असीम सागर द्वारा लिखित "क" कवितासङ्ग्रह पहिलो चाेटी सन् २०२० मा प्रकाशित भएको थियो। उक्त पुस्तकका प्रकाशक फाइनप्रिन्ट प्रा लि विशालनगर काठमाण्डौ रहेको छ।यस संग्रहभित्र जम्मा ५५ वटा कविताहरू रहेको छ र यस पुस्तक संग्रहमा पृष्ट हरुको संख्या १०१ रहेको छ। यसरी हेर्दा यस पुस्ताको आकार मझौला रहेको छ।
यस कविता संग्रहको पहिलो कविता कविले " वर्गचरित्र " नामक कविता लेखेका छन् यस कवितामा मानिसहरूले गर्नुपरेको "वर्गसंघर्ष" बारे कविता लेखेका छन्, शासक र शोषित वर्ग बारे उनले उक्त कविता मार्फत लेखेका छन्। यसै गरी यस कवितासङ्ग्रह को दोस्रो कवितामा कविले " कात्रो" नामक कविता लेखेका छन् जहाँ कविले मानिसहरू जति नै धन सम्पत्तिले सम्पन्न भएपनि अन्त्यमा धनी होस् वा गरीब त्यही सस्तो मूल्यमा पाइने कात्रोमा मानिसलाई बेरेर लगिन्छ र ती कात्रो को कुनै महंगो कपडा जस्तो ब्रान्ड हुँदैन भनेर आफ्नो कविता मार्फत भन्न खोजेका छन्। यस संग्रहको "चक्र" नामक कवितामा कविले एउटा पुतलीको उदहारण दिँदै मानिसहरूले आफ्नो मृत्यु हुनभन्दा अघि नै समाजको निम्ती असल कार्य गरेर गएको होस् जसमा उसको मृत्यु भएपछि पनि समाजले उसलाई याद राखोस् जसरी पुतलीको मृत्यु हुँदा सम्पूर्ण बगैंचाहरुले त्यस पुतली लाई याद राख्छन।
यदि कतै सहिद भएछु भने पनि
दुई थोपा शितको आशु खसाएर
अब मेरा लागि फूलहरू रुनेछेन्
सिंगो बगैंचा रुनेछ
घर परिवारमा एकता हुन एकदमै आवश्यक छ कुनै चिज मेरो हो भन्दैमा मात्रै पनि त्यो चीज बढेर जान सक्दैन तर त्यस चिजको जिम्मेवारी पनि वहन गर्नसक्नुपर्छ भन्ने कुरा लाई आधार बनाएर यहाँ कविले कविता लेखेका छन् र उक्त कविताको नाम "टेको " रहेको छ। यस कवितामा कविले एउटा घर सुरक्षित बनिनको निम्ति घरमा एकता हुन आवश्यक रहेको कुरा आफ्नो कविता मार्फत पोखेका छन्।
मानिसहरूको जीवनमा पानी भन्ने कुराले महत्वपूर्ण भूमिका खेल्छ, मानिसहरूको जीवनमा मात्रै होइन तर सम्पूर्ण विश्वको निम्ति नै पानी एउटा महत्वपूर्ण कुरा हो आजको दिनमा पानी छ र नै त जीवन छ तर पानी जसले गर्दा हाम्रो जीवन अस्तित्वमा छ यही पानीले कोहिबेला ताण्डव देखाएर मानिसहरूको ज्यान समेत लिने गर्दछ यही संसारमा पानीको भुमिका बारे कविले "पानी" नामक कविता लेखेका छन्। यसरी उनले यस "क" कवितासङ्ग्रह को "हतकडी" नामक कवितामा नारीहरुको गहना बाई लाई कविले नारीहरू विवाहित भएपछि पाइने एउटा हतकडी देखेका छन् जुन हतकडी को ताल्चा नारीहरुको लोग्ने मरेपछि मात्रै खोलिन्छ तर त्यो भन्दा भयङ्कर ताल्चा नारीहरुको जीवनमा तब लगाइन्छ जब नारीहरुको लोग्ने मरेपछि उनीहरु विधवा हुन्छन् र यसरी उनले यस हतकडी नामक कविता मार्फत विवाहित हुँदा पनि बन्धनमा बाँधिन पुग्छन तर त्यो भन्दा अझ बेसी जब ती नारीहरू विधवा हुनपुग्छ त्यस समय उनीहरू अझ बेसी बन्धनमा बाँधिन पुग्छन् भन्ने कुरा यहाँ कविले देखाउन खोजेका छन्
नारीहरू
नाडीमा जो चुरा लगाउँछन्
सौभाग्यको
त्यो छुरा होइन हथकडी हो
जसको ताल्चा लोग्ने मरेपछि मात्रै खोलिन्छ
तर दुर्भाग्य
अर्को झन् ठूलो ताल्चा लगाइन्छ
विधवा नामको
यसरी कविले फूलहरूको विज्ञप्ति नामक कवितामा कविले फूलहरुलाई मन्दिरमा चढाउनु भन्दा पनि र विचार नभएका मानिसहरूलाई फूलमाला लगाउनु भन्दा धर्तीमा बसेर असल असल कार्य गर्ने मानिसहरूले माला लगाउनु पर्छ भनेर भनेका छन्। यस संग्रहको सर्वोच्चलाई आदेश नामक कवितामा कविले सरकारलाई व्यङ्ग्य गरेका छन् र केही राम्रो गर्न खोज्दा उल्टा अपराधी झै व्यवहार गर्ने प्रकारको छ यहाँको प्रशासन भनेर यहाँ कविले आफ्नो कविता मार्फत कविता लेखेका छन्। विक्रम संवत् २०७२ सालमा नेपालमा ठूलो भूकम्प गएको थियो त्यसैको सम्झनामा लेखकले उज्यालो को गीत नामक कविता यस सङ्ग्रहमा लेखेका छन्। यसै गरी यस सङ्ग्रहमा माटोको उचाई नामक कवितामा कविले हाम्रो जीवनमा माटोको जस्तो भूमिका रहेको छ त्यस कुरा बारे कविता लेखेका छन्। अहिले नेपाली भाषी समुदायहरू असल रोजगारको अवसरमा विदेशिन बाध्य हुन्छन् तर कविले यस सङ्ग्रहमा भएको कविता आमा! म साउदी जान्न नामक कविता मार्फत स्वदेशमा नै केही गर्ने र रोजारीका निम्ति स्वदेशमा नै भर पर्नुपर्ने कुरा कविले आफ्नो कविता मार्फत लेखेका छन्। यसरी कविले "भ्रम" नामक कविता मार्फत हामी मानिस जातिहरू धेरै अहंकारी हुनुहुँदैन, सबै मेरा तल छन् र म मात्रै माथी छू भन्ने कुरा मनमा पाल्नु हुँदैन तर म छू र नै त अरूहरू छन् भन्ने भाव हामीमा हुनुपर्छ भन्ने कुरा पृथिबी, आकाश र मानिसहरूको उदहारण दिएर कविता लेखेका छन्। यसरी यस संग्रहको डस्टर नामक कवितामा ब्ल्याकबोर्ड जति नै कालो भएपनि त्यसले अरूलाई उज्यालो ज्ञान बाँड्न गर्दछ तर अफसोस त्यो ज्ञानलाई मेट्ने काम डस्टर ले गर्दछ भन्ने कुरा यहाँ कविले लेखेका छन्
जति अँध्यारो भएपनि ब्ल्याकबोर्ड
उज्यालो घाम बाँड्छ नानीहरूलाई
तर यति निकम्मा हुन्छ कि डस्टर
न आफूले लेख्छ
न चखले लेखेको देखिसहन्छ।।
