18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'समय चक्र'मा परिकर्मा गर्दा

कृति/समीक्षा सदानन्द अभागी April 24, 2025, 1:47 pm
सदानन्द अभागी
सदानन्द अभागी

समय चक्र कृतिका कृतिकार हुनु हुन्छ इन्द्रराज पौडेल । उहाँको यो आठौं कृति हो । साहित्यप्रतिको उहाँको सकृयता अति चाखलाग्दो छ । उहाँको ‘पीडा’ कवितासङ्ग्रह मैले अभ्ययन गर्न पाइन । यदि यो सङ्ग्रह पनि अध्ययन गर्न पाएको भए उहाँका समग्र कृतिको अध्ययन भएको मैले महसूस गर्दथे । अझैपनि आशावादी छु कि त्यो कवितासङ्ग्र अध्ययन गर्न पाउने छु । सोधार्थी बृहस्पति चापागाई ले ‘समयचक्र’ खण्डकाव्यको अध्ययन गर्नु भएको छ । चापागाईले उपप्राध्यापक सूर्यप्रसाद भट्टराईको निर्देशनमा यो सोधपत्र शास्त्री तह तृतीय वर्षको लागि गरिएको धारणा यहाँ आएको छ । सोधपत्रको निष्कर्ष पनि यहाँ समावेश गर्ने छु । आवरण पृष्ठ बाहेक समग्र कृति ८८ पृष्ठको छ । प्रस्तवाना १२ श्लोकको छ । यसमा ५ खण्ड छन् र श्लोक संख्या २६५ छन् । त्रिवेणी साहित्य प्रतिष्ठानले यस कृतिको प्रकाशन गरेको छ । यस कृतिको प्रकाशकीय अध्यक्ष त्रिवेणी साहित्य प्रतिष्ठानका डा. नारयणप्रसाद खनालज्यूले लेख्नु भएको छ । उहाँल प्रकाशकीय लेखनमा दासप्रथाको औपचारिक समापन चन्द्रशमशेरले गरेका कमैयाले मुक्ति पाएको कुराको उठान गर्दै लेख्नु हुन्छ –‘तर अझै पनि घरेल्ु नोकर राख्ने परिपाटीको अन्त्य भएको छैन न बालशोषण नै सकिएको छ । यसरी कवित्वको भाव र काव्यको भाषामा अनुस्यूत भएर आएको समयचक्रको शैलीशिल्पबाट लोकलयको उन्मुक्त भाव बहेको छ ।’ गोविन्दराज विनोदीले ‘समयचक्र’ शोषित समाजको चित्र शीर्षकमा विवरणात्मक भूमिका लख्नु भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गर्दै मुनामदन जस्तो सर्वाधिक लोकप्रिय काव्य रचना गरेको लोकलयलाई इन्द्रराज पौडेलको समयचक्रमा पनि नेपाली झ्याउरे छन्दको प्रयोग भएको छ र यो उत्कृष्ट रचना भएको धारणा आएको छ ।
काव्यभित्र प्रवेश गर्दा –काव्य प्रस्तावनाबाट थालनी गरिएको छ । कविले सर्वप्रथम शारदालाई यसरी सम्बोधन गरेका छन् –
हृदयभित्र संंझेर चित्र बसेर ध्यानमा ।
जोडेर हात नुहाई शिर गरेर बन्दना ।।
शाारदाबाट पाएको वर हो मेरो कल्पना ।
यो गीति काव्य मन्थन मेरो झ्याउरे छन्दमा ।।
पृष्ठ २१
कविको यात्रा सागरदेखि सगरमाथासम्म छ । यात्रामा सहजता हुँदैन । त्यहाँ ठक्कर खाइन्छ । जङ्घार तर्नु पर्ने हुन्छ,। तनका लुगा फाट्न सक्छन् । घामले पोल्न सक्छ । सिरेटो चल्न सक्छ । भोक लाग्न सक्छ । भोकले शरीर गल्न सक् छ । पानी पिएर सास अड्याउन पर्ने हुन्छ । संक्षेपमा भन्दा यात्रा गर्दा अनेक कठिनाई भोग्न पर्नेहुन्छ तर यती कष्टदाई यात्रा गर्दा पनि कसैको आँखाको कसेर बन्न पर्छ । यात्रामा कविले सहास नदुखेपछि लक्षमा पुगिन्छ भन्छन् –
सहास आँट होस र जोश प्रयास लगन ।
अडिलो मन दरिलो मन मगज शालीन ।।
स्वभाव शिष्ट विनम्र बोली उदार व्यवहार ।
अर्कामा पीडा नदिने बानी चिन्तन उदार ।।
श्लोक ६, पृष्ठ २३
उपरोक्त गुणको साथै मानव धर्म सत्य न्याय र तिरस्कार गर्दैन, कसैको पनि संकट पर्दा उद्धार गर्छ भने त्यो मानिस ईश्वरकै अवतार हो । मानिसलाई अतुल्य शक्ति दैवले दिएको छ । यसलाई प्रयास गरेमा अन्तरैबाट प्रकट गर्न सकिन्छ भन्दै कविले सफताको बारेमा आफ्नो मार्गदर्शन यसरी पस्केका छन् –
सपना देख्यो नौचोटी नापो नौचोटी जोखर ।
कमजोर पाटा सुधार गर्दै प्रयास गरेर ।।
सौचोटी सोच्यो सौचोटी हे¥यो कसीम घसेर ।
मुसुक्क हाँस्यो सफलताको चोटीमा चढेर ।।
