19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रकृतिको बयान

कविता आशिष केसी November 14, 2024, 4:03 pm
आशिष केसी
आशिष केसी

अनुपम सौन्दर्यले भरिपूर्ण
जता हेर्यो त्यतै हेरिरहुँ लाग्ने,
जे देख्यो त्यो आफ्नो बनाउ बनाउा लाग्ने,
मग्नभइ रमाउँछन् यहाँ सम्पूर्ण
संसारमै नाम राखेका छन् ति
सगरमाथा, माछापुच्छ्र्रे अनि अन्नपूर्ण,
यो मनोरम दृश्यले दिएको छ हामीलाई छुट्टै आयाम,
हो, गर्नै सकिन मैले यो प्रकृतिको बयान ।

कोइलीको कुहुकुहु झरनाको झर्झर
यता त्यता वन जंगल निकै छन् बिशाल,
पाउमा छन् चुरे पहाड शिरमा सेता हिमाल,
हिउँ पग्लेर बनेका छन् ठुला ठुला खोला
प्राकृतिक धनि भनिएको सायद यहि भएर होला,
घुम्नै पर्छ कुपिन्डे दह जिल्ला हजुर सल्यान
सुन न, गर्नै सकिन म यो प्रकृतिको बयान ।

नेपाली संस्कृति नै जनाउने
छन् यहाँ प्रकृतिका नासो,
नेपाल मात्र हैन विश्व नै लठ्ठाउने,
नछुटाउनु हेर्न कसैले हाम्रो पंक्षी मयूरको नाँच,
पशु पंक्षी बचाउनु पर्छ मनमा राखौँ
साँच्चै गर्नै सकिन मैले यो प्रकृतिको बयान ।

तराईमा सुनौलो धान झुल्ने
पहाडमा बिभीन्न रङ्गीचङ्गी फूल फुल्ने
हिमाल चाहीँ मोतीका दाना झैँ टलटल टल्किने,
फर्कि हेर्दा बाह्र रङ्गे डाँफे अनि रातो लालीगुराँस
मेरो लागि भएको छ यो प्रकृति नै खास,
धेरै सिक्नु छ यो प्रकृतिले दिएको ज्ञान
यता हेरेँ उता हेरेँ गर्नै सकिन यो प्रकृतिको बयान ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।