विषय प्रवेश:
भद्राञ्जली भद्रकुमारी घलेको बारेमा लेखिएको खण्ड काव्य हो । यस काव्यका सिर्जनाकार हुन् इन्द्रराज पौडेल । भद्रकुमारी घले साहित्यकार, समाजसुधारक, समाजसेवी र एक राजनीतिज्ञको रुपमा चिनिएकी बहुप्रतिभाकी धनी व्यक्तित्व हुन् । काव्यकारले यस काव्यमा भद्रकुमारी घलेको विविध पक्षलाई समेट्नु भएको छ । कृति आवरण पृष्ठ बाहेक ६४ पृष्ठमा सिर्जना गरिएको छ । अग्रआवरण पृष्ठमा भद्रकुमारी घलेको तस्विर छ भने पछिल्लो पृष्ठमा रचनाकारको परिचय दिइएको छ । यस काव्यले वरिष्ठ साहित्यकार खगेन्द्र गिरि ‘कोपिला’को शुभकामना प्राप्त गरेको छ । खण्डकाव्यको बारेमा स्वयम भद्रकुमारी घलेले लेख्नु भएको छ– ‘ मैले तपाइको रचना पढेपछि रोएँ । तपाइँले देखाएको सद्भावना ,तपाइले देखाएको माया, श्रीमती देवु मल्लज्युले माटोलाई सुन बनाउन आको थियो । तपाईले त त्यस सुनमा नवरत्न जोडिदिनु भए छ ।’ स्वयम नायिका बाट यस्तो उद्गार आउनु काव्य सफल भएको ठान्नु पर्दछ । यसरी नै काव्यकार इन्द्रज्यूले लेख्नु हुन्छ– अनाथ अवला , शोषित पीडित निरीहहरूको सहारा भएर, चहराइ रहेका घाउमा मलम लगाउने कर्ममा अविरल खटीरहे कि भद्रकुमारी घलेज्यूको भोगाई आद्योपान्तले महाकाव्यको रुपलिन सक्छ । तर मैले मात्रघलेज्यूको लघु व्याख्या गर्न सके ।’ इन्द्रज्यूका खण्डकाव्य महाकाव्यलाई खुम्च्याएर लघु काव्यको संज्ञा दिइएको छ । यस कृतिको प्रकाशन भद्रकुमारी घले साहित्य संरक्षण मञ्च ज्ञानेश्वर , ३३ काठमाडौले गरेको छ । यसै मञ्चका अध्यक्ष प्रकाश समीरले प्रकाशकीय लेख्नु भएको छ । प्रस्तावना सहित यस अण्डकाव्यको विविध १२ उपशीर्षक र २६५ श्लोकमा काव्यलाई सिर्जना गरिएको छ ।
कथासार –
प्रस्तावनामा– १४ श्लोक समावेश गरिएका छन् । काव्य लेखनमा मङ्गला चरणबाट थालनी गर्ने चलन रही आएको छ । यहाँ कविले नेपालको प्राकृतिक वर्णन गर्दै नेपाललाई नमस्कार भन्दै काव्यको थालनी गरेका छन्–
शीरमा सेतो हिमालको टिको गलामा जलाधार
सुन्दर शोभा हरित वन गुराँसे राता हार ।
डाडा र पाखा दोभान दुन पहाड बेँसी टार
सर्बोच्च बाट पहिलो झुल्को नेपाल नमस्कार ।।
(श्लोक १ पृष्ठ ७)
नेपाल रुपि बगैंचामा नाना रङ्गिन फूलहरू फुलेका छन् । सबैका भावना प्राप्त गर्न सके नेपाल हाँस्छ र नेपालीहरूलाई नेपालप्रति गौरव र भाषा र भेषमा अपार माया छ ।यहाँ डाँफे खेल्छन् , मुनाल हाँस्द छन्, बसन्त बास्दै कोइली नाच्दछन् , यही विशाल हिमालमा शिव ,गौरी र गणेको बास छ ।यही देशमा गण्डकी, कोशी,कर्णाली र महाकालीको उछाल छ भने यसै देशमा जनक, बुद्ध, भृकुटीले जन्म लिए, यहाँका सरिताले पनि शान्ति र समृद्धि गाउँछन् । यस्तो शान्ति र स्वच्छ प्रवाह भएको देशमा जहर नघोलौं भन्ने धारणा कविको छ ।
जन्म लिँदैमा मात्र मानिस हुइन्न, मानिस बन्न त हंस चाहिन्छ । यस्ता हंस भएका मानिस संसारमा थोरै छन् । नेता भए पछि आर्जन गर्न छाड्नु पर्छ तर नेता बने पछि सुनका लिश्नो र चाँदीका ढोका निर्माण गर्ने र खातामा करोडौं जम्मा गर्ने चलन छ त्यो राम्रो होइन । नेताले त कृति कमाउनु पर्छ । असल शिष्ट मानिस बन्ने ज्ञान आर्जन गर्नु पर्छ । असल मानिस बन्नको लागि मानव धर्म मान्नु पर्छ तर आज साँचा सत्य मानिस देखिन छाडे, दानव पनि मावको पंक्तिमा आएर उभिन थाले । देशको लागि निस्वार्थ सेवा गर्नु पर्छ, बर्दीमा बसेर अन्याय गर्न मिल्दैन, चेतनशील हुनु पर्छ, चेतनशील भइयो भने सुवास हुन्छ । अभ्यास गर्नु पर्छ, दानवी भाव हटाउनु पर्छ,,आचार शुद्ध, सुशील,भएका भद्रकुमारी घले, तुलसी मेहर श्रेष्ठ, अनुराधा जस्ता सन्तान जन्माउनु पर्छ जस्ता धारणा सहित कवि भन्छन् –
छ भद्रभाव नेवाल भित्रै गान्धिको दर्शन
अझै छ बलभद्रीय जोश नेपाली गर्जन
खाँचो छ अनुराधा र भद्र हिडेको बाटोमा
सबैका भाव समेट्नलाई नेपाली माटोमा ।।
(श्लोक ११, पृष्ठ ९)
भद्र कुमारी घले सिर्जनशील, कलाले पूर्ण, स्रष्टा हुन यस्ता स्रष्टाले सम्मान याउनु पर्छ भन्ने सोचेर एउटा गीत गाएको हो । उनी समाज सुधार्नको लागि जीवनभरी कुमारी रहिन । उनको चाहना समाजरूपी बगैंचा भरी सुगन्ध उमार्न भनेर देहको उर्जा , यौवन खुन देशलाई दिएर आज जर्जर तन लिएर बसेकी भन्ने धारणाको साथ कविको तलको श्लोक सहित प्रस्तावना समाप्त हुन्छ –
गरेर धेरै समाज सेवा थाकेन भद्रमन
कर्मको लागि मानिस चोला दिंदैछ भद्रमन
उनैको लघु जीवन खण्ड काव्यको चिन्तन
धुलको फुल म सानो कवि कविता मन्थन ।।
(श्लोक १४, पृष्ठ ९)
भद्रका पुर्खा –
भद्रका पुर्खा गुरुङ्ग जातिका हुन् । यिनीहरू पूर्व मेचीदेखि पश्चिम महाकालीको पहाडी क्षेत्रमा फैलिएका छन् । ओराली उकाली चहुर पाखा हरिया डाँडाका सुन्दर स्थलमा बसोबास गर्दछन् । यी जातिका बारेमा कविले यसरी बर्णन गरेका छन् –
सोझा र आँटी फुर्तिला मान्छे श्रमका पुजारी
निडर मन कर्मेष्टि भाव युद्धका खेलाडी ।
लडेर विश्वयुद्धमा वीर चिनाए जगत्र
बिशिष्ट तक्मा भिरेर छाति देखाए सर्बत्र ।।
यिनको चेलीहरूको रूपरङ्गको वर्णन पनि प्रकृतिको सौन्दर्य सँग मिलेको कुरा यहाँ यसरी दर्शाइएको छ –
खाएका चिशो हिमाली हावा रङ्गिन पाखामा
गाएर मीठो नेपाली गाना मधुर भाकामा ।
डाँफेका रङ्ग चिटिक्क अङ्ग मुहार गुलाव
पहाडी चेली हाँसेर खेली गुराँसे सुवास ।।
(श्लोक ३,पृष्ठ १०)
यी जातिहरू जाँगर, सीप, पर्म, बनी, बुतो, कर्मको धर्म र मर्म आदि ज्यूनेसारलाई बुझेका हुन्छन् । पूर्खाले लमजुङ्गमा राज्य चलाएका, युद्धमा सीपालु,, देशप्रेमी, अपार शक्ति भएका धारणा राख्दै कविले यिनको वर्णन यसरी गरेका छन् –
सुनले नुन साटेर खाने पहाडै रमाइ
हिकमत वान गरेरै खाने पसिना चुहाइ ।
परेको टार्न देखाइ खुवी महत्व जानेका
वीरको कुल खेलेर रिश्की पेन्सिन थामेका ।।
(श्लोक ९, पृष्ठ ११)
घलेका पुर्खामा गजे घलेले युद्धमा बहादुरिता देखाएर भिसी तक्मा पाएका थिए । युवाहरूले साग, सिस्नु, आटो, पिठो, भ्याकुर, गिठो खाएर सुख दुख सहेर आफ्नो जीवन जगतलाई रोधीमा नाचेर रमाइलोसँग विताएका कुरा र महिलाहरूले राडी, पाखी, पस्विना बुन्ने,कपडा बुन्ने सिलाइ ,बुनाइका काम गर्ने सीप सिक्ने सिकाउने जस्ता कामको विवरण काव्यमा आएका छन् । काव्यकारले गूरुङ्ग जातिको वीरत्वको दिल खोलेर वर्णन गरेका छन् ।
जन्म र बाल्यकाल–
पौरख सीप जाँगर कला सजग कुलमा
जन्मेकी भद्रकुमारी घले सुगन्ध सुनमा ।
एन्नयाइस सय अठासी साल फागुन महिना
झरेकी भद्र कुमारी घले नेपाल भुइँमा
(श्लोक १ , पृष्ठ १४)
झक्त कुमारी घलेकी आमा भक्तकुमारी घले र पिताको नाम कृष्ण बहादुर घले हो । उनका बाजेको थलो ओखलढुङ्गा आमबोटे घले गाउँ हो र यही गाउँमा कृष्णबहादुर घलेको जन्म भएको हो । भद्रकुमारी घलेको जन्म भने काठमाडौ दिल्ली बजार महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेको ठाउँमा हो । भद्र कुमारी घले जन्मलाई लिएर कविले प्रतिभाशाली मानिस उज्यालो ठाउँमा जन्मनु पर्छ किनकी अँध्यारोमा अमूल्य हीरा पनि कौडी सरह हुन जान्छ । भद्रकुमारीको ओखलढुङ्गामा जन्मेको भए उनको तस्वीर अर्कै हुन्थ्यो भन्ने कविको ठहर छ । कविले फूलको उपमा दिएका छन् । फूल फुल्छन् तर सबै फूल मन्दिरमा चढ्दैनन् । कोही धुलोमा मिल्छन् । कोही गलाका गरिमा बन्छन् । कोही फूललाई सुन्दरीले शीरमा उन्दछन् । कविले फूल र मानिस सँग तुलना गरेर भन्दछन् । थोरैको मात्र सौभाग्य मिल्छ सुनमा सुगन्ध । हुनत फूलको जीवन फुल्नु, फल्नु, सुगन्ध छर्नु र झर्नु हुन्छ तर मानिसको भने कर्मको फल भोगेर मर्नु हुन्छ । यी धारणाका साथै कविले भद्रकुमारी घले के हो त भन्दै लेख्नु हुन्छ –
भद्र हो नारी फुलेकी फूल डालिमा कोमल
सुगन्ध आफै सिर्जना गर्न सक्षम सवल ।
अनेकौ चोट शोक र रोग सहजै पचेकी
आचार निष्ठा ओखति बल खपेर बाँचेकी ।।
(श्लोक ८, पृष्ठ १५)
भद्र कुमारीका बाबाले जागिर गर्ने आमाले पस्विना बुन्ने र घरको काम गर्ने, उनले राम्रै सिहार पाएकी र घरको आयस्ता पनि ठिकै रहेको थियो । भद्रको दुई बर्षको उमेरहुँदा बाजे अमरबहादुर बज्यै दिलाबजार पुगेर नातिनी भद्र कुमारीलाई साथमा लिएर फर्के छन् । आमाको ममता पाउने बेला भद्र कुमारी हजुरबा, हजुरआमाको साथमा हुर्किन । छोराछोरी आमा बाबुबाट टाढा हुँदा आमा बाबु र बच्चालाई पनि असहज हुनु स्वभाविक हो । यो असहजता पनि कहिले काँही भविष्य बन्ने संयोग बन्न जान्छ । कविले दार्शनिक अभिव्यक्ति पस्कदै भन्छन् । फूलको थुँगा मूर्तिमा चढ्न चुडिनु पर्छ । मानिसको चोला सुधार्नलाई खारिन पर्दछ । उन्नतीको लागि कहिले काँही रिश्क व्यहोर्नु पर्छ । दुख पीडा, व्यधन झेल्नु सक्नु पर्छ । सुनको शुद्धता जाच्नको लागि आगोमा खारिन्छ । मानिसको जाँच संघर्षबाट हुन्छ । संघर्षशील भद्रको पनि सहनशीलता सुदृढ हुँदै गयो ज्ञान बढ्दै गयो कुलकी फूल भएकोले सुगन्धकी प्रतिमा बनिन् । अबोध छँदै कठोर परीक्षाबाट उत्रिण हुनु पर्यो । उनको संघर्षको समीक्षा गर्न सहज छैन उनको भविष्यको सदिक्षा पनि दैवको हातमा छ भन्दै कविले यो शीर्षकको बिट मारेका छन् ।
शिक्षा दिक्षा – भद्रकुमारीको अध्ययनको समय निकै कठिन थियो । नारी शिक्षाको व्यवस्था थिएन तापनि उनले घरमै अक्षरारँभ गरेर पढाइमा अगाडि बढिन । जसरी तीखा तीखा काँडाको बोटमा सुन्दर फूल फुल्छ ् बासना छर्छ । अर्थात मानिसले सुनमा सुगन्ध थप्ने प्रयास हुनुपर्छ । इच्छा शक्ति भएको ठाउँमा उपाय हुन्छ । कसैले छेक्न सक्दैन । यहाँ कविले आफ्नो दार्शनिक अभिव्यक्ति भाग्यवादी सोचबाट माथि उठेर यसरी पस्केका छन् –
आँधीमा दियो जोगाउन सके उज्यालो भेटिन्छ
भावीले हैन सुनौलो आफै भविष्य लेखिन्छ ।
भद्रका पाना पल्टाइ पढौं विचित्र भेटिन्छ
संघर्ष शील जीवन भद्र घलेको देखिन्छ ।।
(श्लोक ५,पृष्ठ १८)
भद्र घलेका माहिला बुबा गोरखपुर भरतमा जागिरे थिए । पढाउनको लागि गोरखपुर लिएर गए । पढाइको नविन जीवन र नविन सिर्जनको थालनी भयो । महात्म गान्धी आश्रममा पढ्ने मौका मिलो । उनको रहन सहन फेरियो ।भारत भरखर स्वतन्त्र भएको थियो । गान्धीको दर्शनमा झुटको खेती नगर्नु सत्यमा अडिनु , शिष्टताको साथमा मानव सेवा गर्नु, कल्याण दाता बन्नु, सेवामा जुनी अर्पण गर्नु,मनको मैलो फालेर पवित्र बन्नु, अहिंसा र अहिंसाको पक्षमा रहेर क्रान्तिको अवलम्वन, जीवन साधा उच्च बिचार, सुपाच्य भोजन, जीवन शैलीको सुधार जस्ता गान्धीका दर्शनलाई आत्मसात गर्दै भद्रले पवित्रताको साथमा सेवामा लाग्ने अठोट गरिन् । गान्धीको दर्शनलाई बर्धामा बसेर तुलसी मेहरले प्रचार प्रसार गर्दथे । भद्र कुमारी घलेले यही बसेर पढ्ने, सीप सिक्ने अठोट गरिन् । म्याट्रिक परीक्षा पास, आइए परीक्षा पास, संस्कृतमा शास्त्री सफल, नर्सिङ, तालिम , घरेलु धन्दा, उद्दिम, सीप सङ्गीत रचने कला, गाउने मीठा ताल, खेल खेल्न, सिकेर भाग लिएर प्रथम पुरस्कार जितेर, धेरै पद र तक्मा आर्जन गरेका धारणाहरू काव्यमा आएका छन् । यस शीर्षकमा काव्यकारले सफलताको लागि के गर्नु पर्छ भनि मार्गदर्शन पनि दिएका छन् –
सफल हुन मनुस्यलाई लगन चाहिन्छ
लगन भए अवस्य पनि सफल भइन्छ ।
लक्षको छुन अगाडि सरी समाए राम्रा धार
जितिन्छ भन्ने अठोट लिए हुँदैन पक्का हार ।।
श्लोक २४, पृष्ठ २२
भद्रकुमारी घलेले उच्चशिक्षा कसरी हाँसिल गरिन् भन्ने निष्कर्ष पनि काव्यकारले यसरी दिएका छन्–
पवित्र भाव चरित्र स्वच्छ कर्ममा निखार
चाहिन्छ दृढ स्वभाव आँटी अठोट विचार ।
आदर्श निष्ठा सिद्धान्तवादी कर्मेष्टि भएर
गरेकी उच्च हाँसिल शिक्षा सहास गरेर ।।
श्लोक २५, पृयठ २२
पित्री शोक –
यो ध्रुबसत्य हो कि जम्नेपछि जीव मर्दछ । तर भद्रकी आमालाई अशोभनीय र असहनीय अवस्थामा दैवले चोट पारेको धारणालाई काव्यकारले यसरी वर्णन गरेका छन् –
पच्चिस वर्षे कलिलो वेला लाऊँ र खाऊँ मन
लरक्क चुल्ठो कोरी र बाटी सजाऊँ हुँदा तन ।
रहर भेल कर्लदो बेला बासन बैंशको
मुटुमा चोट पर्यो नि कठ्ठै निष्ठुरी दैवको ।।
(श्लोक १, पृष्ठ २३,)
मानिसको नियती यस्तै हो । जे परे पनि सहनै पर्छ । त्यो कलकलाउँदो जीवनमा असह्य पीडा बोक्नै पर्यो , चम्धारा रुँदै पीडाको रागमा जल्नै पर्यो , श्रृङ्गार शोभालाई सिस्नाको धारीम फाल्नै पर्यो, सिन्दुर पोते, नाडीका चुरा सबै सुन्दरताका लालिमा खोसिए र वैधव्य सारीमा उभिनै पर्यो । पतिका साथमा रहर प्रुा गर्ने,उद्योग गर्ने ,पाखुरी जोडेर मेलाहरूमा घुम्नज जाने सबै कर्महरू दैवबाट हरिए । यस्तो आमाको अवस्थामा भद्रको मन पनि वेहाल हुनु, मुटुमा चोट पर्नु आमालाई नरोऊ भन्ने सहास पनि नआउनु, बाक्य पनि नपाउनु जस्ता कारुणिक धारणा साथ काव्यकारले भन्छन्–
बाबाको माया सहारा सबै शीलमा छाँटियो
जीन भर संझना मात्रै मुटुमा टाँसियो
व्याकुल बरा भएकी भद्र दैवको चोटमा
विहिन बाबा, विधुवै आमा कलेठी ओठमा
श्लोक ७, पृष्ठ २४
पिताको मृत्युको पीडालाई सहनै पर्ने, मनलाई बुझाउनै पनेर्, आइपरेका घटनालाई बाध्यतामा लिनै पर्ने जस्ता कारुणिक धारणा सहित कविको कथन छ –
रगत जली बनेका आँशु गहमा झराइ
जिउने अर्थ मनुष्य चोला भएछ बुझाई ।
दर्याइ मन दुखेको चित्त आफैले सुधारी
दवाइ कम अन्तर पीडा मनको बुझाई ।।
(श्लोक १२, पृष्ठ २५)
मानव चोलामा जे परे पनि जस्तो परे पनि मानिसले प्रगतिलाई भुल्न हुँदैन ।त्यसो हुँदा भद्रकी आमाले आफ्ना पाउलाई दह्रो बनाएर, संघर्षमा जुटेर, जीवनको मूल्यलाई बुझेर छोरीलाई सहास भराएर, लेखाइ पढाइमा लगाएर, सुख र दुखलाई जीवन साथी ठानेर, गृहस्त जीवन धानेर, सन्ततीलाई माथि उठाउन भद्रकुमारीभित्र अचम्मको शक्ति कुँदेर भराइन् र जङ्घार तर्न सक्ने क्षमता बढाइन् । भक्त कुमारी कसरी अगाडि बढिन् भन्ने धारणा यसरी आएका छन् –
दया र सेवा अर्पण गर्ने हृदय लगन
प्रयास धार पसिना पोखी उद्दिम गरन ।
भएर दृढ मनको शोक शक्तिमा बदल्दै
अडिलो पन दरिलो ख्याल मनमा बसाल्दै ।।
(श्लोक १७, पृष्ठ २६(
भक्तकुमारी घलेले प्रगतितिर लम्कनको लागि विगतलाई भुलेर प्रयास बढाइन् र उनी चुली छुने प्रयासमा लागिन् । यस विषयलाई कविले राम्रो विश्लेषण गरेका छन् –
कसैका लागि पीडाको क्षण रोएर गुजार्न
कसैको भने बन्दछ कडी जीवन सुधार्न ।।
कसैका लागि परीक्षा ठीक मोडमा फर्कन
कसैका लागि जीवन पाटो बन्दछ दर्शन ।।
श्लोक १९, पृष्ठ २६
संसारमा आँधी आउँछ । खहरे खोलाहरू उर्लन्छन् र चडकने पर्छ, । विध्वंस पार्छ र रोकिन्छ । अभागी मानिस घानमा पर्छ र पुर्पुरो समाउँछ । यसरी पुर्पुरो समाएर रोएर मुक्ति प्राप्त हुँदैन । यस्तो क्षणिक विपत्तिबाट मुक्ति प्राप्त गर्न त उद्दिमतिर लम्कनु पर्छ । वितेका घटनालाई भुल्नु पर्छ र काम गरेर पौरखी पथमा उभिनु पर्छ । यस्ता गहन मार्गदर्शनको साथ भद्र धलेको दर्शनलाई कविले यसरी पस्कदै यो उपशीर्षकको बिट मारिन्छ –
पध्यति आफै सुधारौं आफ्नो भद्रको बुझाइ
मिल्दैन मुक्ति रोएर मात्रै परेली भिजाई
खुट्टामा आफै उभिनु पर्छ प्रसिद्धि आर्जन
कर्मको मेसो सुधार भन्छन् भद्रको दर्शन ।।
(श्लोक २२, पृष्ठ २७)
धर्मप्रति धारणा – ‘परोपकाराय पुण्याय पापय परपिडनम् ।’ हाम्रा पुराणहरूको दर्शन हो । भद्रकुमारी घलेको धर्मदर्शनलाई कविले यसरी दर्शाएका छन् –
भद्रको कर्म निष्ठा र धर्म परको उपकार
सेवाको भाव पावन स्वार्थ जीवन ज्यूने धार ।
ईश्वर सृष्टि समान दृष्टि जीवन गतिमा
देखिन्छ उच्च विचार श्रेष्ठ भद्रको गतिमा
(श्लोक १ , पृष्ठ २८)
भद्रकुमारी घलेले विश्वका सबै धर्ममा समान आस्थावान देखिए पनि बुद्ध र सतानत धर्ममा विशेष गहिरो रुची राख्ने भए पनि उनी कर्मेष्टि धर्म धारण गर्ने बिचार भएकी हुन् र धर्ममा सहिष्णु अन्तर भने देखिन्छ । धर्मबाट विनम्र स्वच्छ भवना प्राप्त हुन्छ । धर्म विमुख भएमा दानवता दर्शिन्छ । ईश्वरको, पूजा गर्ने, आशीष माग्ने, २४सै घण्टा सजग भएर ईश्वरको नाम जप्ने, बिहान उठेर नुहाइ धुवाइ गरेर नित्य नियम बनाएर पूजा गर्ने,ब्रतमा एकादशीमा देवता र पितृमा तर्पण गर्ने आदि काममा भद्रकुमारी घलेले उत्साहका साथ लाग्ने धारणा काव्यमा आएको छ । उनले आफ्नो सभ्यता संस्कृति जोगाइ राख्ने, गुम्बा र मन्दिर बनाउन दान दिने, समाजमा रहेको अन्ध विश्वासहरू र विकृतिहरूको बिरोध गर्ने, दुखिलाई आड भरोस दिने, करोडौं धन जोडने इच्छा नराख्ने,सित्तैमा मिल्यो भनेर कसैको केही नलिने, नारी माथिको अत्याचार भएको नसहने, निमुखालाई उपकार गर्ने, धर्ममा तर्क, धर्मको अर्थ धर्मको महत्वलाई बुझेर त्यसमा लाग्ने, धर्मको दर्शनको सहारा लिनु पर्छ किनकी धर्मले अन्तर शक्ति भर्छ, आचार विचार र भावनामा शुद्धता ल्याउँछ र धर्मको आडमा कुनै काम गरिन्छ भने अदृश्य शक्तिले पनि सहारा गर्छ । धर्मले मुक्ति दिलाउँछ । धर्मको रक्षा किन गर्ने भन्ने प्रश्नमा कवि भन्छन् –
धर्मको रक्षा गरियो भने धर्मले दिन्छ ध्यान
ध्यानले रक्षा मान्छेको गर्छ बढाइ महाज्ञान
श्रद्धा र भक्ति अर्पण गर्दा ईश्वर नाममा
खारिदै जान्छ मानव मन असल काममा ।।
यश शीर्षकमा भद्र कुमारी धलेको धर्मप्रतिको धारणको साथै कविको धारणा पनि अरुको उपकार, कर्ममा निष्ठा, कल्याण, चरित्र स्वच्छ , सादा जीवन उच्च बिचार हुनु पर्छ भन्ने धारणा आएको छ ।
भद्रका कलाकारिता –
बहुप्रतिभाकी धनी भद्रको कलाकारिताको बारेमा यस शीर्षकमा दर्शाइएको छ र भनिएको छ –
वीरको कुल सिर्जना फूल फूलेर बसायो
सिर्जना भित्र विचित्र शोभा सौन्दर्य रसायो ।
लगन बहुआयम धार प्रतिभा टुसायो
सुकेर डाली पलाइ पुन जीवन हाँसायो ।।
(श्लोक १, पृष्ठ ३१)
भद्रका कल्पनाले कलाका आँकुराहरु टुसाउनु, सीपालु पाखुरा सलबलाउनु,मगजभीत्र नविन ज्योतिले आकृति लिनु, सहासबाट अन्तर प्रकृति बल्न थाल्नु जस्ता धारणा आएका छन् । यहाँ रोगले छोएका कुरा, निराशा पलाएका कुरा, सोहोर वर्ष पुग्दा लागेको क्षय रोग पुन दोहोरिएको कुरा तब पनि समयलाई खेर नफालेर, भावनालाई नविन दिशा दिएर, गान्धी आश्रममा औषधी गराएर कलाका मूर्त र अमूर्तर् पक्षमा ध्यान दिएर, अन्तरभित्र नाचेका चित्र कापीमा उतारेर, कलालाई अभिन्न अङ्ग बनाएर भद्रकुमारी घलेले एकलव्यको जस्तो साधनामा जुटेपछि भद्रले प्राप्त गरेको नतिजालाई कविले यसरी प्रस्तुति गरिदिनु भएको छ –
जाँगरसित फुरेको सीप हाँसेर रमायो
रोगको जरो गलेर गयो पीडन हरायो ।
सिर्जना चित्र कारित कला जीवन्त बनेर
प्रकृतिसित मितेरी गाँसी पारख कुँदेर ।।
(श्लोक ९, पृष्ठ ३२)
भद्रले नारीका आँसुका भावना भरेर, पीडित आँसु, समाजका विकृतिलाई समाएर चित्र कोरे पनि उनको कलाकारितामा प्रकृति हाँसेको, देशको माया र व्यथाले भरिएको, नारी लुटिएका नारी चुटिएका, नारीको दुर्दशा, कर्कशा भोगाई,पुरुषबाट पीडित नारी, देश दुखेको, धार्मिक भावनाले भरिएका चित्र हुन्छन् । काव्यकरले घलेका चित्रकलाको प्रशंसा गर्दै उनका चित्रको अमरत्वलाई यसरी प्रशंसा गरेका छन् ।
घलेको तेज पत्थर चिरी उम्रे झै पीपल
पीपल जस्तै सहास शक्ति घलेमा सवल
सिर्जना दिव्य रोपेर अनि फलाइ फुलाए
दैवले लुछी सक्दैन लान सिर्जना झुलाए
(श्लोक १६, पृष्ठ २४)
चित्र कोरिन्छ । रेखा पार्दैमा चित्र बन्दैन । त्रिच बन्नलाई त बिम्बको रूप लिनु पर्छ । घलेका चित्रहरू समाजका बिकासका ऐना हुन् । विकासका पियास हुन् ।उनको कल्पनामा देशको वृत र नेताका चित्त, चलेका रीति रिवाज, विशिष्ट व्यक्तित्व, नारीका जञ्जिर, मानिसका अभिमान,गहिरिएर हेरेको खण्डमा बोल्न चाहेका कुरा, खोल्न चाहेका रहस्य नारीका ख्ट्टुामा परेका नेल र गलामा बाँधिएका साङ्ला, हृदयभित्र नाचेका चित्रहरू प्रष्ट बिम्बको रूपमा दर्शिन्छन् । काव्यकारले यस्ता सिर्जना कला मानिसले पाउनु,मधुर गला मीठो गाउने कला दैवको उपहार हो । यस्ता सर्जक समाजमा लाखौंमा एक हुन्छन् र यस्ता सर्जक अमर हुन्छन् भन्ने धारणा सहित भद्र धलेले यस्ता अमूल्य, भाबुक, सुबोध, रम्य, सरल विशिष्ट १६६ ओटा चित्र देशलाई प्रदान गरेको कुरा काव्यमा उल्लेख गरिएका छन् । यस उपशीर्षकको कविले भद्र घलेको महान आत्मबलको वर्णन गर्दै बिट मारेका छन् –
युगौ युग सुवास छर्ने मुस्कान सिर्जना
भद्रको सीप मुहार देश फेरने कामना ।
बेजोर नारी अतुलनीय महान आत्मबल
देशको लागि अर्पण गरिन फलाइ नाना फल ।।
(श्लोक २३, पृष्ठ ३५)
आमा भक्त कुमारीको प्रेरणा – यस उपशीर्षकमा भक्त कुमारीले भोगेका घटना र गरेका विकासका कामलाई यहाँ वर्णन गरिएको छ । भद्रकुमारीको पिताको जन्म थलो ओखलढुङ्गा भए पनि भक्त कुमारीको भने कर्म थल्यो बन्यो । ७ वर्षमा विवाह गरिएको र संस्कारहरू माइतमै सिकेकी । पतिको साथको बसाइ छोटो रहेको ।अल्प आयुमै पतिको मरण हुनु र लामो समय बिधवा जीवन बिताउनु परेको । ३ सन्ताकी आमा भएकोले तिनको लालन पालनको भार उनमा सरेको ।भक्त कुमारीलाई पति वियोगको सहन त छँदै थियो त्यमा १९ वर्ष पालेको छोरोलाई दैवले हरेको व्यथा पनि सहनु परेको । यस्तो दुखद घटनालाई सहदै गाउँमा सरेको र समाज सेवामा लागेको । त्यस समयको आवश्यक्ता अनुसार पिउँने पानी, स्कुल, कुलाहरू खन्ने र उत्पादन बढाउने काममा लागिन् । छोरो र पति वियोगका चोट,फाटेको मुटु टाल्दै , पीडनलाई पिउँदै , चमधारा आँसु बगाउँदै मनको पीडालाई धुँदै, ज्ञानका भित्री आँखा खोल्दै, शोकलाई शक्तिमा परिणत गर्दै चिन्ता र थकाइलाई पचाउँदै रोगलाई जित्दै,महिला नेत्रीमा उदमान गराउँदै, सिंहनीको गर्जन गर्जदै, उन्नत बीउको प्रयोग नश्ललाई सुधार,चेतनशील जाँगर देखाई, पवित्र भावनाका साथ अगुवा बनेर, सबैलाई सीप सिकाएर, चेतना जगाएर, आफ्नै खुट्टामा उभिन सिकेर सिकाएर तथा गाउँलाई आन्म निर्भर बनाउे तर्फ अग्रसर गराएर मुखिनीको सम्मान लिएर, सबैलाई विश्वास दिलाएर, गाउँमा अप्ठ्यारो पर्दा आफै अघि सरेर, सर्वमान्य निसाफ दिएर, पञ्चायती व्यवस्था भए पनि दलीय झगडा या विवादलाई साम्य पार्दै विकासमा लम्काउँदै गरेका धारणालाई काव्यकारले प्रष्ट्याएका छन् ।
