“हेलो, क्या मेरी बात मिस्टर अर्जुन राई ले सो रही है?” एकदिन काम गरिरहेको थिएँ अफिसमा। अपरिचित नम्बरबाट फोनकल आउँछ।
“जी हाँ, आप कौन?” मैले प्रतिप्रश्न राखेँ।
“म शिवानी बोल रही हुँ फ्लिपकार्ट की तरफ से। पिछ्ली बार आप ने 790 रुपिय की शोपिङ किए हुए थिए। पर आप की पेमेन्ट प्रिपेड है या फिर सीओडी, वो शो कर नही रहा। इसिलिए आप की अर्डर जो थि कन्फर्म हो नही पा रहा है।” उताबाट बोलिरहेकी युवतीले फन गर्नुको कारण बताइ। सम्झेँ, मेरो अर्डरको समान त सबै आउने कन्फर्म भएको हो। के भएछ फेरि जस्तो लाग्यो। ऊ बोलिरहेको थियो। म उसको कुरा सुन्दै मनमनै सोचिरहेको थिएँ। ऊ ऊन्दैथिइ, आप की अर्डर गर्फर्मेशन के लिए कम्पनी कि तरफ से सिक्स डिजिट की एक ओटीपी भेज रही हुँ।”
ओटीपी भन्ने बित्तिकै मनमा चियो पस्यो। मैले सोँच्दा सोँच्दै ऊ अझ बोलिरहेकी थिइ। भनिन्- “एकबार मेसेज बक्स मे देखिए, ओटीपी आया होगा।”
मैले हेरेँ। आएको थिएन। भने, “अभि तो आया नही।”
“अब देखिए।”
यो पटक ओटीपी आयो। तर दिन मनै लागेन। ओटीपीसँगै लेखिएको थियो, “योर ओटीपी इज-ए.बी.सी.... डु नट शेयर योर ओटीपी टु एनिवान, इन्क्लुडिङ डेलिवरी एजन्ट।”
भनेँ, सरी मै आप को ओटीपी शेर कर नही सकता।”
“अगर ओटीपी नही बताएंगे तो आप की सारे अर्डर क्यानसल हो जाएगा।” भनिन् युवतीले।
“अगर क्यानसल होता है तो होने दिजिए।” भनेँ। फेरि भनेँ, “मेरी सारे अर्डर तो पहिले से हि कन्फर्म हो चुका था, ऐसा कैसे हो सकता है?”
फेरि मनमनै सम्झेँ, घरबाट छोरी र श्रीमती दुई आमा-छोरीले जरुरी सामान अर्डर गरेका थिए। आएन भने त दुवै रिसाउला।
उताबाट भन्दैथिइ- “वो सब तो पता नही। लेकिन क्या है कि कभि कभि टेक्निकल प्रोब्लम के वजह से ऐसा हो सकता है। एकबार देखिए, आप की मोबाइल टेक्स मेसेज बक्स में जो ओटीपी आइ है वो अगर फ्लिपकार्ट की तरफ से आइ है तो हि आप शेयर कर सकते हो। इसमे कोइ दिक्कत नही।” उसले विश्वास दिलायो। मेसेस बक्स हेरेँ। ओटीपी आएको नम्बर हेरेँ। नम्बरको थिएन। नम्बर अथवा नामको ठाउँमा ‘फ्लिपकार्ट’ थियो। “हो त रहेछ।” मनमनै भनेँ।
फेरि सोचेँ, “यो अनलाइन स्न्यामका घटनाहरूले पनि हामीलाई साह्रै सङ्कुचित बनाइदिएको छ। बित्थामा डराइरहेको थिएँछु।”
अनि बल्ल दिएँ ओटीपी।
उसले “आप की अर्डर कन्फर्म हो गइ। आप कि दिन शुभ हो।” भनेर फोन कल काटिन्।
दुई मिनट नबित्दै ‘टिङ’, ‘टिङ’ गरेर मेसेज टोन बज्नथाल्यो मोबाइलमा। हेर्दा हेर्दै मेरो एकाउण्टबाट ‘ब्पयालेन्स’ डिडक्ट हुन थाल्यो, टिङ टिङ टिङ।
बल्ल कन्फर्म भयो। म स्न्यामिङमा परेछु। त्यहीबेला अफिसमा ड्वर बेल बज्यो। ई-कार्टबाट डेलिवरी एजन्ट भाइ रहेछ। भन्दैथियो, तपाईंको तीनवटा सामान आएको छ। सीओडी रहेछ। क्यास पेमेन्ट गर्नु हुन्छ कि अनलाइन?”
यतिबेला पो मनमा लाग्यो, अघि त्यो फोन आउँदा एकपल्ट फ्लिपकार्टको एप खोलेर हेरेको भए पनि त हुनेथियो।
राङ्का बरबिङ, गान्तोक, सिक्किम, भारत