18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वारण्टी र ग्यारण्टी

कविता राजु “हिमांशु” January 2, 2025, 1:57 am
राजु “हिमांशु”
राजु “हिमांशु”

आफ्नै वारण्टी र ग्यारण्टी नभएको मान्छेले
वारण्टी खोज्छ
ग्यारण्टी खोज्छ
किनबेचहरूमा ।

धेरै लामो समयको वारण्टीमा खुशी हुन्छ
सस्तो दाममा राम्रो ग्यारण्टी पाएँ भन्छ
छिमेकीलाई सुनाउँछ
छिमेकीलाई जलाउँछ।

सामानको वारण्टी र ग्यारण्टी नपुगी
उसको वारण्टी र ग्यारण्टीको
म्याद भने सकिन्छ
अचानक
असमयमा ।

मान्छेले किन खोज्छ हँ
वारण्टी र ग्यारण्टी
क्षणभङ्गुर शरीर लिएर
किनबेचहरूमा?

डाउहिल, खरसाङ, भारत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।