18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

माया लागेर आँउछ

कविता बसन्‍त मोहन अधिकारी December 8, 2008, 2:57 pm

म फूल

यो रङ्गीन संसार

शुन्दरता र शान्तिको

अद्भुत आन्नद

अमन चयन

केवल मेरो उपहार ।

यहाँ,चुसेर रस

दिनभरी

प्यास नलागे सम्म

वाह्य स्वरुपमा

भमरा र्डकादै हिड्छ ।

सताउँदा प्यासले

लागेर तलतल

लुकी छिपी

रात विरात

ऊ धाईरहेछ .....

कठ्ठै ! उसको बाँध्यता र विवशता

यसैले मलाई

निरीह भमराको माया लागेर आँउछ ।

स्याल

निरीह कुखुरा चोरेर

खाँदै

बाघ बनेको उन्मात्तमा

पुरुस्वार्थ देखाउँन

जङ्गलको राजा झै

घमण्डै घमण्ड बिच

घुम्छ , उर्फछ

फलाक्छ, कराउँछ ।

जब बाघको अघि पर्छ ।

नतमस्तक

चुपचाप ज्यू ! गर्छ ।

मुस्कुराउँछ

सुम्सुमाउँछ

हृड्डी खुड्डी खान दिन्छ की भनेर

दिनरात

उसकै अघि पछि लाग्छ ।

यसैले स्याल कराए पनि

रोएझैँ लाग्छ

कठ्ठै ! निरीह जीवन

यी स्यालहरुको माया लागेर आँउछ ।

शिनु कुर्ने खानेहरु !

रातविरात धाउनेहरु !

आजकल शहरमा

कर्राईरहेछन्

केवल देखाउँन

साँझ पर्दानपर्दै

हाजीरछन्

होटल, डिस्को,

क्याविन र क्यासिनोमा

यस्ता निरीह र नाम्रद

जोइटिङ्ग लाक्षिहरु देखेर

मलाई माया लागेर आँउछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।