18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घर

लघुकथा ईगम खालिङ June 21, 2025, 12:24 pm
ईगम खालिङ
ईगम खालिङ

घरमा पाइँदैन भन्ने सोचमा खोज्दै-खोज्दै हिँडेको एकजना व्यक्तिले शिखर पुगेर मात्र थाहा पाउँछ कि उसले खोजेको वस्तु घरमा नै छोडिराखेको थिएछ। त्यतिबेला उसको एक मनले अनुताप दिन्छ भने अर्को मनले एकप्रकारको सन्तुष्टि। हुन पनि खोज्नअघि नै पाएको भए उसले त्यस्तो खोजको यात्रा गर्ने थिएन। त्यति धेरै परिश्रम र अनुभवहरू गर्ने थिएन। मन बुझाएर ऊ शिखरबाट सिधै घर फर्कन्छ। तर घरमा आइपुगेर पनि उसले घरमा घर भेटाउँदैन। भेटाएको भए उसले त्यो खोजको वस्तु भेटाइसकेको हुने थियो। एकदिन ऊ फेरि घर पाउनलाई घर नै छोडेर निस्कन्छ।

धेरै सालबाद एकदिन उसले अचानक घर खोज्न छोडिदिन्छ, र घर फर्किन्छ। घरमा आएर घर निर्माण गर्छ, र त्यो खोजको वस्तुको आविष्कार।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।