18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जुठो

कविता अर्जुन दाहाल September 23, 2024, 1:55 pm
अर्जुन दाहाल
अर्जुन दाहाल

सावरी र रामको कथामा
जुठो बयरको प्रसंग छ।
एकछिन सोचौं
के छ र चोखो नितो?

हामीले फेर्ने श्वास
पहिले कतै कसैले न कसैले
फेरेरै वायुमण्डलमा अवस्थित छ ।
हामीले पिउने पानी
शरीरबाट निस्किएर
पानीको चक्र पूरा गरी
फेरि हामी नै पिउँदछौं ।
हामीले भोग गर्ने अन्न
उत्पन्न र विनाशको सिलसिलामा
शरीर भित्र र बाहिर हुँदै
काचो देखि मल हुँदै,
हामी नै भोग गर्दछौं।
यस संसारमा चोखो भन्ने चीज
उत्पत्ति भएर अहिलेसम्म आइपुग्दा
केही पनि भेटिदैन।

सायद यी यावत् कुरा
रामले सावरिलाई भन्न सकेनन
तर हामी
हाम्रो शरीरको पहिलो भाग खोजी
जुठो र चोखो को भ्रम र घिनमा
जीवन निर्वाह गरिरहन्छौं
जय श्री राम भनी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।