यस काव्यले नारीको उत्थानको लागि भक्त कुमारीले गरेको कामको पनि मुक्तकण्ठले वर्णन गरेकोछ । भक्त कुमारीले नारीलाई जाग्नको लागि आव्हान गरेकी छन् । सबै नारी आत्मर्भिर हुन भनेकी छन् । नारीको काम दाउरा घाँसमा आत्मनिभर हुने मात्र हैन । प्रगतितिर लम्कनु पर्छ । पढाइमा लाग्नु पर्छ । संघर्ष गर्नु पर्छ । साक्षार हुनु पर्छ भन्दै सबैलाई साक्षर बनाउन लाग्नु, आफू प्रधानपञ्च बन्नु र सबै वडाका पैंचालिसवटी महिलालाई बडाका मुख्य बनाएर, गाउँको मुहार विकासबाट फेरिनु, उनको कामबाट प्रभावित भएर सबैले फूलको माला बाट सम्मान गरे जस्ता भक्तकुमारीका कामको प्रशंसा मुक्तकण्ठले गरिएको छ –
जाँगर सीप पसिना झारी गाविस सुधारी
धन्य हौ भक्त कुमारी घले सेवाकी पुजारी ।
सबैको साझा भएर आमा ममता पियायौ
समाज भलो गरेर सारा जीवन खियायौ ।।
(श्लोक३३, पृष्ठ ४२)
यस शीर्षकको अन्तिममा काव्यकारले भद्रकुमारी घलेले आमाबाट के प्राप्त गरिन् त भन्ने तर्फ दुई श्लोक पस्केका छन् । यो सर्वविदितै हो कि छोराछारीले सिक्ने भनेकै आमाबाबुबाट हो । भद्रकुमारीले ‘आमाको कर्म सेवा नै धर्म जीवन सुवास सेवामा सदा अर्पण हुने परेको प्रभाव’ दर्शनलाई आत्मसात गर्दै । आफ्नो जवान जोश खुनको उर्जा देशको लागि अर्पण गर्न आमाको बाटोमा र गान्धीको प्रेरणलाई समाएर अघि बढ्ने धारणा काव्यमा आएको छ ।
भद्रकुमारी घलेको राजनीति पक्ष – भद्रकुमारी घलेले आफ्नो व्यक्तित्व स्वच्छन्द रुपमा विकास गरेकी र सानै उमेर देखि अर्थात विद्यार्थी काल बाटै समाज सेवामा लागेको हुँदा उनी साँधुरो घेरामा कहिल्यै रहिनन् । आमाको सीप, आफ्नै संघर्षबाट भद्रकुमारी घलेले समाजलाई शिक्षा र दिक्षाको अवसर,अशक्त हीनलाई माथि उठाउनु, टुहुरालाई आमाको माया दिनु, चेतनाबाट समाजलाई श्रृङ्गार, मैन बत्ति झै आफू जलेर अरुलाई प्रकाश दिए जस्तै अरूलाई प्रकाश दिने काम भएका कुरा, उनी रोगको चोट खाइन् शोक, वियोगका पीडन पचाइ सकिन् । उनका निष्ठा, धर्म दढता, निर्लोभ दानी भावना, शिष्ट आचार,जीववन साथी बनीसकेका छन् र उनले तन, मन, धन,आशक्त माथी कल्याण लगानी गरेकी छन् । उनले साहित्य, कला, गीतसित मित्रता गाँसेकी छन् । उनी पञ्चायती राजनीतिमा जाने रहर लागेको हुनाले उनले महिलासंघबाट राजनीति सुरु गरिन् । तीन पटक रापंस भइन् ।समाज कल्याण मन्त्री भइन् ।राजनीतिमा उनी सफल पनि भइन् । चौथो पटकको चुनावका असफल भइन् ।उनी राज परिषदसम्म पुगिन् । मन्त्री पदमा रहँदा पनि राम्रो काम गरेर वापद सम्मान पनि पाइन् ।
काव्यकारको भनाइ छ सत्तामा बस्दा लोभको भेल उर्लेको हुन्छ । सम्पत्ति जोर्नतिर लाग्छन् । बिटुलिन्छन् । सत्य र निष्ठामा रहेर कमाउ धन्दामा नलाग्ने मानिस लाखौमा एक हुन्छ । यस्तै भद्र कुमारी घले कमाउ धन्दामा नलागि शुद्ध आचरण, निष्ठामा दृढ रहेर फोहोरी खेल खेलिनन् । उनको निष्ठावान काममा कमाउ धन्दामा लाग्ने, चुत्था, अनैतिक करोडौ जम्माखोरलाई मन परेन होला ! उनी यी सबै तिर मललव नराखी आमाको जस्तै सेवामा होमिन गान्धीकी चेली भएकोले कुमार्गबाट जोगिन जानेकी, पौरखी आँट देशलाई विशुद्ध भावले विकास धारा प्रवाह गर्ने भावन भएकाले उनले सुधार योजना नयाँ नेपाल निर्माण योजना पेश गरेकी हुनाले भद्रकुमारी घले सबै कि पियारी भएकी थिइन् । पञ्चायती कालमा भएका गल्तीलाई औंल्याउन सहज थिएन तर भद्रकुमारी घलेले भने आफूले धनलाई ठूलो नठानी, सम्मानलाई ठूलो ठान्ने र आफूले गल्ती नगर्ने तर कसैले गल्ति गरे औंल्यादिने गर्दथिन् ।
नेपाली राजनीतिमा पुरुषको बर्चस्व भएको र भद्रकुमारीले नारीले पनि स्थान पाउन पर्छ भन्ने धारणा रहेको यसमा पनि नारीलाई अग्रसरता दिलाई सफल भएकी, भद्रका पाउ अग्रगामी भए, धर्म राखेर कर्म गर्नाले सुवास फैलिएको, मान सम्मान प्राप्त भएको धारणा सहित यस शीर्षकको बिट मारिएको छ ।
भद्रकुमारी घलेको दर्शन –भद्र कुमारी घलेले विशुद्ध बुद्धि ईश्वसँग माग्दछिन् किनकी लोभी मानिस कमाउनेतिर लाग्छ र लोभी नेता भए पछि देश विग्रन्छ । उनको भनाइ छ किलनेपाल भरिका प्रतिभाहरू सँपन्नशाली बनुन् । नेपाली नारीहरूले अग्रगामी बन्न औसर प्राप्त गरुन् सभामा उच्च सम्मान पाउन र तालीद्वारा स्वागत गरियोस् । नारीलाई चुलो र चौकोमा सीमित नराखियोस् । कसैले पैतालामुनि राखेर नदवाओस्, । नारी के होइन ? आमा हो नारी, दिदी, बहिनी, छोरी बुहारी, पत्नीको रूपमा नारीलाई पाइन्छ ।यिनको उत्थान नै देशको उत्थान हो,। यिनलाई उठाउनु भनेको समग्रको उत्थान हो । त्यसो हुँदा नारीको लागि पीडा र वेदना थप्न हुँदैन । ज्ञान सीपको आवश्यक्ता छ । यिनलाई उठाएर देश धपक्के बलेको देख्न पाइओस् । विदेशतिर लागेको ओइरो रोक्नको लागि सीप जाँगर, जोशको प्रयोग हुनु पर्दछ तथा युवा रोकिने परिवेश बनाउनु पर्छ ।
मानिसले विभेद गर्छ । यो पुर्खौली असर हो । हेराइ पनि विभिन्न दृष्टिकोणबाट हेरिन्छ । निचता उचतामा पनि विभेद हुन्छ । त्यसो हुँदा मानिस सबै समान हुन् । के हो विभेद सबैको रगत रातै हुन्छ । आहार, निद्रा, इच्छा, भोगाइमा सबैका समान गुन हुन्छन् । मानिस जन्मेर उभिन सक्ने अवस्थामा पुगेपछि उसले जीवन कसरी आनन्दसँग धानिन्छ,भनी गरेर खाने तुनेलो लिएर नुन,तेल घ्यू जोर्छ आदि धारणा सहित कवि भन्छन् –
दाम र काम नाम र माम जे जोर्न दरिन्छ
तेसकै चित्र ऐनामा हेरी कामना भरिन्छ ।
उद्देश्य लिन्छ मानिस जेमा जीवन खर्चन
कोरिन्छ त्यही कर्मको रेखा जविन दर्शन ।।
(श्लोक ११, पृष्ठ ५१)
कविले मानिसमा हुनु पर्ने गुणहरू उच्च बिचार, ध्यान, निष्ठा, र शिष्टचारमा पवित्रता, विशुद्ध परोपकारी लक्ष र कल्याणदाई धार, भोकालाई खाना,अन्धालाई आँखा, लंगडोलाई बैशाखी र लाटोलाई पाटो दान दिनु उपयोगी हुन्छ । कविका धेरै दार्शनिक धारणाहरू यहाँ आएका छन् । उनी भन्छन्–
गरेका राम्रा काममा पनि नगरौं अभिमान
निस्वार्थ परोपकार गरौं भएर मतिवान ।
तनको खुन गरेर दान जीवन दिऊँ दान
निर्लोभ गरौं समाज सेवा लगाइ दिलोज्यान ।।
(श्लोक १३, पृष्ठ ५१)
मानिस सरल सहज हुनु पर्छ । सादा खानाले शरीरलाई पोष दिन्छ, सादा पहिरन सुस्वभित हुन्छ , साधना बाट देहको रक्षा हुन्छ, सहनशीलता गहन बिचार, दैनिक आचरणको पालन,सत्यतातिर लम्कने, हुनु भै सक्यो,अतित गैसक्यो, त्यसमा पश्चताप गरेर के हुन्छ , वर्तमानलाई सुधार्न सके भविष्यलाई सपार्न सकिन्छ जस्ता धारणा काव्यमा आएका छन् ।
मानिस चोला के को लागि भएको हो भन्ने प्रश्न राख्दै कविले मानव कर्तव्यलाई दर्शाउने कोशिस गरेका छन् । मानिस चोला व्यर्थमा फ्याक्न होइन समाजमा भएका विक्रितिसँग जुद्धनको लागि हो,मानव धर्मको पालना गर्न, मानव सेवा गर्न, उद्धार गर्न, सहारा दिन र काम गर्नको लागि हो । जीवन चक्र सोझो मात्र छैन यो बाङ्गो टिङ्गो पनि छ । यो मोडामा मोडिन्छ । हामीले थोरै समयमात्र सुकर्ममा लगाउन सकेका छौ । त्यसो हुँदा सुसकर्मलाई भोली गर्ने भनेर थाती राख्न हुँदैन ।मानिस चोला पानीको बुलबुला हो । रम झम, रमिता रासलीला यी सबै आँखाको लागि मात्र हो । आँखा झिमिक्क भएपछि अर्थात मृत्युसँगै सबै सकिन्छ । जीवित रहने मनको धोको रहे पनि सम्भव छैन । समाजमा केही गर्न सके अमर भइन्छ र गरिएको काम दरिलो भए मरे पनि जीवित रहिन्छ । जन्मदेखि मृत्युतकको कर्म नै अत्यान्त महत्वपूर्ण छ अमरत्वको लागि । संसार छाड्ने कर्मको बारेमा कवि भन्छन् –
अनन्त पुर्खा जलेर गए डालीको फूल झै
अनन्त ओधा लडेर ढले आँधी र हुरी भै ।
छिचोली पाला समाज चाला समय चित्रका
फेरिदै आए युगका ढङ्ग चाहाना भित्रका ।।
(श्लोक २१, पृष्ठ ५३)
काव्यकारले काव्यलाई रसिलो पार्न ठाउँ ठाउँमा नेपालका प्राकृति सौन्दर्यतालाई समावेश गरेका छन्–
अमोल हीरा सुगन्ध दिने नेपाली गाथामा
स्वच्छन्द आभा प्रकृति परि डाँडा र पाखामा ।
सौजन्य हाम्रा बगैंचा भरी सौगन्ध शुशेली
शिव र गौरी गणेश बास हिमाल हवेली
(श्लोक २२, पृष्ठ ५३)
नेपाल स्रोत र साधनले सम्पन्न देश हो । तर हामीले यी अमूल्यलइ स्रोत र साधनलाई सदुपयोग गर्न सकेका छैनौ । काव्यकारले यिनै स्रोत र साधनलाई प्रयोग गरेर देशलाई सम्पन्नशाली बनाउन सकिन्छ भनेका छन् –
नेपाली स्रोत अतुलनीय अपार हिमाल
सन्देश दिन्छ बिजुली झिकी सपार नेपाल ।
जलको राशी विश्वमा दोश्रो विशाल हिमाल
हिमाली शक्ति प्रयोग भए सप्रन्छ नेपाल ।।
जलश्रोतको प्रयोगबाट बिजुलीमात्र नभएर सिँचाइ गरेर विभिन्न बालीको उत्पादन गर्न सकिन्छ तर पानी बगेर गएको छ बालीले पानी पाएको छैन बिजुली निर्यात गर्नुको साटो आयत गरिन्छ । जडीबुटीहरू औषधीको रूपमा प्रयोगमा ल्याइन्छ तर यी पनि सडेर र गलेर गएका छन् । औषधी मा यिनको प्रयोगमा ज्ञान नभएर रोगबाट ठहरै भएका छौं ।
काव्यकारले छिटै फडको मार्न नसक्नुको कारणलाई पनि प्रष्ट पारेका छन् । यो सबैलाई थाहाभएकै कुरा हो बल एकतामा हुन्छ । झगडा छाडेर एकतामा जुटेर तेरी र मेरी छाडेर, दल र बल विभाजनबाट हामी विभाजित नभै , कुकाठ र श्रीखण्डलाई चिनेर, नेपाली पनालाई अङ्गालेर, भाग र बण्डामा नलागि देशको विकासमा जुटे देश छिटै नै फडको मार्दछ । सहिद (वीर) हरूले जोश लाई धुलोमा पोखेछन् भन्दै काव्यकार चिन्तित छन् । भने सत्तामा जानको लागि गरेका बाचा राज नेताले भुलेकोमा तथा पुरा नगरेकोमा काव्यकार आक्रोशित छन् । यस शीर्षकको अन्त्यमा काव्यकारले नेपाली आमाप्रति स्रद्धाभाव राख्दै भन्छन् –
अनन्त बटी प्रकृति छर्छ गरेर किसानी
बोलाऊ भन्छ नेपालीलाई सुनौला विहानी ।
नेपाललाई प्रदान गर्ने संबृद्धि संस्कृति
नेपाली आमा सुनकी चरी सुन्दर प्रकृति ।।
भद्रको चिन्ता – यस शीर्षकमा काव्यकारले भद्रकुमारी मार्फत पञ्चायती व्यवस्था ढलेपछि सत्तामा जाने व्यक्तिहरूको अवस्थालाई बर्णन गरेका छन् । राजनेतामा हुनु पर्ने गुण, शील स्वभाव, आचारण, नैतिकता,, राष्ट्रप्रतिको प्रेम जनताप्रति गर्नु पर्ने व्यवहार आदि आदि गुण भएका व्यक्तिले सत्ता हाक्नु पर्नेमा गोडाकमा थोत्रा चप्पल लगाएका,नसा पिएर हल्ला गरेर थप्पड खाएका, कुरा गर्ने अक्कल नभएका,व्यक्तिहरूले राज्य सत्तामा पुग्ने अवसर पाए । यिनीहरूले जनहीत काम गर्नुको सट्टा आफ्नै सक्कल फेर्न थाले, चप्पलबाट अमूल्य जुता, सवारीमा पजेरो,सत्य साँचो न्याय निसाफलाई पर्दामा छोपेर अन्यायमा लम्कनु, सुन जोर्नतिर लाग्नु,नेताले कार्यकर्ता विगार्नु कार्यकर्ता पनि सही मार्गमा लाग्नु भन्दा पाटी हीतमा लाग्नु, दुइ नम्बरी धँदा चलाउनु,अवैध काम गर्नु, घरको काम छाडेर घरमा सिस्नु उमार्नु पाटीको काखमा सुरिनु, देशको मायालाई पाटीको मेवामा साट्नु ,आफ्नो अस्तित्व मेटियो भने पाटीबाट केही हुँदैन । त्यसो हुँदा आफ्नो अस्तित्व जोगाउनु पर्छ । देशको माया मान्नु पर्छ,।
आज देशमा वेरोजगार बढेर ग्एको हुँदा विदेसिन बाध्य हुनु परेको छ । वेरोजगारीको कारणले गर्दा रोग शोक भय र त्रास बढेको छ । यस्ता समस्यालाई नेतृत्व वर्गले समाधान गर्नु पर्ने हो तर नेतृत्ववर्गले आएर भाषण गर्ने, गरौंला भन्ने आश्वासन बाडने बाहेक केही नगर्ने । यस विषयमा भद्रकुमारी घलेले काम गरेर देखाऊ नत्र बदनाम भइन्छ । नेपाली भएर बाँच्नको लागि नेपाल चाहिन्छ । नेपालै नरहे कसरी नेपाली भएइन्छ । त्यसो हुँदा सबैलाई समान मानेर नेताले काम गर्नु पर्छ । देशले रगत माग्यो भने रगत अर्पण गर्न सक्नु पर्छ । काव्यकारले घुषले देशको मुटु खाएको, नेपाली युवा विदेशको डहर डहरमा काम र माम माग्न बाध्य छन् ।जस्ता थुप्रै धारणाहरू काव्यमा आएका छन् ।
नेपाली नारीहरूको अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
नेपाली नारी घरैमा दासी जीवन विताइ
सुन्दैन कोही पीडन मन नारीको रुवाइ ।
बेचिन्छे चेली दलाली हात अँधेरी नगरी
बाध्यता बस गुतेकी हुन्छे वेश्याको पगरी ।।
यस उपशीर्षकको अन्तिम श्लोकमा देशले भोग्न परेको युद्धको मारलाई काव्यकारले समावेस गर्न छाडेका छैनन् । यसले पीडित आत्मालाई सम्झाएको छ र काव्यको गरिमा बढाएको छ ।
युद्धको मार प्रकोप नाना नेपाली सहन्छ
कहिले सम्म यो क्रुध निच नियती रहन्छ ।
अबाल बृद्ध निरिह्य रोग्ी ओखती नपाई
नमिल्दा आड भरोषा कतै हृदय जलाई
(श्लोक १६ , पृष्ठ ५८)
साहित्य र भद्र कुमारी घले – यस शीर्षकमा भद्र कुमारी घलेको बहुआयामिक व्यक्तित्व मध्ये साहित्यिक व्यक्तित्वको बारेमा काव्यकारले यसरी प्रकाश पार्नु भएको छ –
आचार स्वच्छ बिचार शिष्ट कर्तव्य निष्ठावान
कल्पना शक्ति दैवको दया पाएको वरदान ।
भावना शुद्ध भए पो हुन्छ सिर्जनातिर ध्यान
सबैको कहाँ संभव हुन्छ रचना गर्ने ज्ञान ।।
(श्लोक १, पृष्ठ ५९)
सिर्जनाको लागि मनमा तरङ्ग खेल्नु पर्छ, भावना बग्नु पर्छ कल्पनाका लहरहरू लहराउनु पर्छ र सर्जकले आफ्ना खुल्दुलीलाई सिर्जनामा ल्याउँछ । अन्तरका चित्रहरू कल्पनामा हुन्छन् र तिनलाई कागजमा उतारिन्छ । जीवनका मर्का जीवन्त भोगाइलाई सिर्जनामा उतार्नु पर्छ । सिर्जना गर्न सहज हुँदैन । कुन अवस्थामा मानिस कवि बन्छ हेरौं कविका धारणा –
कल्पना गर्दा मानिसलाई प्रकोप प्रहार
साहारा पनि टाढिदै जाँदा बनेर बेहाल
मनको साथी बिछोड पीडा एक्लिदा विशाल
बन्दछ जोगी कि हुन्छ कवि कि हुन्छ पागल ।।
(श्लोक ५,पृष्ठ ६०)
माथिको अवस्थालाई कविले थप धाराणा पस्केका छन् । कमजोर व्यक्तिको माथि भनिएको अवस्थामा जान्छ भने विशिष्ट व्याक्तिले मुटुको चोटलाई शक्तिमा बदल्छ । सहास बटुल्छ र माथि उठ्छ मुटुको घाउलाई निचोर्छ, धुन्छ र अज्ञानलाई पखाल्छ । सक्षमभएर सिर्जनातिर लाग्दछ । सिर्जनामा ऊ रमाउँछ र आनन्द लिन्छ । साहित्य क्षेत्रका विविध विधामा कलम चलाउने वालामा निबन्धकारले चित्र र विचार दिन्छ । कविका कविता भावमा बोल्छ । कथाकारका कथाले व्यथा, आँसु, हाँसो र जीवन पद्धति बोल्छ ।साहित्य सार अपार मिठो जीवन सङ्गीत हो । साहित्यकारले सिर्जनालाई जीवन गुजार्ने साथी मान्दछन् । यिनै साथी मार्फत समाज सुधार्नै लक्ष लिएका हुन्छन् । यी कवितामा कविले झेलेका उकाली ओराली हुन्छन् ।
भद्रकुमारी घलेका कविताले के सन्देश दिन्छ भन्ने तर्फ यसरी प्रस्तुत गरेका छन् –
संघर्षतिर सहास दिने भद्रका कविता
सलल बग्ने सरस भाव बगेझै सरिता ।
भविष्यतिर भद्रको दृष्टि रङ्गिन सपना
साकार पार्न सन्देश दिने त्याग र तपमा ।।
(श्लोक १०, पृष्ठ ६१)
भद्रका कवितामा निरिह नारीले भोगेका कष्ट, दुखेका घाउ, पीडा आदिको साथै उनको बहु विधामा चलेको कलमको बारेमा कवि भन्छन् –
अनेक विधा चलेको तिखो भद्रको कलम
मृदुल शब्द शुबोध तर्क रचना लगन ।
लेखने भद्र कलम चोभी आँसुका दहमा
पुगेको हुन्छ भद्रको भाव मुटुको वहमा ।।
.(श्लोक १२, पृष्ठ ६१)
समाजभित्रका विभेदजन्य घटना, धराप पर्दै गएका हाम्रा मूल्य र मान्यता, पुर्खौलीको संपत्तिको सरक्षण विकृति र विसङ्गति, देशको मुटु दुखेको, दुखिको कुकाइ , आत्मा बेचेर कमाएको सम्पत्ति, वेहाल देशको स्थिति,आदि आदि धारण प्रस्तुति गर्ने विधागत विवरण पनि कविले यसरी दर्शाएका छन् –
प्रकृतिसित अँगालो हाली सुन्दर परिमा
साहित्य धारा प्रवाह गर्ने भद्रको गरिमा ।
नियात्रा गीत नाटक कथा कविता निबन्ध
साहित्य गेय मुक्तक मीठा भद्रका सुगन्ध ।।
(श्लोक १८, पृष्ठ ६२)
साहित्य कारले साहित्य सिर्जना गर्दा धेरै कुरामा ध्यान दिनु पर्दछ । भद्रले युगको माग देशको खाँचो आहत राहत,सुशान्त प्रभात,अशक्तलाई सहारा, सुनौलो भविष्यको साथै विविध पक्षलाई उठाएकी छन्– घुषको तुष भुषको आगो क्यान्सर देशको
अन्तर द्वन्द्व विश्वास घात रोग र द्वेषको ।
सिर्जनाबाट निदान खोज्दै भद्रको कलम
बोकेर आफ्नो अन्तर पीडा हृदय जलन ।।
( श्लोक २०, पृष्ठ ६३)
भद्रकुमारी घलेका सिर्जनामा समाजमा चलेका विकृतिजन्य रीति रिवाजलाई औंल्याइएको पाइन्छ । यस्ता विकृतिलाई सुधार गर्ने भावना पनि पाइन्छन् । उनले आमाको महिमा लेखेर गाएकी छन् र उनको लेखनशैली विशेष प्रकारको छ । भाषा सुवोध छ । भावना पवित्र छन् । दर्जनौ कृति लेखेर देशलाई दान गरिन् । उनी सेवाकी मूर्ति, दयाकी खानी, नारीहरुमा मणि, जवान जोश प्रतिभालाई देशमा समर्पण कर्ता, काँधमा आएका कर्तव्यलाई पुरागर्नेवाली, असी वर्ष काटेर पनि उनमा सिर्जनन गर्न जोश छ । कल्पना शक्ति र जाँगर वेजोड छ । कविले भद्रको सुस्वास्थ र दीर्घायुको लागि प्रार्थना गरेका छन् ।
यस काव्यको बिट तलको श्लोकबाट मारिएको छ –
भद्रकी आमा डाँडाकी जून उनैका साथमा
रचना गर्छे साहित्य भद्र आमाको काखमा ।
त्यो खुसी हो विष्मात कुन्नी भद्रको थाहा छ
खोज्दै छे भद्र अन्तर भित्रै निसाफ कहाँ छ ।
(श्लोक २६, पृष्ठ २६)
भद्राञ्जली खण्डकाव्यको कथाबस्तुको यथार्थ विवरण मैले माथि नै प्रष्ट पारिसकेको छु । यसमा प्रयोग गरिएका करुणरसको साथै विविध एवम् प्राकृति वर्णन र भक्तकुमारी सहासिक समाजिक, राजनैतिक, राष्ट्रियता साहित्यिक योगदानले गर्दा काव्य अति महत्वपूर्ण बनेको छ ।
पात्रविधान –यस कृतिको कथानकभित्रका पात्रहरू दुई प्रकारका छन् भद्रकुमारी, भक्तकुमारी र कृष्णबहादुर धले सक्रिय पात्र हुन् । यिनै तीनपात्रको घटना कर्ममा काव्यको सिर्जना भएको छ । भद्र कुमारी घले यस काव्यकी प्रमुख पात्र हुन् । यिनकै जन्मदेखि हालसम्मका गतिविध काव्यमा समेटि सकिएकोले यहाँ वणन गरिरहन आवश्यक ठानिन । अर्की महत्वपूर्ण पात्रको रूपमा भक्तकुमारी घलेको नाम आउँछ । एउटी विधवा महिलाले गरेको बहुआयमिक कार्य पनि कथा बस्तुमा समेटी सकिएको छ । एउटा घर सञ्चालन , समाज सेवा र विकासका पहलहरूमा पुर्याएको योगदान अति प्रशंसनीय र अनुकरणाीय छ । कृष्ण बहादुर घले वैंसमै यो संसार त्याग गरेकाले उनको सम्पूण कार्यभार भक्त कुमारीमा नै थपिन गयो । यिनको बारेमा धेरैविवरणहरू उल्लेदित छैन । भद्र कुमारीका माहिला बाबाले भद्रकुमारीलाई पढाउनको लागि गोरखपुर लगेर गान्धी आश्रमको विद्यालयमा पढाउन लगाउने कामको जानकारी गराइएको छ । यिनको योगदान पिन महत्वपूर्ण मान्नु पर्छ ।
पेटबोलीमा आएका पात्रहरू तुलसी मेहर श्रेष्ठ हुन् । यिनी नेपालका गान्धी मानिन्छन् । गान्धीको दर्शन मान्ने र प्रचार प्रसार गर्ने भएकोले जवाहरलाल नेहरू पुरस्कार बाट ई.सं. १९७७ मा भारत सरकारले पुरस्कृत गरेको थियो । यस काव्यमा गान्धीका दर्शन मान्नेवाला र भद्रकुमारी घलले उनको गान्धी दर्शनसँग प्रभावित भएका धारणा उल्लेख गरिएको छ ।
अनुराधा– यहाँ भन्न खोजिएको थर नखुलेको हुँदा प्रष्ट पार्न सहज भएन । अनुराधा कोइराला भएमा उनी एक सामाजिक कार्यकर्ता हुन् । माइती नेपालकी संस्थापक हुन् । यहाँ यिनको नाम पेटबोलीमा आएको छ । उनको राम्रो कामको अनुसरण गर्ने भनिएको छ ।जनक, सीता, भृकुटी, बुद्धका नाम पेट बोलीमा आएका र यिनका योगदानलाई दर्शाइएको छ । यस काव्यमा समावेश गरिएका पात्रहरू सबै गुणवान, कर्मवान, आदर्शवान ् र सक्रिय छन् ।
परिवेश–परिवेश शब्दले धेरै कुरालाई समेटेको हुन्छ । स्थान विशेषलाई लिंदा । ओखलढुङ्गा, काठमाडौ गोरखपुर, गान्धीको विद्यापिठ, बर्धा,काँसी र सिन्धुलीको परिवेशलाई लिएर काव्यको सिर्जना गरिएको छ । शिक्षाको परिवेशलाई हेर्दा त्यस समय सिक्षा आर्जन गर्न सहज थिएन । स्थान विशेषमा उल्लेखित ठाउँ धेरै जसोमा भद्र कुमारी घले अध्ययनको सिलसिलामा गएकी थिइन् । नारी शिक्षा त झनै गाह्रो थियो । सामाजिक परिवेशलाई हेर्दा बाल विवाह, नारी जातिहरू अनपढ, जातीय विभेद उच्च र नीच मा विभेद आदि व्यापक थियो । राजन्तीिक परिवेशमा हेर्दा नेपालमा पञ्चायती व्यवस्था थियो भने भारतवर्ष स्वतन्त्र भएको अवस्था थियो । भद्रकुमारी र भक्त कुमारी दुबै राज नीतिक र सामाजिक व्यक्तित्व थिए । यसरी यो काव्य नेपालका र भारतका विविध परिवेशमा सिर्जना गरिएको छ ।परिवेशको हिसावले हेर्दा काव्य सफल देखिन्छ ।
भावको हिसाबले हेर्दा भावपूर्ण, लयको हिसबले हेर्दा लयात्मक, ठाउँ ठाउँमा बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग, रसको हिसाबमा करुण रसको बाहुल्य भए पनि शान्त रस, वीर रस आदिको प्रयोग, भाषाशैलीको हिसाबमा भाषा सरल, सुबोध, सबै प्रकारका पाठकको लागि पठन योग्य र उद्देश्यका हिसाबले स्वयम् काव्यकारकै शब्दमा ‘दयाकी प्रतिमूर्ति बहुमुखी प्रतिभाकी धनी राष्ट्रियताको भावनाले ओतप्रोत भद्राभावको स्रष्टाद्वारा प्रचार प्रसार हुनु अत्यान्त महत्वपूर्ण कार्य हो भन्ने मेरो बुझाई छ ।’भन्ने धारणा आएको छ । काव्यकारले लिएको उद्देश्य यस खण्डकाव्यले पुष्टि गरेको छ ।
शीर्षक सार्थकता – यो खण्डकाव्य भद्रकुमारी घलेको बारेमा लेखिएको हुँदा शीर्षक सार्थक छ भन्नमा कुनै आपत्ति देखिदैन । शीर्षक सार्थक छ ।
