सुन्दर छ मेरो माटो
तराई पहाड हिमाल छ
चार जात ३६ वर्ण
अति सुन्दर फूलबारी छ
मेची,कोशी बागमती
नारायणी, अनि रापती,
बबै,कर्णली महाकाली
अमृतधारा बगाउने खाली
यिनै बाट बिजुली बल्छ
हीरा मोती र सुन फल्छ
क्रियाशील श्रम लगानीमा
लक्ष्मी नाच्दछिन् आगनीमा
वन हो हाम्रो अमूल्य धन
आश्रित छन् यहाँ जन जन
जडीबुटीबाट औषधी बन्छ
संरक्षणको खाँचो यसले भन्छ
संसारमै अति सुन्दर छ मेरो देश
धर्मकर्म संस्कारमा महान परिवेश
आजकल यिनमा लाग्न थाल्यो घुन
सजग हौं सबै जागृत बनौ पुन
आठ आठ ओटा अग्ला हिमाल
संसार भरिकै छन् अग्ला विशाल
यिनले पैसा रोजगार दिलाउँछन्
शुद्ध पानी सबलाई पिलाउँछन्
मेरो माटो कैलाश भूमि
मुक्तिक्षेत्र पवित्र छ
पार्वतीको यो जन्म भूमि
शान्ति क्षेत्र विशाल छ
अमर रहोस् मेरो माटो
यही मेरो कामना छ