन जे हुनु थियो भै गयो अव नवनिर्माणमा लाग्नु पर्छ । यो भूकम्पको महामारीलाई रोक्न सक्नु पर्छ । विश्व एउटै बनाएर रोक्न नसके वर्षैपिच्छे सताउँछ जस्ता धारणा कविताले समेटेको छ ।
महिमा हैन नारिको– अनेसास विभाजन भएकोमा महिलाहरूले जोडेका आपसमा मिलेकामा फलुन्, फुलुन्, नारीहरू र एकता नटुटोस् , नरको अस्त्रशस्त्रले दवाउन सक्दैन र केही गल्ती भए क्षेमा दिनु पर्छ भन्दै कविले भन्नुहुन्छ –
नारीको महिना हैन गाएको वस्तुसत्य हो
नारी नेतृत्वमा आज आएको ध्रुवसत्य हो ।
श्लोक ४, पृष्ठ ९३
नारी चिन्तनका यी श्लोक अति उदाहरणीय छन् । न्यूयोर्कमा कुम्भमेला समानको जमघट भएर विधान निर्माणमा लागेर पूर्णता दिएर तथा नारीको कामना कहिल्यै अधुरो हुँदैन र सेवामा पुरुष लाग्दछन् र काम पूर्ण हुन्छ । नारी महिमाका केही श्लोक हरू –
धराहरा बनोस् अग्लो आँखी झ्याल कथाविधि
फैलिएर मन्योन्यास नारी हुन् विश्वका निधि
श्लोक ७ बन्न नहुने
कविले सिर्जनाले हिमालको जत्रो उच्चाई लियोस्, अन्तराष्ट्रिय भित्रमै नारीको पहिचान होस्, नारीवादी र रुढीको व्यथा हुननहुने नारीको स्वतन्त्रता रोकिन नहुने, स्व तथा परको सीमा चेतनामा भर पर्दछ ,व्यक्तिको भिन्नताले नै अस्तित्व सिद्ध गर्दछ । मानिस मानिसमा मतान्तर हुन्छ र यो प्रकृतिको विधान हो । मतान्तर भयो भनेर रिसाउनु हुँदैन । लोकतन्त्र भन्नु नै यही हो । कविको अन्तिम धारण यस प्रकार छ –
नारी, नारी स्वयम्सेवी, स्वयम् मुक्त स्वतन्त्र छन्
पराधीन बनाएमा विद्रोह गर्न पुग्दछन् ।
श्लोक १२, पृष्ठ ९४
माटोको सुवास – यस कवितामा माटो( देश) प्रति अगाध श्रद्धा राख्दै विश्वमा हाम्रो माटोको सुवासलाई गम्काई राख्ने धारणा राखेका छन् । कवि जब स्गानो हुन्ुहुन्थ्यो । नेपालमा गीत गाउनु हुन्थ्यो । आज पनि नेपाल सम्झेर प्रेमले गीत गाउनु हुन्छ । कोदाली बोकेर खनजोत गर्ने पूmल रोप्ने, गोडमेल गर्ने, पूmलबारीको नक्सामा नेपाली सीप कुद्ने, कीरा लागे कीरा फाल्ने, रङ्गीचङ्गी पूmललाई मीठो गीत सुनाउने, खेताल्नीले कुटो बोकेर मेलामा जाने, भीमलाई स्याँक्न सक्ने बलको प्रयोग गर्ने, भाइ बहिनी मिलेर नेपाललाई बनाउने, सुनौला बालुवा छानेर माटोमा बिरुवा रोप्ने र खानीका ढुङ्गा फोरेर भारी बोक्ने, सिलो खोजेर पूmलको भारी हाल्ने र क्यारीमा उमे्रका पूmल विश्वलाई देखाउने,जस्ता धारणा राख्दै कवि भन्नु हुन्छ–
माटोको गुण पूmलैमा सुवास किन चल्दैन ?