श्लोक ९,पृष्ठ २४
भाग्यमामात्र भर परेर उन्नती हुँदैन उन्नतीको लागि काम गर्नुपर्छ जस्तै बिरुवा रोपेर मलजल ग¥यो भने फल्दछ । कविको धारणा यसरी आएको छ –
छेक्दैन बाटो प्रगति गर्ने कुलको खुनले ।
प्रकाश उस्तै सबैमा दिन्छ घाम र जूनले ।।
सितारा लाखौं छन् वरिपरि सबैका सहारा ।
सबैमा उस्तै बाहु र पाउ क्वै छैनन् बिचरा ।।
श्लोक ११, पृष्ठ २४
प्रस्तावनामा कविले थुप्रै सन्देश प्रवाह गर्दै बगरबाट सगरमाथा उक्लको लागि ज्यानको बाजी थापेर लडदा भोगेका समस्याको धारणा राखेका छन् ।
खण्ड– एक –
यस खण्डमा राणा शासनका पालामा कमरा कमारी रख्ने चलन रहेको र श्री ३ चन्द्र शमशेरले फुकुवा गरेपछि नुहारे गाउँको जङ्गलके छेउमा गएर बुेका र साहुको जग्गा अधियामा गरेर जीवन गुजरा चलाएको । ९० सालमा ५०÷६० घरले नापीबाट बसोबासको लागि जग्गा दर्ता गराएका थिए । यिनमा कोही सेनामा भर्ती भएर पेन्सन पकाएका, कसैले दोकान गरेका , कसैले जग्गा किनेर आयस्ता बढाएर सन्तान पढाएका, कस्ैले मुस्किलले जीवन धानेका, कोही बँधुवा बसेका,जनसंख्या बढ्दै जानु साहुको अधियाँबाट गुजरा नचलेपछि सुनौली पोखराको बाटो खन्न गएर गुजरा चलाएको, मौलान गएका,आदि मार्मिक वर्णन गरिएको छ । गरिबको यो अवस्था छ भने धनीको अवस्थालाई कविले यसरी वर्णन गरेका छन् –
धनीका धन्दा चल्दथे सोझा गरिब शोसेर ।
गाउँमै चल्थे दलाली धन्दा निर्घात लुटेर ।।
विपत्ति पर्दा कवोल ऋण सयको साठीमा ।
नसके तिर्न ऋणको लाठी बज्रन्थे छातीमा ।।
श्लोक ९, पृष्ठ २७
गाउँमा बसेका गरिबको लागि सहज गिएन किनकी फटाहा र जालीको दमन सहन पर्दथ्यो र व्यपारीले शहरमा बसेर गाउँको शोषण गर्दथे । गाउँको दयनीय अवस्थाले गर्दा युवाहरूमा सोच पलायो, परिवर्तनले बाटो समायो र विदेशतिर जानथले । भारतीय जवानको लागि गल्लाको साथमा २५ जना युवा छानेर लगियो । यिनमा १० जनास्तान र भारतको युद्ध सुरु भयो । सुमन घर्ती पनि युद्धमा खटियो सहासको साथमा लड्यो भन्दै कविले युद्धको अवस्थालाई यसरी वर्णन गरेका छन् –
चौतर्फ थिए राडर यन्त्र विमान भेदी तोप ।
लगाई युक्ति गोर्खाली वीर बैरीमा दिन्थे चोट ।।
छानिए । तालिम दिइयो र सीमा सुरक्षमा खटाउने काम भयो। नेपालीलाई कार्गिल जस्ता खतरा ठाउँमा खटाइयो । सुमन घर्तीको कामबाट हाकिम खुसी थियो । पाकि मेसिन गन पटट गोली वर्षाइ रहन्थे ।
स्टैण्ड गन पडकेका पनि आवाज सुनिन्थे ।
श्लोक २४,पृष्ठ ३०
युद्धमा साथी हराउनु , लडेकालाई उठाउन नसक्नु, कसैलाई बैरीले लगेर थुनेका मारिएकाको लास कोही गिद्धले ठुँगेका कोही स्यालले खादै गरेका अति कारुणिक दृश्य हृदय विदारक रूपमा प्रस्तुत गरिएको छ । युद्ध भारतले जित्यो । सुमन सहासी योद्धामा गनियो । तक्मा पायो । बरिष्ठ हवल्दारमा बढुवा भयो । कविको यस विषयमा यस्तो धारणा आएको छ –
नेपाली आमा जन्माई छोरा हुर्काई बढाई ।
पठाइ दिन्छिन् पराय देश युद्धमा भिड्नलाई ।।
प्रहार पच्ने तालिम दिन्छन् कोर्कोमा कोक्याई ।
दुख र भोक अभाव झेल्ने तागत बढाई ।।
श्लोक ३०, पृष्ठ ३२
नेपाली आमाहरूले छोरालाई हिलो धूलो घाम पानी शीतको प्रहार जे परेपनि सहन सक्ने चट्टान जस्तो बनाएर, घरमै लड्ने तालिम दिएर युद्धमा हाँसेर जाने वातावरण बनाएर आशीर्वाद दिएर पठाउने धारणा कविले यसरी दिएका छन् –
वीरत्व भाव अजब मन छातीमा साहस ।
जाँगर जोश आँटिलो पन दिएर संस्कार ।।
निधार माथि लगाइ टिको आमाले आशीर्वाद ।
दिएर भन्छिन् लडेर य्द्ध जितेर आएस् लाल ।।
श्लोक ३२ पृष्ठ ३२
