18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मृगमरीचिकाको निस्पन्दन

कविता कुमाराज सुबेदी June 1, 2025, 11:56 pm
कुमाराज सुबेदी
कुमाराज सुबेदी

सुनौलो बन्छ सम्बन्ध तिमी तोरी झैं फूल्दा ढकमक्क
बर्षन्छ अगाध प्रेम जूनसरी मुहार सधैं चकमक
मौरी बनि म चहारॅूला प्रत्येक बोट
अमृतसरी महमा कसले देख्ला र खोट।

हजारौं ति फूलहरू फक्रिउन न्यानो किरणको स्पर्शले
जसै म चुमैला लालित्य अधरका गर्हाहरू
स्नेहको रापले सेकोस् बोटका जराहरू
तिम्रा फॅाटहरू नै काफी, हेर्नै नपरोस् अरू।

मलिलो बनुन् हर्षका अश्रुदाना
शितल छहारी परेलीका मृगमरीचिका
मुटुभित्र नाम कॅुदी हुनु अनामिका
निर्भयता बनोस् दैनिकी, नभई कहिल्यै फिक्का।

रथ जीवनको चलोस् सम्बृधी पथमा
बनुन् पलहरू भुल्न नसकिने, लागोस् स्मृतिको लत
शूल बनि कोपीरहुन् नयनहरूले
हियार यो बनोस् झरी र कष्ट पर्दाको छत।

अस्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।