पूmलको भन्दा माटाको सुवास कम्ति हुँदैन ।
पृष्ठ ९६
नेपाली माटोमा कपास रोपेर माटोको सुवासलाई विस्वमा गम्काउने चाहना हुँदा हुँदै सबै कुरा स्वप्नामा त्यतै हराए र माइतीले धकेलेर आप्रवासी बनाए भन्ने धारणा कविताले बोकेको छ ।
माता–तीर्थ – मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने दिनको रूपमा लिने गरिन्छ । कविले आजको यथार्थतालाई केलाउँदै अर्थात वैदेशिक रोजगारमा गएकी आमाको मुख हेर्न कतार जानु पर्ने भएकोले अलकापुरीकी नन्दा हतारमा नदौड भनिएको छ । आज फेसबुक भरी मातातीर्थ देख्न पाइन्छ । कविले आमाप्रति श्रद्धाभाव राख्दै लेख्नुहुन्छ–
आमा हुन् सबकी आमा सम्झनु मात्र पर्दछ
जो आए नि भयो भेट श्रद्धाले ढोग्न पर्दछ ।
श्लोक ३, पृष्ठ ९७
विदेशमा रहेकी दिदीले फेसबुकमा आमाको मुख हेरेर ढोग दिनु जस्ता अभिव्यक्ति सहित कविले आमा कहाँ छैनन् भन्दै यसरी प्रस्तुत भएका छन् –
आस्थाको केन्द्रमा आमा, आमा छिन् मध्यमानमा
लक्षको अन्तमा आमा, अनादि र अनन्तमा ।
श्लोक ५, पृष्ठ ९७
मेरा भत्किएका संरचनाहरू – यस कवितामा कविले स्वदेशबाट परदेशी हुँदा छुटेका तन्नाहरू च्यातिएका, छन् संरचनाहरू भत्किएका, डायस्पोरा या विदेशींदा, न यताको नउताको हुँदा उत्तानो परेका छन् कामनाहरू, पुराना घर भत्किएको नयाँ घरको निर्माण नभएको, सबै संरचनाहरू भत्किएका छन् । सबै सिर्जनाहरू आजका जीवन जस्तै भएका छन् भन्ने धारणा आएका छन् ।
मेरो भन्नु केही छैन – यस कवितामा जङ्गल जानेहरूलाई विधानको पक्षमा रहन र जङ्गल जाने काम नगर्न आग्रह गरेका छन् । विधानका एक एक शब्द संसोधन हुनु तिम्रो नियतमा खरावी प्रमाणित हुनेछ र विधान बाहेकका सम्पूर्ण प्रमाण विपक्षी दलका नेतालाई दिने र नेता अभिनेतालाई सम्बोधन गर भन्दै कविले भन्दछन् –
तर कहिल्यै विश्वास नगर
ती डाँकाहरूलाई
ती डाँका सित तिमी डाँकै भएर
जुध्न सकेनौ भने
तिमीलाई यिनले जङ्गल पठाएर
चोर लुटार, बदमास र उल्लूहरूले
मनो मानी गर्न नपाएर €
भ्रष्टचार, दुराचारका ठेगेदारहरूले
डाडुपन्यू आफै नचाउन नपाएर
आरेप लगाई रहेछन्
जङ्गल पठाउन खोजी रहेछन् ।
पृष्ठ ९९,
कविले लगाएका आरोपलाई शिरोधार्य गर्न लोकतन्त्रको मुक्त परिवेशबाट तानाशाह र बदमासको हातमा आमसत्ता दिन हुँदैन र छद्मभेषी काममा अग्रसर हुनुहुन्न, बदमासहरूलाई छाला काट्न दिनु हुन्न, चोरहरूलाई छोड्न हुँदैन, साँढेलाई मौसम नआई गोठभित्र पस्न दिनु हुँदैन,मराउन दिनु हुँदैन, गोठ सार्न हुँदैन भनि कविले आफ्नो अठोट सुनाएका छन् । लोक तन्त्रमा मर्यादा नाघेर प्रतिक्रियावादीको कठघरामा जान नहुने, विधान बदल्न नहुने, कसैले कसैमाथि गद्दारी मोल्न हुँदैन भन्ने धारणा आएका छन् कवितामा ।
मौसम डायस्पोरा – यस कवितामा डायस्पोरा, नयाँडायस्पोरा र अनेक डायस्पोरा शब्दमा विकसित भएको र यो मौसममा मनसुन बनेर आएको धारणा आएको छ । कवि भन्छन् –
अघिल्लो ऋतुको लहरमा
कविको यो गोष्ठिको शहरमा
म मौसमले कविताको बालीनाली लाएको थिएँ
यौटा आन्दोलन बनाएको थिएँ
मैले कविताका हरफ हरफमा
परेड खेलाएको थिएँ
डायस्पोराको व्यायाम गराएको थिएँ
कहिल्यै सुन्न नचाहनेलाई पनि
डायस्पोरा शब्दको प्रयोगले हँसाएको थिएँ
रुवाएको थिएँ र डाह पैदा गराएको थिएँ ।
पृष्ठ १०१,१०२
