अमेरिकामा मेरो कान्छो छोरा रामचन्द्र रिजाल, बुहारी संध्या, नाति आर्यन र नातिनी इलिजा डिभी परेर बसाइ सराइ गरेर सन् २०१७ मा गएका थिए । अमेरिका गएपछि घर आएका थिएनन् । अमेरिका आउने भन्ने कुरा चलेपछि हुन्छ जाऊँ न त अमेरिका कस्तो रहेछ हेरिहालौँ भन्ने धारणा पलाएर आयो र अमेरिका जाने तरखरमा लागियो । तरखरमा लाग्दा अमेरिका बारे छोटो भए पनि जानकारी लिएर जानु राम्राो होला भन्ने मनमा पलायो । मनमा खुलदुली चल्यो । नेट खोले र अमेरिकाको बारेमा जान्न चाहेको कुरा गोगुलमा खोजेँ । संयुक्त राज्य अमेरिका विकिपीडियामा नजर पुग्यो, अनि अध्ययन गर्न थालेँ । यो सरकारले खर्च गरेर लगेका तालिम, कार्याशाला गोष्ठि थिएन, निजी खर्चमा अमेरिका गएँ भनौँ ।
१. अमेरिकाको छोटो परिचय
संयुक्त राज्य अमेरिका (USA) लाई सामान्यतया संयुक्त राज्य (US ) वा केवल अमेरिका (America) भनेर पनि चिनिन्छ । यसको सीमा पूर्वमा एट्लान्टिक महासागर र पश्चिममा प्रशान्त महासागरले घेरिएको छ । देशको उत्तरमा क्यानडाको सिमाना छ भने दक्षिणमा मेक्सिकोसँग ३,१५५ किलोमिटर लामो सीमा छ । संयुक्त राज्यले बहामास, क्युबा र रूस (आलस्का) सँग समुद्री सीमाहरू साझा गर्दछ । मुख्य रूपमा यो उत्तर अमेरिकाको एउटा संयुक्त देश हो । यो देश ५० राज्यहरू, एउटा संघीय जिल्ला, पाँच प्रमुख स्वशासकीय क्षेत्रहरू र विभिन्न अधिनस्थ क्षेत्रहरू मिलेर बनेको छ । यो भूमि र कुल क्षेत्रफल दुवैको आधारमा विश्वको तेस्रो ठूलो देश हो ।
संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङ्टन डिसी हो । यो ३३३ मिलियन भन्दा बढी जनसंख्या भएको देश हो । यसको सबैभन्दा बढ्ता जनसंख्या भएको शहर र प्रमुख वित्तीय केन्द्र न्यूयोर्क शहर हो । जातीय बसोबासको हिसाबले हेर्दा श्वेतहरू (गोराहरू) को संख्या अत्याधिक (७७.१%) छ । त्यस पछिको सङ्ख्या अश्वेत (१३.ं३%) को हो । एशियाली (५ं.६%), अन्य÷बहुजातिय (२.६%), मूल निवासी (१.२%) र प्रशान्त द्वीपका मानिसहरू (०.२%) छन् । धर्मावलम्बीको तथ्याङ्क हेर्दा अमेरिकामा ईसाई धर्म मान्नेहरूको सङ्ख्या बढी (७०.६%) भए पनि यहाँ यहुदी, मुस्लिम, बौद्ध, हिन्दु आदि विविध धर्मका मानिसहरूको बसोबास छ । सरकार संघीय संसदीय लोकतन्त्रात्मक छ । हालका राष्ट्रपति जो वाइडेन हुनुहुन्छ भने उपराष्ट्रपति कमला हैरिस हुनुहुन्छ । अमेरिकाले युनाइटेड किङ्गडम आफ ग्रेट ब्रिटेनबाट ४ जुलाई, १७७६ मा स्वतन्त्रता घोषणा ग¥यो र मान्यता ३ सितंबर १७८३ मा पायो । वर्तमान संविधान यसले २१ जुन १७८८मा निर्माण ग¥यो । संयुक्त राज्य अमेरिकाको कुल क्षेत्रफल ३,८०९,५२५ वर्ग माइल छ । यसमा ३,५३२,३१६ वर्ग माइल भूमि पर्छ भने २७७,२०९ वर्ग माइल जलाशयले समेटिएको छ । कुल क्षेत्रफको हिसाबले अमेरिका विश्वको तेस्रो ठूलो देशमा पर्छ । भूमि क्षेत्रफलको हिसाबमा विश्वमा चौथो ठूलो देशमा पर्छ । चिन र भारतपछिको सबैभन्दा बढ्ता जनसंख्या भएको देश हो यो । अमेरिकालाई उदार लोकतन्त्रवादी देशका रूपमा लिइन्छ । यो विश्वको सबैभन्दा शक्तिशाली देश हो ।
अमेरिकाको इतिहासलाई अध्ययन ग¥यो भने यहाँका आदिवासीहरूका पुर्खाहरू पूर्वी एसियाली र पश्चिमी युरेयिशनहरू साइवेरियाबाट अमेरिका बसाइँ सरेका हुन् । अथवा अमेरिकाको इतिहास हिमयुगको पालामा एसियाबाट बसाइ सरेर सुरु हुन्छ । यिनीहरू शिकारी थिए । र्इं सं.१९४२मा क्रिष्टफोर कोलोम्बसको अमरिकाको यात्रापछि यहाँ स्पेनी, पोर्चुगिज, अंग्रेज, फ्रान्सेली र डचहरू अमेरिकामा आए । यिनीहरूलाई नयाँ संसारमा आएको मानिन्छ । यिनीहरूले यहाँ आएर लडेर जितेर अधिपत्य जमाएर यहाँ बसोबास गरे ।
पहिलो विश्व युद्धमा अमेरिका सुरुमा तटस्थ बस्यो । कच्चा माल र आर्थिक रूपमा सहयोग ग¥यो ।१९१८मा मित्रशक्तिहरू यु. केफ्रान्स र रुसको पक्षमा प्रवेशग¥यो ११६००० शैन्य शक्ति गुमायो तर पनि घरेलु राजनीति, संस्कृति र समाजमा यसको प्रभाव ठूलो परेको जानकारी पाइन्छ ।
४ जुलाई १७७६ मा अमेरिका स्वतन्त्र भयो । बास्तवमा अमेरिका एउटा वसाइँ सराइबाट निर्माण भएको देश हो उदार लोकतन्त्रको सिद्धान्तमा स्थापित भएर विकासक्रममा अघि बढ्दै गयो । यसले गृहयुद्ध भोग्यो, अमेरिकी गृहयुद्ध (अप्रिल १२, १८६१– मे २६, १८६५, संयुक्त राज्यमा संघ(“उत्तर“) र महासंघ (“दक्षिण“) बीचको गृहयुद्ध थियो। यसमा उत्तरले जित्यो । यस युद्धमा उत्तरले संघिय एकता बनाइराख्नु र दासप्रथालाई उन्मूलन गर्न चाहान्थे । यो पूरा भयो ।
सन् १९०० सम्ममा संयुक्त राज्य अमेरिकाले आफूलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउँदै लगेर एउटा ठूलो शक्तिको रूपमा स्थापित ग¥यो । दोस्रो विश्वयुद्धमा प्रवेश ग¥यो । युद्धको परिणामले संयुक्त राज्य अमेरिका अभैm शक्तिशाली बन्दै गयो । संयुक्त राज्यले चन्द्रमामा पहिलो मानव अवतरण गरायो । सोभियत संघको पतन भएपछि संयुक्त राज्य अमेरिका विश्वको एकमात्र महाशक्तिको रूपमा उभियो ।