कमी कमजोडी – कुनै पनि व्यक्ति हरक्षेत्रमा पूर्ण हुँदैन । पूर्णतातिर लम्कने प्रयास छ या छैन भन्ने कुरा मात्र हो । समीक्षकको दृष्टिमा कमी कमजोडी देखिनु अन्यथा पनि हैन । सर्जकलाई यस विषयमा सचेत गराउँछ । यस खण्डकाव्यमा पनि केही कमी कमजोडी औंल्याउन सकिन्छ जस्तै भन्न चाहेका कुरा दोहोरिनु । तर यी भनाइ फरक शीर्षक र फरक प्रशंगमा आएका छन् । काव्य दोष भन्न पनि मिल्दैन । मैले नकरात्मक पक्षलाई जोड नदिइ सकरात्मक पक्षलाई जोड दिने गरेको छु किनकी लेखक तथा कविको मनोबल बढाउँछ र उसले पाठकलाई आफ्ना भावनालाई पस्कदै जान्छ साथै ऊ परिमार्जनतिर लम्कन्छ ।
निष्कर्ष – मैले यस खण्डकाव्यले दिन चाहेको सन्देश कथासारमा विवरणात्मक रूपमा पस्किसकेको छु । यिनै कुरालाई दोहोर्याइ रहन चाहन्न । भद्रकुमारी घले नेपाली समाजमा साहित्यकार, समाज सुधारक, समाजसेवी र राजनीतिक व्यक्तित्वको रूपमा आफूलाई स्थापित गरी सकेकी नारी हुन् । उनका यी नै पक्षलाई काव्यले सप्रमाण पस्केको छ । यसर्थ काव्य सार्थक छ भन्दै काव्यकार पौडेलज्यूको सुस्वास्थ्य र दीर्घ आयुको कामना सहित विदा चाहान्छु ।
‘ इन्द्रराज पौडेलको जीवन कर्म र व्यक्तित्व
सदानन्द अभाग्ी
१. इन्द्रराज पौडेलको जीवनबृत्त– मानिसको जन्मदेखि मरणतकको अवधीलाई जीवन भनिन्छ । यस अवधीभित्र उसले गर्ने क्रियाकलाको वर्णन नै जीवनी हो । इन्द्रराज पौडेलको जीवन अरु सर्वसाधारणको जस्तै संघर्षमय रुपमा अगाडी बढेको देखिन्छ । पोखरा लेखनाथ २३ पुम्दीभुम्दी, कास्कीमा माता नन्दकली र पिता पं. तुलसीराम पौडेलका साँहिलो पुत्ररत्नको रूपमा वि.सं २००४ वैशाख ९ गते जन्म भएको थियो । पं. तुलसीराम पौडेलका ६ भाइ छोरा क्रमस १...२...३...४... ५....६ .... र ४... बहिनी छोरी क्रमस १..२..३..४.. पौडेलको गोत्र.......र प्रवर....हो । धर्मको हिसावले इन्द्रराज पौडेल हिन्दु हुन् । उनकी श्रीमतीको नाम झ्यापी देवी पी देवी पौेडेल हो । इन्द्रका तीन छोरी ...... र दुई छोरा .......छन् र छोरा हाल ..........् छोरी ........ । पौडेल कास्कीबाट मिति .......मा सोरहवा –८, तमौलीपुर, बर्दियामा बसाइ सराइ गरेर गएता पनि मिति ...... मा पुन गैडाकोट न.पा.–५,नवलपुरमा आई यही नै स्थायी बसोबास गर्दै आउनु भएको छ ।
पिता पं. तुलसीराम पौडेल विद्वान व्याक्ति थिए । उनको कार्य पुराण वाचक, ज्योतिर्विद र कर्मकाण्डी थियो । आमा कुशल गृहणी थिइन् ।
बालककाल –सबै बालबालिकाको बाल्यकाल खेलाइ र पढाईमा बित्तछ । इन्द्रराज पौडेलको बाल्यकाल कास्की जिल्लाको लौसीबोटमा वितेको थियो । धेरै दाजुभाइ दिदीबहिनी भएको हुनाले अन्यत्र साथी भाइको खोजी राख्न परेन । बाल्यकाल आनन्द रूपमा वित्यो ।
सात बर्षको उमेरमा उनको व्रतबन्ध भएको थियो । १४ वर्षको उमेरमा उनको झ्यापी देवीसँग विवाह भएको थियो ।
शिक्षादीक्षाको आराम्भ– इन्द्रजी राणाकालमा जन्मे । त्यतिवेला स्कुलहरू थिएनन् । पिताजी नै पहिलो गुरु बनेर पढाइको थलनी भयो । घरमै बसेर पिताजीसँग स्स्कृंतका श्लोक, चण्डी, रुद्री, वेद, गीता, धर्मिक ग्रन्थ आदि पढ्ने काम भयो । प्रजातन्त्र आए पछि शनै शनै स्कुल स्थापना हुन थाले । पुम्दीभुम्दीमा पनि २०१५ सालमा स्कुल स्थापना भयो । पौडेलजीले कक्षा ३ मा भर्ना भएर औपचारिक शिक्षाको थालनी गरे । २०२७ सालमा श्रीशुक्रराज नि.मा.वि. बाट एच.एल.सी.उत्रिण गरे । उच्च शिक्षाको लागि पि.एन. क्याम्पस पोखरामा भर्ना भए । यहाँ उनले शिक्षाशास्त्र विषय लिएर आई.ए. पास गरे । यसपछि उनले शिक्षक पेसा अपनाए । श्री ज्ञान प्रकाश नि.मा.वि. दाना मुस्ताङ् जिल्लाको दानामा प्र.अ. भएर ...... वर्ष सेवा गरेपछि उनी आफ्नै गाउँको शुक्रराज नि.मा.वि.मा सरुवा भएर आए र ... वर्ष सेवा गरे । त्यसपछि उनको सरुवा २०३९ सालमा श्री भगवती संस्कृत तथा साधारण माध्यमिक विद्यालय बर्दीयामा भयो । यहाँ उनले .... वर्ष सेवा गरेर यही स्कुलबाट २०६४ साल बैशाद ९ गते अनिवार्य अवकाश प्राप्त गरे ।
तालिम –पौडेलले अध्यापनको सिलसिलामा सेवाकालिन तालिमहरू सेमिनारहरू ..... लिएका छन् ।
इन्द्रराज पौडेलको अध्ययन समयमा अध्ययन गर्न सहजता थिएन । कागज, कलम, पाठ्यपुस्तक प्राप्त गर्न सकिदैनथ्यो । निगाला, हाडेउनिमका डाँठका कलम बनाएर, बाँसका सुप्लालाई कागज बनाएर लेख्ने प्रयास गरिन्थ्यो । काठको पाटी बनाएर अङ्गारले लिपेर तथा धुल्यौटोको प्रयोग गरेर लेख्न प्रयास गरिन्थ्यो । राती बत्तीको प्रयोग पनि सहज थिएन । किरासिन भारतबाट ल्याउनु पर्दथ्यो । घिउ, खानेतेलको बत्ती बाल्नु या, दियालो(सल्लाको खोटो), सजीवनका दानालाई बत्ती बनाएर बालेर पढ्न कति सम्भव हुन्थ्यो । तर पनि समयको पूर्ण सदुपयोग गरेर पौडेलले आफ्नो कार्यसिद्धि भने गरेरै छाड्दथे । जागिरबाट अनिवार्य अवकाश लिएपछि पनि उनले सामाजिक र साहित्यिक क्षेत्रमा सेवारत व्यस्तता अझै बढाएका छन् ।
स्वभाव –मानिसको स्वभाव सबैको एकै किसिमको हुँदैन ।फरक फरक किसिमको हुन्छ । इन्द्रराजसँग मेरो भेंट.करिव आठ /दश वर्ष जति भयो होला, यस यसमयमा हाम्रो सम्बन्ध गाढा नै रह्यो । मैले उहाँलाई जहिले भेटे पनि हँसिलो रूपमा पाएँ । गोरो अनुहार, मझौला उच्चाइ फुर्तिलो चालको साथमा कर्ममा तीब्रता, बोलीमा नम्रता र मिठास पूर्ण भावनाको आदान प्रदानमा प्रष्टता र स्वच्छता पाउँदा मलाई निकै आनन्द लाग्यो । उहाँको सोधपत्रको अध्यया गर्दा सानै उमेरदेखि मिजासिलो व्यवहार,शान्त स्वभाव, सहयोगी, परोपकारी, दानीस्वभाव, कसैको चित्त नदुखाउने, सबैसँग मित्रवत व्यवहार गर्ने, सकेसम्म सबै ठाउँमा सक्रिय सहभागिता जनाउने उहाँको स्वभाव रहेको देखियो । साहित्यिकप्रति रुचिराख्ने अग्रजहरूमा सम्मान र नवसर्जकहरूमा हौसला दिने बानी प्रचुरमात्रामा देखिन्छ ।
स्वदेश तथा विदेशको भ्रमण–पौडेलजी नेपालका करिब ३२/३३ जिल्ला भ्रमण गरिसक्नु भएको छ । नेपालीहरूको सहजसँग भ्रमण गर्ने स्थान भारत हो । पौडेलजी भारतका उत्तरप्रदेश, पञ्जाव,हरियाणा, कलकत्ता,विहारका विविध ठाउँ भ्रमण गर्नु भएको छ । यी ठाउँमा भ्रमण गर्नुको मूल उद्देश्य .................... रहेको थियो । अमेरिका .............. ठाउँ भ्रमणन गर्नु भएको छ । यसको उद्देश्य .................. थियो । दुबै जानुको उदेश्य ..... थियो ।
यी भ्रमणबाट प्राप्त उपलब्धी ......................... ।
विविधरुचि –
खेलमा–क्रिकेट, फूटबल, भलिबल, पौडी, कुस्ती हेर्ने रुचि रहेको र बालक र युवा अवस्थामा ............... खेल्ने गरेको ।
अध्ययान – परापूर्वककालदेखि हालसम्मका ऐतिहाँसिक विश्वघटनाको अध्ययनमा रुचिरहेको । वीर र करुण रसका साहित्य सिर्जना र अध्ययन गर्न मन पर्ने । उहाँका यी मनपराइलाई शोककाव्यले प्रमाणित गरेको पाइन्छ ।
योग अभ्यास – उहाँले ध्यान र योगलाई महत्व दिनुको साथै आफ्नो जीवनमा व्यवहारमा उतार्नु भएको छ ।
पौडेलका मनपर्ने साहित्यकारहरू–
मन पर्ने रङ –
जीवन दृष्टि –सकरात्मक सोचबाट अघिबढ्नु । ...................
भावी जीवन कर्म –पहिले जागिरे जीवन आफ्नो दायित्वमा अडिग रहेर देश र जनताको प्रति वफादार भएर काममा समर्पित भइयो अव बाँकी जीवन भाषा साहित्यको उत्थान, संरक्षण, सम्वर्द्धन, साहित्यिक संस्थामा र समाजिक संस्थामा आवद्ध भै सेवा पुर्याउने र सम्भव भए सम्म एउटा महाकाव्य सिर्जनागर्ने रहेको छ भन्ने धारणा उहाँ बाटै सुन्न पाएको छु ।
कृतिहरू प्रकाशन –
कृतिको नाम विधा र प्रकाशन वर्षर् प्रकाशक
१.पौडेलकोपीडा’ कवितासङ्ष््रह,(२०६१)
२. मानस खण्डकाव्य, (२०६२) ब. सा. समाज, बर्दिया
३. प्रेमाञ्जली ( (शोककाव्य–२०६८), मध्यपश्चिम स्रष्टा समाज
४. भद्राञ्जली खण्डकाव्य –२०७०), भद्र कुमारी घले साहित्यिक संरक्षण मञ्च काठमाण्डौ
५.क्रान्तिवीर कृष्णप्रसाद गीति खण्डकाव्य–२०७२) त्रिवेणी साहित्य परिषद नवलपुर
६. जन्मभूमि ( खण्डकाव्य (२०७३) त्रिवेणी साहित्य परिषद नवलपुर
७. महिमामयी आमा ( शोकात्मक खण्डकाव्य २०७४) त्रिवेणी साहित्य परिषद नवलपुर
८. समयचक्र खण्डकाव्य त्रिवेणी साहित्य परिषद नवलपुर
प्राप्त पुरस्कारहरू –इन्द्रराज पौडेलले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यसकृतिको प्रकाशन समयसम्म विभिन्न शैक्षिक तथा साहित्यिक संस्थाबाट यसप्रकारका पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको छ ।
१) पृथ्वीनारायण क्याम्पसबाट नगद र प्रमाणपत्र प्राप्त (२०३२)
२) पुष्प प्रतिभा साहित्य पुरस्कार खजुरा बाँके ,( २०६३)
३) मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानबाट कदरपत्र
४) अवधी साहित्य विकास परिषद बाँके बाट सम्मान पत्र
५) भद्रकुमारी घले सेवा सदनबाट नगदराशि र ताम्रपत्रबाट सम्मानित, (२०७०),
६)भानुभक्त स्वर्णपदक र प्रशस्तिपत्रद्वारा सम्मानित, २०७१,
७)भेरी साहित्य समाज, बर्दिया शाखा, नेपालगञ्त बाट सम्मानित, (२०७१),
८)अनुपम साहित्य समाज भुरीगाउँ बर्दीयाबाट सम्मानित, २०७२
९) लेखक संघ दाङ्द्वारा दुर्गा–चित्र प्रज्ञा पुरस्कार एवम् सम्मानपत्र (२०७५)
१०) श्री शाहिद स्मारक मा..वी.भरतपुर –६,चितवनबाट सम्मानपत्र (२०७६)
११) हाम्रो सिर्जना अनुसन्धानमूलक साहित्यिक संस्कृतिक त्रैमासिक पत्रिकाबाट सम्मानपत्र (२०७६)
१२) सर्वदा साहित्य सङ्गम नेपालगञ्जबाट सम्मान (२०७६)
१३)
१४)
साहित्यिक संस्थासँग आवद्धता तथा आजीवन सदस्या –
१) अध्यक्ष– बर्दीयाली साहित्य समाज, गुलरीया बर्दिया,
२) अध्यक्ष सर्वदा साहित्य संगम, नेपालगञ्ज
३) अध्यक्ष त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुर
४) उपाध्यक्ष मध्यपश्चिम स्रष्टा समाज,बाँके
५) नेपाल रेडक्रस सोसाइटी, बर्दिया,
६) नेपाल शिक्षक सङ्घ, बर्दिया,
७) त्रिवेणी साहित्य परिषद, नवलपुर ।
८)
९)
कविइन्द्रराज पौडेलको व्यक्तित्व– नेपाली वृहत शब्दकोशले व्यक्तित्वलाई यसरी परिभाषित गरेको छ – १. कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण २. व्यक्ति विशेषको निजीपन ३ं. व्यक्तिले अरुलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता । मैले इन्द्रराजको स्वभावमा केही कुरा पस्कने कोशिष गरेको छु । हुनत स्वभाव र व्यक्तित्वको परिभाषा त ठ्याक्कै मेल खाँदैन तर आनीवानी, चालचलन,क्रियाकलाप, शारिरिक बनोट, आदत करिब नजिक नजिक हुन्छन् भन्न सकिन्छ । इन्द्रप्रसाद पौडेललाई सादा जीवन उच्च बिचार भएका प्रतिभाशाली व्यत्ति हुन् । उनी अध्यात्मज्ञान भएका व्यक्ति हुन् ।उनको यो गुण पितापुर्खाबाटै प्राप्त भएको भए पनि भौतिकतालाई पनि तिरस्कार गर्दैनन् । शारीरिक व्यक्तित्वको रूपमा हेर्दा हँसिलो रूप, गोरो अनुहार, मझौला उच्चाइ फुर्तिलो चालको साथमा कर्ममा तीब्रता, बोलीमा नम्रता र मिठास पूर्ण भावनाको आदान भएको देखिन्छन् । उनी साहित्यि व्यक्तित्व हुन् । कविताुङ्ग्रह १ सोत ७ ओटा खण्डकाव्य( शोक काव्य समेत)हरू सिर्जना गरेका छन् । उनी छन्देली कवि हुन् । छन्द बचाउ अभियानका सकृय व्यक्तित्व हुन् । उनी अध्ययनशील व्यक्तित्व हुन् । धार्मिक एवम् साहित्यिक पुस्तकहरू अध्ययन गर्न रुची राख्छन् । उनको जीवन शैक्षिक क्षेत्रमा बित्यो । त्यसोहुँदा उनी बौद्धिक तथा शैक्षिक व्यक्तित्व हुन् । उनलाई सामाजिक व्यक्तिको रूपमा पनि लिन सकिन्छ किनकी नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति नवलपुरको सचिव, रोटरी क्लवअफ गैडाकोटको कोषाध्यक्ष, हुन् ।
प्रेमाञ्जलि
सदानन्द अभागी
काव्यकार पौडेलले २०३२ सालमा ‘आमा’ शीर्षकमा पहिलो कविता प्रकाशित गरी कविको र पहिलो कृति ‘पीडा’ कवितासङ्ग्रह (२०६१) प्रकाशन गरी कवि कृतिकारको रूपमा दर्शिए भने ‘प्रेमाञ्जलि’ खण्डकाव्य प्रकाशन गरेर तेस्रो कृतिकार तथा पहिलो शोककाव्यकारको रूपमा परिचय दिनु भएको छ । मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्ज, बाँकेले प्रकाशन गरेको यस खण्डकाव्यको आवरण फोटो प्रेमप्रकाश मल्ल ‘महेन्द्र मधुकर ’को हो । यसको मूल्य व्यक्तिगत रु १०१/– र संस्थागत मूल्य रु २०१/–राखिएको छ । यस खण्डकाव्यको प्रकाशकीय मध्यपश्चिम स्रष्टा समाज नेपालगन्ज, बाँकेका अध्यक्ष सृजना लम्सालले लेख्नु भएकोछ ।यस खण्डकाव्यको प्रकाशकीयमा सृजनाले लेख्नु हुन्छ कि – ‘ पीडा भन्नु नै प्रेमप्रकाश र प्रेमप्रकाश भन्नु नै पीडा जस्तो लाग्छ , प्रेमप्रकाश मल्ललाई नजिकबाट देख्नेहरूलाई । प्रेमप्रकाश मल्लका यस्तै पीडा पक्षलाई समेटेर कवि इन्द्रराज पौडेलले प्रेमाञ्जलि खण्डकाव्य लेखेका हुन् । पीडा र करुणा यस खण्डकाव्यको विशेषता हो ।’ भूमिका लेख्दै गोविन्दराज विनोदीले कवि इन्द्रको लेखन क्षमतालाई यसरी प्रस्तुत गर्नु भएको छ –‘कवि इन्द्रको भावना ज्यादै सशक्तछ । साधना गर्दै गएमा उनले अझ राम्रो कविता काव्य रचना गर्न सक्छन् ।’ ‘प्रेमाञ्जलि’ काव्यका केही शब्द शीर्षकमा डा. गोपालप्रसाद शर्मा अधिकारी लेख्नु हुन्छ –‘समग्रमा यस काव्यमा कवि पौडेलले प्रेमप्रकाश मल्लको जीवनले भोगेको दारुण कथा–व्यथालाई मल्लकै शब्दमा शब्दबद्ध गरी प्रस्तुत गरेका छन् ।’ प्रेमाञ्जलि माथि शब्दाञ्जलि शीर्षकमा इन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’ लेख्नु हुन्छ –‘लोकप्रसिद्ध पात्र प्रेमप्रकाश मल्लको जीवनीलाई कवित्वको विषय बस्तु बनाइएको । जुन ज्यूँदो महापुरुष प्रतिको न्याय पनि हो ।’ इन्दजीले मनेसोमा महत्वपूर्ण भावनाहरू पस्केका छन् । लहडी गफलाई साहित्यको छनक ठान्छन् । सम्पूर्ण जगतलाई साहित्यमय मान्छन् । प्रेमप्रकाश मल्ललाई विशाल महाकाव्य हुन् भन्छन् । दैवले उनीमाथि थोपारेका असैह्य वेदनाप्रति केही लेख्ने उदेश्य लिन्छन् र यो समाजलाई यो कृति दिन्छन् ।
समर्पपण–
असह्य सँहदा –सहँदै
बिरहको भुमरीमा बहँदा –बहँदै
साहित्य सेवामा सार्पित
यस राष्ट्रका गीत, सङ्गीत र साहित्यमणि
प्रेमप्रकाश मल्ल मधुकर,
उनैको यो शोक दर्पण
उनैप्रति सादर समर्पण
यो कृति आवरण पृष्ठ बाहेक (१६+४२)=५८ पृष्ठमा सिर्जना भएको छ । अग्र पृष्ठ प्रेमप्रकाश मल्ल मधुकरको तस्विर ले सजिएको छ भने पछाडीको पृष्ठ कविको व्यक्तिगत विवरण साथै खगेन्द्र गिरि ‘कोपिला’को शुभाञ्जलिले सजिएको छ । खगेन्द्र गिरि ‘कोपिला’–लेख्छन् –‘ सपना, करुणा, प्रेम र पीडाले जीवन बोकेका प्रेमप्रकाश मल्ललाई हामीले टाढाबाट हेर्यौ मात्रै,तर कविवर इन्द्रराज पौडेलले भने उहाँलाई नजिक बाट स्पर्स गरी सँगालेका अनुभूतिहरूलाई शब्दमा उतारेर प्रेमको एउटा पृथक दृष्टान्त कोर्नु भएको छ ।
प्रेममय भावनाका धनी प्रेमप्रकाश मल्ल र प्रेममय लालित्यका कवि इन्द्रराज पौडेलबीचको यो शब्द सम्बन्ध मलाई फूल र जुनको मितेरीजस्तो लागिरहेको छ । प्रेमप्रकाश मल्लको सपना र पीडाका कथा बोल्ने यो सुन्दर सलिल कविता कृति प्रेमाञ्जलि हो, पुष्पाञ्जलि हो, शब्दाञ्जलि हो र हो इन्द्राञ्जलि पनि ।’ यो खण्डकाव्य १४ श्लोकको प्रस्तावना सहित १०ओटा छालका २१२ श्लोकमा प्रस्तुत गरिएको छ ।
प्रस्तावना – काव्य लेख्दा प्राय मङ्गला चरणबाट थालनी गर्ने चलन देखिन्छ । कविले खण्डकाव्यको थालनी प्रस्तावनाबाट सुरु गर्नु भएको छ । प्रस्तावनाको पहिलो श्लोक यस प्रकार छ–
छातीभित्र मुसुक्क हाँस्छ रुकुमे सौन्दर्य आभा परि
छाता दृष्य छटा विचित्र रचना झल्केर छायाँ छवि ।
खेल्दा लेक, पहाड, खोच, दुनमा आँखा भरीका टक
डाँडा पर्वतमा कुना खरकमा बेंसी र गाउँतक ।।
पृष्ठ १,श्लोक १
भेरी नदीको तरङ्गको आवाज किनारमा ठोकिएर नगराको आवाज जस्तो गम्केको छ । बालाउमेर यही प्रकृतिले सजिएको पाखामा, यहींको माटाको माया र ममता ग्रहण गर्दै मुटुको ढुकढुकी संचालन हुँदै वितीरहेका अवस्थामा विधिले लुटेर झोसी दियो चुकचुकी । लेकमा गुराँसको लालीमा, चापका सेता फूलले सिस्नेका शिर विन्दुलाई सिङ्गार, हिम पाखाभरी फैलावट । आँखालाई तृप्त पार्ने हिमनदी छालहरूको सुन्दरता तर ती छालले निम्त्याएको दःुखदाई पीडालाई कविले यसरी वर्णन गरेका छन् –
पार्यो छात विथात दैव गतिले हुत्याउँदै छालमा
फाल्यो फ्यात्त उठाइ रुष्ट भुमरी संकष्टका जालमा
साह्रै जिर्ण दुखान्त दारुण कथा कल्पी दियो दैवले
तातो तिक्ष्ण फलाम र्याप्प मुटुमा रोपी दियो दैवले
पृष्ठ २, श्लोक ४
अतिकारुणिक भावनाहरू यहाँ पस्किएका छन् कविले । मानिसले भोगेका सुद, दुख, कर्म, खर्च जिविका सबै दैवले खोसेपछि , दिलमा तीखो शूल प्रवेश हुनु स्वभाविक हो ।दुखान्त पीडालाई मिटाउने कुनै सहारा चाहिन्छ । सहारामा सङ्गीत लेख्ने रुचि बस्यो । लेख रचनाहरू सिर्जनामा दोस्ती भए तापनि पीडाको कारणले रहरका बाटाहरू बन्द हुनु, आशा भाँडिदै जानु, सङ्गीत टाढिदै जानु, दीर्घ रोगले समाउनु, तन विदिर्ण बन्नु, हिड्ने बुता लोलिन जानु र मिठो गला पनि खोसिन गयो । यस्तो दर्दनाक अवस्था त्यतीवेला आयो जब कविको प्रभा उच्चाइमा पुग्न लागेको थियो । तब पनि मनका बिभिन्न पिरलालाई पचाउनको लागि भारतीले आश्रय दिइन् । कविले दह्रो आँट गरेर खरो रूपले, दुखाइका रापलाई ताप्दै कलमलाई निरन्तरता दिंदै आफ्नो छविलाई उज्ज्वल बनाउन गरिएको प्रयत्नलाई काव्यकारले यसरी प्रस्तुत गरेका छन् –
पोल्ने भत्भति राप सन्त कविले भोगे पचाए कति
आफ्नै आँट अठोटमा दृढ रही पीडा अँठ्याए कति ।
ठाने मात्र विशाल यो जगतमा साहित्य नै सम्पत्ति
गाए गीत चरी सरी कुसुमका हाँगाहरूमा बसी ।।
पृष्ठ २, श्लोक ८
कविको गायन कलाप्रति काव्यकार निकै प्रभावित छन् । सारङ्गी, मुरली, सितार सबैको तुल्य तुल्य मिठो ध्वनी सर्सरी बज्दै कविका दिलका मिठास झन्कार झर्ना सरी बगेका, सुरिलो भाका, कल कण्ठि भाव, सुरिलो र माधुरी नाचजस्ता क्षमता भएका कविले सदा सर्वदा मिठासपूर्ण आरती साथ पूजा गर्ने धारणा यहाँ आएका छन् । काव्यकारले यहाँ रचनाले चर्केका दिलभित्रका दहनतालाई लिनु पर्दछ र गरिबीलाई छुन पर्दछ । कविका कला कुशलता र साहित्यका साधनालाई सुनेपछि काव्यकारलाई भेट्ने इच्छा जागेर आयो । कविले आश्रय लिएको घरमा काव्यकार पुगे । बोली गडबडाहट भएको कारणले बुझ्न सहज भएन । उनले भोगेका प्रकोपहरू जो सुनिए ती काव्यधारा भए । जानेवाला त गैह्रो चोट दिए्र गए तर ठिङ्गो धैर्य अडिग तपसी जो रहेका थिए तिनको दुखेको कथा लुला हातबाट लेखिएको थियोलाई समेट्दै काव्यकारले तिनको जीवनको अपूर्ण कविता लेखेर पाठक सामु सप्रेम समर्पण गरेका धारणा यहाँ आएको छ । यस प्रस्तावनामा रुकुमको प्रकृति वर्णन, भेरी नदीले निम्त्याएको विडम्बना, त्यसबाट काव्य नायकलाई भोग्न परेको पीडा, पीडालाई गीत र साहित्यमा रुपान्तरण गर्दै बाँचने सहारा लिनु काव्यकारले काव्यनायकलाई भेट्नु र यस खण्डकाव्यको सिर्जना गरेको धारणा समेटिएको छ ।
छाल एक – यस छालमा रुकुमको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको छ । काव्यकार आफू नै प्रेमजङ्ग भएर उभिनु भएको छ । कथासार प्रेमजङ्गको जन्म रुकुमको सुन्दर गाउँमा, ठकुरी जातको मल्ल वंशमा भएको थियो । पुर्खा नामी थिए । युद्धमा राज्यको बाजी थापेर लड्थे ।प्रेमजङ्गले भने ज्युँने पेशा कलम समाए । दुर्गाको भजन गाए र भारतीलाई शिरमा राखे । साधनामा करुण रसलाई पिएर गाना गाउँदै सुखलाई दुखमा साटे । प्रेमजङ्ले आफू जन्मदाको अवस्थालाई यसरी वर्णन गरेका छन् –
वषार्, बाढी, भल उछलदै साउने झर्न झर्दा
खोलानाला बहन धमिला दर्कदै पानी पर्दा ।
चम्चम्मचम्की गगन बिजुली मेघको वेग चल्दा
खोले हुँला नजर पहिलो मिल्कदै झल्ल पर्दा ।।
पृष्ठ ५ श्लोक ४
मानिस जन्मन्छ । जन्मदा नै भावि जीवनको संकेत दिन्छ । उनी श्रावणको वर्षामा जन्मे । बिजुलीको चम्कन र आकाशको गर्जनमा झस्के तापनि घरमा खुसीयाली छायो । बढ्दै गए । तातेताते हुने वेलामा बाबुआमा खुसी छायो । बालक काल हाँस्दैखेल्दै वित्यो । बाबुआमाको मिठो माया,जतन सुविधा, सान्त्वना प्राप्त भयो । सबैको हाई हाई भई बड्दो अवस्थामा जीवनमा आँधी भूमरी आएर सुख सयल बढारेर लगेर दुखका दिन थालनी भएको र मातृ वियोग पीडा व्यहोर्न परेका धारणा यसरी पस्केका छन् –
आमा खोश्यो निठुर विधिले चित्तमा चोट लाग्यो
दुख्दै छाती तनमन दुखे दिक्कको रोग लाग्यो
साह्रै शून्यै सबतिर भयो उभ्भिनै भो कठिन
गाह्रो भैगो सकस सहनै थाम्न आँफै सकिनँ
पृष्ठ ५, श्लोक ८
आमा दैवबाट खोशिदा कस्को मन थामिन्छ । प्रेमजङ्ग दुखित हुन्छन् । रोगी हुन्छन् । विह्वल हुन्छन् भावनामा बग्छन् । रगतका कणकण दुखेको अनुभूतिको धारणा यसरी बग्दछन् –
छाती दुख्ने अविरल भयो शोकले रोग जाग्यो
सञ्चो कैले हुन नसकने आत्ममा ठेस लाग्यो
साथी खोजे विह्वल पथमा गीतको राग पाएँ
आफ्ना पीडा बमन गरदै मर्मिला गीत गाएँ ।।
पृष्ठ ६, श्लोक १०
मानिस जब दुखको भूँमरीमा फस्दछ तव उसको जीवनमा नयाँ तरङ्गले स्थान लिन्छ । यहाँ प्रेमजङ्गको पनि आमाको मृत्युमा दुःख लाग्छ र उनका हृदयमा करुणारसका गीतको भाव जाग्छन् । बाजा रेट्दा व्यथित दिललाई शान्त पार्ने दवाई बन्छ । टुक्का जोड्दै गाउने नशाले स्थान लिन्छ । आमाले गीत नगाउन, गाइने नबन्न, छाती छेड्ने करुण रसको नाद नअलाप्न,बरु भजन गाऊ, रामवाणी अलाप भन्ने अमृतवाँणीलाई प्रेमजङ्ले शिरोधार्य गरे । गाउँ सहर सबै ठाउँमा सुनाए । आफ्नो दुखलाई सिर्जनामा डुलाए र उनले के पाए यसरी पस्केका छन् –