यो कविताले धेरै चिज समाएको छ । यो ऋतुको कथा, कविता,उपन्यास सबैमा उनान्सय प्रतिशत डायस्पोरा हुने र मौसमा पाकेको बाली मीठो हुने, डायस्पोरा शब्द अनुवाद गर्न हुन्न प्रश्नमा यस शब्दले हाईवे समाती सकेको, सबैले प्रयोग गरीसकेको,प्रयोग गर्दिन भन्दापनि अनायास प्रयोगमा आउने गरेको, आदत बनीसकेको अर्थात सबैले आत्मसात् गरिएकोले अनुवाद गर्न नहुने, मिश्रित शब्द प्रयोग रोग बनिसकेको प्रश्नमा डायस्पोराको भाषा यस्तै हुने गरेको, अंग्रेजी प्रयोले रोगी बनाएको प्रश्मा कविले मौसम अनुसार आपूmनै परिवर्तन बन्नु पर्ने किनकी ‘मौसम लागो भने त्यसलाई रोग भन्ने हैन बरु मौसमी पूmल र परागको स्वाद लिनु पर्छ ।’अर्को निदान खोज्नु, प्रतिकुलतामा लाग्नु भनेको पथ भ्रष्ट हो, डायस्पोरा शब्दलाई विर्सन नसकिने बरु नयाँ डायस्पोराको प्रयोगगर्नु पर्ने,अनेक डायस्पोरालाई थप्नु पर्ने, कुरा काट्ने प्रवृत्तिलाई त्याग्नु पर्ने , यो मौसमको फल हो यसलाई खानु होला जस्ता धारणाबाट डायस्पोरालाई प्रष्ट्याउने प्रयास भएको छ ।
मौसम रहेछ जिन्दगी– कविले जिन्दगीलाई मौसमसँग तुलना गरेका छन् । समयलाई पर्दाको रूपमा लिएको र त्यसभित्र जिन्दगी देखिन्छ मौसमको रूपमा । मौसम अनुकुल(बसन्त ऋतुमा) पात पलाउँछन् हरियाली छाउँछ अनि मौसम अनुसार शरद ऋतु गएपछि (शिशिरमा) पात पहेंलिन्छन् अनि झर्न थाल्दछन् । खेल सकिएको रङ्गमञ्च बाट दर्शक निस्किएपछि मञ्च खाली भए सरह त्यहाँ दर्शिने भनेको रित्तो समय र रित्तो रुख । रित्तो मसान घाटको मञ्च मात्र भन्दै कविले जिन्दगीलाई यसरी परिभाषित गर्नु भएको छ –
समयको पर्दामा देखिने र मेटिने
एउटा मौसम रहेछ जिन्दगी
पृष्ठ १०७
मरणशील जिन्दगीमा समयसँग मौसम रित्तै, हामी सबै पहेंला पात झर्दा झैं झर्छौ ,हामी झरेपछि फर्किदैनौं र यो झर्ने जाने र नर्फने यो नियति हरेक पिढीमा लागु हुन्छ । एक दिन पात झरेर या झारेर सबै जान्छन्, सबैलाई लान्छ ।लगेपछि घर रित्तै मन रित्तै, मृत्युले भरेपछि जीवको सिसी रित्तै , यस्तो नाटक रहेछ जिन्दगी,मौसम रहेछ जिन्दगी, शिशिरमा सबै पात उड्दा झै उजाड बन्दो रहेछ जिन्दगी र मौसम रहेछ जिन्दगी जस्ता धारणा राखेका छन् कविले ।
राष्ट्रवादी बन्ने रहर छैन – कविले यहाँ विविध कारण देखाएर राष्ट्रवादी बन्ने रहर छैन भनेका छन् । राष्ट्रवादी हुनलाई राष्ट्रमा अपनत्व जगाउने बस्तु हुन पर्छ । कवि सपनामा मूल घरमा जान्छन् । राती घोडी मरिछ, पाटेघोडा बेचेछन् । मूल घरमा पूस्तकालय थियो त्यो छैन, क्लव थियो,त्यो पनि छैन, आमा, बाबा, छैनन् । गाउँले विदेशतिर लागेका, पुराना परिचित कोही छैनन्, कोही नभएको पर्ती जमिनमा कसरी खुट्टा टेक्ने भन्दै कविले यसरी प्रस्तुति गरेका छन् –
जे थियो मेरो, त्यो छैन,
भएको कुरो मेरो हैन
त्यसैले मलाई राष्ट्रवादी बन्ने रहर छैन ।
निर्वासन बाहेक मेरो अर्को विकल्प छैन,
यदि माइतीले किन आइस् भन्छन् भने,
मलाई पनि माइत आउनु रहर छैन
त्यर्सैले मलाई राष्ट्रवादी बन्ने रहर छैन
मेरो सपनामा विपनाको सहर छैन ।
पृष्ठ १०९
रुख – कविले रुखलाई अनेक डायस्पोरालाई कल्पवृक्ष मानेका छन् । सबै निदाएको वेला कवि सुनसान अंधेरी रातमा हिडेको वेला एउटा रूखलाई मान्छेले काटी रहेको देख्छन् र रुख सस्वर सिरसिर कराइरहेको पाउँछन् । रुखको अभिव्यक्ति हाँगा रुखकै काटेर बिँड बनाएको, बाली लगाउनु, गोडमेल गर्नु,रुखलाई काट्दा पानीको मूल सुक्नु , यति हुँदा पनि रुख काट्न नछोडनु, रुख काट्ने पशु हैन मानिस हो,चिन्दछ तर रुख बोल्न सक्दैन, बोल्न नसक्दा हप्काउन सक्दैन , हिर्काउन सक्दैन, चिथोर्न सक्दैन, चपाउन सक्दैन, कारण रुख स्थिर छ ऊ बोल्न सक्दैन । रुख हाँगाबिँगा पात पतिङ्गरको स्वयम् आधार हो । बृद्धि र विकासको परिवार, मानिसको पनि सरकार साथै जीवनको आधार भएकोले मौन भएर छाती छियाछिया परिञ्जेल दुर्योधनलाई धृतराष्ट्र बनेर विकासलाई पालेर मतान्तरलाई बचाइ रखेको तर फेद काटिरहेको देख्दा मानिस जस्तो हीन कोही छैन जस्तो रुखले महसुस गर्दछ ।
