बिहानै उठ्दै यो हृदय पनि जूनै तिर गयो
नभैमा ल्याएरै नजर भरि राख्ने मन भयो ।
कहाँ सक्थेँ भन्नै नभ भरि विहानै वस भनी
उनैको हाँसोको अधर पनि देखाऊ न भनी ।।१ ।।
बुझेरै प्रेमै वा कसरि किन आई सगरमा
वसेरै हाँसेरै छरिन सुख हाम्रो जगतमा ।
यही गम्दै रम्दै म पनि अति ढुक्कै भइ रहेँ
अहो ! मेघै आएर मन भरिकी ती लुटि लगे ।।२ ।।
यसोरी हाम्रा ती सुख जति सवै वादल पसे
नदेख्दा ती जूनै म पनि अति आक्रोशित वने।
विलाए चन्द्रमा अव सगर खाली छ त भने
न बुझ्दा मायाको घनसगर सत्यै नबुझिने ।।३ ।।
म हुन्छु भ्रमैको बशिभुत सधैं उल्टो अकलको
न सत्यै देख्छु मैले न त परम सत्यै जगतको ।
कसोरी तोड्ने यो अविचलित माया जगतमा
भने सोद्धा वाले तन मन नि राख्नु नि रविमा ।। ४।।
**
अरविन्द उठे अब जान्छु उतै
मननै अड्याइ जहाँ पर्खि बसे
कुदि चौर पुगी उतै बस्छु मता
अनि हाँस्छ सदा मन नाच्छ सदा ।।
मननै नहाँसे तन हाँस्छ कता
मननै ननाचे तन नाच्छ कता ।
शुभ होस् दिन भ्रम हटोस् अघि
मन मंच भरि नृत्य गरोस् रवि।।
(प्रकाशोन्मुख 'अपौरुष'को अंश)
लन्डन