नेपाली आमाले विश्वको उपकारको लागि छोरालाई उपहारको रूपमा दिए पनि, देशले युवा निर्यात गरेर नेता मख्ख परेपनि कवि भने भने सन्तोष छैनन् ।
सुमन घर्ती जन्मदा उसका बाबुका नाममा आठआना जग्गा थियो घर चलाउन सहज थिएन सुत्केरी उतार्न कठिन थियो । उसको बाबु कमैया थियो । ऋणको भारी बढेको बढेकै थियो । बाबु छोरा नै बँधुवा बसे। पेटभरी खान पाएनन् । बाबु बिमारी भयो औषधी पाउन सकेन बाबुको जिन्दगी सकियो । ऊ पनि राती भागेर हिड्यो,
सेठकोमा जागिर पायो । उसको काममा खुसी भए्र तनखा बढाए । आमालाई पनि त्यहीं लगेर काममा लगायो र छ वर्षसम्म आमाछोराले काम गरेर ऋण तिरेर बँधुवा फुकायो । गाउँमा गल्ला आएको बेला सुमन छानियो ।तालिममा प्रथम भयो । समय पाउँदा अध्ययन गर्ने, पत्रपत्रिका पढने, साथी भइलाई पनि पढ्न लगाउने, देश किन पछि प¥यो भनेर चिन्तन गर्र्दै गर्दा विश्वको इतिहास बुझ्न सक्ने हुनु छलफल गर्नु जस्ता धारणा राख्दै कवि भन्छन्–
गरेर चर्चा नेपालभित्र निरीह अवस्था ।
सबैले ठान्थे उखेल्नु पर्छ शासन व्यवस्था ।।
उच्च र नीच जातीय भाव विभेद रङ्गका ।
विरुद्ध युद्ध लडेका गान्धी नेल्सन मण्डेला ।।
श्लोक ४८, पृष्ठ ३६
यिनको बारेमा विचार विमर्स गर्नु दासप्रथाको उन्मूलन गरेका कुरामा छलफल गर्दा सुमनमा कितावी ज्ञानले तरङ्ग र चेतना भरदिन्छ, । ऊ गाउँमा गएर सबैका आल–खवर लिन्थ्यो । साहुको ऋण तिर्न नसकेर बँधुवा भएको र विवश भएर कमैया बन्न परेको रुँदै आफ्ना वेदना सुमनलाई सुनाएको र साहुले ले दिएका पीडालाई सुनेर सुमनले हिम्मत गर र कमैया नबस गिठा भ्याकुर खाएर पनि छाक टार्न सकिन्छ । सुमनले गाउँलेलाई भनेका कुरा गाउँमा फैलिए साहु रिसाउनु र कन्चट तातेको धारणा सहित यो खण्ड समाप्त हुन्छ ।
खण्ड दुई – यस खण्डम ५६ श्लोक छन् । यस खण्डमा सुमन भारतीय सेनामा २५ वर्ष जागिर खाएर पेन्सनमा घर आउँछ । मुरारी साह् त्यो नेरोफेरोकोृ राजा सम्झन्थ्यो । सुमन र मुरारी बीच खटपट चल्थ्यो । मुरारी साहुले धेरैपटक बोलायो तर सुमन गएन ।न्याय निसाफ गर्दा सुमनले सत्य तच्यको आधारम ागर्ने भएकोले मुरारी साहुलाई निराशा बोक्न प¥यो । कविले सुमनको बसाईलाई यसरी प्रस्तुत गरेका छन्–
गाउँलेले मान्थे सुशील सुखी सुमन परिवार ।
सन्तोष जहाँ सुवास त्यही प्रेमले खोल्छ द्वार ।।
गोठमा पशु पुगेस खेती बैंकमा रुपियाँ ।
आँगनमाथि मकैको शुली छक्क थे दुनिया ।।
श्लोक ३, पृष्ठ ४०
सुमन निडर थियो, गरिबलाई सहारा दिन्थ्यो । घरपरिवार मिलेका थिए । उसमा उदारता र लयालु पन भएकोले सबैले उसलाई मान्दथे । नुहारेबाट पश्चिमतिर सम्पन्न साहुहरूको बसोबास थियो । नुहारेहरू साहुहरूको लागि जनबल थिए । साहुहरूले दवाएर रखेका मानिसहरू सुमनको कारणले गर्दा परिवर्तन भएका कारणले सुमनलाई मिल्काउने सुरमा थिए । सुमनलाई कमैयाहरूले साहुहरूको षडयन्त्रलाई जानकारी गराउँथे । गुमाने घर्तीलाई पैसाको खाँचो परेछ मुरारी साहुसित पैसा लिन कुरा मिलाएर तमसुक लेख्ने भन्दा महगो व्याजमा ऋण लिन नहुने सस्तोमा मैले नै मिलाई दिउँला भनेर गुमानेलाई सहयोग गरेकोमा मुरारी साहुलाई रिस उठो । खुत्रुकै पार्ने योजना बनायो । कैयो चोटी दफना बसे तर घर्तीका केटाहरूले चुटेर पठाए । सुमन बजारबाट आउँदा मुरारी साहुले बन्दुक हानेर मार्ने योजना बनायो र घोडा चढेर वनमा गयो तर बाघले उसलाई आक्रमण गरेर घायल बनायो । मुरारी साहुलाई सुमनले नै घर पु¥याइ दियो र घाउमा मलहम लगाइ दियो तर मुरारीको नियत राम्रो भएन । कविले यसलाई यसरी प्रस्तुत गरेका छन्–
जतन ग¥यो दुई चार दिन उदार भएर ।
गुनले मार्ने बैगुनीलाई औसर पाएर ।।