यसरी यस संग्रहको पृथ्वीको आयु कवितामा कविले मानिसहरू सानो छँदा निस्पाप र निश्कलंक हुन्छ तर जसरी उनीहरूको उमेर बढ्दै जान्छ र उनीहरूमा बिबेक नामक कुरा विकसित हुँदै जान्छ तब तब उनीहरू मा पाप नामक भावना विकसित हुँदै जान्छ तर हुनुपर्ने चाहिँ यसको ठीक उल्टो थियो जब मानिसहरूको बिबेक बढ्दै जान्छ ज्ञान बढ्दै जान्छ के सही के गलत भन्ने कुराहरू छुटाउन सक्ने हुन्छ तब तब मानिसहरू पापी हुँदै जान्छ भन्ने कुरा यहाँ राखेका छन्। यस संग्रहको कविता अपहरित शान्ति कवितामा कविले विभिन्न शान्तिहरुको परिभाषा देखाउँदै ती शान्तिहरुमा लुकेको अशान्ति हरु देखाउन खोजेका छन्। यसरी नै मलामी गएको साझ नामक कवितामा कविले अरूको मलामी जाँदा जाँदा कुनै समय आफू पनि मलामी भएको सम्झिएको छ। यस संगै सम्वाद खोला र किनारको कवितामा खोला र किनार बीच भएको एउटा काल्पनिक वार्तालाप लाई देखाएर किनारको महत्व बारे कविता लेखेका छन्। यसै गरी
जहाँ मान्छे मरमत गरिन्छ नामक कवितामा कविले एउटा अस्पतालको भूमिका हाम्रो जीवनमा कति रहेको छ भन्ने कुरा देखाउन खोजेका छन्। यस संग्रहको एक मुठ्ठी खरानी नामक कवितामा कविले मानिसहरूले जात पात धन दौलत को अहम जति नै देखाएपनि अन्त्यमा हामी खरानी बन्नु छ जुन खरानीको कुनै जात पात र धन दौलत हुँदैन त्यसैले त्यस प्रकारको फोस्रा आडम्बर संसारमा भइन्जेल गर्नु व्यर्थ भएको कुरा यहाँ गरिएको छ। मानिसहरू जबसम्म केही बन्दैन तब सम्म उसलाई सम्झिने कोही हुँदैन तर जब मानिसहरूले केही गर्छ तब उसलाई सम्झिने धेरै हुन्छन् भन्ने कुरा कविले यस कविता संग्रहको याद नामक कविता मार्फत लेखेका छन्। अगरबत्ती, आगो र स्याउ नामक कविता मार्फत कविले हाम्रो संसारलाई पूजा थानमा राखिएको स्याउको रूपमा हेरेका छन् र पूजापछि त्यस स्याउलाई टुक्रा टुक्रा पारेर प्रसादको रूपमा बाँडेपछि त्यस स्याउलाई आफ्नो देशको रूपमा हेरेका छन् र त्यस प्रसाद रूपी स्याउ लाई ग्रहण गर्नु आफ्नो देशलाई ग्रहण गर्ने कुरा यहाँ कविले भनेका छन् जसको अर्थ आफ्नो देशमा भएको धेरै राम्रो कुराहरु लाई माध्यम गरेर आफ्नो पौरख द्वारा देशमा असल असल कार्य गर्नु हो। माङ अर्थात् मध्यपश्चिम का नेवारी भाषिका मा आमा भनिएको हो र उनले यस माङ नामक कवितामा आमाको महत्व बारे कविता लेखेका छन्। यस संगै यस सा ग्रहको मृत्यु नामक कवितामा कविले मृत्युको भूमिका बारे कविता लेखेका छन्, यही मृत्यु बोधको कारणले गर्दा नै हामीलाई हामी बाँचिरहेको कुराको महत्व हुन्छ भन्ने कुरा यस कवितामा लेखेका छन्। यसै गरी यस संग्रहको फूल खस्ने डरले हावासित नामक कवितामा फूल र हावालाई प्रतीक बनाएर मानिसहरूको