18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत कृसु क्षेत्री December 2, 2008, 4:37 pm

मेरो हरसासमा हिमाली वतास छ

मेरो पसिनामा तर्राईको सुवास छ

जहांसुकै जन्मे पनि जहांसुकै हुर्केर पनि

मेरो प्रत्येक अंगमा नेपालकै बास छ ।

न काला गोरा रंगभेद, न कुनै जातिभेद छ

न धनी गरिव बर्गभेद, न कुनै वर्णभेद छ

मन्दिर, मस्जिद, चर्च वा गुम्बा जहां पनि

आफ्नै नेपाली सद्भावको आभाष छ ।

बुद्धको जन्मभूमि, सीताको माइतीदेश मेरो

वीर सहिदको रगतले संरक्षित देश मेरो

एक नारीपुरुष, अनेक संस्कृति भाषा भेष छ

समुन्नत नेपालको मात्र एउटै प्यास छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।