हे पाहुना !
किन आफ्नै घर भन्ठान्दै छौ ?
रङ्गरूपमा रुमल्लिएर
दस थरी गर्न थाल्दै छौ,
अतिथिको भाव भुलेर
आफूलाई मालिक मान्दै छौ |
हे पाहुना !
किन आफ्नै घर भन्ठान्दै छौ ?
एक दिनको वासलाई
सँधैको निवास मान्दै छौ,
त्यसमा भएका सामानलाई
स्थायी सम्पत्ति ठान्दै छौ |
हे पाहुना !
किन आफ्नै घर भन्ठान्दै छौ ?
मेरो भन्ने बोझ बोकी
केबिघ्न दु:ख बेसाउँदै छौ,
फेरि अतिथि बनेमा यात्रा
सरल र सुखद पाउने छौ |