कविले भन्छन् –
दुखेको छ
मातृभूमि हुँ
सन्तानलाई कसरी छासूँ
यो रुख देख्दा
म यौटा विचार हुँ जस्तो लाग्छ
काटेर काटिन्न
यौटा दर्शन हुँ जस्तो लाग्छ
एउटा खैरो रुख हुँ जस्तो लाग्छ
जरा गाडिई सकेको
अनेक डायस्पोराको
यौटा कल्पवृक्ष हुँ जस्तो लाग्छ ।
पृष्ठ १११
कविले आमालाई, रूपलाइर्, श्रीमतीलाई, वनस्पति अरु लडाकुहरुरूलाई, साथ दिने शुद्ध आत्माहरू, विरोधीहरूलाई, धन्यवाद दिँदै भन्छन्–
‘मेरै घाँस खाएर मलाई नै काट्न आए, म मरेको छैन, म दृश्य पनि छैन, अकाट्य रुख भएर काटिएर कुँदिएको छु शालिग्राम जस्तै, यौटा रूखको आर्टमा सालिक झैं दर्शन बनेर उभिएको छु ।’
रुखको उपयोगितालाई पनि कविले प्रस्तुत गरेका छन् । रुखको खण्डन र मण्डन चलिरहोस्,आफूले आपूmलाई हेरेर हाँसीरहुँ,रातमा पनि फुलीरहुँ, लाशमा पनि सपना देखीरहुँ , अरूको घर निर्माणमा बलियो निदाल बनिरहुँ, ज्योति बनेर न्युयोर्कमा गीता बनीरहुँ । रुख काटिए पनि प्रयोग समिधामा होस् , जलाए पनि ज्योति बनोस्, खण्डन गरे दर्शनको रूप बनोस्, अनेक नेपाली डायस्पोरामा एउटा कल्पवृक्ष बनुँ जस्ता आकाङ्क्षा प्रकट गरिएको छ ।
कविताको अन्त्यतिर कविले सुनसानमा सुन्दासुन्दै भन्न थालेको भन्दाभन्दै मनको भावमा धामी जस्तै कम्पनको रूप बन्नु , रुख हराउनु, वासिङ्गटनको जरायोमा परिणत हुनु र फेद काट्ने मानिस पनि हराएको धारणा आएको छ ।
लोरो – यस कवितामा कविले लोरोकोे गुणलाई मर्द छोरोसँग तुलना गरिएको छ । लोरोलाई वेगवान पानीले कुटेर शालिग्राम जस्तो गोलो बनाएको र यसको उपयोग मसला र चटनी पिस्ने हुन्छ । कविले छोरोलाई खारिएर शालिग्रामको आदरता प्राप्त गर्न सक्ने र उपयोगमा मसला र चटनी जस्तो मीठो स्वाद प्रदानकर्ता हुनु पर्ने । अरुलाई नबिझाउने लोरो सहज रूपमा निर्माण हुँदैन । खोलाको करामतबाटै लोरो निर्माण हुन्छ । छोरोलाई यसरूपमा पु¥याउन खोलारूपी अभिभावकको पनि गहन भूमिका हुन्छ । कविले भन्नु हुन्छ पछारे पनि झन उफ्रने हावा भरेको गोलो जस्तो हुनुपर्छ छोरो । वर्षै पिटिएर शालिग्रामको निर्माण भए जस्तै शिलामा पञ्चायन सम्झेर पूजिए सरह पूज्यनीय हुनु पर्छ छोरो ।भन्दै कविलेख्छन्–
जातीय रूपले हैन
पीडाको पवित्रताले गोरो देखिन्छ लोरो
कालो शालिग्राम पनि
सेतो सत्य देखिन्छ
कतै पनि छैन चोसो
कति गोलो , गुणले यो गोरो
मर्द छोरो जस्तै छ यो लोरा ।
पृष्ठ ११४
वन्दना –दुई हरफका ११ श्लोकले यो कविताको सिर्जना भएको छ । श्लोकमा महत्वपूर्ण धारणाहरू आएका छन् ।मार्चको पहिलो हप्ता नारी साहित्य सभाको आयोजना अनेसासले गरेकोमा कविले बन्दनाको महत्वलाई यसरी दर्शाएका छन्–
वन्दना नै महाशक्ति वन्दना नै महामना
वन्दनाले गरे पुग्छ फलप्राप्ति सयौं गुना
श्लोक २, पृष्ठ ११५,
विदेशमा वरदान बनेर आएको र यसरी आउँदा वियोगको ज्वालाको सम्भावना पनि रहेको । वन्दना अनुरोध भए पनि भावनामा भने यो सत्य छ । यो वन्दना स्त्रिलिङ्गीलाई गरिए पनि यसमा कमि छैन, पूर्णता छ । कविले धन नभएर मनै ठूलो हो र सम्पत्ति भनेका साथीभाइ हुन् ,कुमारी वन्दना देवी को यो संयोजन फलोस् फुलोस् । नेतृत्वलाइ चयन गरियोस् । यो सम्मेलन बौधिक समुहको हो, यहाँ कला दर्शनका साथै सहित्यको बारेमा चिन्तन हुन्छ । वन्दनालाई न्युयोर्कमा गएर भेट्न सकिने किनकी नारी दिवस पारेर महिलाहरू न्युयोर्कमा जुटेका छन् । बन्दनाको मुखहेरेर सबै आउनको लागि निवेदन गर्दै स्रष्टा द्रष्टालाई स्वागत गर्दै नरनारी सबैलाई वन्दना यही गर्छु भन्ने धारणा कविले पस्केका छन् ।
