19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरा गुरु पूज्य पिताज्यू

कविता प्रा. डा. मोहन प्रसाद जोशी November 9, 2024, 8:09 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

मेरा गुरु पूज्य पिताज्यू
उग्रताराका प्रसाद थियौ,
ताराप्रसाद भयौ,
मलाई शिष्य बनाएर
उद्धार गरिदियौ |

तिम्रो फोटोमा शिर झुकाएर
नित्य नमन गर्छु,
आँखामा खुसीको आँसु लिएर
कृतज्ञता ज्ञापन गर्छु |

तिमी बाँचुन्जेल गुरुदक्षिणा
केही दिन सकिनँ,
यिनै शब्दबाहेक अहिले पनि
केही दिन सकिनँ |

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।