लेखे गाएँ सजल कविता भावनाका उछाल
गुन्ज्यो भाखा करुण लयको साधनाको निखार ।
झर्झर धर्ने झरन जलमा गीतका बोल देखें
छल्का उठ्ने जल लहरमा आँसुका भेल देखें ।।
पृष्ठ ७, श्लोक १५
मार्मिक धारणा पोखिएको यस खण्डकाव्यमा प्रेमजङ्ले लेख्ने सजल कवितामा अश्रुविन्द छल्कने मात्र नभएर शव्दसिन्धुमा परिणत हुने धारणा आएका छन् । शब्द र धनलाई तुलना गर्दा धन तुच्छ हुने र रचनाको सिर्जना हुँदै जाँदा मोह त्याग्दै गइने, यी शब्दसँग अलग हुन नसकिने, यिनलाई गाएर धोल बनाएर बगाएको र यस्तो अवस्थामा ल्याउन तन मन आफ्नो उर्जालाई लगाएको, आमालाई आफ्नो पिर नगर्न र भेट्न स्वर्गमा आउने आग्रह गर्दै चार चोटको कारणले रोग्ी बनेको धारणा यसरी पस्केका छन् –
यो छातीमा पिरछ गहिरो बल्झिँदा चारचोट
चोटीचोटी चरम तपमा पग्लदा सर्वथोक ।
आमा छोरो सकल जिविका खोसिए साथबाट
रोगी भैयो विधुर बनियो भै सक्यो सर्वनाश ।।
पृष्ठ ७, श्लोक २०
छाल : २
यस छालमा प्रेमजङ्गको नेपालगञ्जमा बसाइँसराई, बौद्धिक सर्कलसँग सम्पर्क, नेपालगञ्जमा सहरीया वातावरण र अपुत्र हुन पर्दाको पीडालाई पस्किएको छ । नेपालगञ्जमा बस्न सहज, साहित्य सुधा पिउन सहज साथीभाईहरूको जमघट हुने ठाउँ भएकोले नेपालगञ्जमा बसाइ सहज हुने कारणलाई यसरी दर्शाइएको छ –
जान्ने, बुझ्ने, कुशल गमिला, गर्विला, धीरधारी
मिल्ने जुल्ने शहर दरिला राज्यका कर्मचारी ।
व्यपारीको व्यसन सुविधा व्यस्तता भागदौड
पेशा गर्ने दिनभर खटी उद्यिमी कर्म गौढ ।।
पृष्ठ ९, श्लोक ३
नेपालगञ्जमा सर्दा खुसी हुनु स्वभविक हुन्छ किनक जीवन गुजराको लागि पेशा मिल्छ । ठूलो बस्ती छ । उद्योग गर्न सकिने । जिन्दगी जिउनको लागि विविध तरिकाहरू अपनाउन सकिने । यहाँ विज्ञहरूको जमघट हुने सुदुर पश्चिमको ढोका, जुम्ला हुम्ला तथा कर्णाली अञ्चलको खेपिताको थलो, खाँचो फाँचो पुरा गराउने , सेवा लिन सकिने ठाउँ हो । उद्यिमीको लागि अगमपुर, विपुलको लागि आश्रयदाता, हिन्दु, मुस्लिम सधैं कर्मालिन कर्मी, धारणा पस्किदै नेपालगञ्जको वर्णन यसरी गरिएको छ –
यो भो बस्ती सुदुर जनको अन्नदाता सदाको
बन्दै आयो प्रचुर मनको आशा धान्ने सदाको ।
पाखारेखा नजिक दुरको खर्चको पूर्ण गर्ने
उर्जा खोजी सवल प्रतिभा सिर्जना रङ्ग छर्ने ।।
पेष्ठ ९, श्लोक ७
नेपाल गञ्ज विविधताले भरिएको छ र यो पूर्वतिर लाग्ने स्थल पनि हो । ज्युने बाटो पनि हो । केही कमाइ गर्न र भावना साट्न व्यथित दिललाई शान्त पार्न प्रेमजङ्ग नेपालगञ्ज पुगेका हुन् । राम्रो ठाउँ मात्रै नभएर यहाँ नराम्रा काम पनि हुन्छन् जस्तै जेब काटिन्छन् । अक्कल फिसलिन गए गासबास चौटिन जाने भन्दै यहाँको स्थितिलाई यसरी वर्णन गरिएको छ –
रङ्गी चङ्गी चहल चतुरे नोटले राश भर्ने
मागी खाने निवर निमुखा रोगले ग्रस्त पर्ने ।
गल्ली गल्ली अभय डुलदै शानले पेट भर्ने
स्वस्ती खाई सकल जनका मानले पेट भर्ने ।।
पृष्ठ १०, श्लोक ११
यहाँ कविले नेपालगञ्जको खुलेर वर्णन गरेका छन् । सबै ठाउँमा सबैलाई सधैं रमाइलो भै राख्दैन । पुनः नेपालगञ्जमा प्रेमजङ्गका पीडाका दिन थालनी हुन्छन् । प्रेमजङ्गको जीवनमा चोटको कमी भएन । सदा चोट खाए । दर्द, माथि दर्द थपियो । उनका दर्द थपिने कारण यस्ता छन् –
मेरो प्यारो तनज छरितो घात पार्यो छिनेर
मेरो छाती गिथलीगिथली दावि राख्यो थिचेर ।
मेरो सारा गमन हुन गो जिन्दगीको कमाई
पर्दापर्दै विपत भुमरी दिक्क भो ज्यूँनलाई ।।
पृष्ठ ११, श्लोक २०
छालः ३
यस छाललाई रुकुम जिल्ला र सेरा गाउँको प्रकृति वर्णन र जन्मभूमिप्रति प्रेमभाव बारे अध्ययन गर्न सकिन्छ । मानिसले जन्म भूमि सहजै छोड्न चाँहदैन ।प्रेमजङ्गले आफ्नो जन्मथलोको गासबासलाई निराशा बोक्दै छाडे तापनि जन्मथल्योले सम्झदा शान्ति पाइने, मनमा भावना बनी रहने, प्रेमधारा हृदयमा उर्लिरहने, रुकुमपुरको शोभा शान्ति शप्तरङ्गी सुवास प्यारो लाग्ने र हेरी राख्ने पियास लाग्ने जन्मभूमिप्रतिको अमीट धारणा रहीरहने धारणा यसरी आएका छन् –,
त्यै आभामा तनमन तना तन्तु मेरा हियारा
त्यै माटोको टलक दिलमा स्वर्य भन्दा पियारा
साह्रै राम्रो प्रकृति रचना चारु राम्रो मुसीकोट
खै के मिल्लान् रूकुम सरहै अन्त तेस्तै सबै थोक ।।
पृष्ठ १३,
रुकुमको शिरमा सिस्ने हिमाल, हरिया डाँडा पाखको सुन्दरता, लेकमा लालीगुराँस, सानी भेरीको लहर लहरीको त्यो हँसाई, अग्ला होचा गगन चुम्ने शैलका लामबद्ध स्थिति र ती ढुङ्गाका ती दृश्यलाई कविले अति मिठासपूर्ण तरिकाले प्रस्तुत गरेर थाक्दैनन् र भन्दछन् –
अग्ला डाँडा उपर बदरी दौड्दा वेगसाथ
ढाकी सारा गगन घुमले छोपिदा शैल माथ ।
सिमसिम पानी झरन झरदै छाटिदा शीलमाथी
झर्ने भर्ना सलल जलका लस्किदा भीरमाथि ।।
पृष्ठ १३, श्लोक ६,
लेकबाट पानी बग्दाको आवाज, छाँगाबाट पानीका छिटाबाट देखिने ती हीरा मोतीको चम्कन, फाँटमा पुग्ने वेलाको शप्तरङ्गी र धनुष आकारको इन्द्रेणीको लचक, पानीका लहरमा झल्कने पुष्पहार, सारङ्गीको धुन, बुल्बुलाको नाचेको दृश्य आदि ती अति रमणीय लाग्छन् । त्यो रमणीयतामा नदीले निकै ठोक्कर खाँदै बगेको पनि हुन्छ । त्यो नदीको कष्टलाई कविले प्रेमजङ्को कष्टसँग लोभलाग्दो रूपले जोडेका छन् –
पानी जस्तै म पनि तिरमा ठोकिदै बारबार
ठक्कर खाँदै विपद भुमरी वैरिदै धारधार
पृष्ठ १४,
प्रेमजङ्ग अहिले नेपालगञ्जमा छन् र असक्त पनि छन् ।उनमा रुकुमपुरको झल्को आइराख्छ । बाल्यकालको याद आउँछ तर के गर्नु उनी हिडडुल गर्ने अवस्था छैन । उनी भन्छन् कि पञ्छी भए उडेर गाउँ डुल्थे । जन्मथलो भेट्ने रहर लाग्छ, खाटमा बसेर टुलटुल हेर्ने र कल्पना गर्ने सिवाय उनमा के नै छ र,
प्रेमजङ्को नशानशामा, मनमा तनमा खोलानाला, वन, उपवन, राशढुङ्गा, सेरी गाउँ खलाङ्गा, पुर्खाको खुन र पसिना खर्चिएको उमङ्ग, चिउलामा ओषका विन्दुको टल्कन, बारीका फलमा वायुले लिएको मस्ति , ढुकुरका जोडको कुर्लन ,कतै को हो को हो त कतै न्याउलीको न्याउ न्याउको विरह, भूर्भूर चरीको उडाई ,पैह्रा चल्दाको टाटेपाटे दृश्य, चौतारीका वरपिपलको छायाले पथिकहरूलाई प्रदान गर्ने शीतलता, आदिमा अमिट माया देखिन्छ । त्यति माया हुँदाहुँदै प्रेमजङ्ले ती चिजको उपभोग गर्न सकेनन् । आफ्नो पीडादाई भावना यसरी दर्शाएका छन् –
सेरा गाउँ लहरा लहरी झल्कदै चित्र बन्छ
जे जे भोगे जनम घरमा चित्र त्यो भित्र हुन्छ ।
ठिङ्गा एक्लै रुख पनि कतै एक्लिएका मजस्तै
एक्लो पीडा व्यधन मुटुमा खोपीराख्ने प्रशस्तै
पृष्ठ १५ श्लोक २०
छाल : ४
यस छालमा छोराको जन्ममा मनाइएको हर्ष, छोराको लाउँलाउँ खाउँखाउँ अवस्थाको वर्णन, मधुकरको मोटरसाइकल दूर्घटनामा मृत्यु र शोकको वर्णन गरिएको छ । सन्तान पैदा हुँदा सबै रमाउछन् । प्रेमजङ्ग पनि निकै रमाए कुलको दीयो जन्मेको ठाने । हर्षले छाती फुल्यो । सृष्टि जमाएको महसुस भयो । चारैतिर रमाइलो हुनु, शुभकामना आउनु, हर्षको बाढ आउनु, भावी प्रगतिका सपना देख्नु,मुक्तिको बाटो खुलेको धारणा यसरी राख्छन् –
ठाने मुक्ति अब जगतमा पितृको दण्डबाट
खुल्ला बाटो परमपुरमा पुत्रको पिण्डबाट ।
देख्ने इच्छा झन प्रवल भो पुत्रको ठाँटबाट
उम्ल्यो उर्जा भितर दिलमा के गरु आजबाट ।।
पृष्ठ १६, श्लोक ५
हाम्रो धर्मकर्मले पुत्रको उपस्थिति अनिवार्य दर्शाएको छ । यहाँ काव्यकारले त्यही कुरालाई स्मरण गराएकाछन् ।सानो छँदा पिताले छोराछारीको लालनपालन र विवाहदान गराई दिनु दायित्व हो । पिताले पुत्र या पुत्रीलाई यी काम नगराएमा पुत्र या पुत्री दण्डबाट मुक्ति पाउँदैन । बाबु आमाको सेवा नगरे छोराछारीले पनि पितृदण्डबाट मुक्ति पाउँदैनन् । पुत्र जन्मे पछि छैटी हुन्छ , छैटी पछि ११ दिनमा न्वारा गरिन्छ नामाकरण हुन्छ । नाम राखिन्छ ‘मधुकर’ । चीना लेखिन्छ र ग्रहदशा राम्रो दीर्घ आयु, आँट भएको, धीर, वीर, धर्मी, कृपालु हुन्छ भन्ने जानकारी पाएपछि प्रेमजङ्ग खुसी हुँदै भन्छन् –
छातीमा झन खुसी थपिदै गर्न लागे बखान
सुन्दा सुन्दै अझ उछलियो हर्ष मेरो तमाम ।
पाएँ ठाने अमित सुखको भन्नु पर्दा नढाटी
धन्यै मानेँ प्रभु उपरका सुख दाई ममाथि ।।
पृष्ठ १७ , श्लोक ७
बालकको बालकृडाको दर्शन, बालकको चन्द्रमाको कलाझै बढवा, उसमा निखार पल्लवित हुँदै आउनु, सिर्जनाले पूर्णता पाउँदै जानु, बाबा भन्दै लस्पसिनु, यसो गर्दा बाबुको प्रेमधारा बहनु, मदनका मन जस्तो आभा प्रज्वलित हुनु , मुटुको मोहिनी रूप हृदयमा झल्की राख्नु जस्ता माता पितामा सन्तानप्रति देखिने अथाह प्रेमधारा यहाँ बगेका छन् । मधुकरको न्यानो माया यत्रतत्र छापिएका छन् । बाबुले सन्तानप्रति दर्शाउने बालकृडा यसरी दर्शाएका छन् –
म्वाइ खान्थे दुईकरा बिचै च्यापदै दो कपोल
गाला जोर्दा मसित रिसिदै तर्किदिन्थ्यो सुटुक्क ।
भो भो भन्दै अलि पर सरी हाँसि दिन्थ्यो मुसुक्क
आफै हाँसी मुसुमुसु अनि काख लिन्थेँ थुपुक्क ।।
पृष्ठ १७, श्लोक ११
प्रेमजङ्ले लालन पालनमा कुनै कञ्जुस्याइँ देखाएका छैनन् । दुधसित भात खुवाउनु, मृदुल मनको स्नेह राशराश प्याउनु, उसका इच्छा पूर्ति गराउनु र कुनै चिजको कमी हुन नदिनु, जस्ता धारणा यहाँ आएका छन् । यो संसार यस्तै छ । यहाँ हुने नहुने कर्महरू हुन्छन् । प्रेमजङ्गको छोरो घरबाट निस्कँदा प्रफुल्ल थियो । कुनै लक्ष हाँसिल गर्नकोलागि बाइक हाँकी अगाडि बढ्दै थियो तर बीच बाटोमा नै बाइक दुर्घटना परी स्वर्गको बाटो समायो । काव्यकारको यस दुर्घटनाको वर्णन हृदय विदारकको साथै कलात्मक प्रस्तुति देखिन्छ –
आए होलान् यमदुत लुकी वायुान मार्ग छेक्न
पारे होलान् भ्रमित मधुको कालले ट्याप्प टिप्न ।
वाइक लड्ने समय गतिमा रैछ क्यारे बहाना
मर्ने उसको सडक विचमा दैवको त्यो चाहना ।।
पृष्ठ १८, श्लोक १७,
यसरी घटना घटे पछि मानिस जम्माहुनु, यस दुखित घटनामा चारैतिर शोक छाउनु, सबैका आँखा रसाउनु, प्रेमजङ्गको मगज चड्कनु, मुट्मुा झड्का लाग्नु, तन्तु गल्नु, आँसुका बलेनी बग्नु, माथा फनफन घुम्नु, ख्ट्टा काप्नु, हात लुलाउनु, छातीभित्र काँडाले कोपेको आँधी अजङ्ग भूमरीको सुनामी आएको, धमनीबाट रक्तप्रवाह रोकिएको, सकल दुनिया दुखेको, बगैंचा शून्य लाग्नु, फूलका पत्र पत्र रुनु, रोयो आभा पवन पवन कलिमा कोपिला यत्रतत्र, आदि विरहलाई कविले अति मार्मिक रूपमा पस्केका छन् ।
मधुकरको चालचलन, शीलस्वभावको पनि यहाँ वर्णन गरिएको छ । मधुकर चौडा छाती, चमकिलो मुहडा, अङ्गढङ्ग मिलेको, सबैको अगुवा बन्न खोज्ने, विविध खेलखेल्ने, हाँस्ने, छिटो छरितो, देशको गर्व राख्न सक्ने, सेवाभावनाले युक्त, कोमल हृदय, धर्ममा मर्म राख्ने, प्रगतिको चाहना भएको, प्राप्त गर्नको लागि युद्धरत, आँटिलो शुरो, प्रफुल्ल मनको, कुलको धर्म थाम्ने, हरतरहले हरक्षेत्रमा जित्न खोज्ने, खुसदिल, मित्रप्रेमी, आमा बाबा सकल घरको मर्यदामा ख्याल राख्ने,आदि हरेक गुणले सम्पन्न थियो ।
ममतामयी आमाको सन्तानको यस दुखद अवस्थाप्रति कविको धारणा यसरी आएको छ –
आमा कठै विवस विचरी कोखनै रित्यियो नि,
बृद्धाबस्था जतन मिलने आशनै सिद्धियो नि ।
बाँकी राख्यो अब नियतिले कर्दले रेट्न घाँटी
काढी छाला नुनचुक दली तेलमा तार्नु बाँकी ।।
पृष्ठ २०, श्लोक २७
विविधपक्षको शोकमय स्थिति यसरी यसरी प्रस्तुत गरिएको छ –
बाजा रोए, विजनलयको गीत रोयो धुरुक्क
नाता पाता स्वजन सवले आँसुझार्दा तुपुक्क
दशै रोयो सवल जसले नौ जवाननै गुमायो
,रुँनै रुँना नगरभरमा पत्रिकाले सुनायो ।।
पृष्ठ २२, श्लोक ३७,
प्रेमजङ्गले यो अवस्था किन भोग्नु पर्यो भनि अनेक धारणा आफैमा राख्दछन् –
अञ्जानैमा भूलहुन गई पाप मैले गरेंकी
निष्ठा मेरो क्षयहुन गई स्वर्गबाटै झरेंकी ।
बाल्याबस्था अबुझ महुँदा कर्म खोटो गरेकी
माण्डव्यै झैं कसुर नगरी शूलीमा पो चढेकी ।।
पृष्ठ २२, श्लोक ३८,
मस्त जवान छोराको शोक व्यहोर्नु निकै नै कष्टदायी पीडा हो । यस पीडाको खोजीमा प्रेमजङ्ग माण्डव्य ऋषिले विना कसुर शूली चढ्नु परेको घटनालाई स्मरण गर्न पुग्दछन् । (लुटेराहरूले लुटेका सामान सहित माण्डव्य ऋषिको तपस्थलमा लुक्छन् । मौनब्रत बसेको ऋषि र लुटेराहरूलाई राजाका सिपाहीले समातेर लैजान्छन् र राजाले सोधपुछ गर्दा मौनब्रत बसेका ऋषि बोल्दैनन् र उनले गल्ती स्वीकारेको राजालाई महसुस हुन्छ । उनलाई शूली चढाइन्छ । तपका धनी ऋषि तपबलको शक्तिले जीवितै रहन्छन् । राजाले यस्तो चमत्कारीता देखेर शूलीबाट उतारेर क्षमा माग्दछन् ।ऋषि यमराजसँग पुगेर शूली चढ्न पर्ने कारण सोद्धा बाह्रवर्षको उमेरमा ऋषिले पतङ्गको पृष्ठ भागमा लठ्ठी घुसाएको कारण शूली चढ्न परेको कुरा बताउँदा ऋषिले १२ बर्षको उमेरको बालकलाई पाप र पुण्य थाहा हुँदैन त्यसो हुँदा शूद्र वर्णकी दासीको गर्भबाट मनुष्य योनीमा जन्मनु भन्ने श्राप दिएका थिए ।) यस छालमा कविले अतुलनीय पीडाको वर्णन गरेका छन् ।
छालः ५
यस छालमा पनि असह्य वेदनालाई प्रकट गरिएको छ । प्रेमजङ्ग छोराको सम्झनाले आत्तियका छन् । सम्झनाले सताएको छ । व्यघ्रताले अँठ्याएको छ ।प्रकृति रोएको छ । प्रेमजङ्गले जताहेरो त्यतै रोएको देख्न थाल्छन् र भन्छन–
मेरो चन्दा चहक लुटियो कोपिला भाचियो नि
सृष्टि मेरो अब जगतमा भासमा भासियो नि ।
मेरो नाता तनजसितको शून्यमा गाँसियो नि
यो धर्तिमा अपुतो भनिने नाममा गाँसियो नि ।।
पृष्ठ २५, श्लोक १२
बृद्ध अवस्थाको मृत्युवरण सहज रुपमा लिइन्छ । किन कि मानिस जन्मिन्छ mबढ्छ युवा हुन्छ, बृद्ध हुन्छ र अन्तिममा मर्छ । काललाई कसैले टारेर टार्न सक्दैन तर अल्पकालमा मृत्यु हुनु भनेको असहज परिस्थिति हो । यस परिस्थितिमा रुनु सिवाय के नै हुन सक्छ र यसै रुवाइबाट पीडा पखालिन्छ र मनलाई शान्त पारिन्छ भनिन्छ तर त्यो पनि सहज हुँदो रहेनछ । प्रेमजङ्ग भन्छन् –
ठण्डा हावा पनि भतभतै पोलि राख्दा मलाई
व्याधी बाधा सकल तनको भित्रभित्रै जलाई ।।
जन्मेकाको यस जगतमा मर्न पर्ने विधान
साह्रै गाह्रो सकस खपनै पुत्र मर्दा जवान
तप्दा तप्दै बदन तपमा बिग्रदै पित्त बात
सुस्तैसुस्तै असहज हुदै बल्झियो पक्षघात ।।
पृष्ठ २५,, श्लोक १७,
छाल : ६
यस छालमा महेन्द्राका खानदान,जङ्गसँगको विवाह,दुवै बिचको प्रेमप्रशङ्ग, मृत्युवरण, शोकमय जीवनमा कविले दृष्टिपात गरेका छन् ।
जाजरकोटे कुलिन घरमा राजशी ठाँटबाट
हाँस्देै खेल्दे सुख सयलमा हुर्कदै ढुक्कसाथ ।
बाला बेला जतन सुविधा लालन पालनमा
मेरी जोडा जडन विधिमा दैवको कल्पनामा ।।
पृष्ठ २६, श्लोक १
कुलिन घरमा जन्मनु, बालक कालमा हाँस्नु, , वन उपवन चहार्दै खेल्नु पुलपुल्याइमा पालिएर हुर्किनु, सरल मनकी धनी, महेन्द्रा सातफेरा विधिवत फन्का लगाएर जङ्गकी अङ्गबन्न पुग्छिन् । विवाह पछिको प्रेममय अवस्थालाई यसरी वर्णन गरिएको छ –
माया जम्दै युगल प्रितको मोहनी माधुरी भो
हाँस्ने खेल्ने मिलन मनको चित्तमा आतुरी भो ।
गैह्रो माया विकसित भयो कोपिला झैं उकायो
फक्रेजस्तै उदितकलिको फुल जस्तै बसायो ।।
पृष्ठ २६, श्लोक ४
जङ्गकी सहयात्री भएर कहिले सुखसयलमा, कहिले दुःख बाँडदै, प्रसुति दुख भोग्दै पुत्रको जन्म दिनु, बच्चालाई दुध पिलाएर हुर्काउने काम गर्दा बालक हाँस्दा खेल्दा घरमा खुसी वर्षाएको धारणा काव्यमा आएका छन् । समयको चक्र हो जङ्गले महेन्द्रालाई आत्माको प्यार त दिए तर उनले भोगेका रोग व्यथा विपत घोच्ने काँडाको मुटुको व्यधन, बेला बेलामा आइलाग्ने विपदको भुमरी, आफन्तले धोका, दिंदै परपर भाग्नु, रोगले ग्रस्त पार्नु, अर्थको अभाव हुनु, यी सबैलाई सहन गदर्,ै पतिको सेवा गर्दैगर्दै प्राण त्यागेको अवस्थालाई कविले यसरी प्रस्तुत गरेकाछन्–
साह्रै घाति निठूर विधिले चोट हान्यो रुवायो
कुण्ठा पाली जिवन जिउँनै घिस्रनै बाध्य पार्यो ।
निर्धो रोगी अवल निमुखो पारदै प्रेमलाई
बाधा व्याधी अझ, थपिदिने धन्य हो ! दैवलाई ।।
पृष्ठ २८, श्लोक १५
यहाँ जीवन बाधा व्याधीसित अल्झिएको छ, । गैह्रा गैह्रा दुखका पैह्रा गएका छन् । हिड्ने बाटोमा अल्झन थपिएका छन् । दुखको तापबाट जिउने आशा जलेको छ । आफ्ना भन्ने खोसिएका छन् । जङ्गम विधुर बनेका छन् र खाटबाट टुलटुल हेर्नु सिवाय उनीसँग केही छैन । भविष्यको सहारा छोरो जानु, यसरी नै पत्नी जानु, आफू रोगी बन्नु यहाँ भन्दा कष्टदायी जीवन अरु के हुन सक्छ र ? कविले पीडालाई अति गहनरूपले समाएका छन् । प्रेमजङ्गको छिया छिया मुटुलाई यहाँ दर्शाएका छन् । पीडारूपी अश्रुसिन्धुलाई बगाएका छन् । रातभरी निदाउन नसकेको अवस्थामा महेन्द्रालाई यसरी स्मरण गराएका छन् र एक पटक झुल्किने आग्रह गरेका छन् –
मेरी छाया ललित प्रियसी फूल जस्ती महेन्द्रा
रश्मी छर्ने मृदुल घटमा जून जस्ती महेन्द्रा ।
टेक्ने लौरो उभिन तनको आत्म मेरी महेन्द्रा
अस्ताएको रवि वन तिमी झुल्किद्यौ एक फेरा ।।
पृष्ठ ३१ श्लोक ३४
मानिस मर्छ तर मनमा गढेका माया मर्न सक्दैन । एक्लो जीवन जिउन निकै कठिन हुन्छ । मनमा कुरा खेल्छन् । हराएको व्यक्तिको चित्र मनभित्र नाच्छ । पत्नीको गमन मनमा झल्कि राखेको अनुभूति हुन्छ । महेन्द्राले प्रेमजङ्गप्रति गरेका र दर्शाएका ममतालाई स्मरण गर्दै सबैले छैनन् भने पनि प्रेमजङ्ले भने ख्यालमा देखेको र रागमा भेटेको धारणा यसरी प्रस्तुत गरिएको छ –
मीठो माया वचन गुलियो पावना प्रेम राशी
राख्यौ माया हृदय भरको प्रेमको पाउमाथि ।
छैनौ भन्छन् सकल जनले ख्यालमा देख्छु मैले
तिम्रो छाँया बिव्हल मनको रागमा भेट्छु मैले ।।
पृष्ठ ३१, श्लोक ३६
छाल : ७
यस छालमा पनि प्रेमजङ्गको वेदना, रोगी जीवन,सखाबाट एक्लिएको जीवन, यात्रा शून्यतामा विलाएको ,विविध थरका कर्म रेखाको रचना, भाग्य खोटोको निर्माण, मीठो भाका, ललित प्रतिभा लुटिएर निराश भएको अवस्था, विधुर जीवन, साधना लुटिएको, आधा अङ्ग खोसिएको, दाहिने हात काटिएको, थाउनामा सुताएको, दीप बुताएको मर्म, शोख, आशा,सबै सखाप हुँदा प्रेमजङ्गको एक मात्र सहारा कलम भएको धारणा यसरी आएको छ–
मात्रै दोस्ती कलमसित भो लेख मेरो अडेसो
ठण्डा पार्ने मलम पनि भो भित्रजल्दा कलेजो ।
भोगेँ वेला सकल जनमा जून जस्तै थिएँ म
डुल्दा डुल्दै डगर डगरै नुन जस्तै गले म ।।
पृष्ठ ३३, श्लोक ७,
मनका रहरहरू तथा भावनाहरू लेख्ने चाहना, जिन्दगीका पहेलीहरू पोख्न मन लाग्ने भावना, अन्तस्करणका भावभङ्गी तरङ्ग कविता मार्फत पौडी खेल्न मन लाग्ने धारणाको साथै उनको लेखन कलालाई यसरी पस्केकाछन् –
फुल्का फाँकी बुझन सजिला शब्दका जाल बुन्दै
मेरो सारा समय कटने धूलका फुल उन्दै ।
लेखी गाई सकल मनका वेदना पोखी राख्छु
टुक्का जोर्ने करुण रसका शब्द नै खोजी राख्छु ।।
पृष्ठ ३४, श्लोक ११,
पीडा भोगकर्ताको भन्दा बाहिरको जगतलाई कविले यसरी वर्णन गरेका छन्–
झुल्के तारा उदय चलमा चाँदनीमा नुहाए
छर्की लाली रवि गगनमा भावनाको झुमाए ।
मान्छे जागे सकल जगमा मर्ममा कर्म जागे
आशा जागे सकल जनका धीरता भैर्य जागे ।।
पृष्ठ ३४, श्लोक १३
तर प्रेमजङ्गको जीवन यस्तो छैन । उनी कोल्टो फेर्दै सारा रात ख्यालमा हेलिएका हुन्छन् । खाटमा पल्टेर नाना ताना बिव्हलता मनमा गुनेका हुन्छन् । उनलाई रात विताउन वर्ष विताए जस्तो लाग्छ र भोग्न परेका चोटका कारण समय काटन साह्रै गाह्रो हुन्छ ।
छाल : ८
जब विरह वेदनाले अत्याएपछि नैराश्यले बाटो लिन्छ । मानिसलाई यो जीवन नै बोझ हुन्छ अनि मानिसले मृत्युवरण चाहान्छ तर मृत्यु ग्रहण गर्न त्यति सहज हुँदैन । प्रेमजङ्गले मरेर जान पाए राम्रो हुने , चितामा जलेर खाक बन्न चाहे किन कि बुढापामा निद विनाको रात दिन बिताउन सह्रै गाह्रो र दुखदाई हुने धारणा यसरी राखेका छन्–
हेर्दा हेर्दै दिन त कटनी सिर्जनका तुनामा
काट्नै गाह्रो विहिन सँगिनी रात एक्लै कुनामा ।
कोल्टो फेर्नै कहर परने रातका सन्नटामा
हाँस्दो खेल्दो स्वरूप उनकै झल्कदा संझनामा ।।
पृष्ठ ३५, श्लोक २
प्रेमजङ्गको छातीभित्र उनको प्रतिमा टाँसिएको,मगन मनमा झल्किएको, थकित भएर खाटमा लम्पसार परेको, अतितका घटना सम्झेर दङ्ग परेको, चक्कुलिएर छाति चिरौ चिरौ लाग्ने, यसो गर्दा पनि बाँचने इच्छा जाग्ने, हाँस्ने रहर हुँदा पनि कण्ठ रोकिने, गीतको गुञ्जनमा कविता गाउन खोज्दा पनि पोख्ने बाटो उल्झनमा पर्नु, हातले बाजा बजाउन नसक्दा रागबाट अलगिन पर्नु जस्ता दर्दनाक धारणाहरू आएका छन् ।
प्रेमजङ्गको आमा सानैमा वित्ता बालकालमा पनि दुःख भोग्न पर्यो । आज आएर उनको कष्टदायी अवस्थालाई यसरी पस्किएको छ –
कठ्ठै भन्थे सकल जनले अर्ध तेन्द्रा थिएँ म
पाएँ माया बखत मनको चाँदनीमा झुमे म ।
बाधा व्याधी व्यधन परदा कर्कलो झै गलेको
लड्दा लडदै गलित म भई मृत्यु शैया परेको ।।
पृष्ठ ३८, श्लोक १५
प्रेमजङ्गले आफ्ना बाबुबाट माया,गुनिला हात प्राप्त गरेका, मुटुको जखमलाई सञ्चो बनाएर भाग्य सुधारेका, धारणालाई यसरी पस्केका छन्–
सारा खाँचा हर समयका पूर्णपारी सदाको
वाणीश्रीको जतन सुविधा धन्य आफ्ना पिताको ।
सेवा पाएँ अतुल मनको वाणिश्री आत्मजाको
साथी मेरी वखत प्रियसी भाग्यमा लेखिएको ।।
पृष्ठ ३८ श्लोक १७
निरबल हुँदा बाँच्न गाह्रो हुने, चोट खाएर रुन पने, समयले साथ नदिएको भए स्वर्ग पुग्ने अवस्था आउन सक्ने , बाधा भोग्न पर्ने, हृदय जल्ने भाग्य रहेको, यस अवस्थामा आश्रय पाएको भए पनि अझै आत्मा डाहा छँदैछ । जीवन पथमा सुख खोज्नु, पनि स्वार्थ रहेछ । अर्थ भन्ने पनि स्वार्थ रहेछ । मुर्छा परन्देरीको व्यवधान सँहदा पनि हात लाग्ने निराशा रहेछ । यी सबै यथार्थलाई भोग्दा भोग्दै उनको सहन सक्ने क्षमता बृद्धि भएको धारणा आएको छ –