सम्बन्धमा आइपर्ने अवरोह अवरोह बारे कविता लेखेका छन्। यस संगै कहिले मुर्कुट्टहरुको देश नामक कवितामा कविले आफ्नो देश प्रति बैमानी गर्ने मानिसहरूलाई इंगित गर्दै कविता लेखेका छन्। प्रेम मानिसहरूको जीवनमा हुने एउटा अभिन्न कुरा हो त्यही प्रेम लाई आधार बनाएर लेखकले " जब प्रेम मर्छ" नामक कविता लेखेका छन्। यस कवितामा कविले प्रेमका विभिन्न परिभाषा हरु देखाउँदै कविता लेखेका छन्। यस संगै ऐना हुने रहर नामक कवितामा कविले मानिसहरूको र कविको जीवनमा ऐना को भुमिका बारे कविता लेखेका छन्। यस संगै जिन्दगीको गाडी नामक कवितामा कविले आफ्नो जिन्दगीलाई गाडी सित तुलना गरेर हेरेका छन्। कविले यस संग्रहको पश्च्याताप नामक कवितामा कविले मात्रै आफ्नो सोच्ने हुँदा धेर दुःख बढेको तर आफ्नो मात्रै नसोचेर अरूलाई पनि साथ लिएर हिड्ने भएको भए आफ्नो दुःख कम हुने कुरा बताएका छन्। यस संग्रहको समर्पण नामक कवितामा कविले आफ्नो देशप्रतिको माया देखाएका छन् र यस कविता पढ्दा कविले आफ्नो देशलाई धेरै माया गरेको कुरा बुझिन्छ।
सुन्दर असुन्दर नामक यस संग्रहको कवितामा कविले सुन्दर कुराहरू र असुन्दर कुराहरू माझ तुलना गरेर कविता लेखेका छन्। हातहरुको म्युजियम नामक कवितामा प्रत्येक सुन्दर देखिने र महसुस गर्ने कुराहरूले हामीलाई कालान्तरमा गएर खुशी दिन सक्दैन तर कोही बेला कुरुप देखिएको कुराहरूले पनि खुशी दिन सक्छ भन्ने कुरा हातहरुको उदहारण दिएर कविता लेखेका छन्। अनुहार मा राजधानी नामक कवितामा राजधानी मा भएको समस्याहरू बारे व्यङ्ग्यात्मक ढंगमा कविता लेखेका छन्। यसै गरी संग्रहको आँखाको भोक नामक कवितामा मानिसहरूको इच्छा जति गरेपनि पूरा हुननसक्ने बताएका छन्। यसै गरी यस संग्रहको विचारको जगमा उभिएर नामक कवितामा राजनीति को झण्डा पक्डेर हिड्नु भन्दा देशलाई असल बनाउनु आफ्नो सुविचार द्वारा क्रान्ति ल्याउने आवहान कविले आफ्नो कविता मार्फत गरेका छन्। यस संग्रहको मान्छे नामक कवितामा कविले मान्छेहरू स्वनिर्भर हुन अल्छी गर्छ तर चराहरू केही ठूलो भएपछि बरु स्वनिर्भर हुन सिक्छन् तर मानिसहरू खाली सुख र सुभिदा मात्रै खोजिरहेका हुन्छन् भन्न खोजेका छन्। यस संग्रहको कविता मलाई गर्व लाग्छ नामक कवितामा कविले तल बसेका खुट्टा तान्ने दुशमनहरु भन्दा आफू जहिले पनि तिनीहरू भन्दा माथि रहेको कुरामा गर्व गरेका छन्। यस संग्रहको झरी र छाता नामक कविता केही प्रेमील कविता रहेको छ। यस कविता संग्रहको यो सहर नामक कवितामा एउटै सहरमा कोही सम्मपन्न