खुवायर दूध पालिन्छ भने सर्पको घरमा ।।
टोकेर विषै बमा गर्छ चुकेको बेलामा ।।
श्लोक ३२, पृष्ठ ४७
सुमन र मुरारीको तुलना कविले यसरी विश्लेषण गरेका छन् –
कर्तव्यबाट बिमुख कैले हुँदैन ज्ञानीजन ।
नुन चुक घाउमा हाल्न मान्दैन साधुमन ।।
सर्वत्र भलो विचार गर्छ दयालु मानव ।
अरूको सधैं कुभलो गर्छ दानवी स्वभाव ।।
श्लोक ३३,पृष्ठ ४८
यसरी मुरारी साहुले सुमनलाई मार्न नौ नौ पटक प्रयास ग¥यो तर सकेन । साहुहरू राती जम्मा भएर भोजको आयोजना गरेर विख खुबाएर मार्ने तय भयो । भोजको हल्ला चारै तिर फैलियो । यो षडयन्त्र पनि साहुकी सुसारेबाट सुमनले पायो । सुमनले चलाखीपूर्ण रूपमा खाना साटो । आज पनि मुरारुी साहुको योजना फेलखायो । यो विख राखेको खाना मुरारी साहुको भाइको भागमा पर्न जान्छ । यता मुरारी र सुमन बीच भलाकुसारी हुन्छ । सुमनले साहुलाई कमरा भनेर धम्की नदिनु किनकी आजका युबकले सहदैनन् । दमन सहने वेला गै सक्यो । तिम्रो सोच पुरानो भै सक्यो । आदि धारणाहरू सुमनले मुरारीसँग राख्यो । मुरारी मनमनै भन्छ –
बतीको तेज चम्कँन्छ तेल सिद्धिने बेलामा ।
हुटहुटी तेरो सिद्धिन्छ माखो परेझै महमा ।।
नतिजा भोग्न बाँकी छ अझै हार र जितको
रहेन ज्युँदो मानिस कुनै मलाई हेपेको ।
मुरारीका धारणा सहित यो खण्ड समाीत हुन्छ ।
श्लोक ५६ पृष्ठ ५२
खण्ड तीन –
खराब कामको नतिजा पनि खराबै निस्किन्छ । मुरारी साहुको भाइ मदन भोज खाएर घर फर्कन्छ । घरबाट पोखरा जानको लागि बसमा चढ्छ । बसमा चढेको केही क्षणमा चक्कर लागेर बमन गर्छ र अस्पताल लगेको केही छणमा मृत घोषणा गरिन्छ । डाक्टरहरू सशङ्कित भए । डाक्टरलाई बुझो लगाएर छिटछिटै लास बुझेर उज्यालो हुँदा नहुँदा लास जलाइन्छ । यो सबै जानेको सुमनले पनि गाडेको लास खनेर उधिन्न चाहेन । मतियारहरू डराए । कोही शहर पसे । विदेश छोरा हुनेहरू विदेश गए । साहुहरू बीच खटपट बढ्यो । त्यस अवस्थालाई कविले यसरी चित्रण गरेका छन् –
शिकार हान्न दागेको गोली निशाना चुकेर ।
शिकारीतिरै फर्केर पड्क्यो छातीमै चिरेर ।।
शिकार आयो झम्ट्यो नि झ्वाट्टै घाँटीमा गाड्यो दाँत ।
लत्रकै परे लोलिदै कठै ! बन्दुक हान्ने हात ।।
श्लोक ६, पृष्ठ ५५
सुमन बाँचेकोमा मुरारी साहुलाई असह्य पीडा हुनु, नाजुक हाल हुनु , अ‍ौडाहा छुट्नु , जीवनभरी बल्झने घाउ मुटुमा बन्नु, निधारमा पसिना निस्कनु ,आफन्तहरू टाढिदै जानु, वेदना बढ्दै जानु साहुको यस्तो अवूथाला मुरारी साहु बिमारी पर्नु, आँटेको काम पुरा नहुँदा पछुतो पर्नु आदिको साथै साहुको दयनीय अवस्थालाई कविले यसरी पस्केका छन् –
घोचे झ,ै लाग्यो मुटुमा तिखो काँढाले चुसुक्कै ।
केही भन्न खोजो मुखमा वाँणी निस्केन पटक्कै ।।
चिप्लेर आँखा शुस्केरा हाले बढेर रक्तचाप ।
अचेत जस्तै भए नि साहु तानेर लामो श्वास ।।
श्लोक २२, पृष्ठ ५९
साहुको यस्तो अवस्थालाई देखेर सुमन आत्तिनु , छिमेकीहरूलाई बोलाएर ल्याउनु,गाउँका केटा बोलाएर साहुलाई अस्पताल पु¥याउनु, कुरेर बस्नु , घरमा ल्याउनु , ओखती दिने तरिका सिकायो र घर जान हिड्यो तर साहुले बोलायो । विपद परेको वेलामा गुन लगाएको र बचाएको हुँदा धन्यवाद दिदै दैवले भाइल लग्यो मन बुझाएर बस्न कठिन भएको कुरा सुमनलाई सुनाउँदा अरूलाई मार्ने योजना बनाएर घोडा र भाइलाई गुमाउनु परेको हुँदा दैवलाई दोष दिन मिल्दैन । खानामा विष कसरी मिसाइयो र मदनलाई विखको थाली कसरी सारियो यो देख्ने साक्षी छन् । पर्दाफास गरियो भने तिमी जेल जान सक्छौ भनेपछि साहु निकै डरायो र माफ माग्यो । मुरारी साहु ढोका थुनेर रोएर बस्नु ,अनिन्द्रा, भोक