शास्त्रका गाथामा
कर्मलाई जति प्राथमिकता
अरु केहीलाई पनि छैन।
ऋषिमुनिले पनि कर्म गरे,
अवतार भएर आएका भगवानका अंशले पनि
कर्म नै गरे,
राक्षस, दैत्य, दानव, असुर, देवता
सबैले कर्म नै गरे।
तपस्या गरे
वरदान प्राप्त गरे।
प्रसङ्ग बदलौं,
कर्म प्रधान नहुने हो भने,
रावनमा जप, तप र दान
तिनै कुरा थियो,
वरदान थियो,
महादेवको नजिक थियो,
मात्र सानो कर्मले मारियो।