18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अनामिका May 24, 2025, 4:02 pm
अनामिका
अनामिका

एउटा कलम उपहार पठाइदेऊ न सानु
विरहको पीडा पोख्छु सुनिदेऊ न सानु ।

पुग्यौं तिमी कोशौ टाढा सपनीमा आउछौं सधै,
मनको कथा लेख्छु मैले बुझिदेऊ न सानु ।

छिट्टै आउछु लिन भनी छाडिगाथ्यौं एक्लै,
कसूर मेरो के नै थियो भनीदेऊ न सानु ।

सबको जोडी सँगै देख्दा डाहा हुन्छ मलाई,
भक्कानिएर फुट्छ मुटु थुनिदेऊ न सानु ।

तिमी त्यता म यता जीवनभरि यस्तै होकि,
साँच्चै माया गर्थ्यौ कि नाइ, बताइदेऊ न सानु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।