नलाग्ने व्यथा बढेर जानु ,यो अवस्था आउनु भन्द पहिला मुरारीलाई गाउँकै राजाको रूपमा सबैले मानेका थिए, सानले बाँचेका र सम्पन्नताको शिखरमा थिए, ख्यातिको खातमा थिए , गाउँका झगडा उनकै भरमा छिनिन्थे, मुद्दा उनकै पक्षमा जितिन्थ्यो, तरुणी केटीले हाँसेर स्वागत गर्थे, दैनिकी जसो विशिष्ट पाहुना आउने , स्वागत पाउँथे,साहुका सुसारे बेचिने पनि हुन्थे, निरिहहरू दबेकै थिए,साहुको मनपरी तन्त्र थियो तर आज सबै समाप्त भयो । कविको धारणा छ कसैको पनि समय एकैनाश चल्दैन, कोही जोगी हुन्छ, कोही रोगी हुन्छ, कोही बितरा पर्छन्, कसैको दिमाग खुस्किन्छ, कोही कवि पनि बन्छ भने कसैले सबै पचाएर उन्नती पनि गर्दछ । नराम्रो कामको नतिजा कहिल्यै राम्रो हँुदैन भन्ने धारणा कविले यसरी राखेका छन् –
नगर्ने काम गरियो भने पर्दछ पश्चताप ।
दुष्कर्म गर्दा पर्दछ पक्कै बेहोर्न अभिशाप ।।
अरुका आँखा छलेर कोही गर्दछ भने छल ।
दैवले कैल्यै कुकर्मीलाई दिदैन राम्रो फल ।।
श्लोक ४४, पृष्ठ ६४
खण्ड–चार–
यस खण्डमा कविले नुहारे गाउँको पूर्व अवस्था बाट समृद्धिमा पु¥याएको भन्ने धारणालाई पस्केका छन् । जनजीविका कसरी चलेको थियो भन्ने धारणालाई कविले यसरी पस्केका छन् –
मजुरी गरी दैनिक छाक टारेका जीवन ।
मुस्किलै थियो गुजरा धान्न साँझ र विहान ।।
नपुग्दा खान सापटी लिँदै ऋणमा डुबेका ।
साहुको सधैं चाकरी गरी जहान पालेका ।।
श्लोक १, पृष्ठ ६५
भोक, रोग, गरिबी, खानाको अभाव, जडाउरीको भरको पहिरन, हेर्दा बैंशमै बुढा देखिने, आफ्ना वंशको अवस्थालाई देखेर सुमन चिन्तित हुन्थ्यो । वंशको उपकार कसरी गर्ने, पेटभरी खान सकिने अवस्थामा कसरी लाने,दशैं तिहार खुसीले मान्ने अवस्थामा कसरी पु¥याउने ,जाडोमा जिउ ढाक्ने, बिमारी पर्दा औषधीको व्यवस्था कसरी गर्ने अथवा गास बास, शिक्षा र स्वास्थमा गाउँलेलाई आत्मनिर्भर कसरी पु¥याउने भन्नेमा सुमनले छलफल चलाउनु, योजना बनाउनु,योजना कार्यन्वयनको लागि जिल्लका एनजीओकोमा जानु, संयुक्त कोष खडा गर्नु, उद्योग विभागमा र घरेलु उद्योग विभागमा स्वीकृति लिन जानु , सबै व्यवस्था मिलाउन हाकिम गाउँमै आउनु काम गर्ने तरिका सिकाउनु, कानुनी बाधा अडचनको पनि जानकारी गराउनु गाउँले जागृत हुनु, कोषमा सुमनले पचास हज्जार दिनु, कोषमा चारलाख रुपियाँ जम्मा हुन,ु सयकडा एक रुपियाँ महिनावारी ऋणको व्यवस्था गनुर्, कामको थालनी गर्नु,डोरा, नाम्ला, डोका,डाला बनेर कोषमा बुझाउनु र तोकेको मूल्य लिनु,डेरी खोलेर दुधको सङ्कलन, पशु पालन गरेर दुध र मासुको उद्योग फस्टाउनु ,नगदेबाली लगाउनु, किसानलाई आवश्यक पर्ने सबै बस्तु गाउँमै निर्माण गनुर्, सिलाइ बुनाइ तालिम लिएर कामको थालनी गर्नु, अनपढको लागि रात्री स्कुल खुल्नु ,बिजुली बल्नु, साहुका कमैयाले छाडेर आफ्नो काममा लाग्नु जस्ता धारणा आएका छन् । मानिसको जीवन स्तर उठेका धारणा कविले यसरी राखेका छन् –
गतिलो खाना सुकिलो नाना रहर पु¥याए ।
जडाउरी फाले सुकिला लुगा किनेर लगाए ।।
अवसर पाए अपढहरू पढेर बेलुका ।
मुखमा वाँणी प्रस्फुटन भए निमुखा हरूका ।।
श्लोक ५१, पृष्ठ ७७
मानिसले मौका पाउनु पर्छ उन्नतीले शीखर समाउँछ । नुहारे गाउँका मानिसहरू सुमनको मार्गदर्शनलाई अङ्गाले पछि उद्योगतिर मानिस तानिए, चौगुना कमाए, साहुकै अगाडी महल ठड्याए ।व्यायमशाला, पुस्तकालय,खेलकुद मैदान, अस्पताल, व्यपार, उद्योग धन्दा आदि क्षेत्रमा प्रगति पूर्वधार निर्माण अगाडी भए । मोटर बाटो लगियो, सबैका घर टिनका छानाले सजिए,छोराहरू हाकिम भए । यसको प्रगतिको समाचार देश विदेशमा फैलियो, विदेशी पाहुनाहरू आउन थाले, चर्चा सुनेर वीरेन्द्र राजाको सवारी भयो । सुमन देशकै राम्रो समाजसेवी कहलायो र सरकार बाट गो.द.व.प्रथमबाट विभूषित भयो यस खण्डको अन्तिम सन्देश कविले यसरी प्रस्तुत गरेका छन् कमैया सबै उन्मुक्त भए नुहारे गाउँका ।