हाँसी हाँसी जहर तकको पच्न सक्ने भएँ म
नाना बाधा विपत पचदै खट्न सक्ने भए म ।
भोग्दा भोग्दै विविध लफडा जिन्दगी ज्युँनलाई
माने मैले अलि अलि गरी बिर्सन दुखलाई ।।
पृष्ठ ३८,लोक २०
छाल : ९
यस छालमा गायनकला, लेखनकला, जीवन जगत, राष्ट्रियता, धनी गरिब बिचको विभेद आदिलाई समेटिएको देखिन्छ ।
भाखा हाली मृदुल लयमा नाद घाँटी उचाली
मीठा गाना सरस धुनमा बादनामा झुमाई ।
जोरी टुक्का टलक मनका गीत नाना जुराई
बाजरेटी प्रसव मनको रागमा गुन्गुनाई ।।
पृष्ठ ३९, श्लोक १
मानिस जब विविध पीडाले सतिन्छ, बाँचे आशालाई छाडिन्छ , बाँच्ने आशा मदन मन छिन्न भिन्न हुन्छ त्यस समयमा गला अवरुद्ध हुन सक्छ । ललित स्वरमा गाउने गला तथा सबै प्रतिभामा अवरोध आउन सक्छ । प्रेमजङ्गले पनि आफ्नो सबै प्रतिभा मेटिएको अनुभूति गर्छन् । उनी भन्छन् –
गाई राख्ने तनमन तना पोखियो बालुवामा
पैरो चल्दा भिषण दिलमा चोट लाग्यो कलामा ।
वाणी गुम्दा सकस कति भो बुझनेको महत्व
दुख्दै छाती तनमन दुखे दुख्न लाग्यो समस्त ।।
पृष्ठ ३९, श्लोक ३
प्रेमजङ्ले साधनाको नसा प्युँनु, मृदुल छविमा भावनाका विरक्तिमा झुम्नु, यसैमा झुम्दा आफ्ना भन्ने जनधन सबै लुट्टिदा पनि सहनु तर मीठो भाखाको हरण,बाणीको गुमाईले गर्दा उनको छातीमा परेको चोट सहन सकेनन् र उनी रन्थनिए, विव्हल भए,उनी माथि दैवको लाठी ब्रजेको अनुभूति भयो । दिलमा परेको चोटको दवाईको काम गर्ने गीत पनि मेटियो । शिरमाथि पहाडै झरे जस्तो, बाडी पहिराको लछार पछारको चोट, अङ्गभङ्ग जस्तो पीडा, हिड्न असहज भै खाटमा लडेको, छाती जलेको आदिलाई सहन सक्ने क्षमता बढेको धारणा काव्यमा आएको छ –
जल्दा जल्दै जलन सितलो लाग्न लाग्यो मलाई
तप्दा तप्दै तपन गुलियो लाग्न लाग्यो मलाई ।
घोच्ने काँढा अव त मुटुमा फुल जस्तै भयो भो
खप्दा खप्दै अव वदनले खप्न सक्ने भयो यो ।।
पृष्ठ ४०, श्लोक १०
प्रेमजङले आफ्ना वेदनालाई गजल कविता, हाइकु,लेखेर गाएर सबैमाझ राखिदिँदा समय काट्न सजिलो भएको र उनका गीत कविता, गजल लेखनका विषय देशको घाउ, निर्धा दुब्ला, भोका, नाङ्गा, जनताका पीर मर्काको बारेमा लेखिने । प्रेमजङ्ले भन्छन् कि उनको छाति अडिग पहरो छ । दुख झेल्दा थाक्दैन । सुखमा मात्दैन । उनको स्वभाव सरल छ । सवैमा समान दृष्टि राख्दछन । मनका विरहलाई वेदनाको चितामा जलाउँछन् । धिरतामा सब कुरा प्राप्त गर्दछन् । रुनुधुनु सबै व्यर्थ हो ठान्दछन् । जीवन सहज छैन । सबै गाह्रो छ । ढुक्क बन्न सकिदैन । पीर बाधाले अघि बढ्न बाटो छेक्छ । उनी ठान्छन् जे भोग्नु थियो भोगियो । खिन्न बन्नु छैन । जिन्दगीमा विभिन्न असहजता भोगियो । चिल्ला गाडीमा सरर गुड्नेहरूले के लिएर गएका छन् । अर्थात मृत्युवरण हुँदा धनी र गरिबमा के नै फरक छ र ? नाङ्गै आएको हो र नाङ्गै जाने हो । सबै सरह नै चितामा राखेर नाङ्गै पारेर दागबत्ती जलाएर, कात्रो,बुर्की, कपुर, तुलसी लाशमा चढाएर अन्त्यकर्म गरिन्छ । काव्यले जीवनदर्शनलाई प्रष्ट पार्दै भन्छ –
गाडी घोडा महल बगिया व्यर्थका दम्भ ठाने
मात्रै सारा रहर गहना अन्त्यमा छाडि जाने ।
छैनन् मान्छे अझकत कतै सूनको भात खाने
हैनन् रे ती सकल गहना अन्त्यमा साथ जाने ।।
पृष्ठ ४१, श्लोक १७
मानिसले भोग्न पर्ने विविध पक्षलाई भोगे पछि तथा फलामलाई तताएर चोटदिए पछि मात्र चाहेको आकारमा लान सकिन्छ । प्रेमजङ्गले पनि जीवनमा धेरै चोट खाए । आफै जले, जलन सहे र खारिएको सुन जस्तै भए । त्यतिमात्र कहाँ हो र उनी पूर्णिमाको जूनको कला जस्तै बढ्ने र घट्ने भए । विगतका दिनलाई ऐनामा हेर्दा धुलमा फूल जस्तै भएको धारणा सहित यो छाल समाप्त हुन्छ ।
छाल : १०
यस छालमा ६ ओटा श्लोक छन् । यी विविधताले सजिएका छन् । मानिस यस संसारमा किन जन्म लिन्छ ? उसको कर्तव्य के हो ? जन्मको सार्थकता के हो ? आदिलाई समेट्दै कवि भन्छन् –
यस धर्तीमा मनुज महिमा मोहमा डुब्न हैन
योद्धा हामी समर लडने श्वान झै भुक्न हैन ।
खट्नै पर्ने सजग रणमा कर्मले युद्ध गर्न
जन्मेका हौ यस जगतमा कर्मले धीत भर्न ।।
पृष्ठ ४२, श्लोक १,
मानव दर्शनका यी उच्चतम् मार्ग दर्शन अतुलनीय छन् । मानिस भएर यस संसारमा आएपछि केही गर्नको लागि हो । मोहमा डुब्न होइन । योद्धा लडनको लागि हो । संसारमा जन्म लिनु नै काम गर्नको लागि हो । काम गरे माम मिल्छ । कामप्रतिको आस्था राखेमा कामले नाम दिन्छ । गीतामा भनिएको छ कि काम गर्नु पर्छ तर फलको आशा गर्न हुन्न । किन कि फल आफ्नो हातमा हुँदैन । तर यहाँ कविले कामगर्दै जाउँ फलको लागि आत्तिन हुँदैन । काम गर्दै जाँदा गरव गमिलो गौढता नामी मिल्छ भनेका छन् । काम गर्नु उद्देश्य हासिल गर्नको लागि हो ।
काव्यकारले प्रेमका कुरा पनि उठाएका छन् ।प्रेम शब्द नै गहन छ । प्रेममा के हुन्छ के हुँदैन । प्रेमलाई जति सहज रूपमा लिइन्छ त्यति सहज छैन । हेरौ कविको भनाईलाई–
सिस्नेजस्तै मन छ अडिलो प्रेमको कर्म हेरौं
आँधीबेरी सहज सहने प्रेमको मर्म हेरौं ।
थाती राख्ने दुखद घटना शोकिलो भेल बाढी
काढी राख्ने तरर पसिना कर्म ठानी समाधी ।
पृष्ठ ४२, श्लोक ३
प्रेमजङ्गको व्यक्तित्वलाई कविले यसरी पस्केका छन् –
आस्था थामी अविचलित भई कर्ममा खेल्न जान्ने
आई पर्दा असहज सहि कर्ममा भिड्न जान्ने ।
श्रद्धा कान्ता करम गतिला साधन सिद्ध देख्ने
आफै मान्छे अमर जर हो कामनाभित्र देख्ने ।।
पृष्ठ ४२, श्लोक ४
मानिस कस्तो कुलमा जन्मन्छ । जन्मे पछि के काम गर्छ । उसको कर्मले कतातिर डोर्याउँछ । उसको अमरत्व उसको कामले राख्दछ । यहाँ प्रेमजङ्ग रहिस कुलमा जन्मे । राजषी ठाँटबाटमा हुर्के तर यो राजषी सुख सयललाई त्यागेर सिजर््नामा रमाए । उनले सुखमा मात्र सिर्जनामा रमाएनन् जल्दै गल्दै तरल बन्दा पनि काव्य धारा बगाए र अमरत्व कायम गरे । प्रेमजङ्गले के देखे ? के रेटे र के भेटे ? हेरौं अन्तिम श्लोक –
ज्वालो देखे तनज जलदा संगिनी लास देखे
हट्टाकट्टा सवल तनमा रोगको घात देखे ।
जो जे खेपे कविवर सदा कर्मका गीत रेटे
होला मान्छे सफल महिमा प्रेमको रित भेटे ।।
पृष्ठ ४२, श्लोक ६
प्रेमाञ्जलि शोक–काव्यको कथासार विश्लेषणात्मक रूपमा मैले माथिनै लेखि सकेको छु । यस काव्यको भूमिकामा इन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’ले लेख्नु हुन्छ –‘महाकाव्यको विषय बस्तु बन्न सक्ने कथानकलाई खण्डकाव्यमा खुम्च्याउन खोजेजस्तो आभाष पनि हुन्छ । तर कवित्व प्रवाहले नेतृत्व गरेको छ ।’ यस विषयमा यस खण्डकाव्यमा महाकाव्यका हुनु पर्ने विशेषता छन् र यसलाई अध्ययन गर्दा महाकाव्य जस्तै अनुभूति पनि हुन्छ ।किन कि प्रेमप्रकाश मल्ल काव्यका प्रेमजङ्गको काव्य लेख्न समयसम्मका देखेका र अनुभव गरेका घटना कर्मलाई समावेश गरेर पूर्वीय काव्य सिद्धान्त अनुरूप यो काव्यको सिर्जना भएको छ । उनका सकृय जीवनका क्रियाकलाप यहाँ समेटिएका छन् । । प्रेमप्रकाश मल्ल लोक प्रसिद्ध ज्यूँदा नायक हुन् ।छालगत हिसावले पनि आठ छाल भन्दा माथि सिर्जना गरिएको छ । विविध पक्षलाई अध्ययन गर्दा महाकाव्यको रूपदिन नसकिने होइन तर काव्यकारको कथन छ –‘यस काव्यमा मैले वहाँको जीवनको दुखान्त घटनाको मात्र चर्चा गरेको छु । मलाई लागेको छ त्यो पनि केही अंशमात्र मैले ठानेको छु । उहाँको शोक सागर प्रशान्तभन्दा कम छैन । मैले त सागरबाट एक लोहोटा पानी मात्र पाठक समक्ष टक्र्याएको । बाँकी भन्ने पालो हजुरहरुको ।’ यसैबाट भन्न सकिन्छ कि प्रेमाञ्जलि शोक काव्य हो र शीर्षक सार्थकछ ।
परिवेश– यो शोककाव्य रुकुमको पहाडी प्राकृतिक सौन्दर्य देखि नेपालगञ्जको समतल फाँट, व्यपारिक क्षेत्रको परिवेशमा लेखिएको छ ।
पात्र छनौट–काव्य लेख्दा नायक छनौट गर्नु महत्त्वपूर्ण पक्ष हो । यस खण्डकाव्यले लोकप्रसिद्ध ज्यूँदो पात्र प्रेमप्रकाश मल्ललाई काव्यको नायक बनाइएको छ । प्रेमप्रकाश मल्ल सुप्रसिद्ध साहित्यकार, सङ्गीतकार, गीतकार, कवि, राष्ट्रिय प्रतिभा हुन् । अर्कापात्र मधुकर जुन प्रेमप्रकाशका पुत्र हुन् । यी पात्रको निधन मोटसाइकलको दुर्घटनामा भएको छ । यी पनि शुर वीर,अग्रसोच भएका पात्र हुन् । महेन्द्रा प्रेमप्रकाशकी पत्नी जाजरकोटे कुलिन खानदानकी पुत्री, शोभाशाली नारी जस्ले प्रेमप्रकाशलाई जीवित छन्देरी हरक्षेत्रमा साथ दिइन् एक कुशल नायिका हुन् ।
भाषाशैली – भाषा सरल छ । छन्दमा लेखिएको हुँदा लयात्मक छ । साधारण भन्दा बौद्धिक वर्गकालागि पठन योग्य छ । छन्द आदि प्रयोग सम्बन्धमा इन्द्रबहादुर भन्डारी ‘इन्द्रेणी’को भनाइलाई यहाँ प्रस्तुत गर्ने अनुमति चाहान्छु –‘यसमा मन्दाक्रान्ता छन्दलाई सहीरूपले प्रयोग गरिएको छ । उपमा , रुपक, उत्प्रेक्षा, दृष्टान्त,आदि अलङ्कारको स्वभानविक प्रयोग भएको छ ।’
खण्डकाव्यको विशेषता– यो काव्य प्रेमजङ्ग (प्रेमप्रकाश मल्ल) जो जीवित छन् उनको बारेमा लेखिएको काव्य हो । जीवित मानिसको बारेमा काव्य लेख्नु सहज हुँदैन । यस काव्यमा काव्यकार इन्द्रराज पौडेल प्रेमजङ्नै बनेर प्रेमप्रकाश मल्लका जीवनमा घटेका तथा भोगेका दारुण कथा व्यथालाई समग्रमा समेटेका छन् । अर्को महत्वपूर्ण विशेषता शोक वर्णन अतुलनीय छ । परिवेशस्थलको प्राकृतिक वर्णनलाई काव्यकारले गहनरूपमा उठाएका छन् । मातृभूमिप्रतिको अथाह माया, भूमि प्रेम, राष्ट्रप्रेम साहित्य प्रेम, धैर्यता, सहनशीलता,कारुणिकता, जीवनदर्शन, प्रेमदर्शन, मुक्तिप्राप्त गर्न पुत्रको आवश्यक्ता, केही प्राप्त गर्न त्यागको आवश्यक्ता, नारी पुरुष बीचको सम्बन्ध, महेन्द्राको पति सेवा,आदि थ्प्रुै विषय बस्तुलाई यसमा उठान गरिएको छ । खास गरी पीडा र करुणा यस खण्डकाव्यको विशेषता हो । यसलाई शोक दर्पण पनि भन्न सकिन्छ । प्रेममय भावनाका धनी प्रेमप्रकाश मल्लको यथार्थ पीडादायी घटनालाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ ।
सुधारका पक्ष– छालको घटनालाई वर्णन गर्दा केही धारणा दोहोरिए जस्तो भान हुन्छ । फरक प्रसङ्गमा प्रस्तुत गरिएको हुनाले काव्यदोष भन्न त मिल्दैन तर सकेसम्म यस्तो दोहोरोपना नदर्शिनु नै राम्रो हुन्छ ।
अन्त्यमा सबै विवरणहरू माथि आइसकेको हुनाले यसको सारांशतिर जान आवश्यक देखिदैन । समग्ररूपमा काव्य गहन छ , पठन योग्य छ र प्रशंसनीय छ । शोक प्रस्तुत गर्न काव्यकार सफल देखिन्छन् । भाविजीवन सफलताको कामना सहित विदा चाहान्छु ।
धन्यवाद
मिति २०८१ साल फाल्गुन २३ गते
मानस खण्डकाव्यको चिरफार
सदानन्ल अभागी
स्वर्गीय पिता पं. तुलसीरामप्रति समर्पण गरिएको यस खण्डकाव्यका काव्यकार हुन् इन्द्रराज पौडेल । पीडा –कवितासङ्ग्रह (२०६१) लिएर कृतिकारको रूपमा दर्शिएका इन्द्रराज पौडेल २०६२ सालमा मानस खण्डकाव्य लिएर काव्यकारको रूपमा साहित्य जगतमा प्रस्तुत हुन्छन् । बर्दीयाली साहित्य समाजले प्रकाशित गरेको यो खण्डकाव्यको प्रकाशकीयमा अध्यक्ष राजेन्द्रप्रसाद धिताल यस काव्यको र कविको मूल्याङ्कन यसरी गर्नु भएको छ –‘‘ अनन्त आशाका दीप्तिमय किरणहरू कवि प्रतिभामा प्रज्वलित भै रहेका छन् । ‘पीडा’ कवितासङ्ग्रहबाट ‘मानस’ खण्डकाव्यतिर लम्कनु भएका कवि निबृत्तितिर हैन प्रबृत्तितिर लम्कनु भएको छ ।’ इन्द्रजीको यो खण्डकाव्य छन्दप्रतिको मोह हो । उहाँले लेखकीयमा लेख्नु भएको छ –‘यो भावनाको सङ्गालो छन्दप्रतिको मेरो आस्थाको संगालो हो ।’ इन्द्रजी छन्द बचाऊँ अभियानमा लागेको हुनाले उहाँको उद्देश्यलाई यो काव्यले प्रमाणित पनि गरेको छ । यस काव्यलाई सुभेच्छात्मक उद्गार शीर्षकमा छन्द बचाऊ अभियानका सञ्चालक माधव वियोगीले यस कृतिको मूल्याङ्कन गर्दै ‘सुत्रात्मक र आख्यानीकृत दुवैखाले भाव संयोजनमा कवि इन्द्रराज पौडेल खप्पिस देखिनु भएकोले त्यस क्षेत्रमा अभाव खड्किएको महाकाव्य तर्फ पनि उहाँको कलम गतिशील बन्नुपर्छ ।’ यो राम्रो सुझाव हो र इन्द्रराज पौडेलको कलम महाकाव्य लेखनमा अगाडि बढ्ने छ भन्ने आशा गर्न सकिन्छ । बरिष्ट कवि इन्द्रबहादुर भण्डारीले यस कृतिको विवरणात्मक भूमिका लेख्नु भएको छ । भण्डारी भन्नु हुन्छ – ‘उमेरको परिपक्कताले विचारको परिपक्कता, विचारको परिपक्कतासँगै काव्यकलाको परिपक्कतालाई कविले यस कृति मार्फत देखाउने प्रयास गरेका छन् । यो सुखको कुरा हो । ’ कविले यस खण्डकाव्यमा पृष्ठ १ मा मनसुवा र पृष्ठ २देखि ५९सम्म मानस खण्डकाव्यलाई १८ छालमा प्रस्तुत गर्नु भएको छ । १३ छालसम्म ४ हरफका १७७ श्लोक छन् भने छाल १४देखि छाल १७ सम्म दुई हरफका ८४ श्लोक छन र पुन १८ छालमा ४ हरफका ७ श्लोक छन् । छाल ११मा २ हरफका १श्लोक छ । यस खण्डकाव्यमा जम्मा २६६श्लोक छन् । संरचनाको हिसावमा खण्डकाव्य मझौला आकारमा लिइन्छ । कविताहरू लघु आकारका मानिन्छन् भने महाकाव्य बृहत रूपमा लिइने गरिन्छ ।
यस खण्डकाव्यको भूमिकामा इन्द्रबहादुर भण्डारीले आकारप्रकार, विषयबस्तुको आयम, संरचना र आख्यानमा तुलनात्मक विश्लेषण गर्दै यस खण्डकाव्यको मूल्याङ्कन यसरी गर्नु भएको छ –‘ यी विभिन्न आधारबाट कवि पौडेलको यो कृतिलाई सबल खण्डकाव्यको रूपमा हेर्न सकिन्छ ।(भूमिका)
खण्डकाव्यको प्रस्तुति गर्नुभन्दा पहिला मनसुवा शीर्षकमा कविले चारहरफका ५श्लोक पस्कनु भएको छ ।मनसुवाको धेरै अर्थ हुन्छ । नेपाली वृहत शब्दकोशलाई हेर्दा मनसुवा भन्दा मनले, मनद्वारा, मनबाट, कश्यपकी एक छोरीको नाम , नागराज अनन्तकी बहिनी तथा जरत्कारु मुनिकी पत्नी, मनको इच्छा,मनसुवा, चाहना, कामना, अभिप्राय, आशय र तात्प्रय भन्ने बुझिन्छ । बहुअर्थको मनसुवालाई मैले मनको इच्छाको रूपमा ग्रहण गर्दै कविका मनका चाहना भावन तथा उठेका लहरहरूलाई कविले यसरी पोखेका छन् –
मनको प्रभा छहरा छाँगा झुलेर सरिमा
शब्दका थुँगा उनेर माला चुनेर लरीमा
पारख भरी जङ्घार तरी जीवन्त जाँगर
अन्तर मन उठेका लहर उछाल सागर
मनको चाहना तथा मनबाट उठेका लहरले सागरलाई उछालोस् भन्ने काव्यकारका भावना विशाल छन् । कविले प्रकृतिलाई मनसँग जोडेका छन्, इन्द्रेणीका रङ्गसँग घोलेका छन् ,प्रकृति रोएर आँसु झारेमा धरती उजाड हुन्छ भनेका छन् । भावनामा मानिस बग्छ,यस अवस्थामा कल्पनाका लहरहरू उठ्छन् ,रङ्गीचङ्गी चित्रहरू कुँदिन्छन्, सृष्टिको चक्रमा नजर पुग्छन् । झरनाबाट बुल्बुला निस्कन्छन् । त्यसलाई पस्कने प्रयास हुन्छ। यस्तै चाहे जस्तो फुल्नुपर्छ र सुवास फैलिन्छ । कविले विविध भावनालाई केलाएका छन् । काव्यको सिर्जना गर्न गैरहेका छन् । सिर्जनालाई फूलको रूपमा लिएका छन् र आग्रह गर्दछन् –‘नफालीदिए सिर्जना फूल धुलोमा सुँघेर ।’ काव्य लेख्दा मङ्गलाचरण बाट थालनी गरिन्छ । मङ्गला चरणमा देवी देवता आदिलाई स्मरण गरिएको हुन्छ । यहाँ काव्यकारले ‘मनसुवा’ लाई स्मरण गर्दै काव्यको थालनी यसरी गरेका छन् –
मनको गति सुरका ताना उतारी तारङ्ग
छातीको बह सान्त्वना लिन उछाली सारङ्ग
आलिन सिरा आवेग धारा सुची र संञ्चार
सुनिद्यौ मेरा तरङ्ग धुन मनस बजार ।
(पृष्ठ १)
छाल –१ यस छालमा काव्यकारले आत्मा र शरीरको सम्बन्धलाई प्रष्ट्याउने प्रयास गरेका छन् । घर नभै कुनै चिज बस्न सहज हुँदैन । काव्यकारले शरीलाई घरको रूपमा लिएका छन् । चेतनालाई आधारशीला हो भनेका छन् । आत्मालाई जीवन ठानेका छन् । धर्तीलाई नर्सरी मानेका छन् । नर्सरीमा नानाथरी अथाह मुनाहरू हुर्कन्छन् पालिन्छन् , जगतरूपी नाट्यशालामा नट्रूपी जीवनलाई नचाउँछन् । धर्ती भित्रै जादुगरी तिर्खा मेटाउँछन् । विविध धारणा पस्कदै जीवनदर्शनलाई कविले राम्ररी विश्लेषण गरेका छन् । हेरौं –
मानिस ज्यूनको लागि विविध बहाना बनाउँछ । उसले भोगविलासलाई सुन्दरसँग उपयोग गर्छ । विलास आत्मरतिमा खेलीरन्छ । पृथ्वीका अनमोल रत्न गहना तथा मञ्जरीलाई उपयोमा ल्याउँछ । जीवन ज्यूनको लागि मानिसबाट उपभोग गरिएका विविध सुन्दर पक्षलाई काव्यकारले पस्केका छन् र जुनी विना जगत फिका हुने धारणा यसरी पोखेका छन् –
छाँटी छाँटी छटा सुरम्य दिलका मस्तिन्छ ज्यूने जरी
उर्वीका परिमा प्रभा प्रकृतिका छाँटेर नाना थरी ।
रित्तो हुन्छ जुनी विना जगत यो चर्चा चरम्चाँदनी
फिका हुन्छ प्रकाश सूर्य शशीको आकाश हाँसे पनि ।।
पृष्ठ २
कविले कलियुगका विशेषता बताउँदै फूलभरी बास्नाले भरेर शुभ बान्कीले रङ्गिएका, विभिन्न बान्कीले गम्किएका अपार रचनाहरूको संजाल सिर्जना गरेर यस पृथ्वीमा चित्र विचित्र पारख कलाले भण्डार भरेका धारणा राखेका छन् । भनिन्छ कलियुग तर यो कलायुग हो । यस कलियुगको कलालाई कविले कवितामा समेटेका छन् ।
माटोभन्दा हामीले धेरै कुरा बुझ्नु पर्ने हुन्छ ।माटोभन्दा देश, आमा, मातृभूमि आदि रूपमा लिन सकिन्छ । माटोबाट धेरै चीजहरूको निर्माण गर्न सकिन्छ । माटो आश्रय स्थल हो। गास र कपासको दाता हो । यस्तो महिमामयी माटोको अस्तित्वलाई काव्यकारले यसरी प्रस्तुत गरेका छन्–
माटो बुन्छ मुना कुदेर रसमा सारङ्गमा सर्जरी
माटाकै गहना सजेर गहना सर्जामका नर्सरी ।
माटाकै परिकार यो जगतको देखिन्छ जो रम्झमी
उर्वीको उपमा गलेर गुणता अस्तित्व माटै हुनी ।।
पृष्ठ ३
संसारमा उब्जेका सबै चीज भोग्य हुन् ।कोही कसैका भोग्य होला कोही कसैका । मानिस, पशु, वनस्पती र माटो एक अर्कामा आश्रित छन् । यहाँ काव्यकारले यो जगतको जनजीवनीलाई भोगी हो भनेका छन् । जुनीलाई जञ्जाल जालो ठानेका छन् । यो संसारको चक्रमा बालक बृद्ध बनेर फनफनी नाची रहेका धारणा राखिरहेका छन् । मोहनीको वाना बुनेका छन् । जरा, बालक, अवलाको जन्म र मृत्यु जे जस्तो भए पनि अन्तिम्मा माटै हुने हो भनी सन्देश दिएका छन् ।
जीवन दर्शनलाई काव्यकारले बुझेका छन् ।यस संसारमा जे जस्तो गरे पनि आखिरमा अस्ताउने धारणालाई यसरी पस्केका छन् –
खोजी हुन्छ भँडार रत्नहरूका रोजेर मीठा फल
झुल्ने जीवन हो झुली परिधिमा फेरी गरी चक्कर ।
हाँसो रोदन रङ्गमा रासरसमा पौडेर मस्ताउने
जस्तै जुनकीरी झुली तिरिमिरि झुल्केर अस्ताउने ।।
पृष्ठ ३
छालः २
यस छालमा काव्यकारले मानव स्वभाव, कृति, प्रबृत्ति, शक्ति,गति,सिर्जना, देवासूर रूप, शशीरूप तथा मानवका विविध कला/ कृडालाई दार्शनिक अभिव्यत्तिका साथ प्रस्तुत भएका छन् । मानिस मनकार हुन्छ । नाना कल्पनामा कला कल्पन्छ । आफ्नो शक्ति बलले गाना भएर गुञ्जन सक्छ । यस धर्तीमा भएका सबै चिजलाई मनपरी भोग गर्छ । यी गुण हुँदा हुँदै सहीरूपले प्रयोग गर्न नजान्दा प्रगतिमा आफै बार बन्न पुग्छ । काव्यकारले मानिस के हो ? उसले के गछ र्? अनि उसका मनभित्र के हुन्छ ? भन्ने कुरा हामीलाई यसरी जानारी गराएका छन् –
मानिस हो मधुमास सिर्जना दिने धर्तीभरी सिल्सिला
मान्छेका अलिसान जो विजनमा आफ्नै कलाका फूला ।
देवासूर दुबै मनुष्य लख हुन् आलोकमा जोशिने
मान्छे कै मनभित्र हुन्छ शशिझै नैना दिने रोशनी ।।
श्लोक २, पृष्ठ ४,
मानिस धनी भयो भने सुविधा माथी थप सुविधा खोज्छ । मजालाई विक्री गर्दछ । दामको भरमा अन्धो हुन्छ एकातिर भने अर्कोतिर अणु परमाणुको तथ्याङ्क राख्छ, त्यतिमात्र नभएर, ध्वंस, विध्वंस निम्त्याउँछ । आजका मानिस धन र अणु परमाणुको भरमा अशान्त मच्चाउँछन् ।
काव्यकारले कतै प्रकृति बाटै शक्ति खोज्ने, कतै धर्तीका धनमा मजालिने, सयलमा रहेर मीठा मुनाहरूलाई रङ्ग्याउने, चकोरले चाँदनी खोज्दै आकाशमा जोशिनु धर्तीभरी झिलिमिलि वर्षाउनु, गहना झुलाउनु, सञ्चारमा उर्लनु, तारामण्डलमा बसाइको सिर्जना गर्नु तथा मानिसमा भएका क्षमतालाई दर्शाएका छन् । मानिसमा कोमलतामात्र हुँदैन उसका मनमा विविधता हुन्छ । उसमा ज्ञानेन्द्रिय छन्, विवेक छ, माया छ, यो विर्षेर पाषण बन्ने पनि गर्छ भन्ने कुरा यसरी प्रस्तुत गरेका छन् –
आँखा यो जगको विवेक बलको आलोक यो लोकको
जस्को भोक अथाह भित्र मनमा ओडार हो भोकको
जस्मा माथि उठाउने वल बुता रोगी मसीना झिना
माया विर्षिदियो चटक्क मनमा साटी मनै पाषण
पृष्ठ ५
मानिसले यो जगतको लीलालाई सहजै बुझ्न सक्छ । यो जगतको मालिक द्यौता पनि मानिसले नै निर्माण गरेको हो । यस्ता क्षमतावान मानिसहरूको मगज स्वार्थ र लोभले भरिन हुँदैन । यस्तो कर्म गर्न ईश्वरसँग डराउनु पर्दछ । कविको धारणा छ माटोमा पसिना चुहाएर मोती फलाउन सकिन्छ । दीर्घ बिचार लिएर अघिबढे धर्तीभरी सिर्जना गर्न सकिन्छ । अणु परमाणुलाई जरैबाट नष्ट गर्न सके विध्वंस रोक्न सकिन्छ । धातुलाई घोटेर बञ्चरो बनाउन सकिन्छ । द्यौता र दानव कथा प्रथासँग जनका प्रथालाई धर्तीका परिधि भित्र जोड्न सकिन्छ ।
यस सुन्दर धर्तीमा सबै सबै चिज राम्रामात्र छैनन् । यहाँ धमिरा पनि छन् । यिनको दुषादको जरो माटोसम्म गडेको हुन्छ । मानिसले यही माटोबाट धेरै परिकार बटुल्छ प्रयोगमा ल्याउँछ र आखिर माटोमै मिल्छ । यस्ता गहन दार्शनिक धारणाहरू काव्यमा आएका छन् ।
कविलेेेे मानवका दुई आँखालाई दुर्विनको रूपमा लिएका छन् ।पानीका कणबाट विजुली निकालेर धर्तीलाई उज्यालो पार्न सकिने,धारणा राखेका छन् । धर्ती धन पनि हो यस धनलाई मानिसले एक्सेरे गरेर नौला आयमका रचनाको खोजी गरिरहेका कुरालाई दर्शाउँदै मानव कुन अवस्थामा दानवमा परिणत हुन्छ भन्ने धारणालाई कविले यसरी प्रस्तुत गरेका छन् –