विक्रम सम्वत् २०८० साल असोज १७ गते अमेरिका जाने दिन तय भयो । हामी यसका लागि तयारीमा जुट्यौँ । असौज १५ गते म र मेरी कान्छी श्रीमती काठमाडौतिर लागियो । १६ गते आफन्त तथा इष्टमित्र भेटघाट गर्ने काम भयो १७ गते बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अमेरिका जाने सिलसिलामा कोरियन एयरबाट कोरिया तर्फ लागियो । चार अक्टोवरमा काठमाडौँ छाडेर ५ अक्टोवरको बिहान हामी सिउलको Incheon (इनचिउन) अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल नम्बर २ मा उत्रियौँ । सिउलमा केहीवेर रोकिएर अर्को जहाजबाट अमेरिका प्रस्थान गर्नु थियो । यहाँ एक जना नेपाली भाइले वाइफाइ जोडिदिएको हुँदा नेपाल र अमेरिकामा सम्पर्क हुनसक्यो । ह्वीलचियर भएकोले हामिलाई त्यति असहज भएन । सिउलबाट हामी अमेरिकाको डेट्रोइट अन्तराष्ट्रिय विमानस्थलमा पुग्नु थियो । त्यहाँ पुगियो । त्यहाँ ह्वीलचियर प्राप्त गर्न त्यति सहज भएन, तर आंशिक रूपमा भए पनि ह्वीलचियर प्राप्त भयो । सामान एकत्रित गरेर लैजानका लागि आग्रह गर्नुप¥यो । डेट्रोइट विमानस्थलमा पनि करिब ५ घण्टा बस्नु थियो । ह्वीलचेयरले सहयोग नगरेपछि हिडेर पुग्ने प्रयास भयो र ओमाहामा जाने काउन्टरमा गएर बस्न थालियो । आडैमा चिया कफी लगायतका खाने चिजहरू पाइने पसल रहेछ । कफी किनियो । वाइफाईका अनुरोध गरियो । ओवाहामा सम्पर्क गरियो । नेपालमा जहाज ढिलो गर्ने गरेको कुरा कुनै आश्चर्य नमाने पनि अमेरिकामा पनि जहाज डिले भएको देख्दा अचम्मै लाग्यो । नेपालबाटै काँसोले सताएको म कतिवेला छोराको घरमा गएर तातो पानी खाउँला भन्ने चाहनालाई भने १ घण्टा बढ्ता कुर्र्नैपर्ने देखियो । जेहोस् एक घण्टा बढ्ता कुरेर भए पनि ओवाहामा ओर्लियौँ । ओवाहामा ओर्लिएर बाहिर निस्कन लाग्दा ह्वीलचेयरले राम्रो काम ग¥यो । बाहिर निस्कन सजिलो भयो । बाहिर आउँदा रामु छोरा, नातिनी इलिजा र बेल्डिहा घर भै हाल ओवाहामा बस्ने विकास ढकालजी पूmलको गुच्छा लिएर बाहिर खडा हुनुहुन्थ्यो । सारा थकाई हरायो । सामान बटुलियो र ओवाहामा छोराको घर पुगियो । बुहारी सन्ध्या र नाति आर्यन तातो पानी र चिया लिएर स्वागतार्थ खडा थिए ।
२.२. ओमाहाको पुस्तकालयमा किताब हस्तान्तरण
मेरो विषयमा लेखिएको सदानन्दको जीवन कर्म र व्यक्तित्व नामक कृति र मैले गंगा लिगलको बारेमा लेखेको समालोचना गंगा लिगलको सृष्टि–दृष्टि नामक कृति ओमाहाको पुस्तकालयमा हस्तान्तरण गरियो । कृति सोझै पुस्तकालयमा रजिष्टर गर्दा रहेनछन् । यिनीहरूले कलेक्सन सेन्टरमा लगेर त्यहाँबाट ओके भएपछि मात्र पुस्तकालयमा दर्ता हुने रहेछ । स्वीकृत या अस्वीस्कृत भएको भने थाहा लागेन ।
२.३. नेब्रेस्काको सानो परिचय
नेब्रास्का एक मध्यपश्चिमी अमेरिकी राज्य हो । यो ठूलो समथल जमिनले घेरिएको स्यान्डहिल्सको दुन हो र प्यानह्यान्डलका नाटकीय चट्टानहरूले यसको शोभा दिएका छन् । लिङ्कन यसको राजधानी हो । यो एक जीवन्त विश्वविद्यालय शहरको रूपमा चिनिन्छ । डरहम संग्रहालय ओमाहा शहरमा अवस्थित छ । यसले संयुक्त राज्य अमेरिकाकोे पश्चिमी क्षेत्रको इतिहासको संरक्षण र प्रदर्शन गर्दछ । रोजगारीका अवसरहरू पाइने र गुणस्तर जीवनको विताउन सकिने । यस राज्यले प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र शिक्षाको उत्कृष्ट संयोजन प्रदान गर्दछ । जसले गर्दा यसलाई घर किन्नको लागि एक आदर्श स्थानको रूपमा लिइन्छ । यहाँ सबै खाले मानिसले चाहे पहिलो पटक घर खरिदकर्ता होस् पेशेवर वा सेवानिवृत्त होस्, घर खरिद गरेर बस्न मन पराउँछन् । यसलाई कर्नहस्कर राज्य र विफ राज्यको उपनामले पनि चिनिदो रहेछ । किनकी यहाँ मकै खेती व्यापक रूपमा लगाइदो रहेछ । राष्ट्रिय उत्पादनमा तेस्रो स्थान लिएको यहाँको तथ्याङ्कले बताउँछ । भट्टमासले राष्ट्रिय उत्पादनमा पाँचौँ स्थान ओगटेको पाइन्छ । यहाँ भट्टमास, गहुँ, आलु, जुनेलो, कोदो, सूर्यमुखी, ओट, चुकन्दर, केराउ आदि बाली लगाइँदो रहेछ । यहाँ इथानोलको उत्पादन पनि उच्च छ । मकैको उत्पादकत्व प्रति एकर १६५ बुशेल (४.९ टन) करिव रहेको तथ्याङ्क पाइन्छ । पशुपालनको व्यवस्था पनि निकै राम्रो रहेछ । नेब्रास्काका मानिसहरू भन्दा ३.५ गुणा बढी गाईवस्तु पालिदा रहेछन् । कूल रातो मासु उत्पादन ३.६ विलियन केजी हुने कुरा जानकारीमा आयो । उत्पादन चाहे बालीको होस् या मासुको, १ केजी धान या मासु उत्पादन गर्न कति खर्च लाग्छ र त्यो एक केजी विक्री गर्दा कति आम्दानी हुन्छ, त्यसमा भर पर्ने हुन्छ । नेपालमा हामी चाहे पशुपालन होस् या अन्न, सागपात, फलपूmल उत्पादन होस् तुलना गर्दा उत्पादन लागत उच्च छ । त्यसकारण उत्पादनले कृषकको खर्च उठ्दैन । यहाँ उत्पादन लगानी कम र उत्पादन बढी भएर कृषकले आम्दानी पाउने हुनाले नै खेती व्यवसाय फस्टाएको हो । मकै पुरातन काल लगभग २१०० ईसापूर्वको समयमा मेसो अमेरिकन मानिसबाट अमेरिकामा सरु गरेका थिए भन्ने गरिन्छ । मकैसँग स्क्वायस र सिमी पनि यहाँ प्रवेशगरेको र तीन बहिनीको नामा करण गरेर विकास भएको कुरा अध्ययन गर्न पाइन्छ ।
दशैँ नजिकिदै थियो । खसी किन्ने कुरा चले । खसीवजार कस्ता ठाउँमा रहेछ भनी म पनि गएँ । करिब एक घन्टाको दुरीमा गाउँमा पुगियो । जति जति वजारबाट टाढिदै गइयो, खेती गर्ने जग्गाहरू देखिदै गए । रमाइलो लाग्दै गयो । हेर्दा र नेपालसँग तुलना गर्दा पाल्पा र अर्घाखाँचीका पाटा जस्ता लागे पनि पाल्पा र अर्घाखाँचीका जस्ता धेरै भिराला पाटा भने छैनन् । खसी विक्री केन्द्रमा खसी मात्र नभएर कुखुरा, हाँस, भेडा, बाख्रा, गाई, आदि पालिएका र विक्री पनि गरिने रहेछन् । यसरी फर्म हेर्दा यो फर्म बाख्रा भेडा गाई पाल्ने केन्द्र भने होइन रहेछ । किसानको घरमा तथा फार्ममा पालिएका पशुहरूलाई किनेर ल्याई त्यहाँबाट जिउँदै तथा माग बमोजिम काटेर विक्रि गरिदो रहेछ ।
२.४. ओमाहाको चिडियाखाना अवलोकन–
आज शनिवारको दिन (२१ अक्टोबरमा) विहानै नारायणप्रसाद भुसालका परिवार र हामी हेनरी डोर्ली चिडियाखाना र एक्वैरियम, ओमाहा, हेर्न गयौं । यो चिडियाखाना र एक्वेरियम विश्व संघको एक सदस्को रूपमा मान्यता प्राप्त गरेको रहेछ । यसको उद्देश्य संरक्षण, अनुसन्धान, मनोरञ्जन र शिक्षा रहेको छ । यो विश्वका लोपोन्मुख प्रजातिहरूको प्रजननमा संलग्न भएको जानकारी पाइयो । माछा हेर्न लाग्यौं । माछाको हेराइमा मलाई जापानको माछाहरू रखाइ र क्रियाकलाप यहाँभन्दा राम्रो लाग्यो । संसारभरिका थरी थरीका जानवरहरू यहाँ हेर्न पाइने रहेछ । जिराफ हाम्रो लागि नौलो पशु हो । जिराफ हेरियो । नेपालमा पाइने पाटे बाघ पनि देखियो । भालु लगायत गैँडा, जङ्गली घोडा, रेडपाण्डा आदि हेर्ने काम भयो । अभैm हेर्न थुप्रै थियो, तर थाकिएको र खाना नखाई गएकोले घर फर्कियो ।