स्वतन्त्र भए गरेर खान बँधुवा साहुका ।।
नुहारे गाउँ मुसुक्क हाँसो फेरेर मुहार ।
फेरिदै गए रिवाजहरू फेरिए विचार
श्लोक ६०, पृष्ठ ७८
खण्ड– पाँच –
यस खण्डमा ३६ श्लोकहरू छन् । मानवको विकास क्रमलाई कोट्याउँदै कविले भन्छन् –
धर्तीमा जव मान्छेले चिन्यो आगो र फलाम ।
दुन्दुभी पिट्यो शक्तिले तव उर्वीमा तमाम ।।
आगोको वर मान्ज्छेको लागि शक्तिको आवस्कार ।
मार्ने र मर्ने निर्माण भए फलामे हतियार ।।
श्लोक १, पृष्ठ पृष्ठ ८०
पाषण युगमा मानिसले सबै काम ढुङ्गाबाट सुरु गरेका थिए भने ।मानिसको प्रगतिको पथ बढ्दै गए पछि फलामका हतियार र आगाको आविस्कारको थालन्ी भयो । फलामबाट हतियार बने । मार्ने र मर्ने कामको थालनी भयो । शस्त्रकै बलबाट राज्यको निर्माण हुन थाल्यो । सरकार बने । जितेका राजाले हारेकाहरूलाई दास बनाए । दासहरूको खरिद बिक्री हुन थाल्यो ।समय परिवर्तन हुँदै गयो । मानिसमा सचेतना जाग्यो ।विश्वमै दास मुक्तिको लहर चल्यो ।किनेका दास फुकुवा भए नुहारे गाउँमा दासत्व मेट्न सकेन । साहुहरूले किनेर ल्याएका दासहरूलाई कानुन मिचेर जबरै कमाए । दासलाई नै घरबारीको काम लगाउँथे ।साहुको काम गर्न दासहरू विवस भएको धारणा कविले यसरी पस्केका छन् –
परेका आफ्ना समस्या टार्न साहुकोृ खान्थे ऋण ।
ब्याज नै तिर्न मुस्किल पथ्र्यो घोटिदाँ वर्ष दिन ।।
ऋण नै ऋणा गाभिदै जाँदा डुबेर ऋणमा ।
सपना सरी ठानेका थिए मूक्तिको कामना ।।
श्लोक ६, पृष्ठ ८१
साहुको शोषणले गर्दा झिना र मसिना उठ्न सकेनन् र नुहारे गाउँमा नयाँ परिवेशले छुन सकेन । दासत्व मौलाइरहेको अवस्थामा नुहारेहरूले नयाँ प्रयास गरे । प्रयास गरे के गर्न सकिदैन भन्दै कविले सफलताको मार्गदर्शन यसरी दिएका छन् –
लगन नभै हुँदैन पूरा आँटेर मात्रै काम
भै जान्छ युक्ति लगाएपछि समस्या समाधान
लगन महामन्त्र हो तर सहास साथी हो ।
सहास गरे झारिन्छ तारो आकाश माथिको ।।
श्लोक ९, पृष्ठ ८२,
मुरारी साहुलाई रोगले चाप्दै गयो । उसलाई रेखदेख गर्ने कोही भएन । छोरालाई बोलाइयो । छोराले डाक्टरको सल्लाह लियो र बाबुलाइ जर्मन लागेर उपचार गराउने सल्लाह दियो । जर्मनमा डाक्टरले यो रोग हरेस खाएर लागेको हो र यसलाई गुम्मामा लगेर बुद्धको विधिले उपचार गरे ठिक हुनसक्ने बतायो । द्वितीय विश्व युद्धको अन्त्यतिर नेपालका मुमुक्षु भिक्षु जर्मन गएर त्यहाँको अवस्थामा सेवा गरेका थिए । मनका रोग्ीलाई निको पारेका थिए । मुरारी साहुलाई पनि उपचार गर्न त्यहीं पु¥याइयो । रोगको निदान हुन समय लाग्छ तर उपचार भने हुन्छ भन्ने जानकारी छोरालाई दिइयो । भिक्षुले ६ वर्षसम्मको योग र ध्यानबाट मुरारीको चञ्चल मनलाई सुस्थिर बनाए। मुरारीको चित्त साफ भयो र अन्तरदृष्टि प्रकट भयो । साहुमा पश्चात्ताप पलाएको धारणा कविले यसरी प्रकट गरेका छन् –
अन्तरभरि प्रकट भए दयालु भावना ।
इर्षा र डाह मेटिदै गए जमेका मनमा ।।
गरियो कार्य जे –जस्तो पैल्यै सामन्तीपनमा ।
पछुतो आई खिलझै गड्यो मनका कुनामा ।।
श्लोक २४, पष्ठ ८५
मानिस कुकर्म गर्छ भने निश्चय नै पश्चताप पर्दछ । मुरारी साहुले जे कुकर्म गरेको थियो त्यो भिक्षु समक्ष भन्दछ । गाउँमा गएर गाउँले समक्ष माफ माग्ने प्रतिबद्धता प्रकट गर्दछ । नेपाल फर्कनको लागि भिक्षुसँग विदा माग्छ । भिक्षुले मुरारी साहुलाई यसरी मार्गदर्शन दिन्छन् –
नेपाल गई सेवामा लागे त्यागेर अहङ्कार ।
दैनिकी तिम्रो दुःखीको सेवा, क्रमहोस उपकार ।।
सिद्धान्त लिनू अहिंसा सत्यब्रत गरेर पालना ।
योग र ध्यान तपस्या ठाने अटुट साधना ।।
श्लोक २६, पृष्ठ ८६
भिक्षुले गाउँमा गएर सबैसँग मैत्री भाव जगाउन, समाज सेवा गरेर कर्तव्य निभाउन, हाँसेर बोलेर रमाउन र सबैलाई योग र ध्यानमा पेरित गराउन दाग्नु भन्ने मागएदर्शन दिन्छन् । मुरारी साहु भिक्षुको भेषमा गाउँ फर्कन्छन् । पोखराबाट आनन्द भिक्षुलाई मगाएर चार रोपनी जग्गा र दशलाख दान दिएर बिहार निर्माण गराउन लगाउनु । गाउँको विकास देखेर चकित हुनु , गाउँमा भेला बोलाउनु, सुमनलाई सोफामा राखेर अबिर माला लगाउनु, घरबुना राम्रो दोसल्ला ओढाउनु,नीलो झोलामा केही राखेर हातमा थमाउनु, धार्मिक प्रबचन दिनु, आपूmले गरेका पापचारको लागि माफी माग्नु, बुद्धमार्गमा हिंडेर जीवन गुजार्ने, पीडितको उद्धार गर्ने धारणा राख्दा गाउँले सबै भाबुक बन्नु साहुको परिवर्तनबाट अनौठो ठान्दै ताली बजाए भन्दै तलको श्लोकसहित यो खण्डकाव्यको समाप्ति हुन्छ –
झोलामा थियो बुद्धको मूर्ति नियम ध्यान तप ।
सुन्दर यौटा मोतीको माला पुस्तक त्रिपिटक ।।
प्रोत्साहन स्वरूप उद्योगलाई नौलाखाको यौटा चेक ।।
मागेको माफी गाउँलेसित कारण यौटा लेख ।

श्लोक ३६, पृष्ठ ८८
समयचक्रको कथाबस्तु ऐतिहासिक, मर्मस्पस्ीि, तत्समयको यथार्थ सामाजिक परिवेश, दासप्रतिको थितोमिचो, योग र ध्यानले मानिसमा ल्याउन सक्ने परिवर्तन आदिलेगर्दा अत्यान्त ज्ञानवर्धक बनेकोछ । कथासारलाई मैले सकेसम्म विवरणात्मक बनाएको छु । सबै कर्महरू प्रष्ट छन् ।
पात्र विधान –
यस काव्यको मूख्य नायक सुमन देखिन्छ भने मुरारी यसको खलपात्रको रूपमा उभिएको छ । सुमन र मुरारीको सेरोफेरोमा खण्डकाव्यका सबै घटनाक्रम समाबेश भएका छन् । तिनै कुराहरू दोहो¥याइ रहनु असान्दर्भिक हुन्छ । त्यसो हुँदा सुमन एक सुर वीर, कर्तव्य निष्ठ, संघर्षशील कल्याणकारी प्रगतिवादी ,समाजवादी, राष्ट्रप्रेमी परोपकारी पात्र हो ।
मुरारी खलपात्र हो ।ऊ गाउँमा आपूmलाई सर्वश्रोष्ठ ठान्ने, गाउँलेलाई दास बनाउने, ऋण बोकाउने, सुमनलाई ९÷९ पटक मार्न तयार हुने पात्र हो तर रत्नाकर डाँकु वाल्मीकिमा रूपान्तरण भए जस्तै जर्मनमा मुमुक्षु भिक्षुसँगको छ वर्षको सँगतले भिक्षु भएर आफ्ना गल्ती स्वीकार्दै माफ मागेर गाउँलाई सहयोग कर्ता भएको व्यक्ति हो ।
मुमुक्षु भिक्षु – दोस्रो विश्वयुद्धताका जर्मन गएर मानव सेवा गरेका र मनोरोगीका उपचारकर्ता, जस्ले मुरालाई पनि सेवा गरेका थ्एि ।
श्री ३ चन्द्र शमशेर – कमरा कमारी मुक्त र सतीप्रथम रोक लगाएका नेपालका प्रधानमन्त्री
नुहारे गाउँका युवाहरू –पेटबोलीमा आएका पात्रहरू जस्ले सुमनलाई सह( (योगरे र विकसमा टेवा पु¥याए ।
स्त्रीपात्रहरू– जुना सुमनकी श्रीमती सुमनकी आमा (भारतमा गएर नोकरी गरेर साहुको ऋण तिरेकीपात्र), मुरारीका सुसारेपात्र मा) एउटी पात्रले सुमनलाई भोजमा विष खुवाउने षडायन्त्रको जानकारी दिन्छे ।
गुमाने –मुरारीको उवचारक्रममा खटिएको पात्र
मुरारीको छोरो –बाबुलाई उपचार गर्न जर्ममन लानेवाला ।
राजा वीरेन्द– नुहारे गाउँको विकास हेर्न राजको सवारी भएको पेटबोलीमा आएको नाम
यस खण्डकाव्यमा आएका सबै पात्रहरू आवश्यक अनुरूप देखिन्छन् । सबै सकृय देखिन्छन् ।