शीतलहर – यस कवितामा कविले शीतलहरको असर, राजनीतिक नेताप्रतिको व्यवहार, डायस्पोराबाट यो प्राकृतिक सामाजिक प्रकोप विरुद्ध एटमवम छोड्नु परेको धारणा आएको छ । कविता शीतलहर भने पनि यसमा नेपालको राजनीतिलाई समाएको छ । नीलो गगनमा हुस्सु आयो संरचनामा कहिं न कहीं चुहावट छ । नेताका बीचमा दरार छ । हुस्सुले घर, गाउँ, सहर बाटोघाटो, यातायातमा क््रयासपार्नु, मानिसमा आक्रमण गरी मार्नु, यो शीतलहर शीत–युद्ध भन्दा पनि चर्को छ , संचार माध्यम प्रयोगमा छैनन् आदिको वर्णन गर्दै कवि प्रश्नवाची हुन्छन् र भन्छन् – ‘विकृतिको यो विडम्बना शीत लहरको हो कि कसैको स्वार्थी पना ?’ कविले गगन स्वच्छ हुनु पर्छ। समाज स्वच्छ हुनुपर्छ, कला गन्तव्य भएमा सेवा लक्ष हुनु यस माथि शीतलहर कहाँ बाट आयो प्रश्न राख्दै यस किसिमको असुद्धतालाई सुद्धिकरण गर्न अर्को जनयुद्ध हुनु पर्छ भन्ने कविको कथन छ ।
शीतलहरले गर्दा बृद्धबृद्धालाई मार्छ, । यस शीतलहरको आक्रमण रोक्न घाम लाग्नु पर्छ या घनघोर वर्षा हुनुपर्छ ।
कविको भावना नेताप्रति जान्छ । चुनाव जितेर गाउँ नफर्कने नेतालाई गाउँमा उतार्नु परेको छ भन्ने धारणा राख्दै कवि भन्नु हुन्छ –
हामी जो जहाँ बसेका छौ
त्यहीं डायस्पोराबाट
यो प्रकृतिक सामाजिक
प्रकोप विरुद्ध
यो शीतलहरको विरुद्ध
एटम बम छोड्नुपरेको छ ।
पृष्ठ ११९
कविले, ‘अमेरिका बसेर हिट भए पनि नोपालका तराइका शीतलहरसित नेपालीले युद्ध लड्नै पर्छ मूल थलोको मायाले काँधमा यौटा बन्दुक राख्नै पर्छ ’ भनेका छन् । बहुरूपी शीतलहरको स्वरूप दशानन र लामो हात भएको छ । भन्ने मौसम भन्छ तर तानाशाह बनेको छ । यसबाट मुक्ति पाउन जनजागृतिको आश्यक हुन्छ । कविले यसरी सतर्क बनाउनु भएको छ –
प्रतिरक्षा गर भाइ हो।
नत्र यो मान्छे खाँदै हिडेको छ
डायस्पोरामा समेत यो आएको छ
शीतलहर छाएको छ ।

सङ्कटमा –यस कवितामा कवि कल्पनामा छन् । कविले आएर छामेको कुरामा पुन उहाँ थिइन आइन, छामीन, ढाँटिन, त्यो धर्तीमा छैन,कल्पनामा छैन , यथार्थ जीवनमा छैन, रित्तो छु, खोक्रो छु , छु कहाँ ? म छैन, छम्दा शून्य मात्र छु आदि विचलित तथा अस्थिर धारणामा प्रस्तुत भएका छन् । उनी पुन सचेत धारणामा आउँछन् । कविको सोचाइ हुन्छ शून्यको पनि आकार हुन्छ । कल्पनाको अभाव, कल्पनाको अभावमा हुने पीडा, एकाकीपनको राप र ताप, यी राप र तापबाट निस्कने स्वेद, पसिनाबाट लुछुप्प रुजेको । रापतावबाट चढेको गर्मीलाई प्राकृतिक वर्षाबाट पनि शीतल नहुनु, कार नरोकिनु आदि संकटपूर्ण अवस्थामा बगेका कल्पनालाई कवितामा पोखेरमात्र कल्पना थुनिएको धारणा आएको छ ।
समुद्र – समुद्रलाई नेताकरण गरी नेतालाई गाली गरे गाली सुन्नु पर्छ । जसरी समुद्रलाई खोलाले लात्ती हान्दा समुद्रले छुस्तै छुस्तैन । खोलामा बाढी आएर सागरमा हुत्तिदै गए पनि, पिट्न गए पनि समुद्रलाई चिमटे जस्तो पनि लाग्दैन ।चुनाउमा आक्रमण हुन सक्छ नेताले सागर बनेर पिइदिनु पर्छ । चुनाउमा जित्नेले बिरोधीलाई माया गर्नु पर्छ । कविले भन्नु हुन्छ –‘लोकतन्त्रमा ‘अपोजिसन को पनि ‘पोजिसन’ हुन्छ, सबैले सङ्गतिको अनुभव गर्न पाउनु पर्छ ।’
