साहुजीले निद्राको ओखती खाए । दिनभरिको तनाव, छट्पटिँदै सुते । छ घण्टापछि निद्रा खुल्यो । उठेर हातमुख धोए । ईश्वरको नाम जप्तै आजको तानाबाना बुन्न लागे । उनी आफ्नो कमाइमा सन्तुष्ट थिएनन् ।
श्रमिकले एक बोतल ठर्रा पियो । दिनभरिको थकान, मस्त निद्रामा पर्यो । नौघण्टा निदायो । अबेर उठ्यो । हातमुख धोयो । झ्याउरे गीत सुसेल्दै चिया पिउन थाल्यो । ऊ आफ्नो श्रमबाट खुसी थियोे ।
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी ।