19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

थलिएको गोर्खाली इतिहास र कटमेरो संझनाहरु

कविता काङमाङ नरेश December 6, 2008, 5:12 am

प्रत्येक छुट्टिमा

लाहुरेहरु घर फर्कन्छन

म्लेन्छसंग उठबस भयो भनेर

पानी पतिया गरिदिन्थे

बोडरहरुमा

देशका शासकहरुले

गाउँ गाउँमा जातिया

मिथकले छर्कि चोखाई दिन्थे

उसका बहादुरीहरु

चोखिएकी चोखिएनन

निलो गाडा र रातो रंगका

रिवनले झुण्डाएका

रसियन गनको काँचको धातु

भिक्टोरिया क्रसहरु

सरदार बहादुर तक्माहरु

आई.ओ.एमहरु

कि्रमीयान युद्धहरु

भोगेरघाटि

चेरेसिया र कावुल युद्धहरु

खुदादात खानको वीरता होस

या कुलबीर थापा मगरको

दोश्रो विश्वयुद्धको मौनधारण्

पुरै दुई हप्ता समय लाग्छ

संझनाका पुर्खाहरु

यसरी बाँचेका छन

ककिनविहीन चिहानहरुमा

फाक्सुसार्टर र निगालापानी गाउँ

कुलबीर थापा मगर

फोक्सिङ अल केफर

र कर्ण बहादुर

रस इज जोइ ट्‍युनिसिया

अर्जिया सुम्साको

लाल बं. भि. सि.को तितो कथा

वारपाक, गजेघले र

चीनहिल्स वर्माको फ्रन्टको अनुहार

घाइते गञ्जु लामाको

म्याको साङमो सिक्कीम

निङथोङखोङ गाउँ

राणाको हुकुमी उर्दी

गल्लावालको साथमा

लाहुर लागेर

भोगाङको रेलको लिखभरि

तुल बं. पुनले

गरीवीवीछ्‍याउदै वीछ्‍याउदै लडे

आपस्वारा ओखलढुङ्गाको

बहादुर अगमसींह रार्इको

ओखलढुङ्गा ठुलो छ कि

सिद्धीचरण श्रेष्ठको

ओखलढुङ्गा ठुलो छ

विशेनपुरले भन्ने छ कि

कविताले भन्ने छ

भि. सि. भानुभक्त बाजे हुकर्को

फाल्पु गाउँ,गोरखा

र स्नेडेन पुर्वको वर्मा

एउटै माया होइनन

दाहाखानी चितवन गाउँ

लछिमन गुरुङ र इन्द्रवति नदी

किनारकोटाङडाको बहादुरी सम्झनाहरु

पनि एउटै होइनन।

रम्घा गाउँ तनहुँ र

भानुभक्त आचार्यको

कुवाको कथा भन्दा

फाल्टै कथा वाचेको छ

तनहुकै भि. सि. नेत्र ब.थापा मगरसंग

विशेनपुर पहाडैपहाड वर्मातिर

लम्कदा झस्काइ दिन्छ

ती कथाहरुले

सान मारिनो राज्यको दादा

नाम इटाली

सेर ब.को रगत र पसीनाहरु

सम्भोग गरेका छन

घलेछाप गाउँ मानेर

थमन गुरुङको मायाको गाउँ

सिङला गोर्खा

परिकल्पना गरेको उहाको फोटो

अनुहारमा वीरता र केके केके

छापीएका छन

मोन्टेशान वार्ताले इटालीको लडार्इमा

हुरकेका छन वा छैनन

भी. सी. पदकका सन्तानहरु

राम व. लीम्बू र

च्याङथपु पाँचथर

सारवाक,वोर्नीयाको गर्मीमा

हाँसेरै त लडेनन होला

र रुवेर पनि लडेनन होला

भी. सी. पाएर बाँचेका र

युद्ध जीतेका गोर्खा साथीहरु

मरेकाहरुको खबर घरसम्म लगिदेउ

सम्झनाका सन्देशहरु

When you go home

Tell them for us and say

For your tomorrow

We gave our today

जब, तिमीहरु घर फर्कने छौ

आफन्तहरुलार्इ हाम्रो बारेमा भनिदेउ

तिमीहरुको भोलीको लागि

हामीले हाम्रो वलीदान आज दियौं

हामी के का लागि लड्‍यौं?

हामी कस्का लागि लड्‍यौं?

हामीलार्इ कस्ले लडन पठाए

युद्धमा?

भोजपुर

हाल यु. के.

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।