साँचो बोल्दा –यस कवितामा साँचो बोल्नु पर्छ । ‘अन्याय देख्न भन्दा राम्रो त फाँसीमा चढ्नु हो जस्ता सत्य, साँचो न्यायिक धारणालाई प्रस्तुत गरिएको छ । साँँचो बोल्नु पर्छ ,गलत कुराको विरोध गर्नु पर्छ, वेईमान भएर निर्वाचन आयोगमा बस्नु भन्दा बर्खास्त हुनु राम्रो हुन्छ । विपक्षीका सदस्यको नाम मतदाता सूचीबाट निकाल्न हुँदैन, वेथिति गर्न मिल्दैन, वेथिति गर्नु भन्दा झुण्डिन राम्रो हुन्छ । कसैले कसैलाई नाङ्गो भन्दा नाङ्गिइदैन बरु अनावरण हुन्छ । एकलौटी निर्वाचन हुन दिनु हुँदैन । निर्वाचन भनेको विश्वका सबै राष्ट्रको हो । एकलौटी गर्ने बहुलठ्ठी पन यो कसैबाट कहिल्यै सह्य हुँदैन । लोकतन्त्र सत्तापक्ष प्रतिपक्ष सबैको हो । ‘अपोजिसन’ले आफ्नो सङ्घर्ष बदल्दैन, मतदाताले मतदान गर्न नपाएसम्म यो प्रकरण टुङ्गिने हैन, पूर्णता पाएको मतदाता सूची नपाए स्वच्छ र स्वतन्त्र निर्वाचन हुन्न, बुथ क्याप्चर गर्न दिन्ुहुन्न, यस्तो अवस्थामा निर्वाचन नै बहिस्कार गर्नु पर्छ जस्ता धारणा आएका छन् कवितामा ।
लक्जेमबर्ग – यस कवितामा लग्जेम्वर्गमा भएको काव्य गोष्ठी र त्यसमा विभिन्न राष्ट्रका कविहरुको सहभागिमा खगेन्द्र लुइटेल,दीपेन्द्र केसी, होमनाथ सुवेदी, नन्दादेवी सुवेदी, इन्द्र, रमेश, शेखर, खड्ग पत्रकार अधिकारी, दुर्गा, जितु थापा,रहेकाको वर्णन गरिएको छ । काठमाण्डौ रेष्टुरेन्टमा खाजा खाएको धारणा सहित कविले लेख्नु हुन्छ –
भाषा साहित्यको सेवा तपाइँको सदारहोस्
आप्रवासी भयौं हामी नेपाली साथमा रहोस् ।
पृष्ठ १२५,
सिक्का – यस कवितामा दुई हरफका १५ श्लोक छन् । सिक्काको केही श्लोक अध्ययन गरौं –
सिक्का हुँ मनमा ढिक्का बोकेर वेदना कति
बाँचेको जीवनी यस्तो को पढ्छ ? द्वन्द्व भो अति
श्लोक १, पृष्ठ १२६
बास्तवमा सिक्काका दुई पाटाको कारणले गर्दा वेदना भएको, द्वन्द्व बोक्न परेको, सरासर नभएर बाँडिन परेको , सबैको हातमा भएको तर पालो आउँदा पछाडि पर्न परेको । यसरी दुई पाटा हुन नचाहे पनि वाध्यता सहनु परेको । सरकार यसमा खुसी भएको । यसरी दुई पाटा एकै चोटी हेर्न नसकिने । अघिको देख्दा पछिको देख्न नसकिन पछिको हेर्न जाँदा अघिको अदृश्य हुने । यो अदृश्य कहाँ छ त भनि कवि यसरी प्रस्तुत हुनु भएको छ –
दुई पाटो भयो नौलो अदृश्य मूलमा छ यो
आँखाको सामुमा राख्न नसक्दा घर ध्वस्त भो
श्लोक ६
दुबै पाट समाएर बाँचन खोज्नु , सिक्काको एउटै पाटो नहुनु ले सहज पनि त छैन तर माया भने लाग्छ –माया लाग्छ दुबै पाटा मेरा हुन् भन्नुपर्दछ
दृष्टि मेरो नपुग्नाले एकाकी बस्नु पर्दछ ।
श्लोक ११
कविले सिक्का दुई पाटालाई आत्मा र देहसँग तुलना गर्दै भन्छन् –
यता उता दुबै पाटा सिक्कामा छन् विभाजित
बाँडिई देह औ आत्मा नपरोस् बाच्न क्वैसित
श्लोक १२
नेपालको सिक्का अमेरिकामा आएर बसेको छ तर आत्मा भने नेपालमै छ तर नेरुको मूल्य तल गिरेकोमा सिक्का चिन्तित छ । अन्त्यमा कविको धारणा यसरी आएको छ –
अस्तित्वहीनता बोध सिक्कामा आज तीब्र छ
त्रीकोणमा जुधी बाँच्न सिक्का यो प्रतिवद्ध छ
श्लोक १५, पृष्ठ १२७
सुस्वागत – यस कवितामा दुई हरफका १० श्लोक छन् । कवि गोष्ठीमा कविहरूलाई स्वागत गर्न पाउँदा कविको आत्मा सिन्धु भएको धारणा आएको छ । यसमा प्रस्तुत गरिएका केही श्लोकलाई अध्ययन गरौं –
गीता–र समका तार गलामा हार झैं बुनी
काव्यका शृङ्खला ल्याई आएका छन् महामुनि
श्लोक २
वासिङ्गटन डी.सी.यो डायस्पोरा भए पनि
नेपाली विश्वको केन्द्र साहित्यमा छँदै छ नि ।
श्लोक ५
जीवनै काव्य हो यौटा ठानेर कवि वर्गले
बहाऊ रसको गङ्गा थाप्लामा शिव शक्तिले
श्लोक ८, पृष्ठ १२९,
यस कवितामा कविले हरेक कविलाई बाल्मीकिको रुपमा लिएका छन् । भनेका छन् –कविमात्र सत्यम् शिवम् सुन्दरम् हुन सक्छन् । साहित्य सिर्जनामा व्याथा हुन्छ र विना सङ्घर्षको काव्यले अर्थ दिन्न निरन्तर जस्ता गहन भावहरू यहाँ प्रस्तुत भएका छन् ।
स्काइल्याण्ड ड्राइभमा –यस कवितामा कविले स्काइल्याण्ड ड्राइभ र नेपालका कैलास पर्वत,चोभार, चाँगुनारयण पूmलचोकी देखि वनेपा अनि रिङरोडमा खगेन्द्र लुइटेलसँग गुडेका अनुभूति लिएको धारणा सहित कवि भन्छन् –
सान्डाह उपत्याकामा नै काठमाण्डौ बसेको थियो
त्यहीं घन्टाघरको यौटा घन्टी सुने जस्तै लाग्यो
कसैले ‘हर्न’ दिएको मृत्युको आवाज सुने–
पछि फर्केर हेर्दा –
मेरो कार लडिसकेको थियो
पुलिसले मलाई टिकट दिइसकेको थियो ।
पृष्ठ १३१
नेदल्र्यान्ड– यस कवितामा नेदरल्यान्डको साहित्यि गतिविधिलाई प्रस्तुत गरिएको छ । बेल्जियममा गइएकोमा नेदरल्याण्ड पुगेर साहित्यिक गोष्ठी गरेको र सूर्य गिरी अध्यक्ष रहेका, युरोपका साथीहरू भेटिएका, सूर्यका परिवारले रेस्टुरेन्ट चलाएका र कविगोष्ठी चलाएर मिठाई खुवाएका , कविता गीतको साथमा समीक्षा गरिएको भन्दै कवि लेख्नुहुन्छ –
हामीलाई दिएको यो आतिथ्य अभिलेख भो
धन्य हो सूर्यको ज्योति नेदरल्यान्डभरी छ यो
पृष्ठ १३२
हरियो रुख – यसमा किवले रुखलाई बिम्बक बनाएर मानव प्रवृत्तिलाई प्रष्टयाएका छन् र प्रगतिको नाममा मान्छे नमार भूकम्प र महा भूकम्पको अगाडी ठूलो मानिस भए पनि माखै हो भन्ने सन्देश प्रवाह भएको छ
हरियो रुखमा सुकेको पात
मृत्युको मुखमा मान्छेको जात
उही हो विरुवा उही हो थाँक्रो
आफैले खान्छ भएजति काँक्रो
पृष्ठ १३३
पकृतिलाई दोष दिन सकिदैन । चुनाउमा भोट मागिन्छ । जित्नेवालाले राज गर्छ । सत्य र न्याय पेवा बनाउँछ । यस अवस्थामा सके प्रतिरोध गर्ने हो । रोयर बस्ने हैन । गति सबैको यही हो । प्रगतिको नाममा मानिस नमार । कवि भन्छन् काटमार गरे पनि रुख (मानिस) रुखै हो । आफ्ना जातले आफैलाई काट्ने हो । भू कम्प र महाभूकम्पको अगाडी ठूलो मान्छे भए पनि माखै हो, पातलाई शिशिरले सुकाउँछ यसरी जाडो मौसममा तिमी सुकेका रुख हौ । उखेलिएपछि हरिया नै रहिरहन चाहेमा कविता लेखे झै सिर्जना गर अर्थात सिर्जनाले सबैलाई अमरत्व प्रदान गर्छ भन्ने कविको धारणा छ ।
जापानको भूकम्प–
अनेसास भयो सेतु घुम्न जापानमा गयौं
खुकुरी धारमा राखी बाँचेर घर फर्कियो ।
श्लोक ८, पृष्ठ १३५
जापानको मध्य रातको पराकम्पनले उठेर भाग्न परेको, भाग्नु भन्दा पहिला नै पराकम्पन भागेको । जापानमा पराकम्पन आई रहने तथा भूकम्प गै रहने । यस्तो अवस्थामा रातकाट्न मुस्किल भएको धारणा आएको छ कवितामा ।
भूकम्प– यो कविता यस कवितासङ्ग्रहको अन्तिम कविता हो । यस कवितामा कविले भूकम्पको विनाशको साथै राजनीतिक अवस्थालाई पनि जोडेको पाइन्छ ।
हल्लियो पृथिवी सारा, भूकम्पीय प्रकम्पले
केन्द्र नेपाल पारेर, नेपालीमा प्रपञ्चले ।
श्लोक १, पृष्ठ १३६,
यस अवस्थामा ताप्लेजुङ्मा लगायत धेरै ठाउँमा पैह्रो गएको भए पनि म्याग्दीमा भने तर्कियो । जोखिमयुक्त बस्तिहरू सार्नु पर्ने थियो वास्ता नगरिएकोले धेरै बगे ।भूकम्पले यथास्थिति भत्काए पनि यो परिस्थिति मिलाउन चार दललाई भने जोड्यो । परिस्थिति प्रतिकुलअवस्थामा सबै मिल्न पर्ने संदेशको साथै कवि भन्दछन् –
कल्पना देवी कोटीकी सिर्जना र विनाशकी
देखी छक्क परेको छु देवी विध्वंस सृष्टिकी
श्लोक ६
नेपालमा भूकम्प जानुको कारणमा चाइना र भारतीय प्लेटको जुधाई हो । तर कविले यो जुधाइलाई भूकम्पसँग मात्र सीमित नराखी संविधान निर्माणमा वाम र दक्षिणको युद्ध भएको कुरा, जनयुद्ध सम्बन्धमा कवि यसरी प्रस्तुत भएका छन् –
जनयुद्ध थियो ताप काल त्यो भूमिको गति
टक्कराए यहाँ आई गले नेता भए जति
श्लोक ८, पृष्ठ १३७
तापबाट डल्लिएका नेताले १६ बुँदे सम्झौता गर्नु, एन्टिभाइरसलाई विधानमा व्यवस्थित गर्नु भन्दै कविले शत्रुबाट सतर्क रहनपर्ने धारणा राखेका छन्–
शत्रु सानु हुँदैहुन्न किल्ला ठूलो बनाऊ है
नेपाल मूल भूमि हो अजरामर पार है
श्लोक ११, पृष्ठ १३७
नेपालका पार्टी फुटसँग कविको धारणा–
भूकम्पले चिरेका छन् ,कुनै पार्टी विशेषले
जनतालाई फुटे होलान् कुनै वर्ग विशेषले
श्लोक १२
कवि भन्दछन् जातले मात्र बन्दैन पहिचान चाहिन्छ र पुनर्निमाणमा लाग्नु पर्छ । पुनर्निमाणबाट नयाँ नेपालको निर्माण हुन्छ यसको लागि राहत दिनु पर्ने हुन्छ ।
नयाँ नेपालको बारेमा कवि भन्दछन्–
जे हुनु भैगयो भूत,भविष्य पूर्ण राख हे
नयाँ नेपालको झण्डा विश्वमा गाड्नु पर्छ हे ।
श्लोक १५, पृष्ठ १३७
भूकम्प कृतिका कविताहरूको भावसार मैले माथि पस्कने कोसिस गरें ।कविता विविधताले सजिएका छन् । यी कविताले ओगटेको क्षेत्रको बारेमा मलाई भूमिकाकार प्रा.डा. कविलदेव लामिछानेले लेख्नु भएका धाराणालार्ई यहाँ प्रस्तुत गर्न मन लाग्यो – प्रा.डा. कविलदेव लामिछानेले लेख्नुहुन्छ ‘यस संग्रहका कवितामा मुख्य तया स्वदेशको अनुराग आप्रवासको भोगाइको अभिव्यक्ति छ । समकालिन विश्वबोध र युग बोधको अभिव्यक्ति छ । आत्मपहिचान र स्वतन्त्रताको खोजी छ । आप्रवासनका भौतिक सम्पन्नता र स्वदेशको अभावको चित्रण छ नेपाली जाती भाषा साहित्यप्रतिको लगाव, निष्ठा र आत्मियताको प्रकटीकरण छ । यसको अन्तरर्वस्तु र भाषाशैलीमा पनि सवल रूपमा सलबलाएको छ ।’(पृष्ठ च) छोटो, मिठो र सार्थक धराणा यहाँ अएको छ । यो कवितासङ्ग्रह भित्रका कवितामा के छ भन्नु भन्दा पनि के छैन भन्न मनलाग्छ ।
लय– छन्दतिर मेरो अध्ययन नभएकोले यस कृतिभित्रका छन्द सम्बन्धमा म लाग्दिन तापनि डा. लामिछानेज्यूले औंल्याएका छन्दमा अनुष्टुप,शिखरिणी र भुजङ्गप्रयात छन् । यसरी हेर्दा होमनाथजीको यो सङ्ग्रह छन्दलय र मुक्तलयमा सिर्जना भएको छ ।
भाषा शैली– भाषा सरल छ । स्थानीय भाषा(भाषिकाको)प्रयोग भएको पाइन्छ । सुवेदीजीले डायस्पोरिक भाषा भन्न रुचाउनु हुन्छ । कहीं कहीं अंग्रेजी मिसिएको छ । समग्रमा सबैको लागि ग्राह्य हुने भाषा प्रयोग भएको भन्न सकिन्छ । प्रस्तुती पनि राम्रो छ । कतै कतै संक्षिप्त शन्द प्रयोगमा आएका छन् जस्तै अनेसास । कवितामा बिम्ब, प्रतीक, अलङ्कार, मिथक, उखान टुक्रा आदिको प्रयोगले गर्दा कविताहरू रसिला बनेका छन् ।
शीर्षकी करण –विश्वव्यापी विनाश निम्त्याउने भूकम्प, जस्ले नेपालमा वि.सं. २०७२ साल वैशाख १२ गते ठूलो धनजनको क्षती पु¥याएको थियो । यीनै भूकम्प र पराकम्प सम्बन्धि कविताले सजिएको कृतिको नाम ‘भूकम्प’ राखिएको हुँदा शीर्षक सार्थक छ ।
अन्त्यमा सबै कविताको सारभाव माथि आइसकेको छ । सुवेदीजीको डयस्पारिक साहित्यतिरको झुकावलाई जति वर्णन गरेपनि कमि नै हुन्छ । उनको नेपालतिरको प्रेम पनि गाढा छ । लोकतन्त्रतिर गहिरो झुकाव छ । पुन एक पटक प्रा.डा.कपिलदेव लामिछानेको धारणालाई यहाँ पस्कदै, होमनाथ सुवेदीजीको साहित्यक यात्राको निरन्तरता, दीर्घआयु र सुस्वास्थको कामना गर्दै विदा चाहान्छु – ‘भाषाका निखरपना भन्दा युगानुकुल र आवश्यक्ताअनुसार, जुनसुकै भामषाका शब्द लिएर नेपाली भाषाको भण्डार भर्नुपर्ने उनको मान्यता रहेको देखिन्छ ।’

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।