19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नँया नेपाल ।

कविता दीपेन्द्र के.सी. December 2, 2008, 8:42 am

नँया नेपाल ।

नँया नेपाल ।

कहाँबाट शुरु हुन्छ ?

नँया नेपाल ।

कालीकोटको भोकमरीबाट

वा

काठमाडौको सोल्टीको किचेनबाट ?

हुम्लाको दुर्गमबाट

वा

वीरगंजको सुगमबाट ?

बनाउंछन नँया नेपाल

पशुपतिका मगन्तेहरुको हातमा केही दिएर

वा

काठमाडौंका गल्लीका खातेहरुलाई पन्छाएर ?

कि

बनाउंछन

बालुवाटार र बालाज को

शान शौकतबाट

पुरानो नारायणहिटीको अवशेषबाट

सिंहदर्वारको खिचातानीबाट

वा

शीतलनिवासको मौनताबाट ?

कि भ्याउदैनन् ?

सत्तामात्रै थाम्ने माथापच्चीबाट

बेफ र्सदिला भएर

कि पाउदैनन् ?

यसले दिएन उसले दिएन भनेर

अपजस वोकिदिने केही नभेटाएर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।