18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रतिक December 8, 2008, 3:14 am

अध्यारोमा जुन वनि हिड्न पाए हुन्थ्यो

देशको माया मुटुभरि साँच्न पाए हुन्थ्यो

सुस्ता अनि कालापानि पराई वुटले कुल्चिदिदा

राष्ट्रियताको स्वाभिमानी विगुल फुक्नपाए हुन्थ्यो

कति सुन्दर हाम्रो देश हिमाल पहाड तराई

शान्ति अग्रगमनको फुलवारीमा बाँच्न पाए हुन्थ्यो

धेरै भयो मन फाटेको पराई राज चल्दा खेरी

जनमन माझ्न सक्ने जनगणतन्त्र आए हुन्थ्यो

अध्यारोमा जुन बनी हिड्न पाए हुन्थ्यो

देशको माया मुटुभरि साँच्न पाए हुन्थ्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।