३. अमेरिकामा दुर्गास्थापना र दशैँपर्व
आज अक्टोवर २३, महानवमी । दुर्गास्थापना गरियो । अनि दुर्गा दर्शनका लागि दुर्गा मन्दिर गइयो ।
३.१ दुर्गा मन्दिरमा दुर्गा दर्शन
केशव पौडेल र उहाँको श्रीमतीले मन्दिर जाउँ भन्दै गाडी लिएर आउनु भयो । दुर्गा मन्दिरमा जान पूजा सामाग्रीको साथमा गइयो । विशाल हिन्दु देवी मन्दिर भारतीय मूलका भारतीयहरूले निर्माण गरेक होलान् । पूजाकर्ता भारतीय मूलकै मानिस थिए । देवी पूजकहरूले साष्टाङ्ग डण्डवत सहितको आराधाना गरेको देखियो । हामीले पनि मन्दिरमा आराधाना गर्दै मन्दिरभित्र सजिएका सबै देवीदेवताको पूजा ग¥यौँ । टिका लगाई प्रसादी ग्रहण गरियो । ओमाहामा परिप्रेक्ष्यमा भारतका हिन्दुहरूको यहाँ १९७० देखि बढ्दो लहर भएको र उनीहरूले आफ्नो धर्म संस्कृति बचाउन घरघरबाटै प्रयासरत रहे पनि १९९३ देखि ओमाहाका हिन्दुहरूलाई सेवा दिंदै आएको विवरण पाइन्छ । यस अवसरमा तराइका एक जोडा (पतिपत्नी) सँग भेट भयो । भुटानी दुई (दाजुभाइ) पनि भेट भए । पूजा गर्न अवेला भएकोले समयाभावमा धेरै कुराकानी हुन सकेन । पूजा सकेर घर फर्कियौँ ।
३.२.दुर्गा विसर्जन र टीका ग्रहण
आज २४ अक्टोवर, विजया दशमी । नेपालमा साँझ पर्दा नपर्दा म बसेको ठाउँ ओवाहामा सूर्य भगवानले दर्शन दिनु भयो । दुर्गा विसर्जन गरेंँ । टीकाको साइत कुर्न थालेँ । कुलदेवता पितृदेवतालाई दहीले मुछेका अक्षता र जमरा चढाएँ । जहाँ जहाँ जमरा र अक्षताले पूजा गर्नु थियो, त्यहाँ त्यहाँ पूजा समयमै सकेर ठिक साइतमा नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल, स्टकोट र भादगाउँले खुकुरीले सुसज्जित टोपी लगाएर टीका लगाउन थालियो । सर्बप्रथम दशैँको टिका जेठोेबाट थालनी गर्ने भन्ने चलन भएकोले रामु छोरालाई टिका लगायौँ । त्यसपछि रामुको साढुभाइ शोभियत रेग्मीलाई टिका लगाएपछि नाति आर्यन रिजाल र नातिनी इलिजा रिजाललाई टीका लगाइयो । दूर्भाग्य भनौैँ, बुहारी सन्ध्यालाई भने माहिनावारी भएकोले टीका लगाउन अहिले पनि पाइएन । यसपछि मेरी कान्छी श्रीमती पार्वतीलाई मैले टीका लगाई दिएँ । यसपछि ग्यादीका केशव पौडेलका सपरिवार आउनु भयो । विकास ढकालका आमा लगायत परिवार (श्रीमती र छोराहरू) आउनु भयो । उहाँहरूलाई टीका लगाइदिएँ । भोजराज पौडेल सपरिवार आउनुभयो । दशैँको टीका कतै ज्येठाबाट ग्रहण गर्ने भनिन्छ भने कतै मावली ससुराली पक्षबाट टिका ग्रहण गर्ने चलन भएकोेले मैले भोजराजलाई साला भन्ने नाता भएकोले भोजराजबाट टिका ग्रहण गरेँ । उनका छोराछोरीलाई मैले टीका लगाइदिएँ । यसपछि नारायणप्रसाद भुसालका सपरिवार आउनुभयो । उहाँको सपरिवारलाई टीका लगाएँ । यसपछि सुनसरी इनरुवाका अमित चौधरी, सुश्मा चौधरी, अरलेन चौधरी, भक्त चौधरी, फुलिया थरुनी, अजय चौधरी र गंगा चौधरीहरू पनि टीका लाउन आए र मेरो हातबाट टीका ग्रहण गरे ।
३.३. नेव्रास्काका नेपालीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम
आज अक्टुबर २८ गते नेव्रास्काको नेपाली सोसाइटीले विजया दशमी र शुभ दीपावलीका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दैछ भन्ने जानकारी पाएको थिएँ । कार्यक्रम कस्तो होला, कति जना नेपालीहरूसँग भेट गर्न पाइएला आदि कौतुहलताले सताइ रहेको थियो । नेपालीको महान् चाड बडादशैँमा अमेरिकामा बिदा नपाइने भएकोले आफ्नो परम्परा र संस्कृति बचाउन समाजले सबैसँग भेटघाट गर्ने, विजय दशमी, शुभ दीपावली र छठ पर्वको उपलक्षमा शुभकामना आदानप्रदान गर्ने एउटा महत्वपूर्ण काम गरेकोमा समाजका पदाधिकारी सबैमा आभार व्यक्त गर्दछु । करिव साँझको ६ बजे हामी कार्यक्रम हुने स्थलतिर लाग्यौँ । सात बजेतिर अउटिज्म केन्द्रमा (ब्गतष्कm अभलतचभ या ल्भदचबकपब) पुगियो । खानपिनको राम्रो व्यवस्था रहेछ । धेरै जना खानको लाइनमा थिए । कोही चिनजानका साथीसँग कुराकानीमा व्यस्त देखिन्थे । हामीलाई पनि खाना खानको लागि अनुरोध गरियो । हामीले भने जुठो परेकोले खाना खाएनौँ । मैले त्यहाँ चिनेको को नै थियो र ! म भने जस्लाई देख्यो नमस्कार गर्दै मेरो परिचय दिंदै परिचय माग्न थालेँ । कार्यक्रम शुरु भयो । धिरेन्द्र न्यौपाने अध्यक्ष रहेको जानकारी भैसके पनि प्रत्यक्ष चिनजान थिएन । कार्यक्रममा व्यस्त भएकोले त्यति हेलमेल हुन नसके पनि पर्वत बाँसखर्क घर भएको जानकारी पाएँ । मैले मेरो परिचय गराएँ । उक्त समितिमा सुशील श्रेष्ठ र सुवास वैद्य उपाध्यक्ष हुनुहँुदो रहेछ । प्रकाश सुवेदी सचिव र कोषाध्यक्ष ध्र्र्रु्रव पौडेल हुनुहँुदो रहेछ, चिनजान भयो । कार्यकारी वोर्ड मेम्बरहरूमा केशव पौडेल, विकास ढकाल, ज्ञानेन्द्र आचार्य, पुस्पा सापकोटा, गोमा सापकोटा, अशोक ढकाल, ईश्वर चौधरी, नविनप्रकाश अधिकारी, प्रदीप सुवेदी, कलपु राई, मनिष महर्जन, सरोज पन्त र सविता । अमर थापा (जनसम्पर्क अधिकृत) राजिव (सूचना प्रविधि अधिकृत), पूर्णिमा महर्जन (कर्नेय प्रतिनिधी), सन्ध्या (लिङ्कन प्रतिनिधि) । सल्लाहकार बोर्डमा विनोद खडका, देवराज कँडेल, डा. नविन सापकोटा, जीवन गिरी, कृष्ण कँडेल, पूर्ण विक, राज आचार्य आदि प्रतिनिधि रहेको जानकारी विकास ढकालबाट पाएँ । पर्वतेहरूको सङ्ख्या धेरै नै रहेछ । ठूलीपोखरी, खुर्कोट, बाँसखर्क, बलेवा, काठमाडौँ, काभ्रे, सुनसरी, झापाका मानिसहरूसँग स्थान विशेष जानकारी लिने दिने काम भयो ।
कार्यक्रममा सहयोग गर्ने व्यक्तिहरूलाई प्रमाणपत्र दिने व्यवस्था रहेछ । त्यस आवसरमा केही डाक्टरहरूको नाम पनि आयो । हुम्यान डाक्टर या पिएचडी डाक्टर त्यो भने छुट्ट्याउन सकिनँ । नेपालमा भएका शिक्षित र युवाहरूको पलायनले देशका जमिन बाँझिदै छन् । वृद्धबृद्धाले आँगन कुरेर बसेका छन् । देशमा बौद्धिक जनशक्तिको खाँचो देखिदै छ । मनमा कता कता चस्स सियाोले कोपे जस्तो लाग्यो । केही बोल्न भने सकिनँ । विद्यार्थीहरूले नेपालमा भविष्य छैन भन्छन् । विदेशकै सपना देख्छन् । राजनेतामा देशको विकासको चिन्ता देखिँदैन । देश कस्ले हो त बनाइदिने ? मनमा प्रश्न उठ्छ । उत्तर कतै पाउँदिनँ । माइकमा कार्यक्रम सञ्चालनको उद्घोष भयो । म सबै सोचलाई मनमै थन्क्याएर कार्यक्रम अवलोकनतिर लागेँ । कार्यक्रम थालनीको पहिलो नाच कृषा गौतमको ‘शिरैमा शिरबन्दी’ गीतको बोलमा थियो । यो गीतमा उनले नाचेको मलाई निकै मन प¥यो । रविन आचार्यको गीत, आरोही तिमल्सिनाको नाच, अमीसा अधिकारीको नाच, अर्पण ढकालको अङ्गे्रजी बालगीत लगायत धेरै कार्यक्रमहरू यहाँ प्रस्तुत भएका थिए । यस पटक नयाँ कार्यक्रम लाखेनाच थप भएको जानकारी गराइयो । लाखेनाच प्रस्तुतकर्तामा विकास ढकालले लाखेको भूमिका निभाउनु भएको थिए भने सुरेश श्रेष्ठ र नारायण चालिसेले सहयोगीको भूमिका निभाउनु भएको थियो । आजको मुख्य कलाकारको रूपमा लोक गायक कुलेन्द्र विश्वकर्मा हुनुहुन्थ्यो । जब उहाँ स्टेजमा उभिनु भयो, तब हलको माहौल निकै तातियो । उहाँले “म पर्वतको मानिस जलजला बोलको गीत गाउँछु, तपार्इँहरू नाच्नुपर्छ’ भनेपछि समुहका सबै महिला पुरुष नाचमा सहभागी भए । सबै आनन्दले नाच्न थाले । । एकातिर सङ्गीत गुञ्जेको छ, अर्कोतिर नाच धुमधामले चलिरहेको छ । कुलेन्द्रजीको कहिले तालीको अह्वान, कहिले नाचमा सरिक हुनको लागि आह्वान, कुनै वेला माइक लिएर आँफै स्टेजमा नाचेकाले सबै सहभागीको नृत्यले निकै रमाइलाो भयो । ‘बा पनि नाच्नु प¥यो !’ भनेर तानेपछि म पनि नाच्न बाध्य भएँ । म नाच्न थालेँ । सबै पुरुष साथीहरूले मलाई माझमा पारेर नाच्न थाले । बुढ्यो शरीर हल्लाउन करै लाग्यो । मैले पनि धोकै फेरेर शरीर हल्लाएँ । कार्यक्रम समाप्त हुन हुन थालेको थियो, हामी बिदा भएर घरतिर लाग्यौँ ।
४. हालोवीन दिवस
अमेरिकामा अक्टुबर ३१का दिन Halloween दिवस मनाइदो रहेछ । यो क्रिश्चियनहरूको पर्व हो । यस दिन मृतात्माहरू घरमा फर्किन्छन् भन्ने विश्वास गरिँदो रहेछ । बेलुका ५ बजेतिर साना साना बालबलिकाहरू चक्लेट लिन विभिन्न कपडामा सजिसजाऊ भएर आए । यो धेरै पुरानो पर्व रहेछ । यो युरोपबाट थालनी भएको थियो १९औँ शताब्दीको दोस्रो भागमा, अमेरिकामा नयाँ लाखौं आयरिश आप्रवासीहरूले यस पर्वलाई झनै लोकप्रिय बनाउन सफल भए । रमाइलो मनाउन अरू धर्मका बालबालिकाहरू यस उत्सवमा सहभागी भएको देखियो । यसो गर्दागर्दै यो पर्व सबैको साझा हुन थाल्यो । नेपालमा भूत दिवस भनेर नमनाइने भए पनि गठेमङ्गललाई पर्वको रूपमा मनाइन्छ । यसरी नै लाखेनाच पनि भूत–प्रेत नलागून् र मरेका आत्माले दुःख नदिऊन् भनेर मनाइने भए पनि सबैको साझा पर्व हुन भने सकेको छैन । बरु लोप हुन लागेको छ । तर अमेरिकामा Halloween दिवस भने झन् झन् साझा पर्वका रूपमा विकसित हुँदै गएजस्तो लाग्यो
५. क्यालिफोर्निया अवलोकन
सन् २०२३ नोभेम्वर ४का दिन क्यालिफोर्निया जानको लागि रमाना भइयो । ओमाहाबाट सोभैm क्यालिफोर्निया जाने सुविधा नभएकोले जहाजमा डेनभार हुँदै सन्सफ्रान्सिस्को पुगियो । त्यहाँबाट हामी एल्डोराडो मोटेलमा वास बस्न पुग्यौँ । बिहान हामी लक्ष्मी–वैकुण्ठनाथ मन्दिरमा पुग्यौँ । यो मन्दिरका स्वामी बाग्लुङ बिहुँका अनन्त शर्मा कँडेल हुनुहुन्छ । उहाँको नेपालमा चितवनको लङ्कुमा बसोबास छ । उहाँकै निमन्त्रणामा हामी त्यहाँ पुग्ने सौभाग्य मिलेको हो । मूर्तिले सजिएको मन्दिर निकै आकार्षक र सुन्दर रहेछ । हामीले पूजा गर्ने मौका पायौँ । पूजाका लागि भक्तजनहरू पनि आउनु भएको थियो । क्यालिफोर्निया ९ सेप्टेम्बर १८५०मा संघको ३१औँ राज्यको रूपमा स्थापना भएको हो र १९६०को शुरुमा यो सबैभन्दा बढी जनसंख्या भएको अमेरिकी राज्य भयो । यहाँ हजारौँ आप्रवासीहरूको बसोबास छ । क्यालिफोर्नियामा मुख्य शहरहरू ९ ओटा रहेछन् । कहाँ कहाँ जाने भन्ने हामीसँग कुनै योजना थिएन । उहाँकै योजना बमोजिम नै हाम्रो यात्रा तय हुनु थियो । सनफ्रान्सिस्को यहाँको सबैभन्दा प्रसिद्ध शहर रहेछ । सेक्रामेन्टो राजधानी हो । उहाँले हामीलाई हेइवार्डतिर लिएर जानु भयो । खाडी क्षेत्रमा यो छैठौँ ठूलो शहर रहेछ । यो शहरमा सुन्दर आवासहरू देखिए । यो राम्रो व्यापारिक केन्द्रका रूपमा विकसित भएको रहेछ । पम्पहरू, हिटरहरू, फिल्टरहरू, पार्ट्स तथा सहायक उपकरणहरू, सेनिटाइजेशन उपकरण आदि उत्पादन हुने कुरा मोटामोटी जानकारी भयो । स्वामीजीले त्यहाँ राजेन्द्रप्रसादको घरमा देवी पूजा गराउनु रहेछ । यिनीहरू भारतीय मूलका फिजीका बासिन्दा रहेछन् । त्यहाँ जापानी वनस्पति बगैँचा छ भन्ने जानकारी पाइयो । मन्दिरदेखि त्यहाँसम्म पुग्दा बाटामा सुन्दर प्राकृतिले सजिएका चाक्ला बाटाहरू र बाटो छेउछाउका घरहरू निकै लोभलाग्दा देखिए । पहाडहरू पनि कर्मीले कँुदेर बनाएजस्ता लाग्थे । अलग–अलग थुप्रा भए पनि आपसमा जोडिएरै आ–आफ्नो अस्तित्व जोगाएभैm देखिने । त्यहाँबाट हामी सनफ्रान्सिस्को ९कबल–ँचबलअष्कअय० तिर लाग्यौँ । उत्तरी प्यासिफिक महासागरसँग जोडिएको यो शहरलाई उत्तरी क्यालिफोर्नियाको व्यावसायिक, वित्तीय र सांस्कृतिक केन्द्रको रूपमा हेरिँदो रहेछ । जनसंख्याको हिसाबले क्यालिफोर्नियाको चौथो सबैभन्दा बढी जनसंख्या भएको शहर रहेछ । त्यहाँको बन्दरगाह पनि व्यस्त रहेछ । त्यस शहरका आकार्षक कुराहरूमा गोल्डेन गेटको झोलुङ्गे पूल संसारभरि प्रशिद्ध छ । घुम्ती सडक जस्तै लोम्बार्ड स्ट्रिट, हाम्रो वाइरोडको घुम्टी जस्तै आठ फन्का घुमाएर बनाएको रहेछ । खेलकुद, सङ्गीत, सांस्कृति र त्यहाँको खानाका प्रकारहरूले यात्रुहरूलाई लोभ्याउने कुराहरू सुन्नमा आयो । भोक लागेको थियो कफीलगायत सबैलाई मनपर्ने खाना खाइयो । समुद्रको किनारमा अवस्थित भएकाले पानीजहाजहरू चलिरहेका देखिन्थे । पर्यटकहरूले पनि जहाज चढेर आनन्द लिइरहेका थिए । तर हामीसँग भने समय पर्याप्त थिएन । हामी मोटलमा फक्यौँ ।
नोभेम्बर ६ तारिक क्यालिफोर्निया घुमाइको अन्तिम दिन थियो । किन कि हामीले ७ नोभेम्बरमा क्यालिफोर्निया छाडेर ग्रिनिसबोरोमा जानु थियो । स्वामीजीले डाउन टाउनका कुरा गर्नु भयो । म्युजियमहरूका कुरा गर्नु भयो । शैक्षिक कुराहरू सुनाउनु भयो । पार्कका कुरा सुनाउनु भयो । नदी किनारमा थुप्रै आयात गरिएका कारहरू देखिए । जन आवादी पनि घना रहेछ । आज हाम्रो यात्रा हिमाली गुराँसका सम्पादक खिमानन्द पोख्रेललाई भेट गर्नु थियो । त्यतैतिर लागियो । उहाँ ३४०४ राइन्डर्स वे सेक्रामेन्टोमा बस्नुहुँदो रहेछ । सेक्रामेन्टो कैलिफोर्नियाको राजधानी, हामीलाई त्यहाँ जान पनि मन लागेको थियो । संयोग राम्रै जुट्यो । यो क्षेत्रमा खेतका फाँटहरू तथा कृषियोग्य जमिन देखियो । यहाँ धानको उत्पादन राम्रो हुन्छ भन्ने जानकारी पाइयो । खाद्य उद्योगहरू छन् भन्ने कुरा पनि जानकारीमा आए । त्यहाँबाट हाम्रो यात्रा गोल्डेन गेटतिर लम्क्यो । आजको भ्रमणलाई कृषिकर्म अवलोकन भ्रमणको संज्ञा दिदा पनि फरक नपर्ने देखियो । किनकी, स्वामीजीले हामीलाई जुन बाटोबाट अगाडी बढाउनु भयो त्यहाँ खेती गरिएका जमिनजमात्र देखिन्थे । हामी नापा पुग्यौं । नापा पहाडी क्षेत्र रहेछ । जता हेरो अंगुरका बोटहरू मात्रै देखिने । पहाडी पूरै भाग अंगुरका बोटले भरिएका रहेछन् । त्यहाँका लेखहरू हेर्दा ३० माइल लामो र केहि माइल चौडा नापा उपत्यका विविध जातका अंगुरको खेतीका लागि उपयुक्त माटो र हावापानी रहेको बुझिन्छ । यी अंगुर खास गरेर मदिरा उत्पादनको लागि प्रयोग गरिँदो रहेछ । हाम्रो देशमा विभिन्न ब्लक भनिन्छ, तर यस्तो ब्लक देख्न पाइँदैन । उत्पादन पनि २० देखि ३० टन प्रति हेक्टर भएको जानकारी पाइन्छ । अघि बढ्दै गयौँ । समयको अभाव त छँदै थियो । स्वमीजीले गाडीको गतिलाई थोरै रूपमा कम गरेर “हेर्नुहोस्, यी ठूला–ठूला गह्रामा पानी जमाएको नुनको लागि हो । यो पानी केही जमेपछि बाटोपारिका गरामा सारिन्छ, सुकाएर नुन तयार हुन्छ” भन्दै गाडीमा गति थप्नु भयो । कतै टनेल, कतै जङ्गल, कतै पुलहरू तर्दै हामी गोल्डेन–गेट पुग्यौँ । यो पुलले सनफ्रान्सिस्को नगरको सनफ्रान्सिस खाडीका दुवै छेउलाई जोड्ने झोलुङ्गे पूल रहेछ । यो पूल सन १९३७मा निर्माण भएको रहेछ । यस समयमा यो संसारभरिकै सबै भन्दा लामो झोलुङ्गे पूलको रूपमा गनिदो रहेछ । मापनको हिसाबले यसको लम्बाई ८९८१ फिट (२७३७ मिटर), चौडाई ९० फिट (२७ मिटर), उच्चाई ७४६ फिट (२२७ मिटर) रहेछ । यो पुलको प्रसिद्धि संसारभरि नै पैmलिएको छ । ठूला ठूला भुइँचालाबाट पनि यसलाई हानी पु¥याउन नसकेको हुँदा यसको महत्व अभैm धेरै बढेको छ भन्ने कुरा हामीलाई स्वामीजीले बताउनु भयो ।
५.१. फेसबुक
फेसबुक अमेरिकी प्रविधिद्वारा ई.सं. २००४ सालमा मार्क जुकरवर्गले स्थापित गरेका हुन् । यो आज संसारभरि फैलिएको छ । सबैको प्रयोगको साधन भएको छ । संसारभरि करिब ५०,००० जनाले पूर्ण दिनको रोजगारीमा लाभान्वित भएको कुरा समेत जानकारी पाइयो ।
५.२. गुगल
गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रिय सार्वजनिक कम्पनी हो । यस कम्पनीले इन्टरनेट सर्च, क्लाउड कम्पेटिङ र विज्ञापनको क्षेत्रमा धेरै लगानी गरेको रहेछ । यो कम्पनीको स्थापना स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका दुई विद्यार्थीहरू ल्यारी पेज र सर्गेई ब्रिनले गरेका रहेछन् । यो स्थापना क्यालिफोर्नियाको मेन्लो पार्कमा ४ सेप्टेम्बर १९९८मा गरिएको थियो । आज हरेक मानिसको लागि यो ज्ञानको यस्तो भकारी भएको छ, जति ज्ञान चाह्यो त्यति निकाल्न पाइन्छ ।
५.३. लिभरमोर अवलोकन र हिन्दु मन्दिरहरूको दर्शन
साँझ हामी लिभरमोर गइयो । सनिवेल हिन्दु मन्दिर, शिव मन्दिर र विष्णु मन्दिर दर्शन गरियो । साँझको आरती चलिरहेको थियो । सनीवेल हिन्दु मन्दिरमा ७ दिनमा कुनबार कसको पूजा गरिन्छ भनी तालिका बनाएर सोही अनुसार पूजा गरिँदो रहेछ । जस्तैः प्रत्येक दिन बिहान भगवान गणेश अभिषेकम्, गणेश आरती र मन्दिर महामंगला आरती गरिने रहेछ । पूजा तालिकामा सातै दिन कुन कुन समयमा के गरिन्छ, प्रष्ट देखाइएको पाइयो ।
६. ग्रिन्शबोरोको भ्रमण
अक्टुबर ७ तारिकमा सनफ्रान्सिस्को र डेनभार हुँदै ग्रिन्शबोरो पुगियो । डा. विनोद रिजाल लिन आएका थिए । हामी डा. विनोदको घरमा रातको १२ बजेतिर पुग्यौं । ८ तारिक नोर्थ कैलोरिना एग्रिकल्चर एण्ड टेक्नोलजी युनिभरसिटीमा जाने कार्यक्रम भयो । त्यहाँ मेरा भाइका छोरा–बुहारी डा. विनोद रिजाल र प्रा.डा.मुना रिजाल काम गर्ने भएकोले प्रा.डा. मुनाले आपूmले गरेको रिसर्च र प्रयोगशाला Ultra sound for therapy and Drug Delivery Lab अवलोकन गराइन् । उनले आपूmले अनुसन्धान गर्ने उपकरणहरूबारे जानकारी गराइन् र पढाउने विद्यार्थीहबारे पनि जानकारी गराइन् । डा. मुनाले आफूले व्रेन टयुमरलाई अल्ट्रा साउण्डको माध्यमबाट मुसामा प्रयोग गरेर सफल भएको र उनले गरेको अनुसन्धानमा उपराष्ट्रपति र हालका राष्ट्रपति जोहन वाइडेनबाट समेत पुरस्कृत भएको पनि बताइन् । बेलुका पख पुन डा.विनोदले बाहिर, युद्धभूमितिर लगे । यो लडाईँ अङ्ग्रेज र अमेरिकन सेना बीच १५ अक्टुबर १७८० मा भएको रहेछ । अङ्ग्रेजहरूले विजय प्राप्त गरेका रहेछन् ।
६.१. ग्रिन्सबोरोको ऐतिहासिक संग्राहलय
अवलोकन गरियो । यसमा ऐतिहासिक घटनाक्रमहरूलाई अद्यावधिक गरी समावेश गरिएको पाइयो । यो संग्राहलय धेरै पुरानो रहेछ । यहाँ नर्थ क्यारोलिनाका प्रजातन्त्रका ११ चुनावमा विजेताहरूको विवरण, अन्लाइनमा प्रदर्शनी, डल्लेयले मेडिसन् कलेक्सन गरेका सामग्रीहरू, १८०८ भन्दा पहिलादेखि १९८० सम्मका गाउँका घटनाक्रम र जीवनशैली तत्कालीन समयकमा हात हतियर, बजाउने सामाग्री, गाडी, स्कुल, होटेल, बिस्तरा, दासको अवस्था आदि थुप्रै जानकारीहरू समेटिएका रहेछन् ।
७. बासिङ्गटन डिसीको भ्रमण
नोभेम्बर–९ गते ग्रिन्सवोरोबाट बिहान ५ः४५मा वासिङ्गटन डिसी जान हिडियो । भर्जिनिया हुँदै करिब ११ बजेतिर डिसी पुगियो । डिसी भन्दा वाशिंगटन डिसी, औपचारिक रूपमा कोलोम्बिया जिल्ला राजधानी शहर, संयुक्त राज्य अमेरिकाको संघीय जिल्ला बुझिन्छ । यो विश्व राजनीतिको लागि महŒवपूर्ण र चर्चित थलो पनि हो । डिसी अमेरिकी सदन, काँग्रेसको मातहतमा छ । संयुक्त सरकार संघीय सरकारका विधायिका (काँग्रेस) । राष्ट्रपति (कार्यकारी) र सर्वोच्च अदालत यहाँ नै अवस्थित छन् भन्ने जानकारी डा. विनोदले गराए । नेपालको राजदूतावासतिर लाग्यौँ । कामको सोधनी भयो म पूर्व कर्मचारी, अमेरिका भ्रमणमा आएको वेला दूतवासमा पसेर राजदूतलाई दर्शन गर्ने मनसायले आएको भनि जानकारी गराएँ । “उहाँ मिटिङ्मा हुनुहुन्छ, सकेसम्म भेट गराउने प्रयास गर्छु” भन्ने आश्वासन पाइयो । नभन्दै महामहिम राजदूत, श्रीधर खत्रीज्यूको दर्शन १० मिनटमै पाइयो । उहाँसँग तस्विर खिचाइयो । अनि उहाँसँग बिदा मागियो । अमेरिका र नेपाल बीचका कुटनीतिक सम्बन्ध २५ अप्रिल, १९४७ मा स्थापना भएको थियो । नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको बेलायत पछि अमेरिका दोस्रो देश हो । नेपालले ३ फेब्रुअरी १९५८ मा वाशिंगटन डिसीमा आफ्नो दूतावास खोल्यो । त्यस्तै ६ अगस्त १९५९ मा काठमाडौँमा अमेरिकी दूतावास खोलियो । अमेरिकादेखि नेपालसम्मको भ्रमणको आदानप्रदान हुन थाल्यो । आज धेरै नेपालीहरू अमेरिकामा आएका छन् । कोही यतैका नागरिक भएका छन् त कोही नेपाल आवत जावत गर्दछन् ।
७.१. अब्राहम लिङ्कनको शालिक अवलोकन
अब्राहम लिङ्कन १२ फेब्रुअरी १८०९ मा जन्मे । उनी वकिल, राजनीतिज्ञ, र राजनेता थिए । उनले अमेरिकाको १६औँ राष्ट्रपतिको रूपमा, १८६१ देखि १८६५ सम्म, कार्यभार बहन गरे । १५ अप्रिल १८६५मा उनको हत्या गरियो । छोटो अवधिमा संवैधानिक संघको रूपमा राष्ट्रको रक्षा गर्नु, गृहयुद्ध समाधानमा सफलता प्राप्त गर्नु, दासत्व उन्मुलन गर्नु, संघीय सरकारको शक्ति विस्तार गर्नु र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्ने जस्ता काममा सफलता हासिल गरे । यस्ता महान् नेताको शालिक हेर्ने तीब्र इच्छा थियो । अब हामी अब्राहम लिङ्कनको स्मारक स्थलमा पुग्यौँ । लिङ्कनको स्मारक १९० फिट लम्बाइ ११८ फिट चौडाइ ९९ फिट उचाइको रहेछ । त्यो स्मारक भएको ठाउँमा लिङ्कनको मूर्ति १९ फिट अग्लो र १७५ टन तौलको भन्ने जानकारी प्राप्त भयो ।
७.२. ह्वाइट हाउस अवलोकन
शालिक अवलोकनपछि हामी अमेरिकन राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अवलोकनका लागि लाग्याँै । यो समय भने हाम्रो लागि राम्रो भएन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको आवास र काम गर्ने भवन रहेछ । यसलाई जनताको घर पनि भन्दा रहेछन् । सबै अमेरिकीहरूले समावेशी र आबद्धताको भावना महसुस गर्छन् भन्ने धारणा लेखहरूमा पढ्न पाइन्छ । दुर्भाग्य, अचानक पानी प¥यो । ओत कतै लाग्न सकिएन । रुझ्दै–रुझ्दै बाहिरैबाट तस्विर लियौँ । ह्वाइट हाउस नजिकै चौरको रुखको फेदमा ओत लियौँ । ह्वाइट हाउस राम्रोसँग हेर्ने रहर अधुरै रह्यो । हिड्न नसकी ट्याक्सी लियौँ । नातिनीको मोवाइल ट्याक्सीमै छुटेछ । उनी रुन थालिन् । पछि ट्याक्सीवालाले ओमाहा घरमा मोवाइल पठाइदियो ।
७.३. अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीसँग भेट
बेलुका करिब ५ बजेतिर होमनाथ सुवेदीको घर पुग्यौँ । मेरो समालोचनाको १ कृति “गंगा लिगल–सृष्टि दृष्टि” र मेरो बारेमा साहित्यकार रामप्रसाद ज्ञावालीले लेखेको “सदानन्दको जीवन कर्म र व्यक्तित्व”को कृति होमनाथज्यूमा सादर अर्पण गरेँ । होमनाथज्यूले पनि मलाई “भूकम्प”, “जि.मु. हरिलाल सुवेदी बन्धुवृत्तमा” र ‘‘डायस्पोराबाट नेपालको समालोचना” गरी तीन थान कृतिहरू प्रदान गर्नु भयो । चिया–खाजा खाएर बस्ने आग्रह गर्दा गर्दै हामी ग्रिन्सबोरो जान भनेर विदा भयौँ ।
८. पारिवारिक जमघट
नोभेम्बर–९ आज हामी ग्रिन्सबोरोबाट सिकागो जाने तरखरमा थियौं । मेरो भाइ प्रेमशर्मा रिजालका जेठा छोरा डा. विनोद रिजाल, बुहारी प्रा.डा. मुना अर्याल र ठूली नातिनी विना रिजाल सानी नातिनी मेग्ना रिजालसँग त दुई दिनदेखि सँगै बस्दै आएका थियौँ । आज भाइकै कान्छो छोरा डा. विदुर रिजाल, बुहारी यमुना रिजाल, नातिनी अविना रिजाल र नाति बिजल रिजाल हामीसँग भेट गर्न आए । हामी सबै सँगै बसेर खाना खाने खुसियालीमा नाचगान गर्ने रमाउनेतिर लागियो । आजको दिनभर घरयासी खुसीयालीमा बिताइयो ।
नातिनी अबिना रिजाल र नाति बिजल रिजाल दुवैले नेपाली राम्रो सँग बोल्दछन् । नातिनीले त नेपाली लेखनमा पनि दखल हासिल गरेकी रहिछन् । उनले हाम्रो घरयासी रमाइलो वातावरणलाई तत्कालै आफ्नो कागजमा लेखेर सुनाइन् । मलाई लेख्न रहर लाग्छ । मैले लेखेको कस्तो छ ? भन्दै सुनाउन थालिन् –
मेरो सुन्दर दिन
म र मेरो परिवार
नर्थ क्यारोलिना रमाना भयौँ,
के को लागि ?
मेरा ठूला हजुरबा–हजुरआमा
मेरा ठूलाबा–ठूलीआमा
मेरा दुई बहिनीहरू
ओमाहाका अंकल, ओमाहकी दिदी
हाम्रो सुन्दर मिलनको दिन
सबैजना खुसीले नाचेको दिन
म नाच्न नआउने पनि
सबैसँग नाचेको दिन,
मेरो कति सुन्दर दिन !
अहा ! कस्तो अजम्बरी दिन !
(-अविना रिजाल )
९. सिकागो भमण
बेलुका जहाजमा सिकागोतिर लागियो । टुकनाथ चापागाई विमानस्थलमा लिन आउनु भएको थियो । उहाँको निवासमा पुगियो । श्रीमती ममिता भुसाल चापागाई र उहाँकी सानी छोरी केन्जल चापागाई हाम्रै प्रतिक्षामा थिए । उहाँले हामीलाई सिकागोबारे जानकारी गराउँदै लानु भएको थियो । सिकागो संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । यस नगरको जनसङ्ख्या करिब २७ लाखको हाराहारीमा छ । यो फराकिलो शहर हो । लाखौँ लाख आगन्तुकहरू यहाँ घुम्न आउँछन् । यो एउटा बहुसाँस्कृतिले सम्पन्न शहर पनि हो । यसलाई विन्डी सिटी, ची–टाउन वा बिग शोल्डर्सको शहरका उपनामले पनि चिनिन्छ । यहाँका मानिसहरू कडा परिश्रम गर्ने खालका हुन्छन् । सिकागोले सार्वजनिक विद्यालयहरू सुधार गर्ने काम, सार्वजनिक सुरक्षामा ध्यान दिनु अनि सुरक्षामा पहलहरू बढाउनु र आर्थिक रूपमा स्वस्थ समुदायहरूलाई किफायती आवास उपलब्ध गराउने जस्ता काम गर्दछ । सबैका लागि पहुँच सुनिश्चित हुनु पर्छ भन्ने धारणा रहेको देखिन्छ । सामाजिक, आर्थिक र वातावरणीय दिगोपन सुनिश्चित गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ पनि भन्न सकिन्छ । यहाँ अग्ला अग्ला महलहरू बनाइएका छन् । यस्ता जानकारी टुकनाथजीबाट प्राप्त गरियो ।
आज नभेम्बर १२ । टुकनाथजीले कारमा नगएर ट्रेन र बसमा सिकागो सहर घुम्ने प्रस्तावराख्नु भयो । गाडीमा डुल्दा डुल्दा मन अघाइ सकेको थियो । बस र टे«नको यात्रा पनि गर्ने मन थियो । खुसी लाग्यो । सर्व प्रथम डाउन टाउनतिर लाग्यौँ । यहाँ हामी मिलिनियम पार्कमा पुग्यौँ । मिलेनियम पार्क सिकागोको लुप सामुदायिक क्षेत्रमा अवस्थित एउटा सार्वजनिक पार्क रहेछ । यसलाई सिकागोको साँस्कृतिक मामिला विभागद्वारा सञ्चालित गरेको रहेछ । पार्क २००४मा खोलिएको र तेस्रो सहस्राब्दी मनाउने उद्देश्यले बनाइएको रहेछ ।
९.१. क्लाउड गेट अवलोकन –क्लाउड गेट (Cloud Gate) हेर्न भनेर गइयो । यो पुन निर्मार्णमा रहेछ । क्लाउड गेट, जसलाई ‘द बीन’ पनि भनिँदो रहेछ । यो सिकागोको सबैभन्दा लोकप्रिय स्थलहरू मध्ये एक हो भन्ने कुरा टुकनाथजीले बताउँदै हुनुहुन्थ्यो । हामीले गोलो ठूलो सिसाको आकृति त देख्यौँ, तर अरू केही जानकारी हुन सकेन ।
९.२. विलिस टावर अवलोकन –विलिस टावर (Willistower/Scaitower) सिकागोको लुप सामुदायिक क्षेत्रमा निर्मित ११० तले, १४५१ फिट अग्लो गगनचुम्बी भवन रहेछ । यो १९७३ मा संसारको सबैभन्दा अग्लो भवनको रूपमा निर्माण गरिएको रे । हामी त्यसमा चढ्यौँ । चारैतिरको दृश्य अवलोकन ग¥यौँ । त्यहाँ घरबाहिर पट्टी सिसामा बसेर या सुतेर, अर्थात् मनमा लागे बमोजिम फोटो खिचाइँदो रहेछ । मलाई चक्कर लाग्ने भएकोले म डराएँ । केही हुदैन भन्दै मलाई टुकनाथजीले तानेर लानु भयो । मैले बाहिर नदेखिइकन भित्र हेरेर फोटो खिचाएँ । अरूले सहजै फोटो खिचाए । हामी बाहिर निस्कने तरखरमा लाग्यौँ ।
९.३. सिकागो नदीमा बोट शयर Chicago–River-Architecture-tour)
यो जलयात्रामा विश्व प्रसिद्ध स्थलचिन्हहरू हेर्न सकिदो रहेछ । दुबै किनारमा ठूला ठूला भवनहरू खडा छन् । सिकागोको विश्व–प्रसिद्ध वास्तुकला हेर्न पाउँदा आनन्द लाग्यो । करिब १ घण्टाको भ्रमणमा केही समय बोटको बाहिर बसियो । चिसो हावा लाग्यो । सबैजना भित्र गइयो । भित्र होटेल भनौँ या दोकान रहेछ । खानेकुरा पनि पाइने, दिशा पिसाव पनि गर्न पाइने । तातो वातावरणबाट पनि सिकागोका भवनहरू, वास्तुकला र इन्जिनियरिङ्गले शहरलाई विश्व प्रख्यात बनाएको शानदार दृश्यहरू अवलोकन गरेर आनन्द लिइयो ।
९.४. मिशिगन ताल (Michigan Lake) अवलोकन
अमेरिकामा ठूला तालहरू पाँच ओटा छन् । ती सुपेरियर, मिशिगन, हुरोन, एरी र ओन्टारियो ताल हुन् । यी तालहरू सामान्यतया क्यानाडा र संयुक्त राज्य अमेरिकाको सिमानासँग जोडिएका तथा नजिक छन् । यिनलाई ताजा पानी भएका तालका रूपमा लिइन्छन् । उत्तरी अमेरिकाको पूर्वी–मध्य भित्री भागमा सेन्ट लरेन्स नदी हुँदै एट्लान्टिक महासागरमा जोडिन्छन् । यी तालमध्ये हामीले ठूलो मिशिगन ताल हेर्ने मौका पायौँ । यो करिव ११८ माइल चौडाइको करिव ३०७ माइल लामो ताल हो । यो विश्वको ताजा पानीको ५औँ ठूलो ताल हो । यो शहरमा शिकागो र कालुमेट नदीहरू पनि छन् । हामीलाई ममिता भुसाल चापागाईले सानी छोरी केन्जल चापागाईलाई साथमा लिएर तालको अवलोकन गर्न लानु भयो । तालको नजिकमा सुन्दर चौर रहेछ । त्यहाँ बसेर तस्बिर खिचाइयो । अनि ताल हेरेर पनि फोटो खिचाइयो । पाँच बज्यो, टुकनाथजी आउनुभयो । हामी ओमाहा जान तयार थियौँ । टुकनाथजीले हामीलाई एयरपोर्ट पु¥याई हामीबाट बिदा लिनुभयो । उहाँको ठूलो सहयोगको लागि आभार व्यक्त गर्दछु
१०. अमेरिकामा तिहार पर्व र देउसी–भैलो
तिहारमा मलाई र छोरा रामुलाई टिका लगाउने कोही भएनन् । नातिले भने बहिनी इलिजाबाट टिका ग्रहण ग¥यो । ओमाहामा पनि नेब्रेस्का नेपाली सोसाइटीले भैलो खेल्ने आयोजना गरेको रहेछ । म पनि पर्वत खुर्काेटका पौडेलजीको घरमा सहभागी भएँ । चिसोका कारणले गर्दा सबै घरमा जान सकिन त्यो भैलो हाम्रो घरमा पनि आयो । राम्रो सँग भैलो खेलियो । नाच पनि भयो । हाम्रो पुरानो संस्कृतिलाई नेपाली जहाँ गए पनि, जहाँ भए पनि बचाएर राखेको मलाई अनुभूति भयो । देउसी÷भैलो मुख्य रूपमा नेपाली परम्परा हो । हालको अवस्थामा भैलो खेलको स्वरूपमा केही परिवर्तन आए पनि यसको निरन्तरता आजको आवश्यकता हो ।
११. विविध विषयमा केही छलफल
अमेरिका एउटा धनी देश भन्ने कुरा सबैलाई थाहा छ । एक दिन मैले एउटा साथीसँग कुरा राखें— यहाँको रहनसहन त अनौठो लाग्यो । बाटोमा तथा चौरमा मानिस निकै कम देखिने । देखिए पनि सबैले एउटा या दुईवटा कुकुर डो¥याएर मात्रै हिँडेको पाइने । उनले मुस्कुराउँदै भने “यो देश कुकुर र बालबालिकाको लागि त स्वर्गै हो ।” बाल बच्चालाई पनि केही अवस्थासम्म निकै ख्याल गर्नुपर्छ । १८ वर्ष पुगेपछि आफ्ना खुट्टामा उभिन पर्छ भन्ने धारणा पलाइ सकेको हुन्छ । बाटोमा कहीँ कतै छाडा कुकुर देखिँदैन । हाम्रो देश नेपालमा केही सौखिन मानिस तथा विदेशीहरूले कुकुर अमेरिकाको जस्तै गरेर पाले पनि अधिकांश कुकुर समस्याको रूपमा देखा पर्दछन् ।
१०.१. सामाजिक बर्गिकरण
अमेरकाको सामाजिक वर्गिकरण पनि नेपालकै सरह धनी, मध्य र गरिब वर्ग भनेर वर्गीकरण गरेको पाइन्छ । फरक यत्ति हो कि प्रतिव्यक्ति आय, रहनसहन आदिमा आकाश–पातालको फरक छ । अमेरिकी महिला पुरुषलाई कहाँको फुर्सद हुनु । आफ्ना आफ्ना सवारी साधन छन् । आफ्नै तरिकाले काममा जान्छन् र कामबाट आउँछन् । नेपालबाट अमेरिका गएकाहरू पनि व्यस्त देखिन्छन् । श्रीमान–श्रीमती एकै समयमा काम गर्न गएनन् र फरक फरक समय भयो भने दुवै जनाको भेट हुन छुट्टी कुर्न पर्छ ।
अमेरिकामा पनि गरिब छन् । २०२२ को तथ्याङ्कमा अमेरिकाको आधिकारिक गरिबी दर ११.५ प्रतिशत थियो । ३७.९ मिलियन मानिसहरू गरिबीमा छन् भन्ने देखिन्छ । यसरी नेपाललाई हेर्ने हो भने यो संख्या २०२२÷२३ अनुसार नेपालको जनसङ्ख्याको १५.१% गरिबीको रेखामुनि छन् । अमेरिकाको २०२२ मा प्रतिव्यक्ति व्यक्तिगत आय ६५,४२३ अमेरिकी डलर थियो । यो व्यक्तिगत आय भनेको कुनै पनि व्यक्तिले पाउन पर्ने सबै स्रोतबाट प्राप्त हुने आम्दानी हो । हाम्रो पात्रोको तथ्याङ्क अनुसार नेपालको २०८० को तथ्याङ्क हेर्दा १३९९ अमेरिकी डलर प्रतिव्यक्ति पुगेको देखिन्छ । यो तथ्याङ्क विभिन्न स्रोतलाई केलायर हेर्दा फरक देखिए पनि करिव १४०० अमेरिकी डलरभन्दा कमै देखिन्छ । यसरी सामाजिक आर्थिकस्तरलाई हेर्ने हो भने हाम्रो आर्थिकस्तर निकै कम छ । अमेरिकामा सबै व्यक्ति काममा व्यस्त छन् । तिनीहरूको जीवनयात्रा काममा नै व्यस्तता हो । कमाएर खानु यहाँको दैनिकी जस्तो मलाई लाग्यो । अनि अर्को कुरा के अमेरिकामा भिखारी छैनन् भन्ने प्रश्न राख्दा छन् भन्ने उत्तर आउँछ । नेपालमा भिख माग्नु एक सामाजिक समस्या हो । अमेरिकामा करिव ३/४ स्टेट (राज्य) का केही ठाउँमा पुग्दा सिकागोमा कसैले गीत गाएर कसैले सूचना टाँसेर भिख मागेको ४/५ भेटियो । त्यहाँको लेख रचनालाई हेर्दा भिखारी अझै पनि त्यति व्यापक छैनन् भन्ने जानकारी पाइन्छ । अर्को कुरा भिख माग्नेहरूलाई सरकारी कार्यक्रमहरू र गैर–लाभकारी संस्थाहरूले सहयोग गर्दछन् ।
केही अमेरिकनहरू निकै सहयोगी भेटिए । बेलुकीपख यसो पार्कतिर म र मेरो श्रीमती निस्कने काम ग¥यौँ । बाटोमा कोही दौडेका र कोही कुकुर लिएर हिँडिरहेको देखियो । नजिक हँुदा हाइ हलो गर्दा रहेछन् । मैले पनि नमस्कार गरँे । हाम्रो पनि दिवा यात्रा पार्कमा हुन थाल्यो । हाम्रो हाइहलो र मुस्कान चलि नै रह्यो । तिनीहरूको स्वभाव निकै मन प¥यो । तर ओमाहमा पुगेपछि नेपालीले कुनै अमेरिकनको घरमा जान, ढोका ढकढकाउन, एक टकले तिनीहरूलाई हेर्न हुँदैन, तिनीहलाई ताकेर देखाउन हुँदैन आदि कुराहरू सुन्नमा आए । हुन पनि यसो हेर्दा बाहिरी संसारसँग कुनै सम्बन्ध हुँदैन । कौतुहलता जन्मियो । खास त्यहाँ अपरिचित मानिसहरूले कुनै व्यक्तिगत प्रश्न सोध्नुलाई राम्रो मानिँदो रहेनछ भन्ने लाग्यो । सायद गृह्ययुद्धको बेलादेखि होला कसैलाई ताकेर देखाउन नहुने भएको ।
१०.२. खानाहरू
अमेरिकीहरूको खानामा मिल्कशेक, बारबेक्यू, फ्राइड फूडहरू, पिज्जा, हट डग र टेक्स–मेक्स लगायतका हुन्छन् । तटीय राज्यहरूमा माछाका परिकारहरू, गम्बो र चीजहरू समावेश हुन्छन् । उनीहरूले खाने खाना उत्कृष्ट हुने भए पनि हामी नेपालीहरूको लागि गोरुको मासु (विफ) बाट बच्नु पर्ने देखिन्छ । भनिन्छ यहाँका खानामा विफ र पोर्क (सुँगुरको मासु) धेरै प्रयोग हुन्छ । होटेलमा जान परेको खण्डमा भारतीय मूलका मानिसले खोलेका होटेलमा तन्दुरी, नानहरू र भात आदि खान सहजै पाइन्छ ।
१०.३. भाषामा विविधता
अमेरिका बहुभाषा, बहु संस्कृति भएको देश हो । यहाँ ३५० भन्दा बढी भाषा प्रयोगमा आएको पाइन्छ । अधिकांशले अङ्ग्रेजी भाषा बोल्दछन् । यो देश संस्कृति विभिधताले सजिएको छ । यहाँ विभिन्न देशबाट मानिसहरू बसाइँसराइ गरेर आएका छन् । उनीहरूले आफ्नो भाषा संस्कृति लिएर आएका छन् । त्यसो हुँदा यो बहुसाँस्कृतिक देश हो । धर्मको हिसाबले हेर्दा क्रिश्चियन धर्म मान्नेहरूको संख्या सबैभन्दा बढी छ । अरू धर्मावलीहरूले पनि आफ्नो धर्मलाई स्वतन्त्र रूपमा पालना गरेको पाइन्छ ।
११. वजार भ्रमण
अमेरिकामा ठूला ठूला सुपर मार्केटहरू रहेछन् । भारतीयहरूको दोकानमा जाँदा इच्छा अनुसार नेपालमा र भारतमा पाइने प्रायः सबै सामान किन्न पाइने रहेछ । वैंक कार्ड भएपछि नगद पैसा लिएर हिँड्न पर्दो रहेनछ । त्यसै कार्डबाट भुक्तानी दिने र विल लिने गर्दा रहेछन् । हाइभी भन्ने सुपर मार्केट म्यानेजर टोम भान एकर र म्यानेजर जीम लेहम्यानसँग सानो संवाद पनि भयो । निकै आनन्द लाग्यो ।
११.१. हाई–भी सुपर मार्केट अवलोकन भ्रमण
अमेरिका पुगेदेख नै मलाई त्यहाँको वजार प्रणालीबारे अध्ययन भ्रमण गर्ने इच्छा थियो । यसै सिलसिलामा ‘हाइ–भी’ भन्ने सुपर मार्केटको अवलोकन भ्रमण गर्ने अवसर मिल्यो । यो विशाल वजार विशेष गरेर भारतीय मूलका व्यापारिक व्यक्ति÷समूहद्वारा व्यवस्थित गरिएको रहेछ । यो वजारमा प्रसस्तै मात्रामा नेपाली खाद्यवस्तुहरू, मसला तथा किचन सामग्रीहरू समेत सजाएर प्रर्दित गरिएका पाइन्थे । अमेरिकाकै एक जना व्यापार व्यावसायीसँग भएको छलफलपछि उहाँकै पहलमा छोटो मिटिङ्गमा पनि बस्ने संयोग जु¥यो । उक्त सुपर मार्केटका स्टोर डाइरेक्टर जिम लेहम्यान, स्टोर मेनेजर टोम भान एक्कर लगायतका आधिकारिक व्यक्तिहरूले मुस्कानसहित हाम्रो न्यानो स्वागत सत्कार पनि गरे । खुला दिलले हामीबीच रोचक संवाद पनि भयो ।
उहाँहरूको व्यावसाय सम्बन्धमा सिक्ने जान्ने चाहना भएकाले सो कम्पनीबारे केही गहन छलफल र प्रश्नोत्तर पनि भयो । जसबाट म धेरै प्रभावित पनि भएँ । उहाँहरूले आफ्नो व्यावसायिक कम्पनीको प्रकाशन सामग्री (History book) पनि मलाई उपलब्ध गराउनुभयो । जसबाट सो कम्पनी सम्बन्धी धेरै मूल्यवान् जानकारीहरू पनि प्राप्त भयो । जसको आधारमा सो हाई–भी सुपर मार्केट सम्बन्धमा निम्न कुराहरूको बोध भयो ।