मानव दानव बन्छ दर्द भरिदै बाटा कतै बिग्रिए ।
छातीमा बदला बनेर बहले साटा गला अड्किए
पृयठ ६
मान्छेको प्रयत्नप्रति कवि यसरी प्रस्तुत भएका छन् –
मान्छे यत्न छर्दैछ खेल्न मनमा आकाश गंगासित
मोती खोज्न उतै विचार अडिलो आभासमा तस्वीर
पृष्ठ ६,
लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने उद्देश्य लिनु पर्छ भने जस्तै इन्द्रराज पौडेलले मान्छेको रहर के छ भन्ने धारणा चन्द्रमा भन्दा माथिका तारासँग लठ्ठिने छ भनेका छन् –
बोकी हिड्छ निकै रहर् दिलभरि तारासितै लठ्ठिन
पर्माणिक कणका कला कुसुमले वाना भरी रङ्गिन
मान्छेका सुरले दवाई दुविधा आलोकका रम्मझम
नाना गानबजान राग रमिता नौला थुँगामा मुना
पृष्ठ ६
यस छालको अन्तिम श्लोकमा मानिसले गरेको प्रगतिलाई काव्यकारले उच्चताको साथमा दर्शाएका छन् । माथिनै मानिसको रहर तारासँग लठ्ठिनु थियो भने यस श्लोकमा मानिसको उपलब्धिलाई यसरी दर्शाएका छन् –
बाँकी छैन कतै रहस्य धरणी कुन्दै छ नौलो कला
पत्रैपत्र खनेर हेर्न ग्रहको जाग्राम मान्छे हुँदा
सारा सृष्टि भरी उच्चाइ चुलियो आश्चर्य मान्छे वजन
धर्तीबाट उडेर मंगल पुग्यो खोजेर नौला सगुन
पृष्ठ ६
छाल– ३
यस छालमा पनि काव्यकारले मानव गतिविधिलाई प्रस्तुत गर्ने काम गरेका छन् । मानिसले सुनका गहनाको सपना देख्छ अर्थात मानव इच्छा सुनका गहनामा जान्छ । गहनाले पेट भरिदैन पेट भर्न त अनाज नै चाहिन्छ । अनाज किन्नको लागि धन लगाउन पर्छ । काव्यकारले विविध पक्षलाई समाउँदै यसरी प्रस्तुत भएका छन् –
गुनको जरो भो जसका बसमा
धरणी भरका फूलका रचना
धनका बलमा सठता हठता
मतिका गतिमा बढदो कटुता
पृष्ठ ७
यस धर्तीमा भएका सबै चिज मानिसबाटै भएको ठहर गर्दै काव्यकारले भन्नु हुन्छ –
कल्पी ईश्वर मूर्तिमा मनुजले सम्मान ठूलो दियो
खोपी पत्थरमा कला र उपमा द्यौता उमारी दियो
छापी काव्य कला कथा र रचना मान्छे भुलाई रह्यो
धर्तीबाट बटन् थिचेर सजिलै आकाश डुल्ने भयो
पृष्ठ ७
कवि भन्छन् कि मान्छेमा बलियो महानता छ तर महानता दर्शाउनको लागि सर्वप्र्रथम मान्छेको मन हुनुपर्यो । धन हुन पर्यो । धन भए मानिस ऐस्वर्यको सारथी बन्छ । औसर प्राप्त गर्यो भने धनको पारखी बन्छ । मान्छे प्रकृतिसँग लड्छ ।निशामा उषा खोज्छ । बदला लिन परेमा जरासमेत काट्न तयार हुन्छ । क्षेप्यास्त्रबाट निशाना लगाउँछ । बलशाली भयो भने जापानको हिरोसिमा बनाउँछ । (हिरोसिमामा एटम्बम पड्काएको घटनाको स्मरण) । बलको आधारमा संसार आफ्नै ठान्छ । धाक रवाफ राख्छ । आफ्नो स्वार्थ पूर्ति गर्न दङ्गा गर्छ खुन बगाउँछ । धोका दिन्छ, धराप थाप्छ । धेरै लोभी बन्छ र गोलीसमेत पड्काउँछ । यतिमात्र कहाँ हो र संसारका सबै आफ्नै बनाउन खोज्छ । अति कहीं पनि राम्रो हुँदैन । धनको अति लोभको कारणले गर्दा आफ्नै कुलको नाश गर्दछ । यी घटनाक्रमलाई काव्यले समेटेको छ ।
अति धनको कारणले गर्दा मानिसका चाहना कस्त हुन्छन् भन्ने धारणा काव्यकारले यसरी पस्केका छन्–
जोडी मान्न सुहागरात धनमा जाँदै छरे चन्द्रैमा
राख्ने कृति अमर् विचार बसमा एैयासका संझना
मान्छे बस्छ अरे उतै सगरमा तारा लहरका कुना
हीरा छर्छ अरे उतै सगरमा नौला फूला सृजना
पृष्ठ ९
कतै कविले ठाउँ निर्जन भएको पाउँछन्, कतै मानिसका दुई आँखाले धर्तीका सबै चिज देखेको पाउँछन् , कतै मानिसले धर्तीमाथि रजाइ गरको पाउँछन् । उसकै सञ्जालले भरेको पाउँछन् । आज मानिस चन्द्रमाँ र मंगल ग्रहमा उडेर जाने निमग्न ध्यानलाई साकार भएको पाउँछन् । मानिसले अब त ताराका गहना माला बनाएर लाउने रे,चन्द्रमाका कलाइलाई घडीमा सजाउने रे, गोष्टि चन्द्रमा नै गर्ने रे यी सबै काम केको लागि गर्ने रे भन्नेको प्रश्नको जवाफमा कविले धर्ती र आकाश दुहेर धन कमाउनको लागि गर्दै छ भन्ने उत्तर दिएका छन् ।
मानिसले धनमात्रै कमाउने तर्फतिर लागेको छैन सिर्जनाका काम पनि गरेको छ । मानवका सिर्जनाका कारणले गर्दा पृथ्वीमा ठूलो परिवर्तन भएको छ । परिवर्तन र विकास निरन्तर भै रहने कर्म हुन् । कविले भनेका कतिपय कर्महरू व्यवहारमा उतारिएका छन् । धर्तीलाई प्रकाशमय बनाउने धारणा कविले यसरी राखेका छन् –
मंगल चन्द्रा धरा धितो भैइसक्यो सबृद्धिका होडमा
यो सृष्टि जतिको भयो मनुजको माहोलका मोडमा
पारो छक्क रचेर काम कलको ढाकी दियो तिर्सना
धर्ती बन्छ निसाविना मूजको चम्कने ! सौचन्द्रमा
पृष्ठ ९
मानिसका मनमा विशाल तरङ्गहरू उठ्छन् । धर्तीमाथि फलेको फुलेको देखेर मानिसका तिर्सना बढ्दै गएका छन् । मानिसको बल प्रमत्त धन निष्ठा र आस्थामा प्रवल भएर गएको हुनाले मानिसले धन आर्जन गर्नको लागि ढुङ्गो र माटो खन्यो तथा परिश्रम गर्यो,संसारलाई समृद्धिमा पुर्यायो, अब उसको आफै उड्न सक्ने ध्यानमा छ भन्ने धारणा काव्यकारले राखेका छन् । हुन त मानिस जहाज मार्फत पानी माथि र धर्ती माथि उडिसकेको छ । यहाँ कविको आशय स्वयम् चरो जस्तै उड्ने रहेको छ र काव्यकारले लेखेका पनि छन् –
ढुङ्गाबाट उठी प्रमाणु मुठिमा पार्दैछ धेरै अझै
उड्नी भुर्र चरी नभै सागरमा मान्दैन मानिस कवै
आफ्नै स्वार्थ सपार्छ दीर्घ गतिको सबृद्धि फैल्याउने
ठण्डा उष्ण मिलाइ लड्छ गतिमा माहोल मौलाउने
पृष्ठ १०
छाल ४
काव्यकारले यस छालमा मानिसका विविध क्रियाकलापलाई समेट्ने प्रयास गरेका छन्। सुरुमा काव्यकारका आशावादी स्वर गुञ्जेका छन् । फूल फुलेर फल लाग्छ फल लागोस् र बृक्षलाई सजावस् । पंक्षीहरूले फूल फोरेर सुनको चरी कोरलोस्, छोरी स्वर्गकी परी बनोस्, परिधि नाधेर पारि नव सर्जरी निर्माण हुँदैछ जस्ता अभिव्यी पस्कदै काव्यकारले मानिस के बन्दै छ र के गर्दै छ जस्ता धारणा यसरी प्रस्तुत गर्दै छन् –
मान्छे धित बन्यो उठ्यो लगनमा द्यौता र दानव बन्यो
मान्छे सिद्ध भयो बढ्यो गगनमा सम्पन्न आफू बन्यो
धर्ती भर्न छटा कला र मसला धेरै चुनौती चुन्यो
धर्तीमाथि विचित्र ताल रचना सञ्जाल आफै बुन्यो
पृष्ठ ११
यो संसारमा विकास र विनास सँगै सँगै यात्रा गर्दछन् । एकातिर उद्योग निर्माण गर्नु भनेको विकास हो ।तर उद्योग निर्माण गर्दा धर्तीमा नकरात्मक असर पर्दछ । मानिस निर्उद्योगी भएर बस्न सक्दैन । उसले विभिन्न उद्योग निमार्ण गर्दछ । यस अवस्थामा परिधिका प्रभाहरू रोकिन सक्छन् । मानिसले समाजबाट आश्रा र विश्वासका सपना देख्छ । निस्वार्थ सेवाको आशा राख्छ,। यतिमात्र हैन कर्म पथमा टेवा र मेवा पनि दिन्छ । मानिस सुन्दर काममा मात्र सीमित रहदैन । ऊ वैभव बटोर्नको लागि स्वार्थवश कुकर्म पनि गर्छ । उसँग विविध विभेद पनि छन् । बाधा छललाई अँगालेर लड्छ । आँखा तर्छ । छडके नजर लगाउँछ । सीमा मिचिदा तथा सीमा बचाउन बलभद्र जस्तो ऊ लड्दैन । शान्तिको लागि तथा हृदयबाट दया दिनको लागि गौतम बुद्ध जस्तो बन्दैन । धर्तीलाई रेट्न जान्दैन । हिमालका उच्च चुचुरा चुम्दैन । अनि मानिसले के गर्छ त ?
खेला खेल्छ लडाइँ लड्छ सुरले खोजेरजो वास्तव
नाची वैभवमा मिचेर अवला तानेर नाथी जर
निर्धाका मनका रुवाई नसुनी सम्पत्ति नै आर्जन
हेपी राख्छ अँठ्याई राख्छ निमुखा सम्पत्ति हत्याउन
पृष्ठ १२
यस्ता द्रव्यपिचास जस्ले सम्पत्ति हडप्ने काम मौलाउँदै लान्छन् । तव बन्दूक बोकेर सन्तती जन्मन्छन् ।नराम्रा कामले सीमा नाघ्छ भने त्यहाँ विनाश नििँम्तन्छ । काव्यकारले उदहरण दिंदै र्कौरवले गरेको अत्यचारबाट मुक्ति दिलाउन महाभारतको युद्धभएको र त्यसयुद्धको चक्रव्यूहमा परेर अभिमन्यूको मृत्युवरण भएको धारणा काव्यमा स्मरण गरिएको छ । काव्यकारको धारणा छ कि मानिसले यी सबै जानेर पनि मानिस हुन सकेको छैन, लेखेर पाप धुन सकेको छैन । बलको भरमा नाना ताल विशाल जाल अन्तपुरमा बढ्दै छन् तर पनि अनभिज्ञ जस्तो भएर मानिस देखिन्छ तब पनि मानिस यसरी अगाडी बढ्दै छ –
भाषा, धर्म, प्रजात,जात, थरका कुल्केर दङ्गा खुनी
मान्छे पर्छ मतान्ध धर्म धुनमा हान्ने र मार्ने बनी
्मान्छे प्युँछ अतृप्त अर्थ मदिरा मातेर हाँसी नशा
मान्छे अड्छ गडेर तर्क गहिरा गाँसेर पैसा कता
पृष्ठ १३
आँधी, बेरी, हुरी, जाडो, गर्मी, प्राकृतिक प्रकोप मानिसमाथि नै पर्छ । मानिस समेत विपक्षी बनेर आउँछ । ऐयासी लतका जरा गडिसके मानिस बर्वादिमा पुग्न आँटिसक्यो, आँफैमा खतरा बढीसक्यो तर पनि मानिस आँफैमा सचेत छैन । मानिसले धन्दा, मति, बैचारिक संहिता, अस्मिता, विडम्बना माया आदिलाई छाडेको छ । श्रुतिस्मृति, पुराण,वेद, त्रिपुटै, मुन्धुम्, कुरान, गुरुग्रन्थ, बाइबल, आदि मानिसलाई आचरण राख्नको लागि लेखिएका हुन् र मानिसले कुनै एक धर्मलाई समाएको छ । यी धर्मका मर्म मानिसलाई शुद्ध आचारणमा राख्नु हो तर एक मतका मानिस अर्को मतका मानिससँग लडेर विनाशमार्गतिर गएको छ भनी काव्यले अर्थ्याएको छ ।
छाल : ५
यस छालमा काव्यकारले मानिसको शरीर हाड, छाला, रगत,बाट निर्मित, सुख, दुख भवना एकै मिल्ने खालका भए पनि जात थरमा अलग किन हुनगए ? संसारको रचनामा विचारमा भिन्नता, चर्को वादविवादको कारणले आचारमा रिक्तता, पीडाबाट अरूको मर्मलाई जलाउँदै, मानवको लखले कता जाने बाटो खनिरहेको छ ? आँफैबाट जलेर घाउ गहिरो पारीरहेको छ ? छाँगाबाट खसेर मृत्यु पहिरो किन झारिरहेको छ ? मृत्युसँगै मसानतिर किन जाँदैछ ? आदि प्रश्न राख्दै आफैले ‘‘ खोजी सुख मजा समाहित हुने आशासितै झुण्डिन” भन्ने छोटो उत्तर एिका छन् । काव्यकारले यस छालमा मानिसले भोगेका तर त्यसको यथार्थतामा तथा व्यवहारमा उतार्न नसकेका धेरै विचारलाई प्रष्ट पार्ने प्रयास गरेका छन् –
डुवेको कणशीलको जलधिमा उत्रन्छ मूढो किन ?
खोलो तर्न तरङ्ग खोज उसको धेरै बितायो दिन
पंछी उड्छ गगन दुगुर्छ जलमा पौडेर माछो किन ?
यस्तै धेरै सवालका लगनमा खोजेर सिद्धि लिन
पृष्ठ १५
यहाँ काव्यकारले कालोम्बसले (कोलम्बसले क्रिस्टोफर कोलम्बसलाई जनाउँछ, जो इटालियन अन्वेषक थिए जस्ले एट्लान्टिक महासागर पारगरेर अमेरिका पत्ता लगाएका थिए) र भासको डिगामा (एक पोर्चुगिज अन्वेषक जो समुद्री मार्गबाट भारत पुग्ने पहिलो युरोपेली थिए) को जलमार्ग यात्राबाट सागर तर्नु थियो । यसबाट ठूलो उपलब्धि हाँसिल भयो । खोजको कारण मानिस ओडारको बासदेखि आज विशाल भवनमा बस्न पुगे । पूर्वजले ढुङ्गा कुदेर चिना लेखे, आफ्ना कथा लेखे, आज तिनको ठूलो मान्यता छ । हिजोको सतमार्ग छाडेर मानिस आज पैसामा विक्री भएको छ । हिजोका कामहरू परिवर्तन भएका छन् र टिनका पाताले स्थान लिएको छ । सगरमा मानिसको अधिपत्य जमेको छ । मानिसका चाहना सौर्य परिवार नाघेर अगाडि बढ्ने रहेको छ । वैभवशालीका घर हीरा जडिन हुन पुगेका छन् । आइस्टेनले विद्युतका तरङ्ग खोजे, यसको प्रयोग गर्नको लागियो तर यसबाट सन्त्रास फैलियो । यस्ता संत्रास फैलिने कार्य हुँदा आज मानिसदेखिनै मानिस डराउन पर्ने देखिएको धारणा काव्यकारले यसरी प्रस्तुत गरेका छन्–
भिक्षापात्र विषान्त दान दिइँदा हत्या भयो बुद्धको
गान्धीमाथि प्रहार निचमति त्यो मान्छे अहं क्रुद्धको
झुण्ड्याई क्रुर यातना दिइरहे ! ईसामसी मारिए
मान्छेको इतिहास भन्छ कतिका छाला तरेका थिए
पृष्ठ १७,
छाल : ६
यस छालमा काव्यकारले ज्ञान र विज्ञानमा होड चुनौतीको रूपमा देखिएको पाउँछन् । पूर्वका प्रकृतिका पाना बाना बनेर बर्षेको देख्छन् । मनका लहडहरू चञ्चल भएको र मर्मको स्वार्थ प्रकृतितिर फर्केर रोयको महसुस हुनु, मानिस भनेको संसारमा बाद विवाद हो, अर्थको रूपमा हेर्दा भण्डार हो, कर्म गवाह हो तर आफ्नै स्वार्थको लागि मात्र । यति हुँदा हुँदै पनि ‘‘ धर्तीमा धुन छन् अपार गुनका आदर्श सौन्दर्यता , धेरै सञ्चयका भण्डारहरु छन् संवर्धना शानका ।” विज्ञानको दृष्टिमा मानिस विभिन्न मतका छन् । छातीमा उदार, करुणा, कल्याण सौज्यनताका लत छन् । कोही विशाल ज्ञान रचनाको ज्ञान रोशनीले पूर्ण हुन्छन् । कोहीले ज्ञान गुनलाई मेट्छन् । कोही पाषाण जस्ता हुन्छन् । कोहीले मतान्ध सुरमा औकात ऐयासको इच्छा राख्छन् । कसैले पैसा खर्चेर गोली दाग्छ, दागा धर्छ । अरूका परी खोस्दा युद्ध हुन्छ । कतै तै–तै मै–मै लोभको कारणले हुन्छ । मानिस वित्तमा भुल्दछ र मानवता रुन्छ ।
मानिस को सङ्गत राम्रो भएमामात्र सबैलाई राम्रो हुन्छ । तर आज शक्ति बलबाट दमन गरिने सङ्गत भएपछि दुखी असक्तहरूलाई अठ्याइँछ र आफूमात्रै उठौ भन्ने धारण राखिन्छ । यस्ता कर्म गर्ने व्यक्तिहरूले आफ्नो काम कसैबाट लिन परेको खण्डमा प्रार्थना गर्न पनि तयार हुन्छन् । यस्तो कुकर्मको जरो के हो त भन्ने कुरामा काव्यकार यसरी प्रस्तुत भएका छन् –
भोकाका पसिना चुसेर रसमा रङ्ग्याई आफ्नो चमन
छातीमा करूणा अन्ठ्याई बलले गर्दै छ रुखो दमन
धर्तीको रीत भो मनुष्य मतमा प्राचिन चिनो अझ
पूर्वैदेखि प्रथा चल्यो चलनमा बाँधा बसाल्ने जर
पृष्ठ ११
गरिव माथिको दमन आज नभएर हिजोबाटै थियो भन्ने स्मरण गराउँदै कविले यहाँ छातीमा पारिने घाउ, त्यसको दर्द, आतङ्कको वीज रोपण, घरघरको रुन्चे मोहनी, शक्तिको गर्जन आदि केही नभएर मान्छेकै उपज हुन् भन्ने काव्यकारको ठहर छ ।
दुई खुट्टामा उभिदैमा मानिस भएको अर्थ लगाउनु गलत हो । मानिस हुनलाई मानवीय आचरण हुनुपर्दछ । हानेर मार्ने सीपलाई तक्मा सम्झनु हुँदैन । मानवता विर्से र विध्वंशमा लाग्न हुँदैन, धन आर्जन गर्न नैतिकता बेच्न हुँदैन मानिसमा धोका, छलछाम, संकिर्णता, कुलत,भाग्यलाई दोषारोपण आदि विकृतिलाई त्याग्नु पर्ने आदि धारणा पोख्दै मावीय तत्त्वलाई काव्यकारले यसरी पस्केका छन् –
मान्छेमा छ कला सुहाग गहँना सुद्धि र सिद्धि जति
यो धर्ती भरियो मनुष्य लतले सिर्जन्छ धन्दा कति
मान्छेकै बसमा शुभा प्रकृतिका फक्रे नि ! पानी मुनि
पारख्मा फलका मुना जगतमा बैभव बनी बर्षनी
पृष्ठ २०
मान्छेमा धोका, छलछाम, सङ्कीर्णता, कुलत, बसमा राख्ने धर्ती भरीका शुभा छन् अनेक बुलबुला छन्, दया, माया, चोखो मानवता, सञ्चय छन्, टुना, लत, हजार रत, कला, धुनका अनन्त रचना,आदि छन् भन्ने धारणा यस छालमा आएका छन् । यस छालमा काव्यकारले मानिसमा अथाह सिर्जना गर्ने शक्तिमात्र नभएर अथाह विध्वंसका शक्ति पनि छन् । सिर्जनामै लाग्नु मानिसको कर्तव्य हो भन्ने सन्देश काव्यमा पाइन्छ ।
छाल : ७
पुज्दैछ मूर्तिको मान्छे परेर अरुकै भर
भावना भित्रको चित्र ठानेर जगदिश्वर
बुझ्दैन सत्यको तथ्य,फेरी कलमका मसी
नौलो भो पूर्वको लाली रगडी कसीमा घसी
पृष्ठ २१
यस छालमा कविले सत्यमा तथ्यको खोजी, विकासमा लगनता, अत्याधिक विकासमा पनि गरिब र गरिबीको उत्थान नहुनु, मानिसलाई एकताको सूत्रमा बाँध्ने दर्शनको कमी, माटो माथिका सबै समान छन् भन्ने अधिकार व्यवहारमा नदेखिनु आदि धारणा राख्दै काव्यकारले खोजी गरी व्यवहारमा उत्रन जटिल छ भन्दै यसरी प्रस्तुत भएका छन् –
छोडी वैभव राज पाठ सयलै माया दिने सगिनी
बाँडी ज्ञान अनन्त धाम धरमा छोडी गए संझनी
साँची छन् अझसम्म कर्म पथमा छोपिन्न जसको छवि
खोजी गर्न गहन् निकै छ जटिलो मान्छे फलेको कलि
पृष्ठ २१
यी श्लोक हेर्दा महात्मा गौता बुद्धको स्मरण हुन्छ । काव्यकारका यी सुन्दर दार्शनिक कटुसत्य अभिव्यक्तिले प्रयत्न गर्न सक्नु पर्छ अमरत्व प्राप्त हुन्छ भन्ने जानकारी गराउँछ । मानिसले प्रयत्न साथ नयाँ बृत्तको खोजी गर्छ । प्रयत्न गरेर लाग्दा सफलता प्राप्त गर्छ । शक्तिमा अपारता, आस्थामा गहनता, छातीमा साहस, धैर्यता, लगनता सहस्र जरिया,कल्की भरेका चमन, कल्याण, श्रद्धा, सुमन, सबै सृष्टिको साँची, नवसिर्जनाको आँखो, दीर्घ सोचवाला, शक्ति रुप, ज्ञान विधान धनले स्वर्णिम रूपमा मानिस देखिन्छ ।यति गहन गुणले युक्त हुँदा हुँदै पनि घमण्ड, दम्भ र विध्वंशका कारणले गर्दा मानिस कन्जरो बन्न पुगेको छ ।
काव्यकारले कतै भोगका कुरा कतै अक्कलका कुरा।, पीडाका कुरा, कतै रहर पूरा गर्न दूर्विन लिएर हिडेका कुरा, मानिसको प्रतिलिपीको रूप रोवर्टको निर्माणका कुरा, कतै शरीर सर्जरी गरेर प्रत्यारोपण गरेका कुराले काव्यलाई सजाउँदै यस छालको अन्त्यमा काव्यकार यसरी प्रस्तुत भएका छन् –
भोको भाग्य भनि रुर्दैछ कति ता लाग्दैन उद्योगमा
रोगी श्रापभनी परेर कति ता विश्वासले झाँक्रीमा
द्यौता दुख दिदैछ भन्छ कतिले भाग्क्दैछ रे भक्कल
मान्छे सोच विभिन्न छन् अझ पनि फिर्दैन रे अक्कल
पृष्ठ २४
छाल ८
आशा निराशा मनका तरङ्ग
मस्ती मनोरञ्जनका उमङ्ग
अत्तालिंदै ती महता निचोड
फेर्दै छ बाटा अनगिन्ति मोड
पृष्ठ २५
काव्यकारले नाफा र घाटालाई पिपासाको रूपमा लिएका छन् । किनकी पेशामा चञ्चलता हुन्छ । नाफा भए अझै नाफा गर्ने तृष्णा बढेर आउँछ घाटा भए नैराश्यले पिरोल्छ । काव्यकारले कतै विजुली मान्छेको करिया भएर नाचेको देख्छन् भने कतै यात्राको महतामा नाचेको सञ्चारमा पाउँछर्न्नु । मानिस सन्तोष कहिलै हुन सकेन । यदि सन्तोष भए पनि क्षणिक हुन्छ । सन्तोष भएमा विकास रोकिन्छ । मानिस जति प्रगति पथमा लम्किन्छ त्यति अघि बढ्ने चाहना बढेर जान्छ । भोक रोगले तड्पदा पनि उसको चाहना आकाश चुम्नको लागि लगानी गर्नमा हिचकिचाउँदैन । उसको प्रयास सुनमा सुगन्ध थप्ने युक्तिको खोजीमा छ । हजार वर्ष बाँच्ने चाहना, आफ्नै आगनमा रकेटको स्टेशन होस् र सौर्य नभमा एक दिनमै घुमेर आउन सकियोस् । वर्षा, बादल, चड्कने, आँधी, हुरी, यन्त्र जोडेर टाढा टाढा हेरी रहेको, यी कसरी भए प्रश्न राख्दै आँफै त्यी उमङ्गसँग खोजी भै रहेको कुरा काव्यकारले बोलेका छन् ।
सोझा निर्धा पशुहरुलाई काममा लगाउनु,काटेर मासुमा प्रयोगर गर्नु, यसरी नै चराहरूलाई बन्धनमा पार्नु काट्नु मार्नु, पशुपंछीका अङ्गहरूलाई घर सिङ्गारन प्रयोगमा ल्याउनु , बोकालाई बलिदानमा प्रयोगमा ल्याउनु र मासु खानु काव्यकारलाई राम्रो लागेको छैन । यस छालको अन्त्यमा काव्यकार भन्दछन् –
अग्लो श्रेष्ठ हवेलीमाथि चहका चाहन्छ रे चित्तले
छाता माथि बसेर हेर्न अरुको को–को छ विनातले
जसको हेय विचार स्वार्थ मनको ठान्दै छ आफै ठूलो
राखी दम्भ अहं विचार उसको आदर्श के हो भुल्यो
पृष्ठ २७
छाल : ९
यस छालमा काव्यकारले मान्छेको बारेमा धारणा यसरी राखेका छन् –
मान्छे रैछ विधानका परिधिको फल्दो गुलावी थुँगा
माटा माथि फुलाउने कुशलका उद्यान शोभा भुवा
मान्छे रैछ फुलाउने मुलुकमा उद्योगका बुलबुला
खेला रैछ मनुष्यको मगजमा फर्ने नयाँ सिलसिला
काव्यकारले मानिसलाई कतै मसिनरीको रूपमा लिएका छन् । यत्रो सृष्टि सिहार्न सक्ने शक्ति बलमा लिएका छन् । मानिसलाई ठूलो, सुरो र बञ्चरोको रूपमा मान्न पर्ने भनेका छन् । ढोंगी, धर्म, धुमिल जुनरूपमा भए पनि सँपत्ति आर्जन गर्यो । उसका हेर्ने आँखामा नशा बसेको पाउँछन् र भन्छन् –
शिक्षा सञ्चयका विकास जगमा गाडी जरो थन्कियो
दीक्षा मञ्च प्रपञ्च खेल तमसा उर्दी हुँदै सक्यो
पृष्ठ २८
हिन्दू, बुद्ध, इसाई, इस्लाम र सिन्तोससभाका दर्शनलाई छाडेर मानिस आतङ्क, सुराख, छद्म दलमा खेल्न थाले, बढ्दो भोकमरी अतृप्तताको कारणले छातीमा दानबता पलायो । मानिसको रूप भयङ्कर रूपमा परिणत भयो । रोश, प्रलाप आदिको कारणले मानिस आतङ्ककारी बन्न पुग्यो । काव्यकार यी विकृति र विसङ्गतिसँग चिन्तित छन् ।
उनले भन्छन् –‘विचारधारहरुमा मुक्ति लिने सिद्धान्तको खोजी भैरहेको छ किनकी मानिस माथि नै प्रहार भै रहेको छ । सबैका अगाडी चुनौतिको रूपमा खडा भएको छ । देश विदेशमा नै यसले अस्थिरता निम्त्याएको छ । सबैले स्थिरता ल्याउनको लागि तथा यस्ता रोगबाट मुक्ति प्राप्त गर्नका लागि सङ्ढीर्णताबाट माथि उठ्न पर्ने काव्यकारको धारणा यसरी प्रस्तुत भएको छ –
लड्ने छन् अब बुद्धले पनि यहाँ बुद्धत्वको खाँतिर
लड्लान् हिन्दू ईसाइ मौलवीहरू सिद्धान्तमा आखिर
मान्छेमा जति जात धर्म थर छन् उत्ति छ मत भिन्नता
मान्छेमा जति छन् उदार करुणा उत्ति छ सङ्ढीर्णता
आजको अवस्था यति गम्भिर छ कि एकातिर भोक संघारमा खडा छ अर्कोतिर भोकको रुवाइको बीउमा दावाग्नि कडा छ । यसको परिणतीको भविष्यबाणी काव्यकारले यसरी गरेका छन् –
छातीमा बलिदान हौसिन गई माग्ने छ मान्छे बली
मान्छेमा विकारल द्वन्द्व भुमरी चल्ने छ राँको जली
पृष्ठ २९
यी सबै चिजको मूख्य जड भनेको क्षुधा हो । यसको तृप्ति भएमा पेटको अग्नि शान्त हुन्छ । मानिस स्वार्थमा लिप्त छ । हेयहरूको कान्तोमात्र खन्छ । आफ्नो स्वार्थपूर्ति, ऐयासी कसरी हुन्छ,आदि रूपमा मानिसलाई हेर्यो भने मानिस लम्पट छ ।
संसारमा धर्मको विवादले गर्दा एक धर्मको मानिस अर्को धर्मको मानिससंँग लड्दा माटो रगतले भिजेको छ । मान्छेले मान्छे मार्ने धर्मलाई धिकार्दै काव्यकारले धर्मले कल्याण गर्नु पर्छ भनेका छन् । आज संसारमा सत्यम् शिवम् सुन्दरम् धर्मको आवश्यक्ता छ । जस्ले सारा बन्धु ,कुटुम्बलाई समेट्न र संझन सकोस् । अहिंसाको नारा त्यसै आएको होइन । यसमा ईसा, बुद्ध, प्रबुद्ध वर्ग, गान्धी र श्रीकृष्णको आदर्श सिद्धान्तको लागि योगदान थियो ।तर अहम्ताले गर्दा हिंसामा बढवा आयो । आज हिंसाका मतियारकै कारण मानिस मानिसमा लडाइँ भएका जस्ता धारणालाई प्रस्तुत गर्दै काव्यकारले भन्छन् – र्
आफ्नै भिन्न बिचार ठेल्न बलले उभिन्छ बाधाबनी
दौडीराख्छ उछिन्न मार्ग अरुको निर्लज्ज मान्छे बनी
जति उन्नतीको उचाइ चुलियो उती खन्यो खाडल
घोली इन्द्रिणीका मधुर रसमा छोप्दै गयो आँचल
पृष्ठ ३०
