खाली छ आकाश
खाली छ धरती
खाली छ मेरो मन |
न बिहान खुसी
न दिउसो शान्ति
न राति सुत्छ मन |
तिम्रो यादले
धेरै सताउँछ
खुब रुन्छ मेरो मन |
तिम्रो बिछोडको
तीखो काँडाले
खुब दुख्छ मेरो मन |
यता छ शून्य
उता छ शून्य
शून्य छ मेरो मन |
कृपया आऊ
मलाई समाऊ
भर्देऊ मेरो मन |
पुनर्मिलनको
सौभाग्य दिएर
स्थिर गरिदेऊ मन |
अमेरिका