परिवेश – परिवेशको हिसावमा हेर्दा स्थान विशेष, राजनीति विशेष, आर्थिक विशेष र सामाजिक विश्लेणष आदिबाट खण्डकाव्यको विश्लेषण गर्न सकिन्छ । काव्यको थालनी गर्दा राण शासनको पालाबाट थालनी गरिएको छ र राजा वीरेन्द्रले नुहारे गाउँको विकास हेर्न सवारी भएको धारणालाई यहाँ दर्शाइएको छ । राणशासनलाई निरंकुश शासनको रूपमा लिइन्छ तापनि काव्यले श्री ३ चन्द्र शमशेरले कमरा कमारीलाई फुकुवा गरेको धारणाले गर्दा सकरात्मक पक्षलाई काव्यले समाएको छ । यसरी नै राजा वीरेन्द्रलाई पनि विकास हेर्न मनपराउने राजाको रूपमा दर्शाइएको छ । दोस्रो विश्व युद्धको पालामा जर्मनमा भएको धनजनको क्षती कुरा उठाइएको छ । दोस्रो विश्वयुद्ध इतिहासको सबैभन्दा घातक द्वन्द्व थियो । यतिमात्र नभएर पाषण युग, फलाम र अग्नि आविष्कार कुराहरू पनि यहाँ आएका छन् । सामाजिक आर्थिक परिवेशलाई केलाउँला धनीवर्ग र गरिब वर्ग, मालिक वर्ग र दास वर्गका रूपमा वर्णन भएको छ । नुहारे गाउँको पविेशले ठूलो स्थान दिएको छ । भारतीय परिवेशमा भारत र पाकिस्तानको सीमा गेत्र कार्गिल क्षेत्र चिनको सीमा क्षेत्र आदि समेटेको छ ।
भाव विधान–देशमै केही गर्न भावना रहेको धारणा काव्यमा आएको छ ।
लय विधान – यो काव्य लोकलय मा लेखिएको काव्य हो । लयात्मक र गायत्मक छ ।
बिम्ब– समयचक्र खण्डकाव्यको अध्यन सोधपत्रमा सोधकर्ता बृहपति चापागाईले यस खण्डकाव्यमा प्रयो गरिएको बिम्बको बारेमा लेख्नु हुन्छ –‘ समयचक्र खण्डकाव्यमा काव्यकार पौडेलले सामाजिक,धार्मिक, माया, घृणा आदि सन्दर्भहरूको चित्रण गर्ने सन्दर्भमा बिम्बहरूको प्रयोग गरेको दखिन्छ । दैनिक जनजीवनमा प्रयुत्त हुने बिम्बहरूलाई आफ्ना अनुभवका आधारमा पौडेलले प्रयोग गरेका छन् । ’
अलङ्कार –पौडेलजीले केही अलङ्कारको प्रयोग गरेकमो पाइन्छ । जस्तै ‘उभिए वीर पहाडै सरि अडिग भएर ।यहाँ उपमा अलङ्कारको प्रयोग भएको छ ।
रसको प्रयोग – यस खण्डकाव्य रसको हिसाबमा हेर्दा करुणरस, वीररस, बीभत्सरस, शान्तरस आदि प्रयोग भएको देखिन्छ
भाषाशैली – भाषा सरल र सहज छ । सोधकर्ताको धारणा अनुसार मानक तथा विचलनयुक्त भाषिक शब्दहरूको प्रयोग भएको छ ।तत्सम तद्भव आगन्तुक र झर्रा शब्दहरूको प्रयो भएको पाइन्छ । कुनै कुनै शब्दको शब्दकोषमा पनि अर्थ भेटिदैन तापनि पाठकलाई पढ्न र मन मस्तिष्कलाई छुन सफल देखिन्छ ।
उद्देश्य– कृतिले विविध पक्षमा कुरा उठाएको छ । पाषण युगका कुरादेखि राणाशासन र राजा वीरेन्द्रसम्म । यस समयमा घटित घटनाको जानकारी धनी बर्ग र गरिब बर्ग बीचको द्वन्द्व र धनीवर्गले गरीब माथि गरेको स्वषण र दासत्वबाट मुक्ति भएर आफ्नो खुट्टामा उभिन कसरी उभिन सकिन्छ भन्ने जानकारीको साथै आत्मिक शान्तिको लागि बुद्धको उपदेशको पालन गराउने उद्देश्य रहको देखिन्छ ।
शीर्षकी करण – खण्डकाव्यको शीर्षक समयचक्र राखिएको छ । यसमा प्रस्तुत कथाक्रम तथा घटनाक्रमलाई अध्ययन गर्दा समय परिवर्तनशील छ । समयको परिवर्तनसँगै मानिसको विकासकर्म पनि परिवर्तन हुन्छ । यस खण्डकाव्यमा सुमन र मुरारीमा देएिका उतार चढाव आदि विषय बस्तुअनुसार शीर्षक सार्थक छ ।
निष्कर्ष –मैले कथा सारमा सबै कुरा विस्तृत रूपमा वर्णन गरेको हुनाले तिनै कुरा दोहो¥याइ रहन चाहन्न । खण्डकाव्य भए पनि काव्यले ऐतिहासिक घटनाक्रमलाई समाएको छ । गरिबको नैतिक विजय भएको दर्शाइएको छ । शोषण र दमन, अन्याय र अत्याचार, सत्यताको अघि टिक्न नक्निे दर्शिएको छ । आफ्नो श्रम र सीपको लगानीले आफ्नो भविष्य आफै निर्माण गर्न सकिने मार्गदर्शन काव्यले दर्शाएको छ । प्रगतिशील चेतनाको एउटा सुन्दर प्रस्तुतिको रूपमा काव्य खडा भएको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।