18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बस्या’ छ दिमाग दिलैको माथि

कविता प्रा. डा. मोहन प्रसाद जोशी October 24, 2024, 8:55 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

दिमाग भन्ने एउटा यन्त्र छ
सबैको त्यो नै मन्त्र छ
त्यसले दिलमाथि तन्त्र गर्छ
झुक्याउन षड्यन्त्र गर्छ |

दिमागले धेरै हिसाब लाउँछ
बाह्रै महिना कुरा खेलाउँछ
निमुखा शरीरलाई सताउँछ
जुन बेला पनि कराउँछ
दिलको आवाजलाई दबाउँछ |

आफैँ धामी, आफैँ झाँक्री
आफैँ समस्या, आफैँ समाधान
आफैँ चोर, आफैँ चपरासी
आफैँ अभियुक्त, आफैँ अभिवक्ता
सँधै छ यस्तै अवस्था साथी
बस्या’ छ दिमाग दिलैको माथि |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।