आर्दश सिधान्त भने पनि नौलो आयमको जलन, मानिस भित्रको पैसाको छुदाले गर्दा आदर्श अस्तायो र पैसा ज्म्मा गरेर अबैध धनको आर्जनले मस्त भयो । धन आर्जन गर्न घुस खाएको धारणा काव्यले समेटेको छ ।
छालः १०
यस छालमा काव्यकारले धनी र गरिब बीचको पहिरन, स्वार्थ, धन आर्जन आदि विविध पक्षमा धारणा राखेका छन् । यस धर्तीमा शरीर हीरा, मणि, सुन आभूषणले सजिएका धनीमानीहरू छन् । कोही आभूषणरहित छन् । धनीहुम् भन्नेहरूले गरिबहरूलाई हेप्न मिल्दैन । यो कुरा सबैलाई को कति धनी /गरिब छ भन्नेकुरा थाहा छ र धन कसरी आर्जीत भएको छ भन्ने कुरा ठूलो हो । स्वार्थपूर्ण आर्जन जे जति ठूलो हुम् भन्नु पनि व्यर्थ हो । चाहे कमिला होस् या हात्ती होस् उसले खाना खाएकै छ अर्थात हाम्रो कथन अनुसार मानिस एक मानाको भागी हो । बढ्ता उसले खान पनि सक्दैन र मर्दा पनि केही लिएर जाँदैन । काव्यकारको कथन छ । मानिसले तर्कना गर्न सक्छ,मुना पलाउन सक्छ, अर्थात विकासका सम्भावना प्रसस्त छन् ।व्यवहारमा उतार्नमात्र खाँचो हो । प्रगतिशील मानिसलाई विकासमा लम्कन कसैले रोकेर रोकिदैन । आफ्नो कर्मपथमा कोही आगो बनेर उभिए पनि ऊ पानी बन्छ र अगाडि बढ्छ । उसमा पारख छ र भित्र भित्रै उसलाई सञ्चालन गर्ने अगम र असीम सराथ (सञ्चालन
खोजी आर्जनमा अमित सपना धड्कनसँगै गाँसिनी
वैभवमा वरदान प्राप्ति रटना छातीसितै टाँसिनी
मान्छे शक्ति समस्त सिद्दि छरितो छाटी छटा छाँटने
मान्छे युक्ति सपार्छ धीत पछिको आँटी मनै साटने
पृष्ठ ३३,
काव्यकारले मानिसका गुणगान मात्र हैन कि उसले गर्ने अव्यवहारिक कर्मलाई पनि यहाँ केलाएका छन् । काव्यमा प्रष्टसँग बताएका छन् –
मान्छे गर्छ अधर्म कर्म बसमा सन्तान तृप्ति तिर
मान्छे गर्छ कुकर्म दानतिरको खस्की निकै तल्तिर
छोरो पाल्न कुतर्कतर्फ उसको भासिन्छ सङ्ढीर्णता
गर्नु गर्छ नगर्नु गर्छ रटना सन्तान पाल्ने मदा
पृष्ठ ३३
मानिसमा आफ्नै वैश बढोस् भन्ने तिर्सना यति सम्म हुन्छ कि सन्तानको मोहमा बलिदान दिन पनि तयार हुन्छ तर सन्तानले आमाबाबुमा भने त्यति दया माया हृदयबाटै गर्छ जस्तो लाग्दैन । बाबु आमाले छोराबाट शान्ति पाउँदैनन् । बास्तवमा यो संसारिक चक्र हो आजका छोराछोरी भोलीका बाबुआमा बन्दछन् । रोगी ,जीर्ण आजका बाबुआमामात्र बन्दैनन् भोलिका दिनमा आजका छोराछोरीमा पनि जीर्णता आउँछ र रोग लाग्छ । जीर्ण अवस्थामा पूर्वदिनका घटनालाई सम्झन्छन् । मानिसले इर्षा, डाह, हपराई, हेपाई, तडपाई,खाँदै, लुरो, अन्धो बैरो
मान्छेले छोरी भए पनि छोरो नभए अपुतो ठान्छ । निस्तो, निसासिदो निरसिलो, चारैतर्फ निशामय ठान्नु र छोरो नजन्मेको स्मरण गरिहिनु , छाती दुखाई रहनु, रहर खेपी राख्नु , तिर्सना आइरहनु जस्ता पीडादाई धारणा काव्यले समेटेको छ र यस छाललाई तलका धारणासहित बिट मारिएको छ –
देखाए जति सिद्धले जगतमा देखेन फेरी पनि
जोगाई जन जीवनी जगतका प्रचीन चीना मुनि
खोजी शान्ति शुभा प्रवोध मतको सौजन्य पर्माथको
त्यागे राज प्रसादका सयलको रोजेर आरण्यको
पृष्ठ ३४
छाल : ११
धरणीको अस्तित्व मानिसमामात्र सीमित छैन ।यस धर्तीले धेरैलाई आश्रय दिएकी छन् । विसाल जीवहरूले सुसज्जित धर्ती कुनै एक को गुण नाङ्गिदा धरणी नाङ्गै हुँदिनन् भन्ने काव्यकारको धारणा छ –
लोभ र स्वार्थका लागि मोडमा मर्म वाङ्गिदा
हुँदैन धरणी नाङ्गै मान्छेका गुण नाङ्गिदा
पृष्ठ ३५
े मानिस सन्तुष्ट हुन दैवको वरदान चाहिन्छ । मानिसको सुकर्म मैलाले ढाकेको हुनु हुँदैन । मानिसको इख विषमा परिणत भयो भने रिश मातिन्छ । रिश मातियो भने जोश बढेर जान्छ र परिणती कल्याणकारी हुँदैन । मानिस टक्कर लिनमा हटेर जान जानेन । हटेर जान जानेको भए हिरोसिमामा बम पडकने थिएन र हिटलर ( जर्मन तानाशाह १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका नेता थिए र दोस्रो विश्वयुद्ध हुनमा उनको ठूलो हात छ, यस समयमा ६० लाख यहुदीको सामुहिक हत्या भएको थियो) को तानाशाही चल्ने थिएन । धेरैका घरबार जुनी भत्किने थिएनन् । मागेर खानपर्ने, अङ्गभङ्ग हुनु पर्ने थिएन जस्ता धारणा काव्यले समेटेको छ । मानिसले यी चीज देखे पनि नदेखेजस्तो गर्छ, मन्दिर मस्जिदबाट पनि वर आफ्नै लागि माग्दछ ।
मानिसले भाग्यवादी सोच बनाउँछ तर आफ्नो श्रम फल्छ भन्ने ठान्दैन । भाग्य छ भनेर डोकामा दूध अडिदैन काव्यकारले विविध पक्षलाई समेट्दै भन्छन्् –
ईशाको वरदान ठान्छ फलको ठान्दैन आफ्नै श्रम
लेखीदिन्छ प्रपञ्च दर्शन भनी पारेर आफ्नै भ्रम
दम्को पार्छ दया दिनी उपरमा दिन्छौ कि दिन्नौ भनी
पारी त्रास निराश शस्त्र बलमा लुटिन्छ काया पनि ।।
पृष्ठ ३५,
मानव दर्शनमा काव्यकार डटेर लागेका छन् । काव्यकारको धारणा छ कि मानिसले कर्म गर्नु पछ । कर्मपथमा लाग्दा मानिस गौतम बुद्ध बन्न सक्छ । रत्नाकर डाँकुबाट बाल्मीकि बन्न सक्छ भने मानिस किन पछि पर्ने । गार्गी (एउटी महान प्राकृतिक दार्शनिक, वेदकी व्याखाकार ब्रह्मवादी, गर्ग ऋषिकी पुत्री), गौतमी (पहिली भिक्षुणी), पाण्डबी, सती,आदिका योगदानको कदर गर्दै यिनका नाम काव्यमा स्मरण गरेका छन् ।
मानिसले राम्रा खाद्यपदार्थ मात्रै सेवन गर्दछ भन्ने छैन ।भाङ,चुरोट, ह्विस्कि,रक्सी, स्मेक, चरेस, धतुरोको सेवनले तनमा असर पर्छ । अशुद्धिको असर, वायुको प्रदुषण आदि विविध विषाक्तको असर मानसिले नै व्यहोर्न पर्छ । यी असरबाट बच्न मानिसले विविध क्याप्सुल, डेटस्पायर ओखती, मिश्रित अखाद्य बनेका मसला तथा खाना सेवनको असर, धर्तीबाट विषाक्त चिजहरू वायुमा मिसिएर तेजावी वर्षा, उद्योगका असरले ओजनतहमा परेको असर, तेलको जलन र पिरो धुवाँ, प्रदुषित पानीको सेवन, प्लाष्टिकजन्य बस्तुको दुरुपयोग आदिले मानिसमा परेका असर तथा मानिसद्वारा सिर्जित बस्तुले पारेको दुष्परिणामको मतियार अरु कोही नभएर मानिस भएको ठहर काव्यकारको छ । यस छालको अन्त्य काव्यकारले यसरी गरेका छन् –
धर्ती काँपउठयो जुट्यो गगनमा क्षेप्यास्त्र पड्काउने
उर्लेका तमसा प्रवेगहरूमा सञ्जाद अडकाउने ।
आ–आफ्नो जाल फिजाई हाँकहरूमा विज्ञानका उन्नति
वोकी दिन्छ अनेक तर्कहरूमा आधारशीला कति ।।
छाल : १२
यस छालमा आजको वर्णशंकर युगमा देखिएका पक्षलाई काव्यकारले प्रष्ट पार्ने प्रयास गरेका छन् –
छ वर्णै शंकरको बिजन रस पो अन्न धनमा
पसाल्दै छन् नसल पशुका झुण्डहरूमा ।
गयो आफ्नो पाना परभर परी चेतहरूमा
हरायो हीराको बिजन गरिमा खेतहरूमा ।।
पृष्ठ :४१
वर्णशंकर युगमा विकासको नाममा परम्पराबाट चलाउँदै आएका चिजहरू लोप हुन लागेको यथार्थ हो । यसमा काव्यकारमात्र नभएर सबै चिन्तित हुनु स्वभाविक हो तर यो हैन कि काव्यकार विकास बिरोधी हुन् । उनले विकासमा शुद्धता खोजेका छन् । यस काव्यमा काव्यकारले विकासको भूरि भूरि प्रशंसा गरेका छन् साथै यसमा देखिएका नकरात्मक पक्षलाई पनि जोडतोडले उठाएका छन् ।
बिजन सक्कली चाहिन्छ । आज गर्भ बोक्न कठिन मानिन्छ । मानिसको यस्ता किसिमका व्यवहार देखेर धर्ती रुँदैछिन् । मानवरूपी दानवीय व्यवहारले गर्दा धर्तीमाथि बलत्कार भै रहेको छ । मानिसले गाग्रामा सागर नै भर्न चाहान्छ । सबै रत्नहरू निकालेर त्यैलाई प्रयोग गरेर बलसँग प्रकृयालाई पल्टाउने होडमा दौडिरहेको छ । जङ्गली जानव।र, चराहरू सबै खायो अरू खान तयार छ भन्दै यो छाल सकिएको छ ।
छाल १३ –
यो पृथ्वी र मानवको सृष्टि एक अदृष्य शक्तिबाट भएको कुरा सबैले भन्ने गर्छन् । हरेक धार्मिक दर्शनले पृथ्वीको उत्पत्तिको बारेमा आआफ्ना दर्शनमा दर्शाएका छन् । हामी वेदमा विश्वास गर्दछौ । वेद अनुसार संसारको सृष्टि गर्ने, पालन गर्ने र संहार गर्ने कर्ता ब्रह्मा , बिष्णु र महेश्वर भनिएको छ । यिनले पृथ्वी, अग्नि, वायु, जल, प्रकाश, ग्रह , नक्षत्र , अन्तरीक्ष र भूमण्लको सृष्टि गरे । मानस पुत्रको रुपमा सप्तर्षि ऋषिको सृष्टि गरियो । यी सप्त ऋष्मिा गौतम , भरद्राज , विश्वासमित्र , जमद्ग्नी , वशिष्ट , कश्यप र अग्नि हुन् । ब्रह्माकै शरीरबाट एउटा मानसिक पुरुष (स्वायम्भुव मनु ) र नारी ( शतरुपा ) लाई उत्त्पत्ति गरियो र मैथुनिक क्रियाबाट सन्तान उत्पादन गर्न लगाइयो । आजका हामी यिनैका सन्तान मानिएका छौं । पृथ्वी बन्दा जीव बस्न सक्ने अवस्था थिएन । विविध पक्षलाई काव्यकारले सांकेतिक रूपमा काव्यमा दर्शाएका छन् ।
विना मान्छे धर्ती कतिदिन धुमे सूर्य शशिले
नधर्तीमा देखे मनुज सरहै दिव्य छविले
न ता धर्ती धामा न त अरू गाउँ कविला
नहुन्थे धर्तीमा विधिबत न्याय गतिला
पृष्ठ ४३,
ढुङ्गे युगदेखि मानिसले विकास गर्दै आज विभिन्न बस्तुहरूको निर्माण गरे । अथवा मानिस विविध चिज बनाउन प्रविण भएका कुरा, मगजका बलका कुरा विधाताका कुरा, ज्ञानका कुरा , कलाका कुरा, अँक्कलका कुरा अघोरी मूर्तिका कुरा, मुर्धा शान्तिका कुरा, उत्पादन बिक्री नहुने कुरा, लोभ नभएको, देव अतिथी पूजा नगरिने, आदि धारणा सहित काव्यकारले प्राकृतिको बर्णन गरेर काव्यलाई सुन्दर बनाएका छन् –
बगेका झर्नामा मधुर लयका ताल छहरा
बजेका बाजाझैं तुमल धुनमा बाद्य नगरा
नदीका पानीमा मगर मछली ताम रमिता
बगेका क्या राम्रा सलल लहरी फूल थरिका ।।
पृष्ठ ४५
छालः १४–
यस छालमा दुई पंक्रिका श्लोकमा विविध धारणालाई पस्किएको छ । कतै काव्यकार वर्षने भेघको गर्जनसँग पुग्छन् । कतै वर्षाको कारणले उर्लदो भेलले पथरा टुक्र्याएको पाउँछन् । शालिनीसँग खहरे मिन्ले र सङ्गीतमय मर्मका गीत गाएको अनुभूति हुनु । प्राकृति सौन्दर्य यत्रतत्र दर्शिएका, फलेका डाली निहुरेका, सिंहहरू मृगका हुलमा पसेका, बघिनी गर्जेकी, नागिनीले ड्वाकेकी, सिंह गर्जेर अन्याय गर्दै वनका निर्बललाई निमोठिनु, हात्तीको जलाशयको मस्ती, नरका अभेद्य आँखा अनि शुरो पना आदि धारणा काव्यमा प्रस्तुत भएका छन् । काव्यकारले यहाँ विविध संदेश दिएका छन् । उनी भन्छन् कि पीडाको अर्थ मानिसले मात्र बुझ्छ । मानिसको छाती कोमल छ भन्ने कुरा बुद्धको छातीबाट प्रष्ट हुन्छ । सुँघेर फूलको बासना, हीराको चम्कनबाट रत्नको मूल्य थाहा हुने । लोहाको चम्कनले संसार तर्साउँछ, अंकुशेले रोपेर हात्ती बसमा ल्याइने,लगामले घोडा काबुमा ल्याइने,रौका भुप्पा काटेर कम्मल बुन्ने मौरीका महको भोग गर्ने,स्वतन्त्र वनका पशुपंछी पिंजरामा राखेर बन्दी बनाइएका धारणा सहित मानिस शक्तिवानभएको धारणा यसरी पस्केका छन् –
चलायो शक्तिको सत्ता उर्वीको बसमा लियो
अस्ताए अरूका शक्ति मान्छेको विजयी भयो
पृष्ठ ४८
ऋद्धि सिद्धि शुभा शान्ति मान्छेका खेलमा परे
ईश्वर देवता पितृ मान्छेका खेलमा परे
पृष्ठ ४८
मानिसले तपका बलमा पूजाका बलमा पारेर देवतालाई पासोमा पारेर वरदान लिएर आफू शक्तिशाली बनेको छ । यति मात्र हैन । मानिसले पशु र पंछीको बली दिन्छ ,भाकल गर्छ, वरदान माग्छ र विविध नाटक खेलेर सबै बसमा पारेका छ –
पारेको बसमा सारा नगरी भरीका परी
गर्दैछ अवता मान्छे गिदीको पनि सर्जरी
मानिसले टेष्टटुवेबी जन्माउने काम, नारीले सौन्दर्य बचाउन छोराछोरी नजन्माउने औषधीको प्रयोग, स्वदेशको संकृति परम्परा, भाषालाई छाड्दै डेडी मम्मी,भन्दै डिस्को नाच्दै आफ्नो स्वपन छाडेको धारणा, काव्यकारको भनाइ छ कि यस्ता विकृति रोक्न पण्डितहरूको गहन भूमिका हुनु पर्ने थियो तर त्यो छैन । कुकुर किन पालिन्छ । उसले े घरको सेवा गर्छ तर उसले पाउने भनेको एक गास कलो मात्र हो । पशुले घाँसको लागि मात्र सेवा दिन्छ तर कुखुरा पाठाहरू मासुको लागिमात्र जन्मेका छन् । पिजरामा चराहरू राखिन्छ मार्ने र पाल्ने उसकोहातमा निर्भर रहन्छ भन्दै काव्यकार भन्छन् –‘विधताको विधि रैछ चराचर नरानर ।’
छालः १५
यस छालमा बलीप्रथाको बारेमा काव्यकारले आफ्नो धारणारादेका छन् ।पाठापाठी देवको थानमा कटेर सिद्धि प्राप्त हुँदैन । पाप मोचन गर्छु भन्दा अर्को पाप थपिन्छ । देवी रगतका भरमा हुन्नन् र देवीले रगत खाएको पनि देखिदैन । मानिसले आफ्नो पाप दोषलाई छल्नको लागि, आत्म विश्वासको कमीले गर्दा निर्वल पाठामा छुरा रोपिन्छ । घरमा छोराछोरीसरह पालेर निर्वल पाठालाई काटेर चाहना पूर्ति हुँदैन भन्ने काव्यकारको ठहर छ ।
छाल : १६
यस छालमा काव्यकारले विविध पक्षलाई समेट्ने प्रयास गरेका छन् । मोजको होलीको लागि जमानिमा हर्ष रसरङ्ग, आनन्द चाहँनाको लागि पैसामा आत्मा बेचेर इच्छा पूर्ति हुँदैन । आनन्दको लागि त दोषको पहिचान गर्नु पर्छ , कुलको मर्यादालाई राख्नु पर्छ । भलो कुभलो के हो ज्ञानद्वार देख्नु पर्छ । स्वार्थी पसिना बगाउँदैमा, अर्काको छातीमा झीर रोपेर, अर्काको घरलाई उजाड पारेर धन कमाएर, चोरेर, ठगेर, अधर्मी छुद्रपारा,दानवी परिबेशमा, निचता, वैमानशिकता, गरिबको रगत चुसेर धन कमाएर, गीता पढेर पाप पखालिने धारणा राखेर,मूर्तिमा पूजा गरेर, बली दिएर, यस जन्ममा ऐयास तथा रासलीलामा बसेर शुद्ध कर्म नगरी अर्को जन्म पनि त्यसरी रमाउन पाइयोस भनेर, धर्ममा लम्पसार परेर भेटी चढाएर स्वर्गको चाहना राखेर,नून, सुन, अन्नदान। तुलादान,महाँदान आदि बाट शान्ति र स्वर्ग मिल्न सक्छ र भन्ने तर्कहरूमा प्रश्नबाची छन् काव्यकार –
पोखेर धनको थुप्रो स्वर्गमा ठाउँ मिल्छ र ?
जोखेर धनको तुलो निर्मल पाप हुन्छ र ?
काव्यकारले यस छालको अन्त्यमा यसरी प्रस्तुत गरेका छन् –
अन्त्यमा मुक्तिको आशा पुगेर धर्म धाममा
ठानेर तीर्थ हो तर्न पैसा हो मनकामना
पृष्ठ ५६
मुक्तिको बारेमा विभिन्न दर्शनहरूले आफ्नो आफ्नो तरिकाले परिभाषित गरेको पाइन्छ । कोही भन्छन् –‘ कोही भन्छन् सत्सङ्ग द्वारा नै जिवात्मको मुक्ति प्राप्त हुन्छ ।’ कर्मवादीहरू कर्मको फल सबैलाई मिल्छ ’ भन्छन् । कसैले ज्ञान मार्ग, भक्ति मार्ग, कर्म मार्ग ध्यानमार्ग बाट मुत्तिल प्राप्त हुन्छ भन्दछन् । कसैको कथन छ कि मुक्ति प्राप्त गर्न ईश्वरको दया चाहिन्छ र जो त्यसलाई प्राप्त गर्न इमान्दार भक्ति र समर्पणले मात्र सम्भव छ ।
छाल : १७
मान्छेको नगरौ. खुन नगरौं पशुको बली
नमारौं मर्मको माया त्यगेर अरुमा छली
पृष्ठ ५७
यस छालमा काव्यकारले दार्शनिक अभिव्यक्ति पोखेका छन् ।कविले भन्छन् परोपकारका पाटा उधानमा रोपौं । यस धरणीको माटोमा रहने हामीले आत्मियता खोज्नु पर्छ । सबैको दुःख एउटै भएकाले आँसुका भललाई रोकौं अथवा दुःखीलाई नरुवायौं । काव्यकारको धारणा कति महान छ ‘उमारौं छातीमा शान्ति फुलाउँ प्रेमको फूल ।’ शान्तिमा आगो लगाउन हुँदैन । लाटा खाँचाले पनि जिउन पाउनु पर्छ । तिनी माथि हिंसा गरेर आएको रगतलाई लुकाउन चपरा मुनि छोप्न हुँदैन । जिउने अधिकार सबैको छ । जन्मदा कोही धनी कोही गरिब हुँदैन । कर्मबाटमात्र धनी गरिब बन्ने हो । काव्यकारले आजको क्रियाकलापलाई मूल्याङ्कन यसरी ष्रेका छन् –
दिदैंछ मान्छेको हाँक मान्छेको कामवासना
अत्तालिदो छ यो मान्छे भोगेर क्रूर शासन
पृयठ ५७
छाल : १८
लड्ने युद्ध थलो विपक्ष कुन हो जान्दैन लड्ने अरे
छातीमा बदला बलेर मुटुको तालो रगत जल्छ रे ।
पेलम्पेल पछाडी पार्न अवला ठेली रहेको हुरी
छाती भित्र उमाली गर्म पसिना काडेर आफै रुनी ।।
पृष्ठ ५८
युद्ध सहज हुँदैन । यहाँ खुन बहन्छ । सफलता चाहान्छ । कौतुहलता बढेर आउँछ । सपना देखेको विपनामा परिणत कसरी गर्ने भनेर आशाका लहर बग्दछन् । ननिका चालमा बिचार विमर्श गर्नु हुँदैन किनकी भविष्यको गति कता लाग्ने हो त्यो थाहा लाग्दैन तर आँट गरेर क्रान्ति गरेर घातलाई लग्यो भने जनतामा खुसी छाउँछ र शान्तिमा हाँसिन्छ । काव्यकारले युद्धको परिणतीलाई यसरी पस्केका छन् –
शक्ति गर्भ पतन भई बगरमा लत्याउला स्यालले
पाल्दा रुग्ण विचार ख्यालहरूमा धोका दिंदा ख्यालले
कोदाली खुकुरी कुटो र हँसिया भाला खुँडा बञ्चरा
लड्नेछन् हतियार युद्धथलमा काट्ने अजर्का जरा ।।
काव्यकार युद्धबाट सकरात्मक उपलब्धीप्रति आशावादी पनि छन् –
छाती ढाल बनाई दीनहरूले लड्ने र ढल्ने दिन
धर्तीमाथि सबै कुकर्म खलत धोयर तातो खुन
यो साझा धरणीमनुक्ष्य चरको मानेर साझा घर
बाँडी खान रमाई भाइहरुको बस्ती बनोु् निडर
विषमताको यो धरणीमा काव्यकारले सङ्कीर्णता भन्दा माथि उठेर समताको खोजी गरेका छन् । युगौंदेखिका अभाव, रोग, भोक, गरिवीबाट मुक्ति चाहेका छन् र उनी भन्दछन् –
मान्छे ढाल बनाउदै सहिदको तातो र रातो खुन
पारी मानवता विदिर्ण जगमा हुँदैन कैल्यै गुन ।
यस खण्डकाव्यको अन्तिम छालको अन्तिम श्लोकमा आजको संसारमा देखिएका विविध खाले कुकृत्यको नाशको लागि शहीदहरूले धर्ती कम्पाय मान पार्ने अवस्थामा खलका दलालहरू उम्कन पाउने छैनन् । धर्तीमा पापका रगतले तर्पण हुनेछ । दुर्योधन जस्ता हारे भनेर विना कसुरमा खुडा उठ्ने छैनन् अर्थात सत्यता थाम्न सधै हतियार तयार रहने प्रतिबद्धता सहित खण्डकाव्यको बिट मारिएको छ ।
मैले माथि १८ छालको भावसार पस्कने प्रयास गरे । झट्ट हेर्दा यी छालको स्वतन्त्र अस्तित्व छ कि जस्तो लागे पनि शीर्षकको उद्देश्य अनुरूप यी छालहरूको कथाबस्तु एक अर्कामा जोडिएकाछन् । आकारप्रकार, विषयबस्तु,संरचनाको राम्रो विश्लेषण गरेर भूमिकाकार इन्द्रबहादुर भण्डारीले यसलाई खण्डकाव्य भनेर प्रमाणित गरेका छन् । महाकावि माधव वियोगीले ‘विषय बस्तुकै सनिन्कटामा आवद्ध रहेकाले यसलाई विषयबूतुका सनिन्कटतामा खण्डकाव्य भन्न हिछकिचाउनु पर्ने कुनै कारण छैन । मेरो अध्ययनले पनि खण्डकाव्यका मान्यताको आधारमा केलाउँदा खण्डकाव्य हो भन्ने ठानेको छु । शीर्षकीकरण र यसभित्र पस्केका धारणालाई केलाउँदा यस खण्डकाव्यले मानिसका समग्र पक्षका आयमलाई समेटेको छ । एउटै छन्दमा अण्डकाव्य लेखिन्छ भन्ने मान्यता रहेता पनि आजको सन्दर्भमा विविध छन्दमा खण्डकाव्य लेखिएका छन् र यस खण्डकाव्यमा सार्दूलविक्रीडित छन्दले बाहुल्यता लिएको छ । रसको हिसावले हेर्दा शान्त रसको बाहुल्यता छ । अलङ्कार, बिम्ब र प्रतिकको प्रयोगले काव्य उत्कृष्ट बन्न पुगेको छ । भाषा सरलदेखि क्लिष्ट तत्सम र आगन्तुक शब्दको प्रयोग भएको देखिन्छ । बादको हिसावले हेर्दा अध्यात्मवादलाई प्राथमिकता दिएको पाइन्छ ।
शीर्षकीकरण मानस भनेको मानवका मानसिक अवस्थाहरू, विचार, भावना, र चेतना सम्बन्धी सबै कुरा को समुच्चय हो। यो आमतौरमा मानिसको मन र सोचाइलाई जनाउने शब्द हो, जसमा मनोविज्ञान र भावनात्मक प्रतिक्रिया समावेश हुन्छ। यस खण्डकाव्यले मानसको परि भाषालाई सार्थक तुल्याएको छ । शीर्षक ठिक छ ।
परिवेश –यो कृतिको परिवेश मूख्यरूपमा धर्ती भए पनि आकाश, स्वर्ग, नर्क, हिमाल आदि विविधतालाई समेटेको पाइन्छ ।
पात्र चयन–यस काव्यले मान्छेका समग्र पक्षका चिन्तनलाई समेटेको हुँदा मानव नै नायकको रूपमा लिन ठिक होला जस्तो लाग्यो । धर्ती सवल रूपमा उभिएकी छन् ।पेट बोलीमा थुप्रै पात्रहरू यस काव्यमा देखिन्छन् ।
पहिलो खण्डकाव्य भए पनि केही कमी कमजोडी देखिए पनि यो निरन्तरताले सुधार हुँदै जाने कुरा हो ।
निष्कर्ष– मैले यस खण्डकाव्यका प्रत्येक छाललाई गहनरूपमा विश्लेशण गरेको छु । तिनै कुरा यहाँ दोहोर्याउन चाहान्न । समग्रमा काव्यले मानवका विविध पक्षलाई समेटेको छ । सकरात्मक पक्षलाई बढवा दिंदै मानव जीवन दर्शनलाई प्रष्ट पार्दै एउटा सुन्दर खण्डकाव्यको सिर्जना गर्नु भएकोमा धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु
धन्यवाद
( ठ ँभदचगबचथ, द्दण्द्दछ, २५माघ २०८१मा समकालिन साहित्यमा प्रकाशित)
‘महिमामयी आमा’प्रतिको माया
सदानन्द अभाग्ी
परिचय – इन्द्रराज पौडेलसँग मेरो परिचय भएको करिव ७/८ वर्ष भयो होला । यो परिचय पनि तत्कालिन त्रिवेणी साहित्य परिषद तथा हालको त्रिवेणी साहित्य प्रतिष्ठानको साहित्यिक कार्यक्रममा भएको हो । मैले उहाँलाई जहिले भेटे पनि हँसिलो रूपमा पाएँ । गोरो अनुहार, मझौला उच्चाइ फुर्तिलो चालको साथमा कर्ममा तीब्रता, बोलीमा नम्रता र मिठास पूर्ण भावनाको आदान प्रदानमा प्रष्टता र स्वच्छता पाउँदा मलाई निकै आनन्द लागेको अनुभूति भयो । उमेरको हिसावले पनि समकालिन रहेछौं । पोखरा लेखनाथ २३ पुम्दीभुम्दी, कास्कीमा माता नन्दकली र पिता पं. तुलसीराम पौडेलका साँहिलो पुत्ररत्नको रूपमा २००४ वैशाख ९ गते जन्म भएको थियो । यो कृति प्रकाशन समयका वेला सोरहवा –८, तमौलीपुर, बर्दियामा बसोबास भए पनि हाल गैडाकोछ न.पा.–५,नवलपुरमा स्थायी बसोबास गर्दै आउनु भएको छ । ‘नेपाल आमा’पहिलो कविता जस्ले पृथ्वीनारायण क्याम्पसबाट नगद र प्रमाणपत्र प्राप्त गरायो त्यसबाट कृतिप्रकाशन र साहित्यमा अगाडी बढ्न अग्रसर बनायो । पौडेलको ‘पीडा’ कवितासङ्ष््रह (२०६१)ले कृतिकारको रूपमा परिचय गराउनुको साथै पौडेलका मानस (खण्डकाव्य –२०६२), प्रेमाञ्जली (शोककाव्य–२०६८), भद्राञ्जली (खण्डकाव्य –२०७०), क्रान्तिवीर कृष्णप्रसाद (खण्डकाव्य–२०७२),जन्मभूमि (खण्डकाव्य, २०७३) र महिमामयी आमा (शोकात्मक खण्डकाव्य २०७४) बजारमा ल्याउन सफल देखिनु भएको छ ।
प्राप्त पुरस्कारहरू –इन्द्रराज पौडेलले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यसकृतिको प्रकाशन समयसम्म विभिन्न शैक्षिक तथा साहित्यिक संस्थाबाट यसप्रकारका पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको छ । १) पृथ्वीनारायण क्याम्पसबाट नगद र प्रमाणपत्र प्राप्त २) पुष्प प्रतिभा साहित्य पुरस्कार खजुरा बाँके ,३) भद्रकुमारी घले सेवा सदनबाट नगदराशि र ताम्रपत्रबाट सम्मानित, २०७०, ४)भानुभक्त स्वर्णपदक र प्रशस्तिपत्रद्वारा सम्मानित, २०७१, ५)भेरी साहित्य समाज, बर्दिया शाखा, नेपालगञ्त बाट सम्मानित, २०७१, ६)अनुपम साहित्य समाज भुरीगाउँ बर्दीयाबाट सम्मानित, २०७२ आदि आदि ।