रहेको व्यक्तिले गरिबी के हो त्यो महसुस नगरेको कुरा लेखेका छन् तर त्यही सहरमा एउटा विपन्न अवस्थामा रहेको व्यक्तिले धनी हुनु के हो भन्ने कुरा बुझ्न नसकेको र आफ्नो छाक पनि जुटाउन नसकेको कुराबारे यहाँ कविता लेखेका छन्। यसरी नै अन्तिम प्रश्न नामक कवितामा कविले प्रत्येक कुराहरूको सकारात्मक प्रयोग गर्ने की नकारात्मक प्रयोग गर्ने भन्ने कुरा रुख र रुख काट्ने हत्यार लाई माध्यम बनाएर कविता लेखेका छन्। यस कविता संग्रहको "बा र अंशबन्डा" नामक कवितामा कविले अंशबन्डा को नकारात्मक पक्षलाई देखाउँदै र सबै दाजुभाइ हरु मिलेर बस्नुको सकारात्मक पक्षहरू बारे कविता लेखेका छन्। यस कविता संग्रहको शीर्षक "क" रहेको छ र यस सङ्ग्रहमा एउटा " क" नामक कविता पनि लेखिएको छ यस कवितामा कविले नेपालमा सन् २०१५ मा गएको विनासकारी भूकम्प बारे कविता लेखेका छन्। त्यस समय धेरै करोडपति हरु रोडपती बनेका थिए र करोडपति शब्दमा "क" शब्द विलुप्त भए रोडपति हुन पुग्छ त्यसैले मेरोमा यति धन छ त्यति धन छ भनेर अहंकार गर्नु व्यर्थ छ किनकी धन भन्ने कुरा आज छ भोलि छैन हो।
करोडपति
तिनै भग्नावशेष घरको
इटा र मुडा पन्छाएर
खोजें एक अक्षर
अहँ ! भेटिएन
अगाडिको मूल अक्षर
क।
यस संगै पसिनाको जुलुस नामक कवितामा कविले इमान्दारिताको महत्व कस्तो हुन्छ भन्ने कुरा बारे कविता लेखेका छन् बरु गरीब हुनु असल हो तर आफ्नो इमान बेच्नु एकदमै नराम्रो हो भन्ने कुरा यस कविता मार्फत कविले भन्न चाहेका छन्। यस संग्रह भित्रपरेको अन्तिम कविता सडकको आवाज नामक कवितामा मानिसहरू जति नै ठूलो भएपनि आफ्नो मूल नबिर्सिनु आफू पहिला के थियो र आफ्ना पुर्खाहरू कस्ता थिए भन्ने कुरा कहिले नबिर्सिनु भन्ने कुरा आफ्नो कविता मार्फत यहाँ भनेका छन्। यस संगै यस संग्रह
समग्र रूपमा यस कवितासङ्ग्रह "क" बारे कुरा गर्नुपर्दा यस संग्रह भित्र विभिन्न प्रकारको कविताहरू लेखिएको छ।कहीं विपन्न मानिसहरूले भोग्नु परेको पीडाहरू कहीं शासक र शोषित वर्गहरु बीच हुने द्वन्द्वहरू, कहीं भूकम्प ले त्रासित बनाएका क्षणहरु बारे कविता लेखिएको छ त कहीं नेपालीहरु विदेशिनु नै पर्ने कविताहरू लेखिएको छ। धेरै प्रतीक र बिम्बहरुको प्रयोग कविले आफ्नो कविताहरूमा गरेका छन्। कवि आफू नेपाल देशको भएर होलान् उनले धेरै कविताहरू नेपाल देशलाई पृष्ठभूमि बनाएर कविता लेखेका छन्। यस "क" कविता संग्रह झै कविबाट अन्य कविताहरूको पनि आशा साँचेका छौ। आउने दिनहरूको निम्ती कवि असीम सागर लाई हार्दिक शुभकामना।।
दार्जीलिङ