19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक अपूर्ण आकर्षण

कविता कुमाराज सुबेदी May 16, 2025, 6:08 am
कुमाराज सुबेदी
कुमाराज सुबेदी

उत्तरतिर फर्केकी उनी एक अजय पहाड जस्तै छन्,
चुम्बकका असमान ध्रुव झै उनीहरू एकाएक नजिकिन्छन्
र समान ध्रुव झैं टाढिन्छन् भौतिक रूपमा ।

भेट हककुदा नजर जुधाउने, स्नेहको फूल फुलाउने
हुन्छन् चाहनाका योजनाहरू
तर ओठमा ठूलो कम्पन आउँछ
न उनी बोल्दछिन् मनको कुरा न उ कर नै गर्दछ ।

चाहान्छिन् उनी बताससँग उँड्न,
पहरा जस्तै उसका वक्षस्थलमा ठोकिन,
र, तप्प तप्प चुहिन उही परिश्रमीको ललाटबाट ।

उसको हृदयको दक्षिण ध्रुवमा आगो बलिरहेछ,
तर उत्तरी धुुव जस्तै अनुहार बनाएकी छिन् शिशा बनेर।
मनभित्रका बेग्रल्ति ईच्छाहरू, डर वा बेलगाम कल्पनाको आभाषले
प्यालामा आधा बाँकी मदिरा जस्तै छल्किएकी छन् उनी ।

अस्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।