आजीवन सदस्य – १) बर्दीया साहित्य समाज , बर्दिया , २) मध्यपश्चिम स्रष्टा समाज,बाँके ३)नेपाल रेडक्रस सोसाइटी, बर्दिया,४) नेपाल शिक्षक सङ्घ, बर्दिया, ५,त्रिवेणी साहित्य परिषद, नवलपुर ।
कृतिको संरचना –आवरण अग्र पृष्ठमा ममतामयी आमाको अर्धकटको सुन्दर तस्विरले सजिएको छ । पछिल्लो आवरणमा कविको व्यक्तिगत विवरणले सजिएको छ । यसकृतिको प्रकाशन त्रिवेणी साअित्य परिषद, नवलपुरले गरेको छ । यो त्रिसाप बल्लरीको ७४औ ंपुष्पमाला हो । यो प्रकाशन रजत जयन्ती (२०४७ –२०७२)को उपलक्षमा गरिएको हो । यसकृतिको मूल्य रु २११/– राखिएको छ ।आवरण /सेटिङ्ग कालिका कम्पुटर सर्भिस, प्रेशमार्ग नारायणगढ र मुद्रण चित्रवन प्रिन्टर्स प्रा.ली. प्रेशमार्ग नारायणगढले गरेका छन् । यो कृतिलाई आमाप्रति चार / चार हरफका दुई श्लोकबाट समर्पण गरिएको छ । आमाको महान्तबाट यो तनको आधार खडा हुन्छ । मायाका रसले धैरै कष्ट सहेर सिर्जना हुन्छ । यस्ती महान आमालाई आराधना र अर्चना कसरी गरूँ भन्दै कविले दोस्रो श्लोकलाई यसरी आमामा समर्पण गरेका छन्–
गर्ने ईश्वर बास आत्मा तनमै निर्माण गर्ने उनी
सारा विश्व अटाउने हृदय नै आकार कोर्ने पनि
आमा आदरपात्र हुन् सकलकै सम्मान माया गरौं
श्रद्धाभाव लिँदै पुजेर मनले साकार देवी भजौं
पृष्ठ ग
प्रकाशकीय –यस कृतिको प्रकशकीय त्रिवेणी साहित्य परिषद, नवलपुरका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालले लेख्नु भएको छ । प्रकाशकीयबाट जानकारी हुन्छ कि ‘श्री नारायणदत्त पौडेलद्वारा आफ्ना पिता इन्द्रराज पोडेलको नाममा स्थापित ‘इन्द्रराज पौडेल काव्य पुरस्कार’ हालसम्म चौथोपटक वितरण गरिसकिएको छ । इन्द्रराज पौडेलको पेशागत विवरण व्यक्तिविवरणमा नदेखिएको पनि प्रकाशकीयबाट पत्तालाग्छ कि उनी कास्की र बर्दियाका शिक्षण संस्थाहरूमा अध्यापन गरी हाल सेवानिबृत्त भएर साहित्य र समाज सेवामा समर्पित हुनुहुन्छ । यसकृतिको ‘महिमामयी आमा’ शोकात्मक खण्डकाव्य : एक अवलोकन शीर्षकमा गोविन्दराज विनोदीले लामो भूमिका लेख्दै भन्नु हुन्छ –‘योकाव्य ज्यादै सन्देशमूलक,पठनीय,सङ्ग्रहणीय बन्न पुगेकाले कवि इन्रराज पौडेल धन्यवाद र बधाइका पात्र बन्न पुग्नुभएको छ ।’ (पृष्ठ त) । यस कृतिको लेखकीयमा पौडेलजीले संसारमा गतिशील व्यक्ति आमाका वरदान हुन् भन्दै नारीप्रति गरिने व्यवहार, सम्पन्नतामा पनि बृद्धआश्रम पुर्याइने आदि मार्मिक अभिव्यक्ति पस्कँदै यस काव्यले समेट्न खोजेका कुरामा ‘छोराबाट प्रताडित आमाले भोगेका कुरालाई विषयवस्तु बनाउने जमर्को भए पनि काव्यले समाजिक अवस्थालाई केलाउँदै भन्छन् –‘आमाबाबुका क्रियाकर्म सकेपछि आमा–बाबुको पालन पोषणमा जिम्मा लिएकाले अरु दाजुभाइको ढाडै सेक्ने गरी खर्च तोक्ने तर शेष पैतृक सम्पत्तिमा भने गिद्धेदृष्टि लगाई दाजुले भाइहरू र भाइले दाजुहरूप्रति गर्ने असहिष्णु र असन्तुलनीय व्यवहारबाट कुँडिएका मनहरूको भावावेश पनि काव्यमा विषयबस्तु बन्न गए ।’ (पृष्ठ न) इन्द्रराजले प्रस्तुत गरेको यी वाणी हाम्रो समाजमा कटुसत्यको रूपमा व्यवहारमै देखिन्छन् । यस्ता कर्महरू कसैले गर्न हुँदैन ।
यस काव्यमा कविताक्रमहरू आठ उपशीर्षक र ५३ पृष्ठमा प्रस्तुत गरिएका छन् । त्रिवेणाी साहित्य परिषद नवलपरासीका प्रकाशनहरू ३ पृष्ठ पनि यहाँ उल्लेख गरिएका छन् । यसरी आवरण पृष्ठ बाहेक कृतिको आकार ७८ पृष्ठको छ ।
काव्यभित्र प्रवेश गर्दा –यस कृतिलाई शोकात्मक खण्डकाव्य भनिएको छ । शोक भन्ने वित्तिकै कुनै चिज को मृत्यु अथवा मानिसको मृत्युमा चिन्तित हुनु वा दुःखि हुनु हो । यो शोकात्मक खण्डकाव्य ममतामयी आमाप्रति लेखिएको छ । आमाको माया अपरमपार हुन्छ । मातृत्यप्रेमको कुनै तुलना हुँदैन र अमूल्य हुन्छ । सन्तानप्रति निःस्वार्थ वात्सल्यप्रेम हुन्छ, सन्तानप्रति भोक दुखकष्ट सहीन्छ र सन्तानलाई हुर्काइन्छ, पढाइन्छ, र आफ्नो खुट्टामा उभिने बनाइन्छ । कविले आठओटा खण्डमा के कस्ता धारणा पस्केका छन् । त्यस विषयमा विश्लेषण गर्दै अघि बढ्ने अनुमति चाहान्छु ।
प्रस्तावना – यहाँ कविले आमाहरूमा सिर्जना गरेर संसार चालाउने कला हुन्छ । यी कलाहरू कमालका हुन्छन् । उनमा रचना शक्ति हुन्छ । म्रूर्ति कुन्दा दिइने आकारजस्तै सन्तानलाई सुन्दर बनाउने क्षमता आमामा हुन्छ । आमाले मुटुको तल राखेर उसलाई चाहीने वातावरण दिएर जन्म दिन्छन् र दूध पिलाउँछन् भन्दै कविले आमाको महत्वलाई यसरी प्रस्तुत गरेका छन् –
आकाशै धर्ती जति तौलदा उति
अमा सरी हुन्न बराबरै त्यति ।
क्यै छैन आमातुलना विशालमा
आमासरी छैन कुनै कुरो यहाँ ।।
(श्लोक ५ पृष्ठ २)
माथि नै भनिएको छ कि आमाले सन्तानको लागि के नै गदिनन् ।अव कविको नजरमा आमा के हुन् त भन्ने प्रश्नमा यसरी उभिएका छन् –
। आमा विना सृष्टि थामिदैन । यो सत्यकुरा हो कि आमा पृथ्वी हुन् । उनले बीउलाई उमार्न सक्ने क्षमता छ । बीउलाई उमार्ने मात्र हैन पालन पोषण, मार्गदर्शक, रखवारी, घरकी धुरी, परिवारमा ठूली, यदि आमालाई कुनै पदले विभूषित गर्न परेमा उनी विशाल छन् र उनी हिमाल सरी अटल छन् । सन्तानको संरक्षणको लागि उनको शिर कहिल्यै झुक्दैन, सन्तानले जे जस्तो काम गरे पनि आमा क्षमादायिनी हुन्छिन् । आमाले सन्तानलाई गतिशील बनाउँछिन् र सन्तानको प्रगतिमा रमाउँछिन् । यस्ती महान आमाप्रति कुनै कुनै कुपुत्रको व्यवहार कस्तो हुन्छ त ? कवि यसरी प्रस्तुत भएका छन् –
जन्मन्छन् सन्तान कताकतै कुनै
उत्रन्छ आफ्नी जननी रुवाउने ।
आमा बढी भै अलपत्रमा परी
रोइरहेका पनि छन् कठैबरी ।।
(श्लोक १६।, पृष्ठ ४)
छोरामात्र हैन आमाले छोरी पनि जन्माउँछन् । हुर्काउँछन् ,विवाहदान गरिदिन्छन् । छोरी बुहारीमा रुपान्तरण हुन्छन् । संसारिक चक्र हो । उनी पनि घरवारको मजा लिन्छन् । सन्तान जन्माउँछन् र रमाउँछिन् पनि । पतिका मनपेट छाम्छन् र यसपछि , सासूका कमी कमजोडी केलाउँछन् । बुहारीले सासूको सेवा गर्नुको सट्टा घरमा रडाको मच्चाइन्छ र सासू हेला हुन्छन् । यस सम्बन्धमा कवि यसरी प्रस्तुत भएका छन् –
सन्तापको ओखलमा पिसाउने
त्यो घानमा सासूहरू मिसाउने ।
खुम्चाउँदा चित्त हुँदै अधोगति
दुर्नाम बन्ने किन हाँसियो मति ।।
(श्लोक २० पृष्ठ ५)
आजको संसारमा आमाहरू हेला हुने, आमाहरूको चित्त दुखाउने, बृद्धआश्रम पठाउने, एकान्त ठाउँमा लगेर छाड्ने काम निकै बढ्दै गएका छन् । कविले यस्ता विषादलाई जरैदेखि मास्न चाहान्छन् । यस्ता स्वभाव त्याग्न चाहाने धारणा सहित कविले सबैमा आग्रह गर्दछन् र यो खण्ड समाप्त हुन्छ ।
हामी बसालौं सबले परम्परा
आमाहरूमाथि नहोस् कुनै सजा ।
आमाहरू जो जति छन् समाजमा
लागौं खुसी पार्न सधैं प्रयासमा ।।
(श्लोक २२ पृष्ठ ६)
खण्ड २ – मातृसेवा महायज्ञ शीषक दिएर यस खण्डको थालनी भएको छ र यस शीर्षकको महत्वपूर्ण सन्देश भनेको मातृसेवा नै जीवनको महायज्ञ हो । आमाको सेवा गरेपछि कुनै देवताको, जप ,पूजा, पाठ, आराधना, उपासना, ब्रत आदि गर्न पर्दैन सबै किसिमका पाप नष्ट हुन्छन् भन्ने हो । यो जीवन एउटा चक्र हो । छोरीको जन्म भएपछि विवाह हुन्छ । परघर गइन्छ । बुहारी भइन्छ, । नयाँ अनुभूति सङ्गालिन्छ । नयाँ परिवेशमा रमाउनु पर्ने हुन्छ । त्यसपछि सन्तान जन्मन्छन् र आमा बनिन्छ, । छोराको विवाह भए पछि सासू बनिन्छ । उमेरले नेटो काटे पछि जीर्ण हुइन्छ । यी सबै अवस्थालाई कविले भन्दछन् –
जन्म मृत्यु जरा व्याधि भोगेर परिचक्रमा
फेरो जीवनको घुम्दै आफ्नो जीवत्व खण्डमा ।
श्लोक ५ पृष्ठ ७
अन्य पुराण भन्दा त आमा–पुराण नै पढौं
पुजौं आमा बुझौं आमा आमा–सेवा सधैं गरौं
श्लोक ६ पृष्ठ ८
यदि गहिरिएर सोच्ने हो भने आमा देवी हुन, र्धर्यकी पुञ्ज हुन् , सहनशीलताकी भकारी हुन,् सन्तानको दुखमा दुख मान्ने, सन्तानको सुखमा आनन्द लिने, दर्दलाई खर्लप्प निल्न सक्ने क्षमता भएकी आमालाई पूजा गर्दा सबै पापबाट मुक्त भइन्छ । भन्ने काव्यको आशय हो । बुढापामा आमा विकृतिको शिकार हुन सक्छन् । कुपुत्रले आमालाई दुख दिन्छन् । आमालाई लखेट्रे अधिकार जमाउन खोज्छन् । आमाको हक खोसेर सम्पत्ति हडप्न खोज्छन् भन्ने अर्को आशय पनि यस खण्डमा आएको छ । काविले आमाको दूधको भारा तिर्न सकिदैन । हीरा मोती तुला दान, तीर्थ सकल धार्मिक कर्म भन्दा महान हुन्छ मातृसेवा, ठोकुवा गर्दै तलका दुई हरफ पस्कदै यो खण्ड समाप्त हुन्छ –
मानव नबनौ दुष्ट दानवीय प्रवृत्तिका ।
बनौ सभ्य इमान्दार हामी मानव धर्तीका ।।
(श्लोक ३२, पृष्ठ ११)
तेस्रो खण्ड –आमाको योगदान –यस खण्डमा कविले आमाले जन्माउने देखि वयस्क हुने अवस्थासम्मको क्रियाकलापलाई दर्शाउने काम गरेका छन् । एउटी आमाले गर्भ धारण गरेपछि पाउने दुख पीडा, प्रसूति पीडा, सन्तान जन्मेपछि सेकताप, स्तनपान,बालबच्चा हुर्काउँदाका पीडा? आमाले दिने मायाको चुम्बनको साथ स्तनपान, कोल्टे फर्कदा उठमउने काम, धर्तीमा उभिन खोज्दा ताते ताते गरएर हिडाउने काम, स्याब्बै, स्याब्बै गरेर नचाउने काम, आदि क्रिया कलाप हेर्दा कुनै आमाले शिक्षा लिने र वैंसालु युवतीहरू लोभिन्थे भन्ने आशय आएको छ ।बालबलिकाहरू आमाशोषित हुन्छन् । खानेवेलामा थाल कचौराको रोजाइमा लड्छन् मिठो खानेकुरा दिएर आमाले मिलाउन पर्ने, बिस्तारमै दिसापिसाब गरिदिने, त्यसबाट जोगाउनु पर्ने, छोराछोरीलाई कुलाचार, मर्यादा। संस्कार,संस्कृति, धर्म, परंपरा सिकाउनु पर्ने आदि राम्रा कर्मको मार्गदर्शन गराएको धारणा आएको छ ।
चौथो खण्ड –आमाः घरकी लक्ष्मी –हाम्रो समाजमा अझैसम्म छोरीको जन्म हुँदा नाम खुम्चाउने चलन छ तर त्यो छोरीले जन्मेदेखि मृत्युवरण गर्ने सम्मको पीडालाई यस खण्डले समाएको छ । जन्मिन्छ, तापमा बढीन्छ, विवाह हुन्छ परघर तथा परको परिवेशलाई स्थपित गराउँदै सामाजिक मर्यादा पालन गर्दै, पतिलाई रिझाउँदै, प्रोेढ अवस्था नपुग्दै जञ्जालमा फस्दै बृद्ध अवस्थामा पुगिन्छ । यति अवस्था पार गर्दा पनि नारी स्वतन्त्र भएको पाइँदैन । नारीलाई खुला झेलामा राखिए सरह देखिन्छ । समाजमा, छोरी भएर जन्मनु भनेको आमा बन्नको लागि हो भन्ने मान्यता देखिन्छ । बुहार्तन सहनु पर्ने, खाना टन्न नपाइने, पुरा निन्द्रा सुत्न नपाइने, चारघरी रात बाँकीमा उठ्न पर्ने घरधन्दा सक्नु पर्ने, चाड पर्व मनाउन नपाइने, सासूका पाउ मोल्न पर्ने, सुखका दिनको खोजी गर्दै बस्नु पर्ने, सन्तान जन्माउँदा अङ्गको ढङ्ग नै बिग्रने, सासू बन्दै बुढी आमामा परिणत भइने आदि विविध पीडालाई यस खण्डले समेटेको छ । आजको संसारले नौलो फड्को मारी सकेको छ । समाजमा नयाँढाच उदाएको छ । हिजोका आमाहरूले आफ्ना सासूबाट पाएका बुहार्तन सम्झन्छन् । आमाहरूले यो नयाँ परिपाटीको भेउ नपाएका कारण आफूले भोगेका तथा व्यहोरेका कुराहरू बुहारीमा लागु गर्न चाहान्छन् तर लागु हुन सक्दैनन् । सासूबुहारीमा केही कुरा अमिल्दा देखिए पनि सबै रूप नारीकै हुन् भन्दै कविले तलका दुई श्लोक सहित यो खण्डको बीट मारेका छन् ।
हुन्छन् कारण क्यै भिन्नै सासूबुहारीमा
आमा ती घरकी लक्ष्मी स्वार्थ राख्ने सुधारमा ।।२७।
रक्षिका घरकी आमा भुक्ने श्वानसरी उनी
तर वर्दान हुन आमा लच्छिन घरको पनि ।।२८।।
पाँचौ खण्ड– आमाको सहनशीलता – आजको जमानामा नारीले भोग्न परेका झन्झट, तिनै चुटिने, लुटिने बजारमा विक्रीहुने, अत्याचार, बलात्कारमा पर्ने, अन्यायमा पर्दा पनि दोष नै व्ष्होर्न पर्ने, घरभित्रैको हिंसामा पर्ने, जन्म दिने यन्त्रमा गनिने, सन्तानबाट शोषित हुने, मुखको गास खोसिने, धुतिने, मुटुमा झिर रोप्ने, बुढेसकालमा पनि कजाउने, हेलित हुने जस्ता पीडालाई यस खण्डले समेटेको छ । यस खण्डमा कविले नारीले गर्भ धारण गर्छन् आमा बन्न चहान्छन्, जायजन्म गराउँदा जीवन मरणको अवस्थामा पुग्छन् । कतिको त मृत्यु नै हुन्छ तर पनि नवजात मुसारेर काखमा लिएपछि र छातीका पोषिला मुन्टा शिशुले पिउन थालेपछि सारा दुख विर्सन्छन् । प्रसव वेदनालाई कविले अति मार्मिक रूपमा पस्केका छन् ।
यस खण्डमा कविले आमाको सम्झना कहिले हुन्छ भन्ने धरणा पनि राखेकाछन् । जसका आमा सानैमा मर्छन् तिनीहरूमा आमाको अभाव खड्कन्छ र आमाको स्मरण गर्छन् ।अरूहरूको लागि आमाको स्मरण सम्बन्धमा कविले तलका दुई श्लोक सहित यस खण्डको बीट मार्दछन् –
आमा भक्त सबै हुन्छन् आफ्नी आमा मरेपछि ।
आफ्नी जन्मदिने आमा धर्ती छाडी गएपछि ।।३१।।
साँचेर मुटुमा फोटो सम्झी राख्छन् जुनी भरी ।
तिनैका मनले भन्छ मेरी आमा कठै बरी ।। ३२।।
(पृष्ठ २७)
खण्ड छ –हम्री आमा –यो खण्डमा कविले आफ्नी आमाको स्मरण, आमाले धेरै कष्ट भोगेर, कविलााई पालन पोषण गरेका धारणासहित आमाको मृत्युवरण कसरी भयो सो को विवरण यहाँ पस्केका छन्् –
लम्मिदैन कतै आयु फूल राम्रा भए पनि ।
वैलाइ झर्नै पर्छ जति माया गरे पनि ।।१।।
पृष्ठ २८
प्राकृतिको वर्णन गर्दै मरणलाई कविले अनिवार्य ठानेका छन् । यो ध्रुब सत्य हो कि जन्मेपछि मृत्यु ह्न्छु । यहाँ धेरै उदाहरण दिंदै कवि भन्छन् –मर्नै पर्दछ जन्मेर प्रकृतिको विधान हो
धर्तीमा जन्मनेलाई मृत्यु नै अनिवार्य हो ।।४।।
कविले मुढो जस्तै लडेर बाँचनु पनि अभिशप्त भएकोले त्यति लामो आयुसँग कवि सहमत छैनन् । पाखुरा दरा रहुनदेरको आयु ठिक हो । जीर्ण भएर बाँच्ने आयु कसैको नहोस् । आदि धारणा राख्दै आमा अचेतमा परेका, सोक मौनमा रहनु, पाखुरा छँदा काममा दलिनु, धन्दामा नारिदै जानु, जोरजाम साँचीनै रहनु, तर बुढपा भए पछि घरको दैलो कुरेर बस्न, उठ्न पनि गाह्रो हुनु, घाँटीको साँचो खोसिनु,फाँचोमा भएको पनि रित्तनु, सापटीमा दिएको नफर्कने हुनु, जोरजाम अर्काको हातमा जानु, केही सञ्चय गरेर लुकाएको घरमै वेपत्ता हुनु, आदि भएपछि छोडाएको मूलाजस्तै बोक्राहीन हुनु, दूध नदिने बुढीगाई जस्तै हुनु , ओखती नगरिनु, खाए नखाएको कुनै वास्ता नहुनु, शुद्धताको खोजी तथा कसैले छोएको नखाने बानी तर अशक्त भएपछि शुद्र सेवकबाट रेदखदेख हुनु, अपहेलित हुनु, आमा भन्दा धन प्यारोहुनु, पालन पोषण जिम्मा लिएकाले पालन पोषण भन्दा शोषण गर्नु, कोही छोरा जीवन धान्न मुगलान पस्नु आदि हाम्र समाजमा बृद्ध आमाप्रति गरिने अति कारुणिक धारणा दिलखोलेर प्रस्तुत गरेका छन् । अनेकौं इच्छा आकान्छा कति रहेका थिए होला ती सबै अपूर्ण रहेर आमा अचेतबाटै शून्यमा विलाइन् र यस संसारको दुःखबाट मुक्त भइन् ।
मानिस कसरी मुक्ति प्राप्त गर्छ । मृत्यु के हो भन्ने धारणा पनि कविले प्रष्ट्याएका छन् । कविले अजीर्ण आयु जिउनी अभीशाप हो भनेका छन् । यस्तो दुःखदाई जीवनबाट मुक्ति पाउनु र शान्ति पाउनु, चिन्ता मुक्त गराउने चिहान हो भन्दै कविका दुई श्लोक पस्कदै यो खण्ड समाप्त हुन्छ –
मिल्छ सर्वत्र छुटकारा बिलाएपछि शून्यमा ।
अन्यत्र छैन है शान्ति जीवन मृत्युतुल्यमा ।।६१ ।।
शून्यबाट भई विन्दु घोलिदै रजबीजन ।
जन्मेका धरणीमाथि शून्यमा हो बिलाउन ।।६२।।
पृष्ठ ३६
खण्ड सात –आमाको बिदाइ – मानवीय जीवनको हरेक चीज मृत्युमा समाप्त हुन्छ । हाम्रो संस्कारमा मृत्यशरीरलाई विदाई जलाएर परेवा तौलको अवशेषलाई दुई भाग गरी आधा भाग जमीन र आधाभाग जलमा बगाइन्छ । यी कुरा यस खण्डले समेटेको छ । यस खण्डमा मानव मृत्यु भएपछि लाजको पर्दा, अपमानको चेत, ईर्ष्या र द्वेषको भाव, न लोभ कामधामको, न भोकप्यासको चिन्ता, न ख्यालमनमा र दम्भ आदि केही रहदैन सबै मृत्युसँग जान्छ । यो पञ्चतत्त्वले निर्माण भएको शरीरका तत्त्वहरू आआफ्ना स्थानमा विलिन हुन्छन् । यस अवस्थामा छोराले साथै सम्बन्धितले गङ्गजल, तुलसपित्रको जल खुवाउने, जल निल्न नसकी प्राण उडेपछि मलामी जोड्न उल्टो शंख फुक्नु, शरीरका तत्वहरूले छाडे पनि धनञ्जय वायुले भने साथ दिने, तुलसीको मोठको नजिक राखिने गाइको गोवरले लिपेर, जौ कुश तिलानीको पानी छम्केर शुद्ध बनाएर अगर बत्ती बलिने, नापेर बाँस काटिने,बाँसका टेका ताछिने, छोराले कपाल खौरनी, दामी सुनचाँदी उतारिने, बाँस माथि राखेर पिताम्वर ओढाएर, फूलमाला पहिराएर, पिण्डदान गरेर, छोरा बुहारी छोरी सबैले काँधीकाठ दिएर , सबै रुँदै लासलाई घाटतिर लाँदै लावा बुकी छर्दै, घाटमा पुर्याइ, चिता बनाइ चितामा राखी चितामा पिण्डदान दिंदा पिण्ड सामाग्री, छातीमा, मुखमा, दुई हातमा राखी पिण्डदान दिने, चितामा आगो दिनेकामहरू काव्यले समेटेको छ ।
आमाको शरीरमा आगाले आक्रमण गर्न थाले पछि कविलाई आफ्नै शरीरमा आगोको दहनले जलेको महसूस हुनु,, तीर नै छातिमा रोपिएको महसूस हुनु वेदनाका आँसु झर्नु, सबै शरीर जलेर राख भएको धारणा सहित कवि भन्छन् –
थुप्रियो राखको रास देह तत्व गए कता ।
खल्खली पसिना आए भावशून्य भए म ता ।।४५।।
पृष्ठ ४३
यस खण्ड पनि कविले आमाका शरीरका अङ्ग जलेको र त्यसको उनमा परेको पीडालाई सबैले आत्मसात ् गर्दछन् र यो काव्य पढ्नेवालाका आँखा रसाउँछन् , अस्तु विसर्जन गरेर गङ्गमा नुहाएर मलामी चोखिएर फर्कन्छन् ।
खण्ड आठ – आमाको ममता
आमाको ममता रास रित्तिन्न कहिलै पनि ।
बाँडेर मनमा माया सिद्धिन्न कहिल्लै पनि ।।१।।
पृष्ठ ४५
यस्ता गहन धारणाको साथमा कविले आमा दया र ममताको फाँचो सधैं भरी परिपूर्ण हुन्छ । आमाले चिन्तामणिको रूपमा रहेर, आफ्ना सुख तिलाञ्जली दिएर, माया सदावर्त लगाएर छोराछोरीलाई अघाउन सके, भोकै पनि अघाएको ठान्ने धारणा आएको छ काव्यमा । कविको धारणा छ कि आमाको माया बजारमा कहीँ कतै किन्न पाइँदैन, यस्तै महान आमाबाटै देवता, मानव, र दानव पनि जन्मेका हुन् अथवा आमा विनाको सिर्जना सम्भव छैन । यस्ता आमाहरूको पीडा, ताडना,प्रसूती व्यथा, आइपर्ने सबै कर्म थाम्ने अर्थात फलको आशा नराख्ने आमा कर्म योगी हुन् । यस्त आमा बृद्धावस्थामा पुग्दा, आमाको पिडा र चेतनालाई छोरा बुहारीको ध्यान नदिंदा, सोचहीन हुँदा न्याय कोसँग माग्ने भनी कवि प्रश्नवाची हुन्छन् र भन्छन् आमाहरूको जीवन पीडादायी हुन्छ । कविले यस खण्डमा पस्केका केही मार्मिक श्लोकहरू–
जसलाई ठान्छन् आमा दिलको प्रिय कोपिलो ।
बन्दो रैछ तिनैमध्य घोचने मुटुको किलो ।।४४।।
गर्दैनन् तिनलेख्याल रोगमा गलदा पनि
तिनकै मनले भन्छ आमा भट्टै मरून भनी ।।४९।।
चिच्याएर गरे हल्ला लट्ठिने औखती दिने ।
मलमूत्र लथलिङ्ग ख्याल कोही नगर्दिने ।।५०।।
पृष्ठ ५२
जउँदो ज्यानले माड पाएन मरेकालाई खीर भने जस्तै यस्तै कर्म गर्ने, दानको होड गर्ने काम पनि हाम्रो समाजमा भएका कुरा काव्यले समेटेको छ ।
यो काव्यलाई शोकात्मक खण्डकाव्य नामाकरण गरिएको छ । यसमा दुई काव्यको संयोजनमा काव्यको रचना भएको छ । कविको यो काव्यमा ममतामयी आमाको मृत्यु हुनु भनेको ठूलो क्षति हो । यस क्षतिमा आफ्ना सन्तती, नातेदारहरू शोकमा डुब्छन् । आमाले गरेका निस्वार्थ माया सेवा, सन्ततीलाई दिएको मार्गदर्शन, त्याग आदिको अमिट छाप पर्नु स्वभाबिक हो । यस अवस्थामा यो वेदनालाई सहन नसकी सन्ततीहरू छाती पिटी पिटी रुन्छन् अलापविलाप गर्छन् उनको कामलाई अरूले पनि सम्झन्छन् । उनले बिमारीपर्दा गरिएका सेवाहरूको चर्चा हुन्छ । काव्यकारले ममता मयी आमाको मृत्युमा आमाको योगदानप्रति आफ्ना भावना, आमाप्रति गरिने व्यवहारका धारणाहरू प्रसस्त पस्केका छन् । करुणरसको प्रचुरता रहेको यस काव्यमा अरू रसको पनि नगण्य रूपमा उपस्थिति देखिन्छ । महिमामयी आमाको जीवन विवरणको गहन प्रस्तुति गरिएको यस कृतिमा कतै कतै प्राकृतिवर्णन पनि गरिएको छ । कविको यो भावमय काव्य भएकोले बढी भावुकता हुनु स्वभाकि हो । यी सबै अभिव्यक्ति तथा शोक काव्यको मुख्य तत्वको आधारमा विश्लेषण गर्दा पनि शोककाव्य पूर्णरूपमा सफल देखिन्छ । यस काव्यलाई शोकात्मक खण्डकाव्य पनि भनिएको छ । शोक काव्यको बारेमा त माथि नै भनि सकिएको छ । खण्डकाव्य भन्दा महाकाव्यमा जस्तो पूर्णता हुँदैन । यसमा जीवनको महत्वपूर्ण एक अंशलाई चित्रण गरिएको हुन्छ । यस काव्यमा ममतामयी आमाको बृद्धपाको साथै आमाहरूले भोग्न परेका यावत घटना, छोराछोरीप्रतिको माया ममता। छोराबुहारीबाट गरिने उपेक्षा आदि आदिलाई कारुणिक रूपमा प्रस्तुत गरिएको, ममतामयी आमालाई नायक बनाइएको हुँदा यस काव्यले खण्डकाव्यको पनि प्रतिनिधित्व गर्दछ । लेखकले लेखकीयमा राखेको उदेश्यलाई ध्यानमा राखी लेखिएको र महिमामयी शीर्षक र शोकात्मक खण्डकाव्य सार्थक रहेको देखिन्छ ।
भाषा सरल छ । काव्य कारुणिक छ । कतिपय कुरा दोहोरिएको देखिन्छ । यस्तो अवस्थामा पुनरावृत्ति दोष भएको मानिने गर्छ तर बरिष्ठ कवि गोविन्दराज विनोदीले यस विषयमा लेख्नु हुन्छ –‘यसक्रममा कतिपय प्रसङ्गमा दोहोरिएको झै प्रतीत हुन्छ ती बेग्लाबेग्लै सन्दर्भमा प्रस्तुत भएकाले पुनरावृत्ति दोष दिइहाल्न नमिल्ने खालका छन् ।’ (पृष्ठ त) विनोदीजीको धारणामा सहमत हुँदै यस्ता ममतामयी आमाप्रति धेरै काव्य लेखिउन भन्दै इन्द्रराजले यथार्थ धरातलमा उभिएर लेखिएको यो काव्य अति कारुणिक, सन्देश मूलक, पठनीय र सङ्ग्रहणीय छ भन्दै कविको सुस्वास्थ, दीर्घआयुको कामना गर्दै विदा हुन्छु ।