"मेरो बाटो छोड्, म राजा हुँ यो खेतको !" गोरुले डुक्रिँदै भन्यो ।
दाम्लो शान्त स्वरमा मुस्कुरायो, "राजा हुन्थ्यौ भने खेत जोत्न आउँदैनथ्यौ ।"
यसरी उनीहरूका बिच एउटै गोठमा रहेर पनि सधैं झगडा हुन्थ्यो । आफूलाई बलवान सम्झिने गोरुले दाम्लोलाई सधैं हेप्थ्यो । खेत जोत्न जाँदा पनि ऊ जोतिने दाम्लोभन्दा अगाडि हिँड्न खोज्थ्यो ।
आज भने पहाडे खेत जोत्नुपर्यो । दलदलमा खुट्टा फँस्दा गोरु छटपटायो, "बचाऊ ! बजाऊ !! मेरो प्राण छुट्न लाग्यो ।"
उसको भाषा र भाका कसैले बुझेन र सहयोग गरेन । अझ कपटपूर्ण काम गरेको आरोपमा उसले बेस्कन रामधुलाई खायो ।
दाम्लोलाई दया लाग्यो । उसले मुख नखोली गोरुलाई तानेर निकाल्यो । थाकेको गोरुले पहिलोपटक नम्र स्वरमा भन्यो, "तिमी बिना म अधुरो रहेछु ।"
दाम्लो शान्तसाथ मुस्कुराइरह्यो ।
गोरुले आभारपूर्वक थप्यो, "साँचो बल त घमण्डलाई नम्रतामा बदल्न सक्नु पो रहेछ ।"
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी